विषयसूची
१. तनाव सामना गर्न सक्ने क्षमता विरुद्ध अक्षमता
यस खण्डमा तनाव कसरी सामना गर्ने, यो राम्रोसँग बुझ्नको लागि, हामीले दुईटा चित्रहरु देखाएका छौं । तल दिएको चित्रमा एक व्यक्तिले चार ठूलो भार उठाएको देखाएको छ ।
व्यक्तिले बोकेको प्रत्येक बोझ जीवनको विभिन्न समस्याहरु दर्शाउछ :
१. छोरी पढाईमा ध्यान दिदैन
२. जीवनसाथीसँग झगडा
३. बिरामी छोरा
४. आर्थिक समस्याहरु
अवचेतन मन एक निश्चित स्तरसम्म मात्र चिन्ता संभाल्न सक्छ । यो समस्याहरुको मात्रा, तीव्रता तथा कालावधिमा निर्भर गर्दछ । जस्तै कि चित्र १ अ मा दर्शाएको छ कि, व्यक्ति आफ्नो जीवनमा वर्त्तमान समस्याहरुको मात्रा आफ्नो व्यवहारमा संभाल्न सक्षम छ ।
१. छोरी पढाईमा ध्यान दिदैन
२. जीवनसाथीसँग झगडा
३. बिरामी छोरा
४. आर्थिक समस्याहरु
५. पराल जसले ऊँटको ढाड भाँच्यो – पदोन्नति (promotion) नहुनु /मोबाइल नभेट्नु
दोस्रो आकृति १ आ मा देखाएको जस्तौ, जब अतिरिक्त समस्या जस्तै पदोन्नति नहुनु व्यक्तिको चिन्तालाई अधिक बढाइ दिन्छ, तब यस प्रकारको तनावको प्रकटीकरण स्वाभाविक हुन जान्छ । यहाँ ‘पदोन्नति नहुनु’ त्यो उखान समान बन्न जान्छ, ‘पराल जसले ऊँटको ढाड भाँच्यो’, जसले व्यक्तिलाई निराशा अनि नकारात्मक मनतर्फ धकेलि दिन्छ । प्रसंग जुन उखानमा जस्तै अन्तिम पराल बन्न जान्छ, व्यक्तिको व्यक्तित्व अनुसार फरक हुन सक्छ । यो एउटा ठूलो प्रसंग जस्तै पदोन्नति नहुनुको रूपमा हुन सक्छ अथवा मोबाईल नभेटाउनु जस्तो सानो प्रसंग पनि हुन सक्छ । यी दुबै प्रकारको प्रसंगहरु व्यक्तिलाई शीर्ष बिन्दु (tipping point) सम्म लैजान सक्छ अनि यसले निराशाको स्थितिमा धकेलि दिन्छ । बाहिरको व्यक्तिलाई यस्तो लाग्न सक्छ कि व्यक्तिको प्रतिक्रिया प्रसंगानुसार उचित थिएन । तर बाहिरको व्यक्तिहरुले यो देख्न सक्दैन्न कि पहिला भएको प्रसंगको श्रृंखलाहरु, बढि रहेको एक माथि अर्को समस्याहरु जुन अन्तिम पराल जसले अंतत: व्यक्तिलाई निराशाको खाल्टोमा धकेलि दिन्छ ।
व्यक्तिको तनाव सामना गर्ने अक्षमता र तनाव दु:खको कारण बन्दछ |
२. जीवनमा तनाव सामना गर्ने हाम्रो क्षमतालाई कुन कारकले प्रभावित गर्छ ?
एक व्यक्तिको तनाव समाना गर्ने क्षमता तनाव सामना गर्नको लागि कति ऊर्जा उपलब्ध छ, यसमा निर्भर गर्दछ । जब स्वभावमा अनावश्यक गुणहरु (स्वभाव दोष) तथा अधूरो कार्य हुन्छन्, तब उपलब्ध मानसिक शक्ति अल्प हुन्छ ।
- स्वाभाव दोष जुन हामीले पहिला उल्लेख गरेका छौं कि जस्तै क्रोध, भय, अल्छि, निर्णय लिन नसक्ने, झूट बोल्ने, निराशावादी हुने; इत्यादि लक्षणहरु हुन् । त्यस्ता अवांछित गुणहरु दिनभरि हाम्रो विचारहरुलाई व्यय गरि हाम्रो मानसिक शक्तिलाई क्षीण गरिदिन्छ ।
- अपूर्ण कार्यहरु अर्थात, पहिला भएको दुखदायी घटनाहरु, जसले व्यक्ति अहिले पनि भयभीत छ एवं जसको कारण तनाव पनि उत्पन्न हुन्छ । उदाहरणको लागि, जब कुनै विद्यार्थी कुनै परीक्षामा अनुतीर्ण हुन्छ, तब यसले अत्यधिक चिन्ता तथा निराशा उत्पन्न हुन्छ । यो स्मरण गर्दा नै उनी कसरी अनुतीर्ण भयो तथा यो कुराले भयभीत पनि हुन्छ कि यदि जीवनमा पुनः अनुतीर्ण भयो भने, भूतकालमा जस्तै पुनः कष्ट झेल्नु पर्छ । त्यसैले उनको मन यो अपूर्ण कार्यको बोझ झेलि रहन्छ । अपूर्ण कार्य मनलाई जीवनमा हुने तनाव तथा चिन्ता प्रति एक विशिष्ट ढङ्गले प्रतिक्रिया दिनको लागि पोषित गर्दछ । यहि उदाहरणलाई हेर्यौं, परीक्षामा असफल भएको कारण आएको निराशाले व्यक्ति जीवनको अन्य क्षेत्रहरुमा असफलताको लागि पनि प्रतिक्रिया स्वरूप निराश अथवा व्यसनमा लत लाग्दछ । पूर्ण गर्नको लागि लामो सूची पनि तनावको कारण बन्दछ अनि अपूर्ण कार्यमा अझै वृद्धि हुन सक्छ ।
त्यसैले जब अनेक स्वभाव दोषहरु तथा केहि अपूर्ण कार्यहरु छन्, तब अवांछित गुणहरु तथा अपूर्ण कार्यहरुबाट उत्पन्न चिन्तालाई निष्क्रिय बनाउनको लागि अधिक मानसिक शक्तिको उपयोग हुन्छ । परिणामस्वरूप, विभिन्न व्यकतिहरुमा समान तनाव झेल्नको लागि फरक मात्रामा शक्ति उपलब्ध हुन्छ । त्यसैले व्यक्तिको जीवनमा तनाव सामना गर्ने अक्षमता तथा दुखको कारणको जन्म मुख्यतः मूलभूत अवांछित स्वभावदोषहरु एवं चिन्ता पूहिलाको घटनाहरु अथवा अपूर्ण कार्यहरुको कारण हुन्छन् ।
३. तनाव का कारक – स्वभाव
अर्को महत्वपूर्ण कुरा यो हो कि परिस्थिति आफैंमा कहिले तनावपूर्ण हुँदैन; व्यक्ति यसलाई कसरी हेर्दछ, यसमा निर्भर गर्दछ । व्यक्ति परिस्थितिलाई कसरी हेर्दछ यो उनको स्वभावमा निर्भर गर्दछ । उदाहरणको लागि, पार्टीमा जान अधिकतर व्यक्तिहरुकोलाई सुखदायक अवसर हुन्छन्; तर गम्भीर व्यक्तिको लागि यो एक तनावयुक्त प्रसंग बन्न जान्छ । आगाडि दिएको तालिकामा केहि उदाहरणहरु दिएका छन् कि कसरी स्वभावदोष कूनै परिस्थितिलाई तनावपूर्ण बनाई दिन्छ ।
अवांछित स्वभावदोष | परिस्थिति जुन तनावको कारण बन्न जान्छ |
---|---|
१. आत्मविश्वासको अभाव | नोकरीको लागि अन्तर्वार्ताको लागि जानु, एक चुनौतीपूर्ण परिस्थिति |
२. भावनाशीलता | हजुरआमाले दिनुभएको औंठी हराउनु |
३. लजालुपन | विपरीत लिङ्गको व्यक्तिसँग कुराकानी गर्नु |
४. भावनाप्रधानता / अपेक्षा | परिवारको सदस्य अथवा घनिष्ठ मित्रसँग विवाद हुनु |
मुख्य कुरा, व्यक्ति जसमा अल्प स्वभावदोष तथा अल्प अहं छ अत्धिक तनावदायक परिस्थितिहरु पनि राम्रोसँग सामना गर्न सक्छ । यसको विपरीत अधिक स्वभावदोष भएको व्यक्ति कुनै पनि तनावको स्थितिमा पहिलानै हार मान्न सक्छ ।