कार्यलयमा काम गर्ने वा कुरा गर्ने जस्ता दैनिक क्रियाकलापहरु गर्ने क्रममा कसरी नामजप गर्न सकिन्छ ?
जब हामी नामजप गर्न आरम्भ गर्छौं तब हामीलाई यस्तो प्रतित हुन्छ कि ईश्वरको नामजप गर्नको लागि ध्यान दिनको लागि संघर्ष गर्नुपर्छ । धेरै पटक प्रारम्भिक अवस्थामा हामी आफ्नो कार्यलाई रोकेर एवं प्रयत्नपूर्वक माला (मणिको माला) लिएर नामजप गर्नु पर्दछ । यस्तो अवस्थामा, यदि कसैले हामीलाई सुझाव दिनुहुन्छ कि वार्तालाप साथै अन्य सबै दैनिक कृत्य गर्ने समयमा पनि नामजप गर्नु सम्भव हुन्छ, तब यो कुरा कल्पना पनि गर्न सक्दैनौं । नामजपको समय लाग्छ कि हाम्रो एकाग्रता एकोहोरो दिशामा कार्यरत हुन्छ । त्यसैले हामीले निर्णय गर्नु पर्छ कि नामजप गर्ने अथवा अन्य सांसारिक कार्य गर्ने ।
तर वास्तविकता यो हो कि जब हाम्रो आध्यात्मिक उन्नति हुन्छ हाम्रो नामजप अझ सूक्ष्म र अधिक गुणात्मक हुन्छ । धेरै सूक्ष्म हुनुको मतलब हो हाम्रो चेतनाको गहराईमा भर्इ रहन्छ । नामजपको अभ्यासको उच्च अवस्थामा, हामी शारीरिक एवं मानसिक गतिविधिहरु गर्ने समय पनि नामजप गर्न सक्छौं । आउनुहोस हेर्यौं यो कसरी सम्भव हुन्छ ।
हामी प्रत्येक व्यक्ति एकै समयमा आफ्नो ध्यान ८ भिन्न कार्यमाथि केन्द्रित गर्न सक्छौं । यो एकाग्रता पञ्चज्ञानेन्द्रिय (कान, छाला, नेत्र, जिब्रो तथा नासिका जसलाई बाह्य ज्ञानेन्द्रिय पनि भनिन्छ ), सचेत मन (बाह्यमन), अवचेतन मन (चित्त) तथा बुद्धि (यी तीननै आन्तरिक ज्ञानेन्द्रिय हुन्) यी आठ माध्यमद्वारा हुन्छ । अंगहरु सम्बन्धित निश्चित कार्यहरु गर्दछन् । हाम्रो दैनिक जीवनमा, हामी यो आठ माध्यमले एकै साथमा अनेक प्रकारको जटिल कार्य गर्दछौं । कल्पना गर्नुहोस् एउटा व्यक्ति सडक पार गर्दै छ । सडक पार गर्न समय उ एकै साथमा यातायातको बत्ति प्रति सतर्क रहन्छ, कुनै पनि सवारी साधनको ध्वनि सुन्न सक्छ, वातावरणको बास्ना लिन सक्छ, गर्मी वा चिसो महसुस गर्न सक्छ, मित्र अथवा सहकर्मीसँग कुराकानीमा मग्न रहन सक्छ, इत्यादि । यसको साथै उ अन्य विषयमाथि पनि चिन्तन गर्दछ तथा निर्णयपनि लिन्छ की कुन गतिमा पैदल चल्ने, कुन दिशामा जाने, के उ समयमा पुग्न सक्छ । यस प्रकार, प्रत्येक व्यक्तिको अवचेतन मनमा ८ विषयहरु प्रति सतर्क रहने क्षमता हुन्छ, जसलाई अष्टावधान भनिन्छ ।
जब हामी नामजप गर्न आरम्भ गर्छौं, तब नामजप केवल सचेत मन (बाह्यमन) सम्म सीमित हुन्छ । यो चरणमा, हामी नामजप गर्ने समयमा बहु-कार्य गर्न धेरै कठिन प्रतीत हुन्छ । जब हामी नामजपको अभ्यास बढाउदछौं, तब हाम्रो अवचेतन मनमा नामजपको एउटा नयाँ संस्कार बन्दछ । यो संस्कार भक्तिकेन्द्र नामक केन्द्रमा विकसित हुन्छ । जसरी यो भक्तिकेन्द्र हाम्रो अवचेतन मनमा विकसित हुन्छ, यो नामजप सम्बन्धि विचार प्रक्षेपित गर्न थाल्दछ ।
पढ्नुहोस् सन्दर्भ लेख – नामजप अथवा भक्तिकेन्द्र कसरी बन्दछ ।
जब भक्तिकेन्द्र अवचेतन मनमा ५०% भन्दा अधिक हुन्छ, ईश्वरको नामजप त्यस समय अवचेतन स्तरमा दैनिक गतिविधिहरुमा पनि हुन थाल्छ । सामान्यतया यो ५०% आध्यात्मिक स्तर पुगेपछि सम्भव हुन्छ ।
जसरी हामीले बुझ्यौं कि एकाग्रता अष्टावधान हुन सक्छ; त्यसैले हामी हाम्रो पञ्चज्ञानेन्द्रिय द्वारा अनेक कार्य गर्न सक्छौं र साथमा अवचेतन मनमा नामजप भइ रहन्छ । हाम्रो मुख एवं बुद्धि वार्तालापमा व्यस्त भए पनि, हाम्रो अवचेतन मन नामजप गरिरहेको हुन्छ, जुन प्रत्यक्ष रूपले अगाडीको व्यक्तिले देख्दैन । यो स्तरमा नामजप गरीरहेको व्यक्तिलाई ईश्वरको स्मरण उ द्वारा गरिएको प्रत्येक कार्यमा हुन्छ ।
यो स्तरको नामजप तब सम्भव हुन्छ, यदि हामी प्रतिदिन केहि समयको लागि नामजप गर्छौं । यो स्तरसम्म हामी अल्प कालमा कुन प्रकारले पुग्न सक्छौं, यो निम्न सूत्रमाथि निर्भर गर्दछ :
- आध्यात्मिक उन्नति गर्नको लागि हाम्रो इच्छा
- नामजपको संख्या एवं गुणात्मकता तथा
- नामजपको साथ साधनाको अन्य चरणको पनि अभ्यास गरिएको छ अथवा छैन :
- साधकको संगमा (सत्संगमा) रहनु अथवा
- ईश्वरको कुनै सेवा गर्नु, जस्तौ अध्यात्म प्रसारको लागि कार्य गर्नु (सत्सेवा)