१. व्यक्तिको स्वभाव दोष साधनामा नकारात्मक प्रभाव
प्राचीन धर्म-ग्रन्थमा एउटा कथन छ –
जसरी हामीले पहिलाको अध्यायमा देख्यौं कि व्यक्तिको स्वभावदोषनै उनको दुःखको कारण हो अनि उनको गुण सुखी तथा सन्तोषी बन्नमा सहायता गर्दछ । व्यक्तिको गुण तथा दोष समाजलार्इ पनि प्रभावित गर्दछ, विशेष रूपले, जब व्यक्ति समाजलार्इ प्रभावित गर्ने स्थितिमा हुन्छ । वर्तमान कालमा इन्टरनेट तथा सामाजिक सञ्चार माध्यमको बढ्दो प्रसिद्धिको कारण व्यक्तिले पूरै संसारलार्इ प्रभावित गर्ने सम्भावना विलक्षण रूपले बढेर गएको छ । स्वभावदोष सामान्यतः व्यक्ति तथा अरुलार्इ दुःख दिन्छ तथा जीवन प्रति व्यक्तिको मनोवृति हो । दुःख अतिरिक्त स्वभावदोषको आध्यात्मिक प्रभाव पनि हुन्छ । आउनुहोस् एउटा साधकको उदाहरण हेर्यौं, जो साधना गर्ने प्रयास गर्छ; तर उनीमा अनेक दोषहरु छन् ।
१. एकाग्रताको अभाव : SSRF गुरुकृपायोगानुसार साधना गर्ने सुझाव दिन्छ, जाहाँ साधनाको आठ चरणहरु छन् । यद्यपि र्इश्वरको नामजप आध्यात्मिक मार्गको आधार हो; तर अवचेतन मनमा अनेक स्वभावदोष तथा अहंले भरिएको कारण उनमा नामजपको केन्द्र निर्मित गर्न कठिन हुन जान्छ । अनेक स्वभावदोषका कारण साधक नामजपमा मन एकाग्र गर्न सक्दैन । वास्तवमा, स्वभावदोषको कारण, व्यक्तिको लागि कुनै पनि प्रकारको साधनामा मन एकाग्र गर्न कठिन हुन जान्छ ।
२. र्इश्वरसॅंग एकरूप हुनमा असमर्थता : साधनाको अन्तिम लक्ष्य र्इश्वरसँग एकरूप हुनु हो । जसरी तेलको एक बूद मूल गुणधर्मको कारण पानीको साथ मिल्न सक्दैन, ठीक यसरी नै अनेक स्वभावदोषको साथ, दोषरहित तथा सर्वगुणसम्पन्न र्इश्वरसँग एकरूप हुन असम्भव हुन्छ ।
३. साधनाबाट सन्तोष नमिल्ने : जुन साधकमा अनेक स्वभावदोष तथा तीव्र अहं छ, उनलार्इ साधनाबाट कहिले पनि सन्तुष्टि मिल्दैन, किन कि उनको नकारात्मक स्वभाव सदैव बाधक बन्नेछ ।
४. अनिष्ट शक्तिको नियन्त्रण : आध्यात्मिक आयामको कष्टदायक शक्ति साधकको विविध स्वभावदोष तथा अहंको लाभ उठाएर ज्यादै सरलतासँग उनलार्इ प्रभावित एवं नियन्त्रित गर्दछ ।
५. साधनाको क्षमतामा क्षीण हुने : स्वभाव दोष तथा अहंको कारण साधकबाट भएको गलति उनको साधनाबाट प्राप्त ऊर्जालार्इ क्षीण गरिदिन्छ तथा उनको क्षमता तथा दक्षता पनि घटेर जान्छ ।
२. साधनामा स्वभावदोष निर्मूलनको प्रधानता
माथी उल्लेख गरेका कारणहरुले अनेक स्वभावदोष युक्त साधकको प्रगति हुँदैन तथा उनी जन्म-मृत्युको चक्रमा फसिन्छ ।
यस कारणले परम पूजनीय डॉ. आठवले ज्यूले आफ्नो मार्गदर्शनमा भन्नुभएको छ –
‘आध्यात्मिक रूपले प्रगति गर्नको लागि, साधकको लागि स्वभाव दोष तथा अहं निर्मूलन आवश्यक छ, चाहे कुनै पनि मार्ग होस्; कर्मयोग, भक्तियोग, ज्ञानयोग, हठयोग, कुण्डलिनीयोग इत्यादि अनुसार साधना गर्दछ । पहिलाको युग जस्तै सत्युग, त्रेतायुग तथा द्वापरयुगमा व्यक्तिको स्वभाव दोष तथा अहं अत्यल्प थियो । वर्त्तमान कलियुगमा अधिकांश व्यक्ति आफ्नो स्वभाव दोष तथा अहंको कारण आध्यात्मिक प्रगति गर्न सक्दैन । त्यसैले कुनै पनि मार्गबाट साधना गर्ने व्यक्ति आफ्नो स्वभाव दोष तथा अहं निर्मूलन गर्नका लागि महत्त्व दिनुपर्छ ।’
– (परात्पर गुरु) डॉ. जयंत आठवले
२८ मर्इ २०१५
गुरुकृपायोगानुसार साधनाको ८ चरण निम्नलिखित छन् :
१. स्वभाव दोष निर्मूलन
२. सत्सेवा
३. नामस्मरण
४. सत्संग
५. त्याग
६. प्रीति
७. भावजागृति
अहिलेसम्म साधना आरम्भ गर्नको लागि साधनाको आठ चरणहरु मध्य ‘नामस्मरण’ ‘सत्संग’ तथा ‘सत्सेवा’ को महत्त्व दिइन्थ्यो । तर कालानुसार तथा स्वभाव दोष तथा अहं निर्मूलनको महत्त्व बुझेर साधक यस क्रममा साधना गर्ने प्रयास गर्नु पर्दछ – ‘स्वभाव दोष निर्मूलन’, ‘सत्सेवा’, ‘नामस्मरण’, ‘सत्संग’, ‘त्याग’, ‘प्रीति’, ‘भावजागृति’ तथा अहं निर्मूलन । यदि साधक निष्ठापूर्वक ‘स्वभाव दोष निर्मूलन’ तथा ‘अहं निर्मूलन’ साधनाको अन्य चरणका साथ गर्दछ भने, उनको आध्यात्मिक उन्नति निश्चित छ ।