१. प्रस्तावना
सत्संग यो शब्द ‘सत्’ और ‘संग’ यी दुर्इ अक्षरको संयोजनले बनेको छ । ‘सत्’ को अर्थ हो परम सत्य अथवा ईश्वरीय तत्व । ‘संग’ को अर्थ हो संगत । सत्संग को शब्दार्थ हो, सदा ईश्वरको संगतमा रहने अथवा ईश्वरमा मग्न हुने ।
यदि हामी सन्तको संगतमा रहन्छौं, उनको अमूल्य मार्गदर्शन सुन्छौं अनि उनीद्वारा बताएको निर्देशन पूर्णतः पालन गर्छौं तब यो भनिन्छ कि हामी सन्तको सत्संगमा छौं ।
सन्तको सत्संगमा रहने अथवा सन्तको संगतमा रहने, यो स्थूल सत्संगको उच्चतम प्रकार हो किनकि सन्त ईश्वरको सगुण रूप हुन्छ ।
२. ईश्वर अनि सन्त
सन्त ईश्वरको सगुण रूप हुन्छ, त्यसैले सन्तको साथ सत्संग ईश्वरको साथ सत्संग समान हो । सन्त ज्ञानको सागर समान हुन्छ, त्यसैले यदि हामी उहाँको साथमा सिक्ने वृत्तिले जान्छौं तब हामीलार्इ अवश्य फार्इदा हुन्छ ।
अनेक कार्यहरु मध्ये सन्तको एउटा विशेष कार्य हो व्यक्तिलार्इ उनको सच्चा दिव्य स्वरूप अथवा आनन्दको अनुभव गर्नको लागि मार्गदर्शन गर्ने । तथापि, सन्तमा विद्यमान ईश्वरीय तत्व अथवा दैवीय तत्व अत्यन्त सूक्ष्म भएको कारण अधिकांश साधक यसलार्इ बुझ्न सक्दैन । किनकि सन्तलार्इ चिन्नको लागि आवश्यक सूक्ष्म बुझ्ने क्षमता साधकमा हुँदैन । त्यसैले, अधिकांश साधक सन्तको स्थूल विशेषता जस्तै उहाँको व्यवहार, रूप, वक्तृत्व कला, आदि मा अधिक ध्यान दिन्छ । विभिन्न सन्तको स्थूल विशेषता स्वाभाविक रूपले भिन्न हुनुको कारण, साधक प्राय: विभिन्न सन्तहरुमा तुलना गर्छ अनि यो सन्त अन्य सन्त भन्दा श्रेष्ठ छ, यस्तो सोच्छ । तथापि, प्रत्येक सन्तलार्इ यथोचित आदर दिनमा सक्षम हुनको लागि तथा उनको दर्शन अथवा मार्गदर्शनबाट अधिकतम आध्यात्मिक लाभ सुनिश्चित गर्नको लागि, यो बुझ्न आवश्यक छ कि सबै सन्तमा प्रकट हुने ईश्वरीय तत्व एउटै हुन्छ ।
३. सन्तको उपस्थितिमा कसरी व्यवहार गर्ने
सन्तको सान्निध्य स्थूल सत्संगको सर्वश्रेष्ठ प्रकार हो । सन्त प्रति वृत्ति अनि व्यवहार अनुरूप व्यक्ति सत्संगको लाभ ग्रहण गर्दछ ।
३.१ सन्तको पास यो भाव ले जानुपर्छ कि सन्त स्वयं ईश्वरको रूप हो । तद्नुसार सन्त प्रति आदरले व्यवहार गर्नुपर्छ । उदा. सन्तसँग मिल्दा उन्हाँलार्इ नमस्कार गर्नको लागि स्वयं लार्इ उहाँको चरणमा समर्पित गरिरहेको छ यो भावले उहाँको चरणमा आफ्नो टाउनको राख्नुपर्छ । यस्तो गर्नाले सन्तको चरणबाट प्रक्षेपित हुने आनन्दको तरङ्ग अधिकतम मात्रामा ब्रह्मरंध्र को माध्यमबाट व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ ।
३.२ सन्तको उपस्थितिमा अधिकाधिक नामजप गर्नुपर्छ । सन्तको ध्यान केवल हाम्रो साधना अनि ईश्वरसम्म पुग्नको लागि हाम्रो प्रयासमा हुन्छ ।
३.३ सन्तको उपस्थितिमा नम्रतापूर्वक बोल्नुपर्छ, उच्च स्वरमा अथवा आवेशमा बोल्नु हुँदैन ।
३.४ उहाँको परीक्षा लिनको लागि कहीले पनि प्रश्न सोध्नु हुँदैन । यदि कोही सन्तको परीक्षा लिने प्रयत्न गर्छ, तब यसले त्यस साधक स्वयं श्रेष्ठ छु भन्ने भावना दर्शाउँछ अनि यसले सन्तबाट केही सीक्ने वृत्तिमा अथवा कृपा प्राप्त गर्नमा बाधा उत्पन्न हुन्छ ।
३.५ सन्त विभिन्न प्रकारद्वारा सिकाउनु हुन्छ उदा. उहाँको शब्द , कृत्य, उद्धरण दिएर, हास्य, परीक्षा लिएर, आध्यात्मिक अनुभव इत्यादि । त्यसैले उहाँको सीकलार्इ अधिकतम मात्रामा आत्मसात गर्नको लागि व्यक्ति सदा सीक्ने वृत्ति बनार्इ राख्नुपर्छ । साथै, व्यक्ति सन्त द्वारा दिएको सीखलार्इ अध्ययन गर्ने, बुझ्ने अनि पालन गर्नको लागि निष्ठाले प्रयास गर्नुपर्छ । सन्त केवल उनलार्इ मार्गदर्शन गर्छ जसले सीकहरुलार्इ पालन गर्छ ।
३.६ कहीले काही सन्त हामीलार्इ कराउने, दुर्वचन गर्नु हुन्छ अथवा गाली दिनुहुन्छ, तर हामी त्यसले दुखी अथवा अपमानित अनुभव गर्नु हुँदैन । हामीलार्इ सुधारनको लागि सन्त धेरै परिश्रम गर्नुहुन्छ, यसको लागि उनि प्रति कृतज्ञ हुनुपर्छ । हामीलार्इ यो भान हुनुपर्छ कि उहाँले हामीलार्इ सुधारने उद्देश्यले, हामीलार्इ सिकाउने तथा प्रायः हाम्रो अहं नष्ट गर्नको लागि हुन्छ । त्यसैले जस्तो उहाँलार्इ अपेक्षित छ, त्यसको अध्ययन गरि त्यसलार्इ सीक्नुपर्छ अनि विचार गर्नुपर्छ हामी उहाँलार्इ अपेक्षित सुधार कसरी गर्न सक्छौं । सन्त केवल साधकको आध्यात्मिक प्रगतिको लागि नै उनलार्इ कराउने तथा गाली दिनुहुन्छ ।
३.७ सन्तको दर्शनको लागि जाने समय व्यक्तिको मनमा कुनै पनि प्रकारको अपेक्षा विशेष रूपमा सांसारिक अपेक्षा हुनुहुँदैन, चाहे कोही सन्त सांसारिक विषयामा प्रतिसाद अथवा आशीर्वाद दिनुहुन्छ । यो महत्वपूर्ण हो कि सन्त दर्शनको लागि आध्यात्मिक भावले जानुहोस् । जसले केवल सांसारिक लाभको लागि आर्शीवाद प्राप्त गर्नुको अपेक्षा साधनाको लागि मार्गदर्शन अनि आशीर्वाद प्राप्त होस् ।
३.८ व्यक्तिले सन्त सेवा गर्नको लागि प्रत्येक अवसरको लाभ लिनुपर्छ, किनकि यो अवसर ईश्वरको प्रकट स्वरुपको सेवा गर्नु हो । जस्तै अध्यात्म प्रसार गर्ने (जो र्इश्वरको निर्गुण रूपको सेवा हो), सन्तको सेवा गर्ने साधकको आध्यात्मिक प्रगतिको लागि महत्वपूर्ण हुन्छ ।
४. सन्तको साथ सत्संगको लाभहरु
४.१ साधनाको लागि आशीर्वाद अनि व्यक्तिगत मार्गदर्शन प्राप्त हुने
सन्त अपेक्षारहित प्रीतिको प्रतीक हुनुहुन्छ अनि उहाँको ध्यान केवल ईश्वर प्राप्तिको तीव्र इच्छा साधकको आध्यात्मिक प्रगतिमा हुन्छ । सन्त सत्संगमा साधकलार्इ व्यक्तिगत स्तरमा मार्गदर्शन गर्नुहुन्छ । उहाँलार्इ निश्चित रूपमा ज्ञात हुन्छ साधकको प्रगतिको लागि के आवश्यक छ अनि यसको लागि यथोचित साधनाको लागि मार्गदर्शन गर्नुहुन्छ । जुन साधक सन्त द्वारा बताएको निर्देशको आज्ञापूर्वक पालन गर्छ, त्यसमाथि उहाँको कृपाको वर्षा हुन्छ अनि उनी आध्यात्मिक पथमा अगाडि बढ्दछ ।
अध्यात्ममा शीघ्रताले प्रगति गर्नको लागि अत्यावश्यक छ कि सन्तद्वारा दिएको आज्ञालार्इ तुरुन्तै तथा अपेक्षा रहित पूर्ण गर्ने । आज्ञापालनको अर्थ हो दिएको मार्गदर्शनलार्इ तुरुन्तै, परिपूर्ण तथा बिना अपेक्षा स्वीकार गरि त्यसलार्इ पालन गर्ने । यदि आज्ञापालन परिपूर्ण हुन्छ तब सर्वाधिक लाभ प्राप्त हुन्छ । साधनाको प्रारम्भिक अवस्थामा साधक पूर्ण रूपले आज्ञापालन गर्नमा असमर्थ हुन सक्छ; त्यसैले जति सम्भव हुन सक्छ त्यति पालन गर्ने प्रयास गर्नुपर्छ । यदि निर्देश बुझेन अथवा सहमत छैन अथवा पालन गर्नमा असमर्थता हुन्छ, तब पनि व्यक्ति सन्त द्वारा दिएको निर्देशलार्इ पालन गर्नुपर्छ किनकि सन्तले यस्तो गर्नको लागि भन्नुभएको छ । यसप्रकार साधकको मनको लय हुन्छ तथा परिणामस्वरूप साधक ईश्वरको वैश्विक मनसँग जोड्न सक्षम हुन जान्छ अनि अधिक आनन्द अनुभव गर्छ ।
४.२ चैतन्य आत्मसात गर्ने
सन्त चैतन्यको भण्डार हुनुहुन्छ । उहाँको सम्पर्कमा आउने व्यक्ति, वस्तु तथा आसपासको वातावरण उहाँको उपस्थिति मात्रैले सात्विकता ले ओत-प्रोत हुन जान्छ । SSRF को सन्त द्वारा उपयोग गरिएको अनेक वस्तु सूक्ष्म सकारात्मक परिवर्तन प्रदर्शित गरिरहेको छ ।
सन्तको साथ सत्संगको समय, वातावरण सात्विकताले भरेर जान्छ, अत: उपस्थित साधक सन्तद्वारा प्रक्षेपित हुने सात्विकता अनि चैतन्य आत्मसात गर्दछ अनि फलस्वरूप सनतको संगतमा साधकको सात्विकतामा वृद्धि हुन्छ ।
४.३ आध्यात्मिक उपचार
यो ध्यानमा आयो कि सन्तको साथ सत्संगमा अनिष्ट शक्तिले आविष्ट अथवा प्रभावित साधकमा विद्यमान अनिष्ट शक्तिको प्रकटीकरण हुन थाल्छ । किनकि अनिष्ट शक्ति सन्तद्वारा प्रक्षेपित हुने वृद्धिंगत सात्विकता सहन सक्दैन । सन्तको सात्विकता अनि अनिष्ट शक्तिको रज-तममा युद्ध हुन्छ अनि यसको परिणाम आविष्ट गर्ने जीव प्रकटीकरणको रूपमा हुन्छ । जब आविष्ट गर्ने जीव प्रकट हुन्छ, उसको कालो शक्ति क्षीण हुन्छ जसको परिणामस्वरूप साधकलार्इ सहायता हुन्छ ।
४.४ संचित अनि प्रारब्ध सन्तको कृपालले निरस्त हुन जान्छ
जहीले पनि हामी सन्तको दर्शनको लागि जान्छौं, केही दान गर्नुपर्छ । सन्त ईश्वरको सगुण रूप हुन्छ, त्यसैले सन्तलार्इ अथवा उनको अध्यात्म प्रसार कार्यको लागि धन अर्पण गर्नाले व्यक्तिको संचित घट्छ अनि प्रारब्ध सहन गर्ने सामर्थ्यमा वृद्धि हुन्छ । त्यसैले जहिले पनि सम्भव छ, दान दिने अवसर प्राप्त भएमा कृतज्ञता भाव राखि सन्त अथवा उहाँको कार्यमा सहायता गरि रहेको छ, यो अहंबाट मुक्त भएर सन्तलार्इ अर्पण गर्नुपर्छ ।
४.५ आध्यात्मिक प्रगति हुन्छ
सबै भन्दा महत्त्वपूर्ण यो हो कि जब हामी सन्तको साथ नियमित सत्संगमा हुन्छौं, तब उपरोक्त सर्व सूत्रहरुले हाम्रो आध्यात्मिक प्रगति हुन्छ । तद्नुसार साधक साधना गर्नको लागि अधिकाधिक प्रयास गर्नुपर्छ, जसले सन्तको सत्संगमा रहन पाउनको लागि कृपा प्राप्त गर्न सक्छ ।