A2 स्वयम सूचना शैली
विषयसूची लुकाउनुहोस्
१. A2 प्रकारको स्वयम सूचनाको परिचय
हामी मध्य धेरैले भविष्यको बारेमा चिन्ता गर्दै आफ्नै मनमा धेरै समय बिताउँछौं, विगतका घटनाहरूलाई दोहोर्याउँदै, अरुले हाम्रो बारेमा के भन्यो र धेरै जसो हामीलाई असन्तुष्ट र दिक्क लाग्ने जीवनका भागहरू माथि हाम्रो ध्यान केन्द्रित हुन्छ । नकारात्मक विचारहरू, भावनाहरू र प्रतिक्रियाहरू यती तीव्रताका साथ आउँदछन् कि हामी तिनीहरूमा समाहित हुन्छौं । यो दिइएको तथ्य हो कि कुनै पनि घनिष्ठ सम्बन्धमा असहमति हुन्छ । यद्यपि, शब्द वा असहमति जस्तो लाग्ने सरल आदानप्रदान हाम्रो भावनात्मक सीमा भित्र हुँदैन, तब हाम्रो समस्या सुरु हुन्छ । जब यस्तो हुन्छ, हामी कुराकानीलाई यसरी प्राब्लय राख्ने प्रयास गर्दछौं की म सही छु, बरबराउँछौं, पीडादायक चीजहरूलाई निकाल्ने, विगतलाई कोटाउने, आदि । यसले असन्तुष्टि र थप तर्कहरू निम्त्याउँछ, र यस कारणले अर्को व्यक्ति चुप लाग्छ । यस प्रकारको प्रतिक्रियाहरूले हामीलाई कच्चा महसुस गराउँदछ र कोहि पनि गलत हुन सक्छ भनेर स्वीकार गर्न चाहँदैनन् । जब हामीमा प्रतिक्रिया हुन्छ (अव्यक्त वा व्यक्त) हाम्रो व्यवहारमा बिलकुलै औचित्य महसुस गर्दछौं र हामी सँधै अरु व्यक्तिले गलती गरेको महसुस गर्दछौं । हाम्रो लागि आत्मनिरीक्षण गर्नको लागि कुनै ठाउँ हुँदैन ।
यद्यपि यस प्रकारको तर्क भएपछि तपाईलाई कस्तो लाग्दछ ? सत्य यो हो कि जब हामी क्रोधित हुन्छौं, तब हामी धेरै दुखि र अस्थिरता महसुस गर्दछौं । हामी शक्तिहिन, थकित महसुस गर्छौं र हामी लडाई गर्ने वा पछि हटने प्रतिक्रियामा हुन्छौं । हामीमध्ये धेरैजसो संघर्ष गर्दछौं कि कसरी मनको यस नकरात्मक ढाँचाबाट टाढा जाने र मनलाई प्रतिक्रियाबाट मुक्त गर्ने । के अनियन्त्रित मनलाई शुद्ध गर्ने कुनै तरिका छ ? प्रतिक्रियाहरू हाम्रो अवचेतन मनको संस्कारहरुबाट आएका नकारात्मक असरहरू हुन् । प्रतिक्रियाहरू माथि विजय पाउन यहाँ एउटा आध्यात्मिक शैली छ – A2 प्रकारको स्वयम सूचनाहरु जसले प्रतिक्रियाहरूलाई बदल्न र उचित प्रतिक्रियाहरूको साथ नकारात्मक सोचको ढाँचालाई बदल्न सहयोग गर्दछ । यी स्वय सूचनाहरु समर्पित अभ्यासको साथ दोहोराउँदा, अवचेतन मनमा स्वाभाव दोषको प्रभावहरू कम हुन्छ र हामी हल्का महसुस गर्छौं । यसले हाम्रो दिन-प्रतिदिनको सुख र आराममा धेरै फरक पार्न सक्छ ।
2. A2 स्वयम सूचना शैलीको परिभाषा
कृपया नोट गर्नुहोस् : गलत कार्य र प्रतिक्रिया बीचको भिन्नता बुझ्नको लागि, कृपया A1 स्वयम सूचना शैली लेखको खण्ड ४ हेर्नुहोस् ।
A2 स्वयम सूचना शैली, जसलाई प्रतिक्रिया प्रतिस्थापन शैली पनि भनिन्छ, हामीलाई हाम्रो मनको गलत प्रतिक्रियालाई सहि प्रतिक्रियाको साथ प्रतिस्थापित गर्न सक्षम गर्दछ । यसले प्रतिक्रियालाई पार गर्न मद्दत गर्दछ जहाँ हामी अस्थायी घटनाको कारण हुने गलतीको लागि मुख्य रूपमा जिम्मेवार हुन्छौं । यहाँ प्रतिक्रियालाई भडकाउने घटनाको अवधि यो निस्चित गर्न महत्वपूर्ण छ कि A2 शैलीको चयन गर्ने किन नगर्ने । यहाँ प्रतिक्रियाको अवधि विचार गरिदैन । उदाहरणको लागी, यदि काममा एउटा व्यक्तिले कसरी हामी कफी मगहरु राख्ने भनेर सिकाउँदछ र हामीलाई यसको बारेमा घण्टैसम्म प्रतिक्रिया आइरहन्छ भने हामी अझै पनि A2 शैली छनौट गर्छौं, किनभने घटनाको अवधि जसले हाम्रो प्रतिक्रियालाई भडकायो, यहाँ हाम्रो सह-कार्यकर्ताले भन्यो कि कसरी कफी मग साफा र व्यवस्थित राख्ने, यो छोटो छ ।
![]() |
A2 स्वयं सूचना शैली प्रयोग गरेर प्रतिक्रियाहरु हटाउनुहोस, जब घटनाको अवधि छोटो हुन्छ l A2 स्वयम सूचना शैली कसरी प्रयोग गर्न सकिन्छ भनेर तलको एउटा उदाहरण हेर्यौं । |
उदाहरण : जब रोसांगलको बाबाले एउटा संगीत कन्सर्टमा नजान र त्यसको सट्टामा अध्ययन गर्नु भन्नु भयो तब उनलाई प्रतिक्रिया आयो बाबाले कहिले पनि संगीत कार्यक्रममा जान दिनु हुँदैन ।
यो गलतीमा, घटना, वा रोसांगलको बुबाले उसलाई संगीत कन्सर्टमा जानु भन्दा अध्ययन गर्नु, यो केही मिनेटसम्म मात्र भयो । यद्यपि, रोसांगल प्रतिक्रियामा हुन सक्छिन् र एक दिन अथवा धेरै दिनसम्म आफ्नो बुबासँग कुरा नगर्न सक्छिन् । त्यसैले हामी A2 स्वयम सूचनाको शैली प्रयोगमा ल्याउछौं ।
२.१ A2 स्वयम सूचना बनाउने ढाँचा
यसको ढाँचा हो :
त्यसोभए, माथि उल्लिखित गलतीको लागि, तलको स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।
- स्वयम सूचना सुरु गर्दा “जब” बाट थालिन्छ र त्यसपछि गलतीको त्यो अंश आउँदछ, जुन वास्तविक उत्पेरक हो (यहाँ हो बाबाले रोसांगललाई संगीत कार्यक्रममा नजानको लागि भन्नुभएको) ।
- यसपछि, रोसांगलको बाबा सहि हुनुहुन्छ भन्ने महसुस भएपछि, इच्छित प्रतिक्रिया प्रतिस्थापन गरिन्छ (यहाँ हो रोसांगल बुबाले भनेको मान्ने र अध्ययन गर्ने) ।
- A2 स्वयम सूचना शैली अरुको आलोचना गर्ने, चिढचिढापन, छिटै रिसाउने, झगडालु स्वभाव, पश्चताप नगर्ने प्रकृति, जिद्दी, शंकालु, श्रेष्ठता, गर्व, आदि जस्ता गलतीहरू हटाउन प्रयोग गर्न सकिन्छ ।
२.२ प्रतिक्रियाहरू र विभिन्न प्रकारका प्रतिक्रियाहरूको बारेमा
प्रतिक्रिया कुनै पनि अप्रिय जवाफ हो जुन हामी दिईएको स्थितिलाई स्वीकार गर्न सक्षम हुँदैनौं । सामान्यतया, हामी केवल क्रोधको सन्दर्भमा प्रतिक्रियाको बारेमा सोच्ने गर्दछौं । जहाँसम्म, हाम्रो मनले कुनै परिस्थितिमा व्यक्तिप्रति वा अन्तरक्रियाको बेलामा नकारात्मक भावनाहरू महसुस गर्दछ, यसलाई पनि एउटा प्रतिक्रिया मानिन्छ । उदाहरणको लागि मन दु:खाउने भावना, अत्यधिक भावनात्मक, ईर्ष्यालु, अहंकारी, आदि यसमा समावेश छ ।
गलत विचारहरू, भावनाहरू वा कार्यहरू प्रतिक्रियाको एउटा अंश हुन् । तिनीहरू एउटा गल्तिमा संयोजनमा हुन सक्छन् वा ती मध्ये एउटा मात्र हुन सक्छ । उदाहरणको लागी: ‘जब म लामो दिनको कामपछि घर पुगें र ओछ्यानमा अखबार र कपडाहरू देखें, म सोच्न थालें की मेरी श्रीमती मधुले किन कोठा मिलाउन ध्यान दिईन् । म धेरै थाकेको छु, र मैले यो कार्य यति ढिलो गर्नुपर्छ र उनी टेलिभिजन हेर्न र समय खेर फाल्न व्यस्त छिन् । मैले यसको बारेमा रीसपूर्वक कुरा गरें । यहाँ, विचार, भावना र गलत कार्यहरू गलतीको अंश हो ।
प्रतिक्रियाहरु विभिन्न प्रकारका हुन सक्छन् । तिनीहरु अभिव्यक्त वा अव्यक्त हुन सक्छन् । व्यक्त अनि अव्यक्त प्रतिक्रियाका उदाहरणहरु तल दिएका छन् ।
एउटा अभिव्यक्त प्रतिक्रिया तब हुन्छ जब हामी शारीरिक वा मौखिक रूपमा प्रतिक्रिया दिन्छौं जुन हाम्रो इच्छा विपरीत हुन्छ । उदाहरणको लागी :
- जब म एउटा ट्राफिक जाममा फसेको थिएँ, म रिसाए र अन्य चालकहरू माथि चिच्याए र लगातार गाडीको हर्न बजाइरहे ।
- जब मेरो श्रीमान्ले मलाई मन पर्ने तातो-तातो बाफ उडेको कफी दिनु भएन जुन मलाई मन पर्छ, मलाई प्रतिक्रिया आयो र मैले उहाँलाई भने कि म कफी पिउँदिन किनभने कफी मनतातो छ ।
एउटा अव्यक्त प्रतिक्रिया तब हुन्छ जब दिईएको अवस्थामा हामीसँग आन्तरिक प्रतिक्रिया हुन्छ र हामी त्यसलाई व्यक्त गर्दैनौं । हामी यसलाई केवल मनमा राख्छौं र यसको बारेमा सोचि रहन्छौं । अव्यक्त प्रतिक्रियाहरू अधिक हानिकारक हुन्छन् किनकि यसले हाम्रो मानसिक उर्जा खपत गर्दछ । जब हामी व्यक्त गर्दैनौं वा त्यसबारे समाधान प्राप्त गर्दैनौं, तिनीहरू अत्यन्त चरम सीमामा पुग्न सक्छ । यदि अव्यक्त प्रतिक्रियाहरू सम्बोधन गरेन भने र त्यस माथि कार्य गरेन भने, यसले हाम्रो अवचेतन मनमा स्वाभाव दोषको प्रभाव बढाउन सक्छ । जब प्रतिक्रिया व्यक्त गरिन्छ यसको शक्ति कम हुन्छ र मन हल्का महसुस गर्दछ । व्यक्त गर्नाले समाधान पनि प्राप्त हुन्छ ।
आदर्श रूपमा, समाधान प्राप्त गर्ने दृष्टिले प्रतिक्रिया रहित व्यक्त गर्नुपर्छ ।
अव्यक्त प्रतिक्रियाहरूका केहि उदाहरणहरू :
- जब मेरो साथी टियाले टिप्पणी गर्यो कि मैले बनाएको नयाँ परिकार त्यति स्वादिलो छैन, मलाई आन्तरिक प्रतिक्रिया आयो कि उनी धेरै चोसे छ ।
- जब काममा तलबको वार्षिक बृद्धि भएको घोषणा गरियो, मैले मेरो सहयोगी मार्कले म भन्दा अधिक तलबमा बृद्धि भएको थाहा पाए, मलाई आन्तरिक प्रतिक्रिया आयो कि मार्क जहिले पनि मालिकलाई चापलुसी गर्छ र त्यसैले यस्तो भयो । म कहिले पनि त्यस्तो व्यवहार गर्न सक्दिन ।
![]() |
A2 स्वयं सूचना शैली दुबै व्यक्त र अव्यक्त गलत प्रतिक्रियाहरुको लागि प्रयोग गर्न सकिन्छ जहाँ घटनाको अवधि छोटो हुन्छ l |
३. कसरी जान्नेकी A2 स्वयम सूचना शैलीको छनौट गर्ने ?
A2 शैलीको छनौट गर्नको लागि कसरी जान्ने भनेर एउटा दृश्यको प्रतिनिधित्व अगाडि दिइएको छ ।
हामी तलको गलतीलाई व्यावहारिक उदाहरणको रूपमा लिनेछौं कसरी A2 शैली चयन गर्ने भनेर वर्णन गर्दछ ।
उदाहरण :
जब एमाले मेरो मालिकको अगाडि मैले काम गरेको प्रोजेक्टको लागि सुधारको बुँदाहरू साझा गरिन, मलाई रीस उठ्यो कि उसले मलाई कम देखाउन खोज्दै छिन् ।
उदाहरणको विश्लेषण :
- स्वयम सूचना निर्धारित गर्नको लागि पहिलो सोध्नु पर्ने प्रश्न हो – कसको स्वाभाव दोष मुख्यतया परिस्थितिमा तनावको कारण हो वा गलतीको लागि जिम्मेवार को हो । यहाँ म स्वयम हो किनकि एमाले प्रोजेक्टलाई अझ राम्रो बनाउन सहयोग गरिरहेकि छिन् तर मेरो गलतीहरूको कारण मैले प्रतिक्रिया दिइरहेको छु ।
- हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गलती गलत कार्य, विचार वा भावना हो अथवा एउटा गलत प्रतिक्रियाबाट भएको हो ?’ यहाँ एम्माप्रति प्रतिक्रिया हो ।
- अन्तमा, हामी सोध्छौं कि यदि प्रतिक्रियालाई उत्तेजित गर्ने घटना छोटो अवधिको हो अथवा लामो अवधिको हो । यस अवस्थामा, एम्माले केहि मिनेटको लागि मेरा गलतीहरू भनेकी थिइन, त्यसैले यो एउटा छोटो समयको घटना हो ।
त्यसैले, विश्लेषणको आधारमा, A2 स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।
स्वयम सूचना यसरी लेख्न सक्छौ :
जब एमाले मालिकको अगाडि मैले काम गरेको प्रोजेक्टको लागि सुधारको मुद्दाहरु दिन्छन् म महसुस गर्ने छु कि यी सुधारहरूले मेरो काम अझ राम्रो बनाउन मद्दत गर्नेछ र म शान्तपूर्वक परिस्थितिलाई स्वीकारर्नेछु र सुधारको कार्य गर्नेछु ।
- दृष्टिकोण, हाम्रो बनोट, व्यक्तित्व र मनलाई के राम्रो लाग्छ वा के सजिलैसँग स्वीकार्य हुन्छ यस अनुसार फरक हुन सक्छ । स्वीकार्य दृष्टिकोण छनौट गर्नाले छिटो सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ ।
- A2 शैलीको लागि स्वयम सूचनामा दोष उल्लेख गर्नु पर्दैन । उदाहरणको लागि, हामीले यसरी स्वयम सूचनालाई बनाउन आवश्यक हुँदैन “जब एम्माले मालिकको अगाडि मेरो परियोजनाको लागि सुधारको बिन्दुहरू साझा गर्छिन र म रिसाउँछु …”
- यसको अपवाद हो यदि हामीमा दोषको बारेमा जागरूकता छैन भने त्यस्तो अवस्थामा स्वयम सूचना उल्लेख गर्दै जागरूकता विकास गर्न सकिन्छ ।
यो पूर्ण विश्लेषण तलको चित्रमा देखाएको छ :
४. A2 स्वयम सूचनाको उदाहरणहरु
यो खण्डमा, हामी तपाईलाई परिस्थितिहरूको विभिन्न उदाहरणहरू प्रदान गर्दछौं जहाँ एक सामान्यतया प्रतिक्रिया हुन सक्छ । तलको स्लाइडशो मा छ
- गलती
- विश्लेषण
- सुझाव गरीएको स्वयम सूचना
कृपया ध्यान दिनुहोस्, हामीले प्रत्येक गलतीको लागि वैकल्पिक स्वयम सूचनाहरु प्रदान गरेका छौं । यस्तो किन गरेको भने कुनै व्यक्तिको व्यक्तित्व अनुसार उनीको मनले अन्य केहि दृष्टिकोणप्रति बढी ग्रहणशील हुन सक्छ ।
5. निष्कर्ष
एउटा व्यक्तिको जीवनमा कुनै न कुनै समयमा माथिको उदाहरण जस्तै परिस्थितिको सामना गर्नु परेको होला । यस्तो परिस्थितिमा प्रतिकूल प्रतिक्रिया देखाएको पनि हुन सक्छ, जसले शामिल भएको अन्य व्यक्ति र स्वयम लाई दुख्को अवस्थामा ल्याउन सक्छ । पछि हाम्रो आचरण फर्केर हेर्दा, हामीलाई इच्छा हुन्छ कि परिस्थितिलाई त्यो भन्दा राम्रोसँग समालेको भए, तर परिस्थितिले हामीमा भएको नराम्रोपन बाहिर निकालिदियो । त्यस्ता प्रतिक्रियाहरू र विस्फोटहरुले दीर्घकालीन नतिजा हुन सक्छ र हाम्रो सम्बन्धलाई अपूरणीय रूपमा क्षति पुर्याउन सक्छ । जबकि हामी सबै आशा गर्छौं कि हामीले आफ्नो गलतीबाट पाठ सिक्न सक्छौं, तर वास्तविकतामा, अर्को पटक परिस्थिति आफैंमा प्रस्तुत हुन्छ, दुर्भाग्यवस, इतिहास पनि फेरी दोहरिन्छ । यस्तो देखिन्छ कि हामी जटिल चक्र भित्र छौं, जसको कुनै मार्ग छैन ।
A2 स्वयम सूचना शैलीको सहायताले हामीलाई मार्ग पत्ता लगाउन मद्दत गर्दछ । यसले हामीलाई हाम्रा गलतीहरूबाट पाठ सिक्न र हाम्रो स्वाभाव दोषहरु पहिचान गर्न मात्र मद्दत गर्दैन तर यसले हाम्रो मनलाई उचित प्रतिक्रिया व्यक्त गर्न पनि प्रशिक्षण दिन्छ । जब हामी स्वभाव दोष निर्मुलन प्रक्रिया जारी राख्छौं र A2 स्वयम सूचना लिन्छौं, हामी स्थिर रहन सक्षम हुन्छौं र विभिन्न घटनाहरूमा सही प्रतिक्रिया दिन सक्छौं । अभ्यासको माध्यमबाट, सकारात्मक प्रभावहरू हाम्रो मनोवृत्तिमा समाहित हुन्छन् र हामी अझै राम्रोको लागि परिवर्तन हुन्छौं ।