प्रारब्ध माथि विजय प्राप्त गर्ने प्रारब्ध (भाग्य) तथा क्रियामाण (जानाजानी) गरिने कर्म के हुन् ?
प्रारब्ध माथि कसरी विजय प्रप्त गर्न सक्छौ यो जान्नु पहिला प्रारब्ध के हो, बुझ्न आवश्यक छ :
- पश्चिमी दृष्टिकोण अनुसार हाम्रो जीवनमा हाम्रो नियन्त्रण हुन्छन् तथा जीवनमा घट्ने हरेक घटना हाम्रो स्वेच्छाले घट्दछ ।
- यसके विपरीत प्रसिद्ध पूर्वी दृष्टिकोण यो हो कि हाम्रो साथ घटित कुनै पनि हाम्रो नियन्त्रणमा हुदैन अनि पूर्वनिर्धारित नियोजनको कठपुतलिहरु अतिरिक्त केही पनि होइनौं ।
यी दुवै दृष्टिकोण पूर्णतया सही छैन । अध्यात्मशास्त्र अनुसार हा्म्रो जीवनको ६५% प्रारब्ध तथा शेष ३५% क्रियमाण कर्मले नियन्त्रित हुन्छन् ।
हामी आफ्नो ३५% क्रियमाण कर्मद्वारा उचित साधना गरि ६५% प्रारब्धमा विजय प्राप्त गर्न सक्छौं ।
जुन हाम्रो हातमा हुदैन त्यसलार्इ प्रारब्ध भन्दछौं । जीवनको जुन भाग हाम्रो नियन्त्रणमा हुन्छ त्यसलार्इ क्रियमाण कर्म भन्दछ ।
क्रियमाण कर्मको एउटा उदाहरण : जस्तै एउटा व्यक्ति अत्यधिक मदिरा पिएर, नराम्रो स्थितिमा राखेको गाडी पहाडमा ज्यादा गतिका चलाउँदछ । गाडी चलाउने समय सडकबाट चिप्पलेर दुर्घटनाग्रस्त हुन जान्छ भने यसमा कसको दोष हुन्छ ? के हो दुर्घटनालार्इ प्रारब्ध भन्छौं अथवा अनुचित क्रियमाणको कारण दुर्घटना भयो ?
निश्चय नै यो क्रियमाण हो किन कि उनले मदिरा पिएर गाडी चलाउन हुँदैन थियो, गाडी चलाउनु पहिले गाडी राम्रो स्थितिमा छ कि छैन जाच गरि, अनि गाडी बिस्तारै चलाउन पर्दथ्यो ।
प्रारब्धको सम्बन्धित एउटा अन्य उदाहरण लिन्छौं : एउटा अन्य चालक जो सौम्य छ, सतर्कता पूर्वक गाडी चलाउछ तथा गाडी पनि पूर्ण व्यवस्थित स्थितिमा राख्दछ । उनी पनि त्यही पहाडमा सतर्कता पूर्वक गइरहेको हुन्छ अनि अकस्मात पहिरो (landslide) को कारण सडक भतकेर दुर्घटना हुन्छ । यहाँ पहिरो आउनुमा उनको कुनै नियन्त्रण थिएन तसर्थ यो उनको प्रारब्ध थियो ।
प्रारब्धवश जे पनि हुन्छ, त्यसको कारण आध्यात्मिक नै हो तथा साधना जस्ता आध्यात्मिक उपायले प्रारब्धमा विजय प्राप्त गर्न सक्छौं । प्रारब्धको तीव्रता अनुसार त्यसमा विजय प्राप्त गर्नको लागि उपयुक्त स्तरको साधना गर्नु पर्दछ । निम्न तालिकामा हामी विभिन्न प्रकारको प्रारब्ध एवं त्यमा विजय प्राप्त गर्ने उपाय बताएका छौं :
प्रारब्धको प्रकार | |||
---|---|---|---|
मन्द | मध्यम | तीव्र | |
उदाहरण | सानो-तिनो रोग, विवाह हुनको लागि सामान्य भन्दा अधिक प्रयत्न गर्नु पर्ने । | भौतिक समस्या, आर्थिक हानि, सन्तान हुन नसक्ने । | ठूलो दुर्घटना, असामयिक मृत्यु, अत्यन्तै प्रयास गरे पनि विवाह हुन नसक्ने । |
विजय कसरी प्राप्त गर्ने ? | मध्यम साधना | तीव्र साधना | साधनाले बदल गर्न सक्दैन । केवल गुरुकृपाले मात्र बदलन सक्छ । |
तीव्र साधनाको तात्पर्य प्रमाणानुसार प्रतिदिन १२-१४ घण्टाको अभ्यास हो । गुणवत्ता दृष्टिले यसको अर्थ हो व्यक्ति ईश्वर प्राप्तिको मुख्य ध्येय राखेर, आफ्नो प्रतिदिनको कार्य ईश्वरको सेवा सम्झेर, तीव्र तडपले गर्दछ ।
कृपया ध्यान दिनुहोस् :
मध्यम स्तरको साधना प्रमाणानुसार ४-५ घण्टाको दैनिक अभ्यास एवं गुणवत्ता अनुसार व्यक्ति अपने अधिकांश कार्य ईश्वको सेवा सम्झेर गर्दछ ।