आफ्नो कुशलता तथा क्षमता अनुसार ईश्वरलाई अर्पित गर्ने
ईश्वरले हामी सबैको अधिकारमा कुनै प्रकारको साधन दिएको छ । साधनाको मूलभूत सिद्धान्त यही हो कि ती साधनको उपयोग ईश्वर सेवामा प्रयोग गर्नुहोस् । फलस्वरूप हाम्रो आध्यात्मिक उन्नति हुन्छ । हामीलाई प्राप्त यी साधन साधारणतः चार प्रकारका हुन्छन् ।
१. हाम्रो देह
२. हाम्रो धन अनि हाम्रो सांसारिक सम्बन्ध
३. हाम्रो मन एवं बुद्धि
४. हाम्रो छैटौं ज्ञानेंद्रिय
आउनुहोस्, यी चार अङ्ग विस्तारपूर्वक हेरौं;
१. हाम्रो देह
देहबाट सेवा गर्नुको अर्थ हो, देहलाई ईश्वरको सेवामा लगाउनु । उदाहरणार्थ :
|
२. हाम्रो धन अनि सांसारिक सम्बन्ध
ईश्वरको सेवाको लागि धन तथा सांसारिक सम्बन्धको उपयोगको उदाहरण क्रमशः यस प्रकार छन् :
अफ्नो परिचितलाई आध्यात्मिक प्रवचनको लागि आमन्त्रित गर्ने |
३. हाम्रो बुद्धि तथा मन
मन तथा बुद्धिको उपयोग गर्नुको अर्थ हो, हाम्रो रचनात्मक अनि बौद्धिक क्षमताका उपयोग ईश्वर सेवाको लागि गर्ने । यसको केही उदाहरण यस प्रकार छन्:
कुनै कार्यक्रमको आयोजन तथा त्यसको अभिलेख बनाउनमा सहायता गर्ने |
४. हाम्रो छैटौं ज्ञानेंद्रिय
हामी मध्ये केही व्यक्ति बाल्यकाल देखि छैटौं ज्ञानेंद्रियको दिव्य देन अर्थात सूक्ष्म आयाम बुझ्ने क्षमता प्राप्त हुन्छ । यो देन अथवा कुशलता पूर्वजन्मको अथवा यो जन्ममा गरेको साधनाको कारण प्राप्त हुन्छ । आफ्नो तथा अरुको आध्यात्मिक उन्नति सुगम बनाउनको लागि यसको उपयोग गर्ने दायित्व हामीमा हुन्छ । अफ्नो छैटौं ज्ञानेंद्रियको (सूक्ष्म आयाम बझ्ने क्षमताको) उपयोग कुनै आध्यात्मिक गुरुको मार्गदर्शनानुसार गर्नु पर्छ । |
सम्क्षेपमा, निम्न सूत्र ध्यानमा राख्न सक्छौं :
- हामीसँग जे छ त्यलाई आफ्नो साधना मानेर निरन्तर ईश्वरलाई अर्पित गर्नाले हाम्रो आध्यात्मिक उन्नति हुन्छ ।
- कसैसँग धन अथवा बुद्धि छैन भने पनि सेवामा केवल आफ्नो शरीर अर्पित गरेर पनि उनको आध्यात्मिक उन्नति हुन सक्छ ।
- माथि उल्लेख गरेका चार प्रकारका सेवा परस्पर अनन्य छौन्न्। यदि कोही व्यक्तिसँग राम्रो बुद्धि तथा अध्यात्मशास्त्र बुझ्ने क्षमता छ भने केवल बुद्धि अर्पित गर्नमा रूचि हुन सक्छ । तर सिद्धान्त यो भन्छ कि, हामीसँग जे-जे छ अर्पित गर्नु पर्छ । बुद्धिमान व्यक्तिसँग देहको साथ केही धन छ भे त्यसलई बुद्धिको साथ देह अनि धन पनि सेवामा अर्पित गर्नु पर्छ ।
- मन अनि बुद्धि सेवामा अर्पित गर्नु सर्वश्रेष्ठ हो, किन कि त्यसको माध्यमबाट कोही व्यक्ति अरुलाई अध्यात्मशास्त्र बुझाउन तथा त्यसको आचरणमा सहायता गर्न सक्छ ।