व्यक्तिको आध्यात्मिक परिपक्वता अथवा आध्यात्मिक क्षमता वर्णन गर्नको लागि SSRF ले ‘आध्यात्मिक स्तर’ शब्दको उपयोग गर्ने गर्छ । यो व्यक्तिको आध्यात्मिक विकासको एक मापक (scale) हो र यो कुराको पनि संकेत हो कि व्यक्ति साधनायात्रामा तुलनात्मक दृष्टिले कहाँसम्म पुगेको छ । व्यक्तिको आध्यात्मिक स्तर जति धेरै हुन्छ, त्यही मात्रमा व्यक्तिसँग ईश्वरीय तत्त्व अधिक मात्रामा प्रकट हुन्छ ।
विषयसूची
- २. आध्यात्मिक स्तरको मापन
- ३. आध्यात्मिक स्तर एवं साधना
- ४. आध्यात्मिक स्तर कसरी मापन गर्न सकिन्छ ?
- ५. आध्यात्मिक स्तरको केही पक्षहरु
- ५.१ आध्यात्मिक स्तर अनि जन्म
- ५.२ के नास्तिक व्यक्तिको आध्यात्मिक स्तर उच्च हुन सक्छ ?
- ५.३. आध्यात्मि स्तर अनि अनुकूलता
- ५.४ आध्यात्मिक स्तर अनि ब्रह्माण्डको शक्ति ग्रहण गर्ने क्षमता
- ५.५ अनिष्ट शक्ति (भूत, प्रेत, नकारात्मक शक्ति) बाट रक्षाको लागि आध्यात्मिक स्तर
- ५.६ मानसिक रुपमा विकलांग व्यक्तिको आध्यात्मिक स्तर
- ५.७ दुष्ट व्यक्तिको आध्यात्मिक स्तर
- ६ वर्तमान विश्वको जनसंख्याको आध्यात्मिक स्तरानुसार वर्गीकरण
२. आध्यात्मिक स्तरको मापन
SSRF आध्यात्मिक स्तरको व्याख्या गर्नको लागि १ प्रतिशत देखि १०० प्रतिशतसम्मको मापनको उपयोग गर्ने गर्छ । १ प्रतिशत कुनै निर्जीव वस्तुको आध्यात्मिक स्तरको सूचक हो, र १०० प्रतिशत त्यो व्यक्ति तिर संकेत गरिन्छ, जो आध्यात्मिक प्रगतिको शिखर अर्थात आत्मसाक्षात्कार अथवा ईश्वरसँग एकरूप हुने लक्ष्यलार्इ प्राप्त गरी सकेको छ ।
वर्तमान कलियुगमा (संघर्षको युगमा), धेरै मानिस २० प्रतिशत आध्यात्मिक स्तरको श्रेणीमा आउने गर्दछन् । अध्यात्मशास्त्रानुसार जुन व्यक्तिको आध्यात्मिक स्तर ७० प्रतिशत भन्दा धेरै हुन्छ, त्यो व्यक्तिलाई सन्त भनिन्छ । जुन प्रकार सांसारिक विश्वमा आ-आफ्नो क्षेत्रमा अधिकारी (उच्च पदमा) हुन्छ, त्यसै प्रकार पृथ्वीमा जो सन्त हुन्छन्, उनीहरु अध्यात्म क्षेत्रको अधिकारी हुन्छन् । उनीहरु विद्वान मात्रै होइन्न्, तर आफ्नो दैनिक जीवन अध्यात्मशास्त्रानुसार आचरण गर्ने र्इश्वरदर्शी जीव हुन् ।
जुन सन्त सक्रियताले अध्यात्मशास्त्र सिकाउने तथा साधकहरुको आध्यात्मिक उन्नति हेतु पोषण गर्दछन्, उनीहरुलाई हामी गुरु भन्दछौं । पृथ्वीमा वास गर्ने सन्तहरु मध्ये १० प्रतिशत मात्रै सन्त गुरु छन् । गुरु अर्थात ईश्वरको स्थूल मार्गदर्शक-रूप हो र अत्यधिक भौतिकवादी संसारमा आध्यात्मिक ज्ञान प्रदान गर्ने भूमिका निभाउने गर्दछ ।
३. आध्यात्मिक स्तर एवं साधना
४. आध्यात्मिक स्तर कसरी मापन गर्न सकिन्छ ?
आध्यात्मिक स्तर न कुनै आधुनिक वैज्ञानिक उपकरणद्वारा न कुनै व्यक्तिको बुद्धिद्वारा निर्धारित गर्न सकिन्छ । केवल सन्त अथवा गुरुनै आफ्नो अति जागृत छैटौं ज्ञानेन्द्रिय अथवा अतिरिक्त सम्वेदी बोध-क्षमताद्वारा व्यक्तिको आध्यात्मिक स्तर निर्धारित गर्न सकिन्छ ।
प्राय: जसो प्रश्न सोधिन्छ कि, ‘कसरी सन्तले व्यक्तिको आध्यात्मिक स्तरलार्इ सही ढङ्गले मापन गर्न सक्छ ?’
जुन प्रकारले नेत्र आफ्नो अंगभूत क्षमताको कारण सजिलै नीलो तथा रातो रंगको वस्तु १०० प्रतिशत अचूकतासँग विभेद गर्न सक्छ, त्यस प्रकार सन्त आफ्नो छैटौं ज्ञानेन्द्रियको क्षमताद्वारा कुनै व्यक्तिको आध्यात्मिक स्तरको अचूकताले अनुमान लगाउन सक्छन । छैटौं ज्ञानेन्द्रिय व्यक्तिको अज्ञात (अदृश्य) विश्वको सम्बन्धमा पूर्ण सतर्कता तथा त्यसलाई मापने क्षमता प्रदान गर्दछ ।
सामान्य नियमको सहायताले व्यक्ति आफ्नो बुद्धिले आध्यात्मिक स्तरको अनुमान लगाउन सक्छ । यसलाई बुझ्नको लागि हामीले तल एउटा मापन (scale) दिएका छौं जसले बौद्धिक स्तरमा आध्यात्मिक स्तर जान्न सक्छौं ।
आध्यात्मिक स्तर बढेपछि जीवनसम्बन्धि दृष्टिकोण र धारणामा आकस्मिक परिवर्तन आउँदछ । उदाहरणको लागि, ३० प्रतिशत आध्यात्मिक स्तर भएको व्यक्ति आफ्नो व्यस्त दिनचर्याबाट एउटा आध्यात्मिक प्रवचन सुन्नको लागि समय निकालन कठिन लाग्ने गर्दछ । त्यही व्यक्ति ४० प्रतिशत (आध्यात्मिक) स्तर प्राप्त गरेपछि त्यतिनै व्यस्ततामा पनि आध्यात्मिक प्रवचन सुनने तथा आध्यात्मिक ग्रन्थको नियमित अध्ययन गर्नको लागि सहजतासँग समय निकालन सक्छ।
एक विशिष्ट आध्यात्मिक स्तरको व्यक्ति उदा. ३० प्रतिशत आध्यात्मिक स्तरको व्यक्ति स्वयं देखि केहि प्रतिशत अधिक स्तरको व्यक्तिलार्इ बुझ्न सक्छ । उनकोलागि ४० प्रतिशत स्तर भएको व्यक्तिलाई बुझ्न धेरै कठिन हुन्छ, यसको उल्टो पनि हुने गर्छ ।
आफ्नो बुद्धिले कोही व्यक्ति यो अनुमान लगाउन सक्छ की केहि मात्रामा अर्को व्यक्ति आध्यात्मिक दृष्टिले अगाडि छ तर उनको अनुमान अस्पष्ट हुन्छ ।
बुद्धिको उपयोग गरेर व्यक्ति सन्त हो अथवा होइन भन्न सम्भव हुँदैन ।
आध्यात्मिक स्तर निर्धारित गर्ने अनेक कारकहरु (factors) हुन्छन् । निम्न सूत्रहरुमा हामीले व्यक्तिको आध्यात्मिक स्तरको लागि उत्तरदायी केहि महत्त्वपूर्ण घटक तथा आध्यात्मिक उन्नतिको कारण व्यक्तिमा हुने परिवर्तको विषयमा चर्चा गरेका छौं ।
४.१ अहं अनि आध्यात्मिक स्तर
- व्यक्तिको आध्यात्मिक स्तरको एउटा महत्त्वपूर्ण मापण्ड हो, अहंको मात्रा । यसको अर्थ हो उनको आत्माको सबैतर्फ अनि विद्यमान अन्धकार कति हटेको छ तथा उनको आफ्नो अन्तरात्माको साथ कति पहिचान स्थापित भएको छ ।
- आत्माको सबैतर्फ अन्धकार अर्थात अहंको अर्थ हो; मनुष्यको त्यो प्रवृत्ति जाहँ उनको पहिचान केवल पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिसम्म सीमित हुन्छ । त्यो अहं अर्थात आफ्नो वास्तविक अस्तित्वको (आत्माको) आध्यात्मिक अज्ञान । हाम्रो आधुनिक शिक्षाप्रणाली र समाजले हामीलाई यही सीकाउछ कि हाम्रो अस्तित्व, हाम्रो देह, मन एवं बुद्धि सम्मनै सीमित छ र हाम्रो वास्तविक अस्तित्त्व हाम्रो अन्तरात्मा हो, यो तथ्यबाट हामी अनभिज्ञ छौं ।
- अध्यात्मशास्त्रको अध्यनद्वारा हामी आफ्नो बुद्धिले यो जान्न सक्छौं की हामी भित्र आत्मा छन्; तर न हामीलाई त्यस्को भान हुन्छ, न हामी त्यसलार्इ अनुभव गर्ने सक्छौं । जब हामी साधना आरम्भ गर्छौं, यो अहंको अन्धकार हट्न थाल्छ तथा जब हामी आध्यात्मिक शिखरमा पुग्छौं , तब हाम्रो अन्तरात्मासँग पूर्ण पहिचान स्थापित गर्न सक्छौं ।
- साधना आरम्भ गरेपछि हाम्रो अहं क्षीण हुन थाल्दछन् यसको हामीमा बढ्दै गरेको आध्यात्मिक स्तरसँग सीधा सम्बन्ध हुन्छ । तलको चित्रले यो प्रक्रिया स्पष्ट पार्दछ ।
२० प्रतिशत आध्यात्मिक स्तरमा व्यक्ति अति आत्मकेन्द्रित, स्वयं सचेत अनि आफ्नौ बारेमा मात्रै विचार गर्ने गर्छ । जब साधना गर्छौं तब देहबुद्धि न्यून हुदै जान्छ । हामी केवल सुख-दुःखको सामना गर्न मात्रै सिक्दैनौं, आफ्नो कसैले प्रशंसा गरेमा त्यसलाई दिमागा बस्न दिदैनौं र त्यो समय पनि स्थिर रहन सिक्छौं ।
उदाहरणको लागि, यदि कुनै स्त्रीलाई भनियो की उनको वजन बढेछ अथवा उ बूढी दिखिन थालेकी छे, उनी धेरै समयसम्म निराश हुन्छिन् । अर्को उदाहरणमा व्यक्ति सबैको सामुन्य यो सुईकार गर्दैन कि उनी साधना गरिरहेको छ किन कि उनलाई लाग्छ यसले गर्दा साथी-भाईबाट टाढा हुन्छ । प्राय प्रसङ्गहरुमा हाम्रो नकारात्मक प्रतिक्रिया हुन्छन् जब हाम्रो गल्ति देखाउँछन् । आफ्नो गल्ति स्वीकार गर्न नसक्नु पनि अहंको लक्षण हो ।
४.२ आफ्नो सुख अनि आध्यात्मिक स्तरमा ध्यान दिने
साधारण मनुष्यको तुलनामा, आफ्नो सुखको प्रति अल्प ध्यान हुनु, उच्च आध्यात्मिक स्तरको एउटा स्पष्ट लक्षण हो । जसरी तल दिएको तालिकामा देख्न सकिन्छ, जुन व्यक्ति सन्तपदसम्म पुग्नुभएको छ, उनीको आफ्नो सुखतर्फ मात्र १० प्रतिशत ध्यान हुन्छ । यसको एउटा कारण हो – आध्यात्मिक प्रगतिको साथ व्यक्ति आफ्नो शरीर, मन तथा बुद्धिको साथ सम्बन्द घटन थाल्दछ ।
साधारण मनुष्यको जीवनमा स्वयंको सुखतर्फ ध्यान दिएको उदाहरणहरु धेरै छन्, जस्तै –
१. परिवारमा कुनै व्यक्तिको हेरचाह गर्ने आवश्यक पर्दा रिसाउने किन कि यसले स्वयंलाई असुविधा हुन्छ ।
२. आध्यात्मिक प्रवचनको लागि केवल त्यति खेर जाने, जब निकट क्षेत्रमा हुन्छ |
३.अन्यायको विरोध व्यक्त गर्नको लागि पैसा दान गर्नको लागि तत्परता देखाउने, तर त्यस्को लागि आफ्नो समय अथवा श्रम दिन असुविधाजनक लाग्ने ।
आफ्नो सुख तिर ध्यान अल्प हुने सकारात्मक परिणाम यस्तो हुन्छ की व्यक्ति व्यापक हुन थाल्दछ र मनःपूर्वक अरु तथा समाजको सुख तिर ध्यान जान्छ ।
जसरी हाम्रो आध्यात्मिक विकास हुन्छन् र हामी आफ्नो सुख तिर अधिक ध्यान दिदैनौं, यस्को विपरीत लाभ के हुन्छ भने हाम्रो जीवनमा अधिकाधिक सुख मिल्न थाल्छन् । आध्यात्मिक स्तर बढेपछि सुखमा गुणात्मक तथा संख्यात्मक वृद्धि कसरी हुन्छ, यो तल दिएको तालिकाबाट स्पष्ट हुन्छ । सन्त आनन्दको अनुभूति गर्दछ, जुन सुख भन्दा पनि माथि हुन्छ एवं सुखको तुलनामा धेरै ठुलो स्तरको अवस्था हो ।
४.३ साधना अनि आध्यात्मिक स्तर
हाम्रो आध्यात्मिक स्तर बढेपछि, साधना गर्ने गुणात्मक एवं संख्यात्मक क्षमतामा पनि वृद्धि हुन थाल्दछन् । यो ‘आध्यात्मिक मांसपेशी’ बढउनेसमान जस्तै हुन्छ । साधनाको लागि परिश्रम जति धेरै गर्छौं त्यतिनै हाम्रो आध्यात्मिक मांसपेशी बढ्ने गर्दछन् ।
३५ प्रतिशत आध्यात्मिक स्तरमा वास्तवमा साधना आरम्भ हुन्छ । यो स्तरमा व्यक्तिमा आध्यात्मिक प्रगतिको लगन उत्पन्न हुन्छ र प्रतिदिन अध्यात्मको मूलभूत सिद्धान्त अनुसार साधना गर्न थाल्दछ । आध्यात्मिक प्रगतिको एक आधारभूत मापदण्ड हो, साम्प्रदायिक (अर्थात कुनै धर्म / पन्थ अनुसार) साधनाबाट परे जाने र उच्च एवं सूक्ष्म साधना गर्न थाल्नु । उदाहरणार्थ, जो व्यक्ति पहिला आफ्नो शरीरको माध्यमद्वारा (कर्मकाण्ड अनुसार) देवतापूजन गर्ने गर्दथ्यो, उनी उच्च तथा सूक्ष्म स्तरमा गएर अब ईश्वरको मानसिक (मानस) पूजन गर्न थाल्दछ । नामजप-साधना यसको उदाहरण हो ।
निम्न केहि उदाहरणहरुले साधना प्रति दृष्टिकोणमा परिवर्तन स्पष्ट गर्दछ ।
-
- २० प्रतिशत आध्यात्मिक स्तरमा कुनै साधना हुदैन अथवा केवल नाममात्रको साधना हुन्छ । यदि कुनै मान्छे तीर्थस्थल/मन्दिर गए भने पनि गइरहने बानीले गर्दा जान्छ अथवा समय बिताउनको लागि जान्छ ।
- ३० प्रतिशत आध्यात्मिक स्तरमा तीर्थस्थल/मन्दिर जाने अथवा कर्मकाण्ड अनुसार पूजापाठ गर्ने विषयमा साधारण रूचि हुन्छ ।
- ४० प्रतिशत आध्यात्मिक स्तरमा आध्यात्मिक ज्ञान प्राप्त गर्ने तिव्र इच्छा हुन्छ र त्यस्लाई जीवनमा उतार्दछ । यस्तो मान्छे आफ्नो अधिकांश खाली समय आध्यात्मिक ज्ञानको खोजीमा बिताउदछ ।
- ५० प्रतिशत आध्यात्मिक स्तरमा व्यक्ति आफ्नो धर्म (पन्थ) भन्दा परे, शुद्ध अध्यात्मतर्फ बढ्दछ । व्यक्तिको जीवनको केन्द्रबिन्दु सांसारिक विषयमा आसक्त हुने तथा सांसारिक महत्वाकांक्षा पूर्ण गर्नुको अपेक्षा आध्यात्मिक विकास गर्नको लागि हुन्छ । परिस्थिति जस्तो पनि होस्, चाहे उ व्यवसायी होस्, गृहिणी आदि अतः जीवनको अधिकांश समय साधना गर्नमा व्यतीत हुन्छ, । यो आवश्यक हुदैन कि ५० प्रतिशत आध्यात्मिक स्तरको व्यक्ति आफ्नो सांसारिक जीवन अथवा व्यवसाय त्याग दिने तर उनको केन्द्रबिन्दू सांसारिक प्रगतिको अपेक्षा आध्यात्मिक प्रगति तिर जाने हुन्छ । अतः व्यक्ति, जो पहिला आफूले कति कमाउछ, अरुले आफ्नो बारेमा के सोच्छ भन्ने बिचार गर्दथे भने अब उनी ईश्वर मेरो बारेमा के सोच्नु हुन्छ यसमा चासो राख्ने गर्दछ ।
४.४ मानसिक भावना अनि आध्यात्मिक स्तर
वर्त्तमान स्वार्थी एवं निर्दयी विश्वमा यदि कसैको मनमा विशेषगरी अन्य प्रति सकारात्मक भावना छ भने, यो कुरा निश्चित नै प्रशंसनीय हुन्छ । यद्यपि यो अवस्था (स्तर) कुनै निर्दयी तथा सम्वेदनहीन व्यक्तिको तुलनामा धेरै राम्रो हुन्छ, तथापि यो ध्यानमा रहोस कि यो कुनै अन्तिम चरण होइन । वास्तवमा मानसिक भावना मनको नै एउटा कार्य हो, जुन उपर्युक्त चित्रमा बताए अनुसार हाम्रो आत्माको सबैतर्फ विद्यमान कालो आवरण हो । यस आवरणले हामी भित्र ईश्वर (अन्तरात्मा) को अनुभूति देखि टाडा राख्ने गर्दछ । ईश्वर प्रति भावना मानसिक भावनात्मक अवस्था भन्दा परे हुन्छ; जनु सुखको उच्चतम अवस्था अर्थात आन्न्द हो । आध्यात्मिक विकाश हुँदै जादा व्यक्ति भावनामा आएर कम कृत्य गर्ने गर्दछ । उसलाई मनको अधिक सन्तुलित अवस्था प्राप्त हुन्छ र उनी आफ्नो वरिपरि हुने राम्रो-नराम्रो घटनाहरुबाट प्रभावित हुदैन ।
२० प्रतिशत आध्यात्मिक स्तर भएको युवतीको केश अपेक्षाकृत भन्दा एक सेन्टीमीटर छोटो काटिदियो भने केहि दिनसम्म दुखी रहन्छे । त्यही युवती ५० प्रतिशत आध्यात्मिक स्तर प्राप्त भएमा उसलाई क्यान्सर अथवा एडस जस्तो असाध्य रोगले व्याधि भएको कुरा सुनेर पनि निर्विकार (stoic) अवस्थामा दृढतासँग रहन सक्छे ।
४.५ भाव (र्इश्वरप्रति आध्यात्मिक भावना) अनि आध्यात्मिक स्तर
ईश्वर प्रति भावको अर्थ हो, ईश्वरको सर्वव्यापी अस्तित्वलाई तीव्रतासँग अनुभव गर्ने; अर्थात दैनिक कृत्य गर्ने समय ईश्वरको उपस्थिति अनुभव गर्ने र यो जागरुकताको साथ आफ्नो जीवन जीउने ।
जब भाव बढ्दै जान्छ, जीवनको प्रत्येक अङ्गमा ईश्वरको भूमिका अधिकाधिक अनुभव गर्न थाल्दछ, जसले गर्दा उनी आझै ईश्वरको शरणमा जान्छ । जब शरणागत अवस्था आउछ, ईश्वरीय तत्त्व उनको माध्यमबाट कार्य गर्न थाल्दछ । यो तत्त्व व्यक्तिमा अधिकाधिक प्रकट हुन थाल्दछ र त्यस व्यक्तिको साथमा अन्य मानिसहरुलाई पनि उनको माध्यमबाट प्रवाहित हुने ईश्वरीय चैतन्यको अनुभव हुन थाल्दछन् ।
२० प्रतिशत आध्यात्मिक स्तरको व्यक्ति कुनै ठुलो प्रतिष्ठित व्यावसायिक सम्झौता (deal) गरेमा स्वयं तथा आफ्नो बौद्धिक क्षमता माथि गर्व गर्ने गर्छ । यहि स्थितिमा ५० प्रतिशत स्तरको व्यक्ति यो सम्झौता ईश्वरद्वारा प्राप्त कृपाको कारण भएको हुँदा भाव तथा कृतज्ञताले विभोर हुन जान्छ ।
यदि २० प्रतिशत स्तरको व्यक्ति यो सम्झौता गर्न सकेन भने उ चिडचिड साथै, ईर्ष्या तथा दुःखले ग्रस्त हुन्छ । तथापि ५० प्रतिशत स्तरको व्यक्ति यो परिस्थितिमा पनि ईश्वरको कृपा नै देख्छ र यो सम्झिन्छ कि यो सम्झौता उसलाई मिलो जो यस्को सहि पात्र छ अनि यस्तो दृष्टिकोण भगवानले नै दिनु भएकोमा कृतज्ञता व्यक्त गर्दछ ।
५. आध्यात्मिक स्तरको केही पक्षहरु
हाम्रो आध्यात्मिक स्तर निर्धारित गर्दछ हामी आफ्नो जीवन कुन प्रकारले जिउॅंछौं तथा परिस्थिति र प्रारब्धले हामी माथि कस्तो प्रभाव पर्दछन् । आध्यात्मिक स्तरको अवधारणा बारे केहि पक्षहरु निम्नलिखित छन् तथा यसले जीवनमा हुने प्रभाव तल दिएको छ ।
५.१ आध्यात्मिक स्तर अनि जन्म
हामी सबै एक निश्चित आध्यात्मिक स्तरमा जन्मेका हुन्छौं । यो पहिलाको जन्ममा प्राप्त आध्यात्मिक स्तरमा आधारित हुन्छ । उदाहरणको रूपमा यदि कोई व्यक्ति साधना गरेर ५० प्रतिशत स्तर प्राप्त गर्छ भने, आउने जन्ममा ५० प्रतिशत स्तरमा नै जन्म लिन्छ । मूलतः अध्यात्ममा हामी पहिलाको जन्ममा जहाँ थियौं, त्यहाँ देखिनै अगाडी बढछौं । यो सांसारिक ज्ञानको विपरीत छ, जहाँ जन्म लिएपछि आरम्भबाट सुरु गर्नु पर्ने हुन्छ ।
५.२ के नास्तिक व्यक्तिको आध्यात्मिक स्तर उच्च हुन सक्छ ?
अवश्य, ईश्वरमा विश्वास नभए पनि नास्तिकको आध्यात्मिक स्तर उच्च हुन सक्छ । कुनै बेला नास्तिक आफ्नो जीवनको पछिल्लो समयमा साधना आरम्भ गर्छ, जुन प्रारब्धको अनुसार हुन्छ ।
५.३. आध्यात्मि स्तर अनि अनुकूलता
जसरी हामीले पहिला देख्यौं, आध्यात्मिक स्तरमा अन्तर दुई व्यक्तिले जीवनलाई देखने दृष्टिकोणमा अत्यन्त फरक हुन्छन् । त्यसैले आध्यात्मिक स्तरमा अन्तर बढदै जान्छ, दुई व्यक्तिको अनुकूलता न्यून हुन थाल्छ । यो घटक दुई व्यक्तिमा असंगतताको लागि ५ प्रतिशत उत्तरदायी हुने गर्छ ।
दुई व्यक्तिको आध्यात्मिक स्तर समान भए पनि, उनीहरुमा आध्यात्मिक उन्नतिको लगनमा भएको अन्तरको कारण असंगतता हुन सक्छ ।
ईश्वरप्राप्ति गर्ने दुई साधकमा पर्याप्त अनुकूलता नहुनको एउटा अर्को कारण यो पनि हो की एउटा प्रमुखतः व्यष्टि साधनामा केन्द्रित हुन्छ र अर्को प्रमुखतः समष्टि साधनामा (समाज उत्थानको लागि) केन्द्रित हुन्छ । यो कारणले दुई साधकमा ८ प्रतिशतसम्म असंगतता हुन सक्छ ।
कृपया विस्तृत जानकारीको लागि ‘‘अनुकूलता प्रभावित गर्ने घटकहरु” यो लेखको सन्दर्भ लिनुहोस् ।
५.४ आध्यात्मिक स्तर अनि ब्रह्माण्डको शक्ति ग्रहण गर्ने क्षमता
जसरी हाम्रो आध्यात्मिक उन्नति हुन्छन् हामी ब्रहमाण्डको उच्च शक्ति ग्रहण गर्न सक्छौं । यी कुराहरुलाई परिप्रेक्ष्यमा राख्न, भौतिक शक्ति निम्न स्तरमा आउछ । धेरै मान्छेहरु आफ्नो सम्पूर्ण जीवन निम्न स्तरको शक्तिको (स्थूल शक्तिको) प्राप्ति गर्नको लागि बिताउछन् ।
- बिरामी उपचार गर्नको लागि औषधिहरु – उदा. जीवाणुलाई मार्नको लागि प्रतिजैविक (antibiotics)
- मार्नको लागि भौतिक हतियार
- आर्थिक शक्ति
- राजनीतिक शक्ति
उदा. एडॉल्फ हिटलर सत्तामा आकस्मिक आउने कारण थियो, नरकको (पातालको) तल्लो लोकको शक्तिशाली मान्त्रिकको (एक प्रकारको अनिष्ट शक्तिको) हात थियो । मान्त्रिक जसले हिटलरलाई उनको सत्ताकालमा आवेशित गरेको थियो त्यसले उनलाई भैतिक शक्तिप्रति अपराजय बनाइ दियो ।
जुन व्यक्तिहरुले प्रत्यक्षमा हिटलरलाई (अर्थात मान्त्रिकद्वारा अविष्ट हिटरलाई) आफ्नो आध्यात्मिक शक्तिद्वारा प्रतिबन्धित गरिदिएको थियो, उहाँहरु भारतको दुई सन्तहरु थिए, पू. माताजी अनि योगी अरविद (श्री ऑरोबिंदो) । (सन्दर्भ : searchforlight.org, lightendlesslight.org, aurobindo.ru )
सम्पूर्ण लेख पढनको लागि कृपया यहाँ क्लिक गर्नुहोस् – ‘ब्रह्माण्डको शक्तिहरुको पदक्रम’
५.५ अनिष्ट शक्ति (भूत, प्रेत, नकारात्मक शक्ति) बाट रक्षाको लागि आध्यात्मिक स्तर
अनिष्ट शक्तिबाट (भूत, राक्षस, शैतान, नकारात्मक ऊर्जा, पिशाच इ. बाट) स्वयंलाई बचाउने एकमात्र सुनिश्चित एवं स्थायी मार्ग हो, आध्यात्मिक प्रगति । २०-३० प्रतिशत आध्यात्मिक स्तरमा सबै प्रकारको अनिष्ट शक्तिको (भूत, राक्षस, शैतान, नकारात्मक ऊर्जा, पिशाच इ. को) आक्रमणको शिकार बन्ने सम्भावना हुन्छ । यो स्तरमा कुनै पनि अनिष्ट शक्ति उसको इच्छा अनुसार हामीलाई आविष्ट गर्न सक्छ; किन की हामी ईश्वरीय संरक्षणबाट लाभ पाउने स्थितिमा हुँदैनौं ।
सम्पूर्ण लेख पढनको लागि कृपया यहाँ क्लिक गर्नुहोस् – अनिष्ट शक्तिबाट रक्षा हेतु सुरक्षाकवचको निर्मितिमा आध्यात्मिक स्तरको के योगदान छ?
५.६ मानसिक रुपमा विकलांग व्यक्तिको आध्यात्मिक स्तर
अधिकांश मान्छेको आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ, तर मानसिकरूपले विकलांग व्यक्तिको आध्यात्मिक स्तर १९ प्रतिशत हुन्छ; किनभने उनीमा बुद्धिको अभाव हुन्छ । बुद्धि मूल सूक्ष्म घटक ‘सत्वगुण’को कार्य हो, जुन हाम्रो आध्यात्मिक स्तर बढाउनमा सहायक हुन्छ । त्यसैले मनोरोगीको आध्यात्मिक स्तर सामान्य मनुष्यको तुलनामा अल्प हुन्छ ।
५.७ दुष्ट व्यक्तिको आध्यात्मिक स्तर
दुष्ट व्यक्ति जसले समाजलाई हानी पुराउँछ जस्तै भ्रष्ट नेता, गुण्डा, आतंकवाद इ. को आध्यात्मिक स्तर २० प्रतिशत भन्दा कम हुन्छ तथा १० प्रतिशत भन्दा पनि कम हुन सक्छ ।
६ वर्तमान विश्वको जनसंख्याको आध्यात्मिक स्तरानुसार वर्गीकरण
हामीले आध्यात्मिक शोधपद्धतिको सहायताले इ.स.२०१६ मा विश्वको ७.३ अरब जनसंख्याको आध्यात्मिक स्तरानुसार वर्गीकरण गरेका छौं ।
इ.स.२०१६ मा विश्वको जनसंख्याको आध्यात्मिक स्तर
आध्यात्मिक स्तर विश्वको जनसंख्या (प्रतिशतको मात्रा कुल जनसंख्या १ २०-२९% ६३% ४.५९९ अरब ३०-३९% ३३% २.४०९ अरब ४०-४९% ४% ०.२९२ अरब ५०-५९% नगण्य १५, ००० ६०-६९% नगण्य ५, ००० ७०-७९%२ नगण्य १००३ ८०-८९% नगण्य २०३ ९०-१००% नगण्य १०३ टिप्पणिहरु :
१. फ्रेब्रुअरी २०१६ census.gov अनुसार विश्वको जनगणनामा आधारित – ७.३ अरब
२. सन्तको आध्यात्मिक स्तर ७०% अथवा त्यो भन्दा माथि हुन्छ ।
३. लगभग ७०% देखि १००% आध्यात्मिक स्तर भएको १,००० सन्तहरु छन् । यहाँ हामीले सन्त तथा गुरु जो क्रियाशील रुपमा आध्यात्मिक प्रसार गरिरहेका छन् उहाँहरुको संख्या मात्रा देखाएका छौं ।
उपर्युक्त सारणीबाट ज्ञात हुन्छ कि वर्तमानमा विश्वको अधिकतर जनताको आध्यात्मिक स्तर २० प्रतिशत देखि २९ प्रतिशतको बीचमा छ । आज विश्व अनेक समस्याहरुबाट ग्रस्त छ । यो समस्या विविध प्रकारको हुन्छ, जस्तै व्यक्गित समस्याहरु – व्यसनाधीनता, वैवाहिक मतभेद देखि सामाजिक समस्याहरु – राष्ट्रीय एवं सामाजिक समस्याहरु, उदा. साम्प्रदायिक हिंसा, युद्ध, प्राकृतिक आपदा । विश्वको यह वर्तमान स्थिति मुख्यतः यो कारणले हो कि अधिकतर जनता एवं नेताहरुको आध्यात्मिक स्तर धेरै नै न्यून छन् । विश्वको यो वर्तमान स्थितिमा सुधार तब हुन्छ जब मनुष्यजातिको औसत आध्यात्मिक स्तर बढ्दछ । यो तब हुन सक्छ जब हामी नियमितरूपलै साधना गछौं ।