परिचय
अध्यात्मका सिद्धान्तहरू अनुसार आध्यात्मिक अभ्यास (साधना) ले द्रुत आध्यात्मिक वृद्धिमा परिणाम दिन्छ, जुन ईश्वरको साधकको लक्ष्य हुन्छ । अध्यात्मको यस्तै एउटा मार्ग हो गुरुको कृपाको मार्ग (गुरुकृपायोग) ।
गुरुकृपायोग मार्ग वर्तमान युगको लागि आध्यात्मिक अभ्यास (साधना) को रुपमा सिफारिस गरिएको छ, जसलाई कलियुग भनिन्छ । किन भने यसले आध्यात्मको ६ आधारभूत सिद्धान्तहरु अनुसार आध्यात्मिक अभ्यास सिकाउँछ ।
गरुकृपायोग अनुसार साधना निम्नलिखित कारणहरुले सिद्धान्त अनुसार साधना हो ।
विषयसूची
- 1. गुरुकृपायोग कुनै साम्प्रदायिक साधना होइन (सबै साधकहरूको लागि एउटै प्रकारको साधना) तर यो अध्यात्मको सिद्धान्तमा आधारित छ कि – ‘जति मानिसहरू छन् उति धेरै ईश्वर प्राप्तिका मार्गहरू छन्’।
- 2. प्रत्येक क्रियालाई साधनाको रुपमा गर्ने
- 3. गुरुकृपायोग मार्गले प्रत्येक कार्य कर्तव्य मानेर गर्नुपर्छ भन्ने सिकाउँछ
- 4. प्रत्येक कार्य ईश्वर प्राप्तिको उद्देश्यले गरिन्छ
- 5. सारांश – सिद्धान्त अनुसार साधना गर्दा फलदायी हुन्छ
1. गुरुकृपायोग कुनै साम्प्रदायिक साधना होइन (सबै साधकहरूको लागि एउटै प्रकारको साधना) तर यो अध्यात्मको सिद्धान्तमा आधारित छ कि – ‘जति मानिसहरू छन् उति धेरै ईश्वर प्राप्तिका मार्गहरू छन्’।
एक ‘सम्प्रदाय’ मानिसहरूको समूह हो जसले ईश्वर प्राप्तिको आफ्नो मार्ग उत्तम र एक मात्र हो भन्ने सोच्दछ । तर, जसरी एउटै औषधिले विभिन्न रोग भएका बिरामीलाई निको गर्दैन, त्यसैगरी प्रत्येक व्यक्तिको लागि उपयुक्त आध्यात्मिक अभ्यास (साधना) फरक–फरक हुन्छ । एक सम्प्रदायमा, एउटै साधना सबै अनुयायीहरूलाई अपनाउन सल्लाह दिइन्छ । तसर्थ, साम्प्रदायिक साधना अध्यात्मको आधारभूत सिद्धान्तको विरुद्धमा जान्छ, जुन हो, ‘जति मानिसहरू छन्, त्यति नै ईश्वर प्राप्तिका मार्गहरू छन्’। सम्प्रदायको अनुयायीले एउटै मार्गलाई मात्र जान्दछ र चिन्छ । ऊ आफ्नो मार्ग सर्वोच्च र ईश्वरसम्म पुग्ने एकमात्र बाटो हो भन्ने गलत धारणामा बाँच्दछ । साधनाको मुख्य उद्देश्य अहंकारलाई नष्ट गर्नु हो तर साम्प्रदायिक साधनाका अनुयायीहरूको हकमा ठीक उल्टो हुन्छ ।
2. प्रत्येक क्रियालाई साधनाको रुपमा गर्ने
यसमा दैनिक जीवनको आध्यात्मिकरण समावेश गर्दछ । हरेक गतिविधि र यसको पछाडिको विचार साधनाको रूपमा गरिन्छ । त्यसैले हरेक क्रियाकलापमा ईश्वरको दर्शन हुन्छ । हरेक गतिविधि स्वयं केन्द्रित नभई ईश्वर केन्द्रित हुन्छ । ध्यान आफूबाट ईश्वरमा सर्छ ।
हामी हाम्रा बानीहरू र समान गतिविधिहरू पूरा गर्ने पूर्व अनुभवको आधारमा सबै गतिविधिहरू निश्चित दृष्टिकोणका साथ गर्छौं । तदनुसार, हामी गतिविधिलाई एक निश्चित तरिकामा कार्यान्वयन गर्छौं र निश्चित रूपमा यसको नतिजामा प्रतिक्रिया दिन्छौं ।
उदाहरणका लागि, बजारमा फूलहरू खरिद गर्दा हामी सामान्यतया आफ्नो मनपर्ने रङ र विविधता फूलहरू खरीद गर्छौं । यस गतिविधिलाई ईश्वर-केन्द्रित बनाउने प्रयासमा मानसिक रूपमा प्रार्थना गर्ने र ईश्वरलाई सोध्ने, उहाँले आज हामीबाट कुन फूलहरू किनाउन चाहनुहुन्छ ।
वा मानौं कि हामीले भर्खरै भान्साको भुइँ पुछ्यौं र परिवारका एक सदस्यलाई अचानक दूधको गिलास चाहियो । हामीले धेरै मिहिनेत गरेका थियौं र अब कसैले हाम्रो प्रयासको नतिजा बिगार्न जाँदैछ भनेर प्रतिक्रिया दिनुको सट्टा, हामीले उहाँको स्थानमा भगवानलाई देख्ने प्रयास गर्न सक्छौं, मायालुपूर्वक दूध दिन सक्छौं र ताजा खुट्टाका निशानहरू मेटाउन सक्छौं ।
3. गुरुकृपायोग मार्गले प्रत्येक कार्य कर्तव्य मानेर गर्नुपर्छ भन्ने सिकाउँछ
जब प्रत्येक गतिविधि हाम्रो कर्तव्यको रूपमा गरिन्छ, यो परिणामको आशा बिना हुन्छ । त्यहाँ कुनै कर्तापन नभएकोले, गतिविधिको परिणामको कुनै अपेक्षा हुँदैन ।
कर्त्तापनको अर्थ हो कुनै गतिविधि वा विचारको श्रेय लिनु हो । जहाँ कर्त्तापन हुन्छ, त्यहाँ अहंकार हुन्छ । एक सच्चा साधकले सबै कर्त्तापनलाई त्याग्छ र सबै कुरा ईश्वरद्वारा गरेको हो भन्ने मनोवृत्ति राख्दछ ।
हामीले ईश्वरमा विश्वास विकसित गर्न हरेक गतिविधि गर्नको लागि प्रयास गर्नुपर्छ ।
उदाहरणका लागि, यदि केही पाहुनाहरू अप्रत्याशित रूपमा आउछन् भने, त्यस क्षणमा उपलब्ध सबै कुरा उनीहरूलाई इमानदारीपूर्वक अर्पित गरिसकेपछि, हामी परिणामलाई ईश्वरमा समर्पित गर्ने प्रयास गर्न सक्छौं । यसले गतिविधिको परिणामको बारेमा चिन्तालाई रोक्छ र ईश्वरले हाम्रो लागि उत्तम नतिजा ल्याउनुहुनेछ भन्ने विश्वास जगाउनेछ ।
वा, मानौं हाम्रो साथी आर्थिक समस्यामा छ र हामीलाई सल्लाहको लागि सोध्छ । यदि हाम्रो सल्लाह कार्यान्वयन गरेपछि उहाँ कठिनाइबाट बाहिर आउनुभयो भने, यसको श्रेय हामी ईश्वरलाई दिन सक्छौं ।
यदि हाम्रो इच्छा अनुसार परिस्थिति भएन भने, उदा. जताततै खोज्दा पनि हराएको झुम्का फेला परेन भने, हामीले हाम्रो प्रयासको परिणाम ईश्वरलाई समर्पित गर्न सिक्न सक्छौं । हामी ध्यान दिन सक्छौं कि प्रयास मात्र हाम्रो हातमा छ, परिस्थितिको नतिजा हाम्रो हातमा छैन ।
अध्यात्मको व्याख्यान गरिसकेपछि पनि साधकहरूलाई सत्संग मा उपस्थित हुन मन नलाग्ने वा हाम्रा परिवारका सदस्यहरूले साधना नगर्नु आदि अपेक्षाका (अहंकारको अभिव्यक्तिका) कारण उत्पन्न हुने अवस्थाका केही उदाहरण हुन् ।
4. प्रत्येक कार्य ईश्वर प्राप्तिको उद्देश्यले गरिन्छ
जब प्रत्येक क्रिया ईश्वरलाई प्राप्त गर्ने उद्देश्यका साथ गरिन्छ, कर्त्तापनको त्याग हुन्छ र “ईश्वर नै कर्ता हुनुहुन्छ र उहाँले नै हामीबाट सबै कुरा गराउनुहुन्छ” भन्ने सिद्धान्त साधकको अवचेतन मनमा अंकित हुन्छ ।
उत्साहका साथ सत्सेवा गर्ने धेरै साधकहरूले प्रायः अनुभव गर्छन् कि तिनीहरूको क्षमता भन्दा बाहिरको कुरा कम समयमा पूरा हुन्छ र दिइएको परिस्थितिलाई विचार गर्दा अपेक्षा गरिएको भन्दा बढी पूर्णताका साथ हुन्छ । उदाहरणका लागि, सत्संगको लागि हल तयार गर्न सामान्यतया दुई साधकहरूलाई १५ मिनेट आवश्यकता पर्दछ । एक पटक, अघिल्लो कार्यक्रम ढिलो समाप्त भएको कारण, ७-८ मिनेट मात्र उपलब्ध थियो, तर प्रार्थना र समर्पण संग, तयारी समयमै सम्पन्न भयो । यस प्रकारको आध्यात्मिक अनुभवले संलग्न सबैलाई यो महसुस गर्न मद्दत गर्दछ कि हाम्रो लागि जे सम्भव छैन त्यो सर्वशक्तिमान ईश्वरको लागि सम्भव हुन्छ । एकपटक यो अनुभूति हाम्रो मनमा दृढतापूर्वक अंकित भएपछि, कर्त्तापन त्याग गरि ईश्वरप्रति समर्पित हुन सक्छौं ।
5. सारांश – सिद्धान्त अनुसार साधना गर्दा फलदायी हुन्छ
गुरुकृपायोग अनुसार साधना मार्गमा हामीलाई सिद्धान्त अनुसार साधना कसरी गर्ने भनेर सिकाउँछ । उपरोक्त सिद्धान्तहरू पालन गर्ने प्रयास गरेर, हामी प्रत्येक कर्मलाई साधनाको रूपमा कसरी गर्ने भनेर सिक्छौं । यस कारणले गर्दा हामीले गर्ने हरेक क्रियाकलापलाई आध्यात्मिक विकासको लक्ष्यमा उपयोग गर्न सकिन्छ ।