सतको सङ्ग अर्थात सत्सङ्ग, जहाँ ‘सत्’ को अर्थ हो परम सत्य अर्थात् ईश्वर, तथा सङ्ग को अर्थ हो साधक अथवा सन्तको सान्निध्य । सम्क्षेपमा, सत्सङ्गको तात्पर्य हो ईश्वरको अस्तित्त्व अनुभव गर्नको लागि अनुकूल परिस्थिति ।
ईश्वरको नामजप गर्न आरम्भ गरेपछि साधनाको यो अधिल्लो चरण हो, तर यसको अर्थ यो होइन कि हामी नामजप गर्न छोडिदिने । यसलार्इ नामजपको साथ गर्नु पर्छ । नियमित रूपले एउटै विचार भएको समविचारी व्यक्तिको साथ रहनाले सहायता हुन्छ ।
सत्सङ्गमा सहभागी हुँदा धेरै लाभ छन् ।
सत्सङ्गमा हामी अध्यात्म शास्त्रको विषयमा प्रश्न सोध्न सक्छौं, जसले हाम्रो शङ्काको समाधान हुन्छ । साधना तथा त्यसको सिद्धान्तको विषयमा केही शङ्का छ भने त्यसको निराकरण नगरेसम्म मन लगाकर साधना गर्न सक्दैन ।
सत्सङ्गमा हामी एक-अर्कासँग आफ्नो आध्यात्मिक अनुभूति बताउन सक्छौं तथा अनुभूतिको आधारभूत आध्यात्मिक कारण पनि बुझ्न सक्छौं । यसले गर्दा अर्काको श्रद्धाबाट प्रेरित भएर हामी आफ्नो पथमा दृढ रहन सक्छौं ।
सूक्ष्म स्तरमा व्यक्तिलार्इ चैतन्यको लाभ प्राप्त हुन्छ । सत्सङ्गबाट प्राप्त अधिक सात्त्विकता साधनालार्इ सहायक हुन्छ । हाम्रो आस-पासमा राजसी एवं तामसी घटकको आध्यात्मिक प्रदूषणको कारण ईश्वर तथा साधनाको विषयमा विचार गर्न पनि कठिन हुन जान्छ । तथापि जब हामी पूरै दिन नामजप गर्ने व्यक्तिहरुको समूहमा हुन्छौं, तब यसको ठीक विपरीत हुन्छ ! उनीबाट प्रक्षेपित सात्त्विक किरणले अथवा चैतन्यले हामीलार्इ लाभ हुन्छ । हुन सक्छ हामी पछिल्लो हपतामा जीवनमा उतरा-चढावबाट त्रस्त अवस्थामा सत्सङ्गमा पुग्यौं, तर सत्सङ्गमा आन्तरिक पुनरुज्जीवन हुन्छ तथा सत्सङ्गको समाप्ति सम्म हामी नव चैतन्ययुक्त स्थितिमा आउन सक्छौं ।
तल दिएको चित्र दर्शाउछ कि सत्सङ्गको समय वास्तवमा कस्तो प्रक्रिया हुन्छ ।