1. परिभाषाहरु:
- सकाम साधना : यस प्रकारको साधना सांसारिक लाभ पाउनको लागि गरिन्छ । उदाहरणको लागि, प्रार्थना गर्ने, प्रसाद अर्पण गर्ने, उपवास अथवा अन्य कुनै विधिहरु गर्ने:
- धन प्राप्तिको लागि
- नौकरी प्राप्त गर्नको लागि
- हराएको वस्तु प्राप्त गर्नको लागि
- गर्भा धारणहेतु
- बीमारी हटाउनको लागि
- प्रियजनहरुको सुरक्षा सुनिश्चित गर्नको लागि
- निष्काम साधना : यो साधना आध्यात्मिक उन्नतिको उद्देश्यले गरीने प्रयाश हो । अतः यो उद्देश्यलाई ध्यानमा राखेर, साधक जीवनको प्रत्येक घटनालाई आफ्नो आध्यात्मिक उन्नतिको लागि प्रयोग गर्ने गर्दछ । यदि उनको जीवनमा कठिन परिस्थिति आइपरेमा पनि त्यस परिस्थितिमा अहं निर्मूलन अथवा परिस्थितिको परिणामलाई ईश्वरेच्छा मानेर स्वीकार गरि परिस्थितिको उपयोग आध्यात्मिक उन्नतिको लागि गरिन्छ ।
सन्दर्भ लेख : सकाम र निष्काम प्रार्थना
२. सकाम र निष्काम साधनाको तुलनात्मक अभ्यास-
- जब हामी साधना गर्छौ तब केहि मात्रामा आध्यात्मिक उर्जा उत्पन्न हुन्छ । जब यो आध्यात्मिक ऊर्जा सांसारिक लाभ प्राप्तिको लागि उपयोग गरिन्छ, जस्तो कि सकाम साधनामा, जसले गर्दा इच्छाहरुको पूर्ति हुन्छन्, तर आध्यात्मिक उन्नति हुदैन । यो एउटा प्वाल परेको भाडामा पनी भर्नु जस्तो हो; जुन कहिले भरिदैन । जब हामी निष्काम साधना गर्छौ साधनाद्वारा प्राप्त आध्यात्मिक ऊर्जा आध्यात्मिक उन्नतिको लागि प्रयोग हुन्छ । जब साधक निष्काम साधना गर्छ तब उनको आध्यात्मिक प्रगति हुनुको साथ-साथै उनको सांसारिक र भौतिक आवश्यकताहरुको पनि पूर्ति हुन्छ ।
- साधकलाई सकाम साधना गर्नाले सांसारिक सुख प्राप्ति हुन्छ जब कि निष्काम साधनाले आनन्दको अनुभूति हुन्छ ।
सकाम साधना | निष्काम साधना | |
---|---|---|
जागृत गर्दछ | ईश्वरको रक्षक रूप | गुरु तत्व |
परिणाम: | सांसारिक लाभको प्राप्ति यो कुरामा निर्भार गर्दछ :
– साधनाको तीव्रता – व्यक्तिको प्रारब्ध |
साधक आध्यात्मिक उन्नतिको अनुभव गर्दछ |
जागृत गर्दछ | ईश्वरको तारक रूप | |
परिणाम: | ईश्वरद्वारा साधकको सांसारिक आवश्यकताहरुको पूर्ति हुन्छ । | |
जागृत गर्दछ | ईश्वरको मारक रूप | |
परिणाम: | ईश्वरको मारक रूपले साधकलार्इ कष्ट दिने शक्तिहरुको नाश गरिदिनुहुन्छ । |
- जब हामी सकाम साधना गर्दछौं तब हामीले भगवानको तरक तत्व जागृत गर्दछौं । हाम्रो प्रार्थना तथा चाहनाको अन्तिम परिणाम मुख्यत: हाम्रो आध्यात्मिक अभ्यास र प्रारब्धको तीव्रताबाट प्रभावित हुन्छन् । जब हामी निष्काम साधना गर्दछौं तब हामीले गुरु तत्वलार्इ जागृत गर्दछौं जुन हाम्रो साधनालार्इ पोषण गर्दछन् । यसको साथसाथै हामीले इश्वरको तारक रुपलार्इ पनि जागृत गर्दछौं । यदि निष्काम साधकको साधनामा कुनै बाधा आउछ अथवा कोहि उनलाई कष्ट दिन्छ भने ईश्वरको मारक रूप जागृत भएर कष्टदिनेलार्इ हानी पुग्दछ ।
- सकाम साधनाले स्थायित्व प्रदान गर्दैन । उदाहरणको लागि यदि धन प्रप्तिको लागि व्यक्ति सकाम साधना गर्दछ । जब व्यक्तिले धन प्राप्त गर्दछ उनको इच्छाहरु त्यही रोकिदैन । उनले भगवानसँग राम्रो स्वास्थ, राम्रो जीवन साथी, सन्तान इत्यादि माग्न सक्छ । त्यसैले उनी आफ्नो अनेक कामनाहरुको पूर्तिको चक्रव्यूहमा फस्न थाल्दछ । कामनाहरुको कहिले पनि अन्त हुदैन किन की कुनै न कुनै इच्छा पूर्ण हुन बाकि रहन्छ । अतः यस प्रकारको साधनाबाट पूर्ण सन्तुष्टिको अनुभव गर्न सक्दैन । तर निष्काम साधनाद्वारा एक चोटी आध्यात्मिक उन्नतिको उद्देश्यपूर्ण भएपछि व्यक्ति स्वयमा नै आत्मानुभूति हुन्छ र उसलाई ईश्वर प्राप्ति हुन्छ । आध्यात्मिक उन्नतिको यो स्तरमा उनलाई निरन्तर आनन्दको अनुभूति हुन्छ ।
- सकाम साधना सृष्टि अथवा सृष्टिको अनुभव गर्ने विषय हो जब कि निष्काम साधना सृष्टिकर्तालाई अनुभव गर्ने विषय हो । सकाम साधना मायाको बस्तुहरु प्राप्तिको विषयमा हो जब कि निष्काम साधना पूर्ण सत्य अर्थात् ईश्वर प्राप्ति र ईश्वरानुभूतिको विषयमा हो ।