आध्यात्मिक अभयास मार्फत उदासीनता र आत्माहत्याका विचारहरु हटाउने
एनी (गोपनीयता सुरक्षित गर्नको लागि उनको नाम परिवर्तन गरिएको छ) उनको हुर्कीने उमेरमा, आत्माहत्याको विचार र उदासिनताबाट ग्रसित थीईन । अगाडि दिइएको कथा उनको आफ्नै शब्दहरुमा छन्; कसरी उनले आत्माहत्याको विचार र उदासिनताको सही कारण पत्ता लगाएपछि साधना (आध्यात्मिक अभ्यास) को माध्यमबाट ती विचाहरुसँग लड्न सकिन ।
१. परिचय
सानो छँदा, मलाई ईश्वरको अस्तित्व हुन्छ भन्ने दृढ विश्वास थियो । मेरो आमा बाबा खासै धार्मिक नभए पनि, हाम्रो समुदायमा सामाजिक कार्यहरू प्रायः स्थानीय मन्दिरहरूमा हुने गर्दथ्यो । मलाई सानो उमेरमा ईश्वरको उपासना गर्न सिकायो र मलाई त्यो कुरा मन पर्न पनि थाल्यो । घरमा, म नियमित रूपमा प्रार्थना गर्थे र आफ्नै सरल तरिकामा ईश्वरको पूजा आराधना गर्दथे । कहिलेकाँही मेरो खाली समयमा ईश्वर र सन्तहरूको बारेमा कथाहरू पनि पढ्दथें ।
२. पछिल्लो बाल्यावस्था र किशोरावस्था
जब म ७ बर्षको थिए, हाम्रो परिवार क्यानाडामा बसाइँ सरे । मैले अचानक साथी, नातेदार या सांस्कृति बाहेक आफूलाई नयाँ देशमा भेट्टाएँ । मैले नयाँ ठाउँमा घुलमिल गर्न सबै प्रयास गरे यस प्रक्रियामा मैले मेरो जन्मेको धर्मलाई ‘अन्धविश्वासी’, ‘अवैज्ञानिक’ र ‘पछाडि’ भनेर त्यसलाई अस्वीकार गरें ।
म किशोरावस्था नपुग्दासम्म जीवनमा केहि प्रसंगहरु भएन । किशोरावस्था पुग्दा अचानक तीव्र मान्सिक चिन्ता र आत्माहत्याको विचारबाट पीडित हुन थाले । आफैलाई मार्ने चाहना हरेक केही हप्तामा तीव्र स्वरुपमा बढ्थ्यो र यो लगभग असहनीय हुन्थ्यो । मेरो राम्रो पारिवारिक जीवन र कुनै वास्तविक समस्याहरू नभएको कारण म आफै छक्क पर्थेकी यस्तो भयावह, आवर्ती विचारहरू मलाई किन आउँदछ । मान्सिक चिन्ता मेरो पुरानो र डरलाग्दो रहस्य बन्न थाल्यो किनभने मैले आफ्नो साथीहरू र परिवारलाई यस विषयमा भन्न लाज लाग्थ्यो ।
३. चरम सीमामा पुग्नु
जब म १६ बर्षको भएँ, नकारात्मक विचारहरू र आत्महत्या गर्ने प्रवृत्तिहरूबाट अत्यधिक व्याकुल हुन थाले । मैले निर्णय गरेंकि यो जीवन व्यर्थ छ, त्यसैले सबै भन्दा उचीत जीवन समाप्त गर्ने सोच बनाए । म केही बर्ष नास्तिक भएको कारणले मैले महसुस गरें कि आत्माहत्या गरेमा मेरो अस्तित्वनै मिटनेछ र मेरो सबै पीडा समाप्त हुनेछ । त्यसैले, मैले अधिक गोलीहरू लिएर मेरो जीवनलाई बिदाई गरें ।
तर यस्तो अन्धकारको घडीमा पनि मैले महसुस गरें कि ईश्वरले मेरो हेरचाह गरिरहनु भएको छ ।
म अस्पतालको दु:ख लाग्ने बसाईपछि आत्महत्याको प्रयासबाट बच्न सकें । केहि समय पछि, मेरो आमासँग पुनर्मिलन भयो । उनी एसियामा आफन्तहरू भेट्न गएकी थिईन र क्यानाडा नफर्केसम्म आमालाई मेरो आत्माहत्याको प्रयास बारे थाहा थिएन । आमाले मलाई भन्नु भयो कि जुन दिन मैले आत्महत्या गर्ने कोशिस गरेको थिएँ, उहाँले एउटा स्थानीय व्यक्तिलाई भेट्नु भएको थियो जसको छैठौं इन्द्रिय धेरै बिकसित भएको थियो । मरो आमाले उहाँलाई मैले स्कूलमा कस्तो गर्छ भनेर सोध्नु भयो । व्यक्तिले ज्वाफ दिनु भयो कि मेरो स्कुलको बारेमा चिन्ता गर्नुको सट्टा त्यस भन्दा पनि अत्यन्त गम्भिर विषयमा विचार गर्नुहोस् । त्यस दिन व्यक्तिले आमालाई बताउँनु भयो, या त म अथवा मेरो हजुरबाबा (मेरो आमाको बाबा) मर्नेछ ।
मेरो आमाले त्यस व्यक्तिले भन्नु भएको कुरामा त्यति विश्वास गर्नु भएन किन कि मेरो स्वास्थ राम्रो थियो । तर केहि दिनपछि मेरो आमाले थाहा पाउनु भयो कि साचिक्कै उहाँको बाबा अचानक बित्नु भयो जुन दिन मैले आत्माहत्याको प्रयास गरेको थियो ।
मेरो हजुरबुबाको मृत्युको पूर्वानुमानको अनुभवले मलाई गहिरो प्रभावमा पार्यो, र बिना कुनै शंका म विश्वास गर्न बाध्य भएकी, यस ब्रह्माण्डमा शक्तिहरु छन् जुन हाम्रो बुझाइ भन्दा बाहिर छ । त्यस क्षणदेखि, मैले नास्तिकतालाई अस्वीकार गरें र मैले आफ्नो आध्यात्मिक यात्रा सुरु गरें ।
४. अध्यात्ममा रुचि
२० वर्षको उमेरमा, मैले सांसारिक जीवनको साथ-साथ आध्यात्मिक ज्ञानको खोज गर्न थाले । मेरो खाली समयमा भेटेको सबै आध्यात्मिक ग्रन्थहरु पढ्न थालें । संस्था या गुरुको खोजीमा म एक पछि अर्को आध्यात्मिक संगठनमा सामिल भएँ जसले मलाई सूक्ष्म आयामको बारेमा धेरै कुराहरु सिकाउन सक्छन् ।
२००७ मा, मैले भाग्यले SSRF को वेबसाइट फेला पारें । वेबसाइटमा मैले पाएको जानकारीहरू विशेष गरी जीवनको उद्देश्य र हामी मृत्युपश्चात कहाँ जान्छौं, यो कुराहरु मलाई धेरै मनपरो । यो वेबसाइटमा जानकारीहरु थिए जुन मैले पहिले कहिल्यै पनि पढेको थिएन र सबै कुरा एकदम स्पष्ट र व्यावहारिक रूपमा प्रस्तुत गरिएको थियो । मैले वेबसाइटको लेखहरु धेरै पटक ध्यानपूर्वक पनु: पढें । अर्को चरणमा जान र ज्ञानलाई अभ्यासमा ल्याउनको लागि मलाई केहि बर्षहरु लाग्यो ।
५. SSRF को साथ साधना सुरू
२०१४ सम्ममा मैले आफ्नो पेशामा प्रगति गर्न थालिसकेको थिएँ । मेरो व्यक्तिगत जीवनमा निराशा त जारीनै थियो । मेरो किशोरावस्थाको मान्सिक चिन्ता वयस्कवस्था पुग्दा पनि निरन्तर जारीनै रह्यो । मैले विवाहको लागि गम्भीर असक्षमता अनुभव गर्न थालेको थिए । म कसैलाई भेटदथे, कुराहरु राम्रो हुन्थियो, र अचानक त्यो सम्बन्ध बिग्रीन्थ्यो । यहाँ हामी दुबैलाई एक अर्कासँग साथ हुने इच्छा हुँदा हुँदै पनि यस्तो घटनाहरु हुन्थ्यो । यस्तो अनौंठो घटनाहरू बारम्बार दोहोर्याई रहन्थ्यो । मैले महसुस गर्न शुरू गरेंकि यसमा कुनै अलौकिक कारकहरु छन् जसले यी समस्याहरू निम्त्याउँदैछन् र म समाधान खोज्न तिर व्याकुल हुन थाले । मलाई SSRF वेबसाइटको याद आयो र SSRF ले सिफारिस गरेको साधना (आध्यात्मिक अभ्यास) ले मलाई सहयोग गर्न सक्छकि भनेर साधना गर्ने निर्णय गरें ।
२०१४ देखि २०१५ सम्ममा मैले SSRF को निर्देशनमा साधनाको लागि केहि प्रयासहरु शुरू गरें । मैले SSRF को नि: शुल्क अनलाइन सत्सङंगहरुमा भाग लिएँ, समय-समयमा ईश्वरको नाम जप गरे, र आध्यात्मिक उपचारहरु पनि गर्न थाले । म आफ्नो प्रयासमा नियमित नभए पनि, मैले मेरो स्वास्थ्यमा केही सुधारहरु देखन थाले । मैले आफूलाई नयाँ राम्रो सम्बन्धमा पनि भेट्टाएँ । मैले सोचेँ कि अन्तत: सबै राम्रो हुन थाल्यो र साधना त्यागेर संसारिक जीवनलाई प्राथमिकता दिन थालें ।
६. दोस्रो पटक चरम सीमामा पुगें
२०१५ मा, जब मैले महसुस गरिरहेको थिएँ कि मेरो जीवन परिवर्तन भएको छ, त्यसबेला मेरो मंगेतरले हाम्रो विवाह समारोह हुनु भन्दा दुई हप्ता आगाडि त्यसलाई रद्द गरिदियो । यो अब चौथो पटक थियो जब मेरो जीवनमा यस्तो घटना घट्यो । म पूर्ण रूपमा कम्जोर भएँ र तीव्र उदासिनतामा पुगें ।
२०१८ सम्ममा मेरो जीवनमा उदासिनता र नकारात्मकता बढ्दै गईरहेको थियो । मैले स्वास्थ्यको समस्याहरू र कामका कठिनाइहरू पनि अनुभव गर्न थालें जुन मैले भावनात्मक रूपमा त्यसलाई सम्हाल्न सकिन । म लगातार आतंककारी आक्रमणबाट पीडित हुनु थालें र ओछ्यानबाट उठ्नको लागि संघर्ष गर्नुपर्दथ्यो । मलाई कमजोर र एकदमै भित्रबाट टुटेको महसुस भयो र यस्तो लाग्यो कि निराश र आत्महत्या गर्ने विचारहरूले जित्दैछन् । मैले हार मानेर मनोरोग हेरचाहमा जाने विचार गरेँ । तर मद्दतको लागि अन्तिम सहारा स्वरुप एक रात भगवानलाई प्राथन गरें र साढे दुई वर्षमा पहिलो पटक नामजप गरें ।
त्यो रात, मेरो प्रार्थनाको उत्तरमा, ईश्वरले मलाई SSRF लाई पुन: सम्पर्क गरि फेरि साधनाको प्रयास गर्ने – तर यो पटक वास्तविक प्रयास गर्ने विचार दिनु भयो ।
७. फेरि SSRF को साथ साधनामा फर्कदै
नोभेम्बर २०१८ मा, मैले मेरो पहिलाको मार्गनिर्देशन गर्ने SSRF को साधकलाई सम्पर्क गरे र फेरि साधनामा फर्किन सक्छु कि भनेर उहाँलाई सोधे । उहाँले मलाई न्यानो तरिकाले फेरि स्वागत गर्नु भयो र त्यस दिनदेखि मैले मेरो समस्याहुरु विरुद्ध अन्तिम विकल्पको रुपमा आफूसित भएका सबै कुरालाई आध्यात्मिक अभ्यासमा राख्ने दृढ संकल्प गरें ।
ईश्वरको कृपाले, ईश्वरको नामजप गरेको केवल एक हप्तामा नै, मैले काममा हिंड्दा आनन्द र शान्तिको अथाह अनुभूति महसुस गरें । मैले धेरै वर्षहरुपछि पहिलो पटक आनन्द महसुस गरें । यो अनुभवले मलाई भित्रबाट स्पर्श गर्यो र प्रयासहरू जारी राख्न मलाई प्रेरणा मिल्यो ।
म अब मेरो साधनाको लागि धेरै गम्भीर हुन थाले । म साप्ताहिक आध्यात्मिक सत्संगमा उपस्थित हुन थाले र मेरो मार्गनिर्देशन गर्ने साधकले सिफारिस गरेको उपायहरु मेरो लागि उपयोगि हुन्छ कि हुँदैन भनेर शंका भए पनि कृतिमा अपनाउन थाले । यस तरीकाले मैले दिनको धेरै घण्टा ईश्वरको नाम जप गर्न सुरु गरें, साथै दैनिक स्वभावदोष निर्मूलन प्रक्रिया (PDR), र सत्सेवा गर्न थालें ।
मैले याद गरें कि नियमित आध्यात्मिक अभ्यासको साथ, मेरो मान्सिक चिन्ता कम हुँदै गयो । पहिलो महिनामा नै, मेरो मान्सिक चिन्ता एकदम कम भयो, र मलाई आत्महत्याको विचारहरू आएनन् । यो अविश्वसनीय थियो कि जुन कष्टले मेरो पूरै जीवन बर्बाद भइरहेको थियो त्यो साधनाको माध्यमबाट राम्रो हुन सम्भव भयो । यसले मलाई जस्तो सुकै अवरोधहरू आए पनि साधना जारी राख्न प्रेरणा मिल्यो ।
८. आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा आउँनु
२०१९ को शुरुमा मैले गोवामा आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा आध्यात्मिक प्रगतिको लागि ५ दिने कार्यशालामा भाग लिने अवसर पाएँ । त्यो कार्यशाला मेरो लागि एउटा जीवन परिवर्तन गर्ने अनुभव थियो । मैले मेरो आध्यात्मिक अभ्यासलाई अगाडी बडाउन मूल्यवान मार्गनिर्देशन र उपकरणहरू मात्र पाइनँ तर मैले आश्रममा बस्ने धेरै सन्तहरू र विकसित साधकहरूको समूहबाट पनि फाइदा लिन सके । आश्रममा मैले पहिलो पटक यस्तो अवस्था महसुस गरे जुन सुख र दुःख भन्दा पनि परे थियो त्यो थियो “आनन्द” । आनन्दको अनुभव शब्दहरू भन्दा पनि परे थियो, र यसले मेरो जीवनप्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो र सिक्न पाएँकी जीवनमा साचिकै कुन कुरा मूल्यवान छ ।
मेरो बसाईको क्रममा, मसँग साझा गरिएको थियो कि मलाई नकारात्मक ऊर्जाले गम्भीर रूपमा असर गरिरहेको छ र यी नकारात्मक उर्जाहरूले मेरो जीवनमा धेरै बाधाहरु खडा गरिरहेका छन् । मेरो जीवनमा पहिलो पटक मैले साँच्चिकै बुझन सकेंकी किन यति धेरै वर्षहरुसम्म बिना कुनै निश्चित कारण म पीडित हुन पुगे । कुनै शब्दद्वारा म व्यक्त गर्न सक्दिन की म परम पूज्य डॉ. आठवलेप्रति कति कृतज्ञ छु; साधनाको लागि उहाँले दिनु भएको मार्गदर्शनले मेरो जीवन बचेको छ ।
९. वर्तमान अवस्था
मैले साधनाको लागि ईमान्दारपूर्वक प्रयास गर्न थालेदेखि मेरो जीवन पूर्ण रूपले परिवर्तन भएको छ । ईश्वरको कृपाले, अब म उदासिनताबाट ग्रस्त छुईन र प्रायः शान्त र आनन्दित रहन्छु । SSRF को अनुसन्धानले पत्ता लगाएको छ कि हाम्रो जीवनमा ८० % समस्याहरूको मूल कारण आध्यात्मिक आयाममा हुन्छ । यो पक्कै पनि मेरो लागि लागु छ, र म यसको लागि जीवित उदाहरण हुँ, जहाँ समस्याहरुलाई ईश्वरप्रति श्रद्धा र साधनाबाट छिटै हटाउन सकियो ।
म हार्दिक प्रार्थना गर्दछुकि SSRF को पाठकहरु पनि आफ्नो आध्यात्मिक यात्रा शुरू गर्नुहोस्, आफ्नो जिवनमा अधिक खुशी अनुभव गरेर अन्ततः मानव अस्तित्वको सर्वोच्च उद्देश्यलाई महसुस गर्नुहोस् ।