कोसँग हाम्रो लेन–देन खाता हुन्छ?
सामान्यतया हाम्रो सर्वोच्च लेन-देन खाता हामी जोसँग नजीक छौं अनि हाम्रो परिवारका सदस्यहरुसँग हुन्छन् ।
कृपया लेख पढ्नुहोस् लेन–दने खाता भनेको के हो ?
यदि हाम्रो जीवनमा हामीले चिनेका सबै जानासँग भएका लेन-देन खाताका विचार गर्यौं भने, को हुन्छ, जसको साथ हाम्रो सबै भन्दा बढी लेन-देन खाता छन् । निम्नलिखित तालिका हाम्रो विभिन्न सम्बन्धमा भएका लेन-देन खाताको सापेक्ष तीव्रताको विश्लेषण हो:
कोसँग लेन–दनको खाता: | % |
---|---|
श्रीमान् तथा श्रीमती | २७ |
अभिभावक – बच्चाको सम्बन्ध | २५ |
दाजु, भार्इ, दीदि, बहिनी | ९ |
मिल्ने साथीहरु | ९ |
मानिसहरु जो सँग प्रेम प्रसंगयुक्त (Romantically) रुपमा सम्लग्न छन् | ९ |
सहकर्मीहरु | ९ |
अन्य नातेदारहरु | ४ |
अन्य परिचितहरु (छिमेकीहरु, साथीहरु, सहयोगिहरु | ४ |
अन्य | ४ |
योग | १०० |
हाम्रो आध्यात्मिक अनुसन्धान यो देखाउछ कि सामान्य रुपमा हाम्रो सबै भन्दा धेरै लेन-देन खाता श्रीमान् अथवा श्रीमतीसँग हुन्छन् । हामी पहिलाको जीवनमा आफ्नो श्रीमान् या श्रीमतीलार्इ चिनका हुन्छौं अनि हामी एक विशेष जीवनकालमा एकै साथ आउँछौं, मुख्य रुपले पहिलाको जन्म वा पहिलाका जीवनहरुका श्रृंखलामा भएका बाकी लेन-देनका खाता पूरा गर्नको लागि । धेरै मानिसहरुले विश्वास गर्छन् कि हामी हाम्रो छनौटको व्यक्तिसँग विवाह गर्छौं, यो सहि साँचो होइन । विवाह १००% भाग्यमा लेखेको हुन्छ साथै हाम्रो जीवनमा अन्य महत्वपूर्ण सम्बन्धहरु जस्तै आमा, बाबा, दाजु, भार्इ, दीदि, बहिनी । यस कारण जब हामी भन्छौं कि सैंदर्य हेर्ने व्यक्तिको आँखामा हुन्छ, हामी सच्चाइबाट टाढा छैनौं । हुन त बाहिरी रुपमा देखाइ दिन सक्छ कि एउटा दम्पतीमा माया छ अनि यस कारण उनीहरु एक साथ छन् । आध्यात्मिक विज्ञान अनुसार उनीहरु एक साथ छन् मुख्यत: लेन-देन खाताको हिसाब खतम गर्नको लागि ।