आफ्नो प्रियजनको मृत्यु पश्चात उनको वस्तुहरुलार्इ के गर्ने, यो विषयमा अधिकतर व्यक्तिलार्इ थाहा हुँदैन । यो लेखको उद्देश्य हो, जीवित नातेदारहरुलार्इ मार्ग देखाउने ।
तत्त्वको स्तरमा हामी केही कुरा ध्यानमा राख्न सक्छौं । हामी मृत व्यक्तिको वस्तुलार्इ जे गर्छौं त्यसले उनको त्यस वस्तु प्रति आसक्ति घट्नुपर्छ अनि मृत्यु पश्चात आगाडिको जीवनमा गति पाउनको लागि लाभदायी हुनुपर्छ ।
मृत्यु पश्चात जुन वस्तु बाँकी रहन्छ त्यसमा त्यो व्यक्तिको स्पन्दन हुन्छ । व्यक्तिको मृत्यु, यसको अर्थ वातावरणमा मूलभूत सूक्ष्म तम घटक बढ्नु । यदि व्यक्ति कुनै बीमारीको कारण निधन भएको हो भने तमोगुण अझै तीव्र हुन जान्छ । यसको साथसाथै यदि व्यक्ति मृत्यु पूर्व, मृत्युको समय अथवा मृत्यु पश्चात अनिष्ट शक्ति (भूत, राक्षस, नकारात्मक शक्ति इत्यादि) को कष्टले ग्रस्त छ भने त्यो व्यक्ति जुन मृत व्यक्तिको वस्तुको उपयोग गर्छ भने उनलार्इ पनि त्यस प्रकारको कष्ट हुन सक्छ ।
मृत्यु पश्चात मृत व्यक्तिलार्इ उनको वस्तुबाट आसक्ति छूटाउनको लागि अनि ती वस्तुहरुबाट प्रक्षेपित कष्टप्रद तामसिक स्पन्दन नष्ट गर्नको लागि उनको परिवारले निम्नलिखित कुराहरुमा ध्यान दिन सक्छ ।
- मृत्यु पश्चात जब मृत व्यक्तिलार्इ अग्नि दिन्छ अथवा उनलार्इ गाड्छ तब यो उत्तम हुन्छ कि उनको कपडा उनको साथ अग्निमा जलार्इ दिने अथवा गाडिदिने; किन कि कपडामा तामसिक स्पन्दनको सबै भन्दा अधिक प्रभाव हुन्छ । त्यस खरानीलार्इ समुद्रमा विसर्जित गर्न सक्छ ।
- मृत व्यक्तिको कोठामा विभूति मिश्रित तीर्थ छर्किनुहोस् । यसले मृत्युको समय उत्पन्न भएको तमोगुण अल्प गर्नमा सहायता मिल्छ ।
- परिवारको सबै व्यक्तिहरु ‘श्री गुरुदेव दत्त’ नामजपको जप गर्न सक्छन् । यन्त्रको माध्यमबाट यो नामजप सानो आवाजमा मृत व्यक्तिको कोठामा लगाइ राख्न सक्छ । नियमित रूपले एक वर्ष यो नामजप लगाएर राखनाले पूरै परिसरको शुद्धि हुन्छ अनि मृत व्यक्तिको सूक्ष्म देहलार्इ मृत्यु पश्चातको जीवनको लागि गति प्राप्त हुन्छ।
- जुन वस्तुसँग मृत व्यक्तिको अधिक आसक्ति थियो, त्यो वस्तुलार्इ कुनै सत्पात्र आध्यात्मिक संस्थालार्इ दान गर्नुहोस् । सत्पात्र आध्यात्मिक संस्थालार्इ दान गर्नाले ईश्वरको संकल्प कार्यरत हुन्छ । ती वस्तुहरुमा मृत व्यक्तिको जुन स्पन्दन हुन्छ ती नष्ट हुन्छन् अनि यसले त्यस व्यक्तिको सूक्ष्म देहलार्इ मृत्यु पश्चातको जीवनको लागि गति प्राप्त हुन्छ । सत्पात्रलार्इ दान गर्नाले पुण्यको संचय हुन्छ, जसको लाभ मृत व्यक्तिको सूक्ष्म देहलार्इ हुन्छ । यहाँ सत्पात्र अर्थात यस्तो संस्था जुन व्यक्तिलार्इ जीवनको आध्यात्मिक ध्येय प्राप्त गर्नको लागि उचित मार्गदर्शन गर्दछ ।
- जुन वस्तुसँग मृत व्यक्तिको अधिक आसक्ति थिएन, ती वस्तुहरुको उपयोग परिवारको व्यक्तिहरुले ६ महिना पश्चात गर्न सक्छन् । ६ महिना पछि नियमित नामजपले ती वस्तुहरुका शुद्धि हुन जान्छन् ।
- घरमा मृत व्यक्तिको छायाचित्र (photo) नराख्नुहोस् । छायाचित्र घरमा राख्नाले उनको पहिलाको भूलोकको जीवनसँग अनि पहिलाको जन्मको परिजनसँग आसक्ति बढ्दछ । यसले उनको आध्यात्मिक यात्रामा बाधा आउँछ । केही उदाहरणमा मृत व्यक्ति भूलोकमा उनको घरमा अट्किन्छ ।
- यदि मृत व्यक्तिले मृत्युपछिको केही इच्छाहरु प्रकट गरेका छन् भने त्यसलार्इ सम्मान गर्दै अधूरो छोड्नु हुँदैन ।
माथि उल्लेख गरेका तत्त्वको पालन गर्नु महत्वपूर्ण छ; किन कि यी तत्त्वको पालनले यो निश्चित हुन्छ कि, मृत व्यक्तिलार्इ गति प्राप्त हुन्छ अन्यथा भूलोकमा अट्किन्छ । हाम्रो आफ्नो सम्पूर्ण सुरक्षाको लागि नियमित रूपले; अध्यात्मको छ: मूलभूत सिद्धान्त अनुसार साधना गर्नु लाभदायी हुन्छन् ।
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।