विषयसूची
१. परिचय
प्रतिवर्ष विश्वमा ५० लाख भन्दा अधिक व्यक्तिको मृत्यु हुन्छ । अन्तिम संस्कार मुख्यरूपले दुर्इ विधिहरु द्वारा गरिन्छ – दाह संस्कार अथवा शवलार्इ गाड्ने । मुंबईमा पारसी व्यक्तिहरुको एक सानो समुदाय, आफ्नो मृत व्यक्तिलार्इ Towers of silence मा गिद्ध द्वारा खानको लागि खुल्ला छोडिदिन्छ । पुरानो समयमा केहि सभ्यतामा मृत शरीरलार्इ केहि लेप लगाकर ममी बनाकर सुरक्षित गरिन्थ्यो । आध्यात्मिक अनुसन्धान विधि द्वारा हामीले, दाह संस्कार अथवा शवलार्इ गाड्ने पद्धतिहरु लगायत पारसी समुदायको रीतिरिवाज शवलार्इ Towers of silence मा छोडिदिने अन्तिम संस्कार पद्धतिहरुका जांच गर्यौं ।
यो एउटा लोकप्रिय धारणा हो कि मृत्यु पश्चात आत्मा प्रकाशतर्फ जान्छ अथवा मृत व्यक्तिको प्रियजनहरु अर्कोतर्फ स्वागत गर्नको लागि उनको प्रतीक्षा गरिरहेको हुन्छ । एक सूक्ष्मदेह, जसले भर्खरै स्थूल शरीर त्याग गरेको छ, उनको वास्तविक अनुभव जान्नको लागि हामी तपार्इलार्इ निम्नलिखित ३ लेख पढ्नको लागि अनुरोध गर्दछौं ।
- हामी मृत्यु उपरांत कहाँ जान्छौं ?
- मृत्युलोक के हो?
- प्रकाशतर्फ जाने
यी लेखहरु पढि सकेपछि, हामी बुझ्न सक्छौं कि कुन प्रकार हाम्रो पूर्खा मृत्यु उपरांत कष्टको स्थितिमा हुन सक्छ अनि उनको सहायता कसरी गर्न सक्छौं । एउटा अर्को प्रचलित धारणा अनुसार हाम्रो पूर्खा जसले देहत्याग गरेको छ, उनले पृथ्वीमा हाम्रो सहायता गर्ने स्थितिमा हुन्छ । यद्यपि सत्य यो भन्दा सर्वथा भिन्न छ । हाम्रो अधिकतर पूर्खा स्वयंलार्इ सहायताको अत्यधिक आवश्यकता हुन्छ । उनको सहायता यदि कोहि गर्न सक्छ भने उनी हुन्, पृथ्वीमा उनको वंशज । उनीतर्फ आफ्नो वंशजको ध्यान आकृष्ट गर्ने केवल एउटा मात्र मार्ग छ, उनलार्इ कष्ट दिने ।
अनेक प्रकारका यी कष्ट तबसम्म हुन्छन्, जबसम्म वंशज यस्तो स्थितिमा पुग्दैन कि उनीसँग साधना अतिरिक्त कुनै विकल्प बच्दैन । जसको उपयोग पूर्खाको कष्ट अल्प गर्नमा होस् ।
यस लेखलार्इ अगाडि बुझ्नको लागि कृपया यो लेख पढ्नुहोस् :
- पूर्खाको कष्ट के हो ?
- मेरो मृत प्रियजन अनि अन्य पूर्खा मलार्इ कष्ट किन दिन चाहन्छ?
मृतकको अन्तिम संस्कार विधि उनको सूक्ष्म-जगतमा आउने कष्ट अल्प गर्नमा योगदान गर्न सक्छ ।
किन प्रश्न दाह संस्कार अथवा शवलार्इ गाड्ने उल्लेखनीय छ? कहिलेकाहीं व्यक्ति अन्तिम संस्कारको विभिन्न विधिको लाभ एवं हानिको मूल्यांकन पर्यावरणमा पर्ने यसको प्रभावको आधारमा गर्दछ । यो एउटा मापदण्ड हो । तथापि, सबै भन्दा क्षति आध्यात्मिक वातावरणमा हुन्छ जब आध्यात्मिक रुपमा हानिकारक विधि द्वारा अन्तिम संस्कार गरिन्छ साथै यसले पूर्खाको सूक्ष्म देहलार्इ अझै अधिक कष्ट पुराउँछ ।
२. मृत्युपछि भौतिक शरीरको परिस्थिति अनि किन दाह संस्कार अथवा शवलार्इ गाड्ने प्रश्न?
जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब केवल स्थूल शरीरको त्याग हुन्छ, तर मन, बुद्धि एवं अहंकार मिलेर बनेको सूक्ष्मदेह जसमा सबै इच्छा अनि संस्कार हुन्छ, यसको अस्तित्व बनिरहन्छ । मन, बुद्धि एवं अहंकार व्यक्तिको व्यक्तित्व निर्धारित गर्दछ । स्वभावको यो गुण यस्तै नै बनिरहन्छ अनि भौतिक शरीरको मृत्युले व्यक्तिमा कुनै प्रकारको परिवर्तन आउँदैन ।
आफ्नो भौतिक शरीरको साथ आसक्तिको अवधारणा
मृत्युलोक, यो लेख पढ्नाले ज्ञात हुन्छ कि जब व्यक्तिको मृत्यु हुन्छ, तब उनी मृत्यु पश्चातको सबै अनुभवहरुबाट अपरिचित हुन्छ । उनको मृत्यु भर्इसकेको हुन्छ तर पनि उनी जुन लोकबाट आयो अनि जुन शरीरलार्इ चिन्छ त्यसलार्इ नै पकडेर राख्छ । अन्तिम संस्कार गर्नको लागि विलंब हुनुको कारण शीतगृहमा पूर्णतः सुरक्षित राखिन्छ, तब उनको यो आसक्ति अझै अधिक बढेर जान्छ । सूक्ष्मदेह आफ्नो स्थूलशरीरको साथमा सम्बन्ध बनाइ राख्छ अनि यसलार्इ छोड्न तथा आगाडिको यात्रा तर्फ बढ्नमा कठिनाई अनुभव गर्छ किन कि उनी आफ्नो पिहिलाको घर अर्थात् आाफ्नो स्थूल शरीर छोड्न सक्दैन ।
मृतशरीरको वरपरको स्पन्दन, जुन नकारात्मक स्पन्दनलार्इ आकृष्ट गर्दछ :
मृत्युको समय मृतशरीरबाट त्याज्य (excretory) वायु बाहिर निस्कन्छ । यो त्याज्य वायु शरीर द्वारा उत्सर्जित (expel) गरिने सड्ने प्रक्रिया द्वारा निर्मित नियमित वायु हुन्छ । सडि रहेको शरीरबाट निक्लि रहेको वायुको स्पन्दन तथा तरङ्ग नकारात्मक हुन्छ । अत:यसले निकटवर्ती वातावरणमा तमोगुण बढार्इ दिन्छ । अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) यी नकारात्मक स्पन्दनतर्फ आकृष्ट भएर मृत शरीरको आसपासको वातावरणमा प्रवेश गर्छ ।
सूक्ष्म-ज्ञानमा आधारित चित्र श्रृंखला साधक द्वारा चित्रित गरिएको हो, जसको छैटौं इन्द्रिय विकसित छ, उनी मृतकको सूक्ष्म-देहको साथ मृत शरीरको आसपासको वातावरणमा भर्इरहेको अदृश्य गतिविधि देख्न सक्षम हुन्छ ।
मृत्यको समय शरीरबाट ब्रह्माण्डमा उत्सर्जित हुने प्रक्रियाको समय अनिष्ट शक्ति पञ्चप्राणमा नियन्त्रण गरि मृतदेहलार्इ आक्रमण गर्छ । अनिष्ट शक्ति मृतदेहमा धुआँको रूपमा कालो शक्ति छोड्छ, जसले लपेटेर उनी माथि कालो आवरण बनाउँछ । यो अदृश्य धुआँ हो तर छैटौं इन्द्रिय (अतिंद्रिय संवेदी क्षमता) द्वारा यसलार्इ देख्न सकिन्छ । अनिष्ट शक्तिको आक्रमणको कारण मृतदेहमा कालो तरङ्गको संक्रमण (transmission) हुन्छ अनि मृतदेह कालो तरङ्गले आवेशित (charge) हुन जान्छ ।
स्थूल शरीर, पञ्चप्राण अनि पञ्च-उपप्राणमा नियन्त्रण प्राप्त गरे पश्चात अनिष्ट शक्ति आफ्नो ध्यान मृत व्यक्तिको सूक्ष्मदेहमाथि नियन्त्रण प्राप्त गर्नमा केन्द्रित हुन्छ ।
एक सामान्य व्यक्तिको सूक्ष्मदेह सांसारिक इच्छाहरुले भरेको कारण पृथ्वीलोकमा नै घुमिरहन्छ । केहि दिनसम्म सूक्ष्मदेहको भौतिक शरीरको साथ आसक्तिको रूपमा तथा मृतदेहबाट वातावरणमा केहि दिनसम्म उत्सर्जित हुने प्राणशक्ति द्वारा सूक्ष्म सम्बन्ध रहन्छ । यो सूक्ष्म सम्बन्धको उपयोग गरि अनिष्ट शक्ति सूक्ष्मदेहलार्इ प्राप्त गर्छ । सूक्ष्मदेहतर्फ कालो शक्तिको भमरी संचारित गरि सूक्ष्मदेहलार्इ जालमा फसाउन प्रारम्भ गर्छ । यस प्रकार कालो शक्ति मृत पूर्खाको सूक्ष्मदेहलार्इ आफ्नो आक्रमण क्षेत्रमा खींच्छ ।
त्यसपछि उनी सूक्ष्मदेहलार्इ कालो तरङ्गको जालमा फसाउँछ । यसले सूक्ष्मदेहको स्वतन्त्र घुमफिरमा कठिनाई उत्पन्न भएर मृत्यु पश्चात आगाडिको यात्रामा बाधा आउँछ । केही समय पश्चात अनेक अनिष्ट शक्ति आक्रमणमा सहभागी हुन्छन् अनि अधिक भमरी बनाउँदै सूक्ष्मदेहमा पूरै नियन्त्रण प्राप्त गर्छ । यस प्रकार अनिष्ट शक्ति योजनाबद्ध पद्धतिले मृत पूर्खाको स्थूल एवं सूक्ष्मदेहमा पूरै नियन्त्रण प्राप्त गर्छ ।
आध्यात्मिक दृष्टिकोणले अन्तिम संस्कारको मुख्य उद्देश्य निम्नलिखित उद्देश्य प्राप्तिको लागि हुनुपर्छ :
- अनिष्ट शक्तिद्वारा हुने आक्रमणलार्इ न्यून गर्ने
- सूक्ष्मदेहलार्इ स्थूलशरीरसँग आसक्ति छोड्नमा सहायता गर्ने
- मृत्युपछि सूक्ष्मदेहलार्इ आगाडिको यात्राको लागि गति अनि संरक्षण प्रदान गर्ने
(पू.) श्रीमती अंजली गाडगील SSRF को साधिका हो जसलार्इ प्रगत छैटौं इन्द्रिय प्राप्त छ, उहाँले सूक्ष्म-ज्ञानमा आधारित चित्र सहित दिएको निम्नलिखित जानकारी उपलब्ध गराएको छ । सूक्ष्म-ज्ञानमा आधारित यो जानकारी तथा चित्रा विश्वमन अनि विश्वबुद्धिले प्राप्त भएको छ । यसले सूक्ष्म गतिविधहरुको सही घटनाक्रम देखाएको छ जब मृतकलार्इ दाह संस्कार तथा गाड्छ । त्यस समयको सूक्ष्म गतिविधिको घटनाक्रम यो चित्रा अचूकता सँग दर्शाउँछ । Towers of silence को रीतिरिवाजमा पनि जानकारी प्राप्त छ ।
३. शरीरको दाहसंस्कार अथवा शवलार्इ गाड्ने
दाहसंस्कार मृतशरीरलार्इ जलाएर नष्ट गर्ने एउटा पद्धति हो ।
सबै भन्दा पहिला यो आवश्यक छ कि दाहसंस्कार शीघ्रातिशीघ्र अनि सूर्यास्त भन्दा पहिला गर्नुपर्छ । यदि व्यक्तिको मृत्यु रात्रि भएको हो भने दाहसंस्कार गर्नको लागि बिहन हुने समयसम्म प्रतीक्षा गर्न सक्छ । दाहसंस्कारको प्रक्रियामा गति ल्याएर हामी मृतशरीरमा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) बाट हुने प्रभाव न्यून गर्न सक्छौं ।
निरीक्षण गरिएको घटनाको अनुक्रम यस प्रकार छ
१. दाहसंस्कारको अंतर्गत मूल अग्नितत्त्व को साथ विशेष मन्त्रको उच्चारणले मृतदेहको पञ्चप्राण, पञ्च-उपप्राण अनि त्याज्य वायु उत्सर्जित भएर वातावरणमा विघटित हुन जान्छ ।
२. शरीर जल्नुको कारण अग्नितत्त्व अनि मन्त्र द्वारा निर्मित सुरक्षा-कवच मृतशरीरलार्इ अनिष्ट शक्ति द्वारा हुने कुनै पनि प्रकारको आक्रमणबाट बचाउँछ ।
३. पञ्चप्राण अनि पञ्च-उपप्राणको सम्पूर्ण विघटन (disintegration) को कारण सूक्ष्मदेहको स्थूलशरीरको साथ शेष सूक्ष्म-बन्धन टूटेर जान्छ ।
४. अग्नितत्त्व अनि मन्त्र सूक्ष्म देहको रज-तम स्पन्दनलार्इ शुद्धि गरि सूक्ष्मदेहको सबैतर्फ संरक्षण-कवच प्रदान गर्दछ ।
५. परिणामस्वरूप रज-तम स्पन्दनले शुद्ध भएको सूक्ष्मदेह हलका अनि अधिक सात्त्विक हुन जान्छ । यसले पृथ्वीलोक भन्दा आगाडिको यात्राको लागि गति मिल्छ ।
दाहसंस्कारको विश्लेषण दर्शाउँछ कि अन्तिम संस्कारको प्रभाव हुँदा आवश्यक सबै सूत्र दाहसंस्कार मा पूरा गरिन्छ ।
|
|
|
|
|
यदि मृतशरीर पूर्णतः जलेन भने उनीमाथि मान्त्रिक द्वारा आक्रमण हुने आशंका बनी रहन्छ ।
यो लेख पनि पढ्नुहोस् : दाहसंस्कार बाट प्राप्त राख छरिदिने पछि आध्यात्मिक परिप्रेक्ष्य के हो ?
४. दाह संस्कार अथवा शवलार्इ गाड्ने
शवपेटीलार्इ वेल्डिंग अनि रबड गास्केट (gasket) को सहायताबाट बनाउँछ । यसलार्इ ‘सील्ड’ पेटिका भनिन्छ । पेटीलार्इ यस प्रकारले बनाउँछ कि त्यसमा हवा, पानी अथवा माटो प्रवेश गर्न नसकोस् । यसले त्याज्य वायु पेटीमा बन्द हुन जान्छ । मृतदेहबाट प्रक्षेपित हुने कष्टप्रद तरङ्गबाट पेटीमा दबाव बढ्दछ अनि यसले ती तरङ्गहरुका घनीकरण (materialisation) भएर मृतदेहको सबैतर्फ कालो आवरण निर्मित हुन्छ । यो घनीकरणले कष्टप्रद, घर्षणात्मक (frictional) अनि उष्ण (गरम) तरङ्ग निर्मित हुन्छ । यस्तो तरङ्गले सूक्ष्म कष्टप्रद ध्वनि निर्मित भएर अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) आकृष्ट हुन्छ ।
अनिष्ट शक्ति पेटीमा प्रवेश गरि मृतदेहको पञ्चप्राण अनि पञ्च-उपप्राणमा नियन्त्रण पाएर उनलार्इ कालो शक्तिले आच्छादित गरिदिन्छ । जब मृत शरीरलार्इ भूमिमा गाड्छ यसले पातालको कष्टप्रद स्पन्दलार्इ आकृष्ट गर्छ, जुन मृत देहमा कालो तरङ्गको धागोको डोम (dome) गुंबज बनाउँछ । पञ्चप्राण अनि पञ्चउपप्राणमा आफ्नो नियन्त्रणको उपयोग गरि अनिष्ट शक्ति सूक्ष्मदेहसम्म पुग्छ । अनिष्ट शक्तिको कालो शक्तिले पूर्णतः आच्छादित हुने कारण समय बीत्दै जादा साथ-साथै सूक्ष्मदेह भारी हुँदै जान्छ । सूक्ष्मदेह पेटीतर्फ खिंचेर त्यसमा बन्दी बनाउँछ अनि अनिष्ट शक्तियको आक्रमणको शिकार बन्न जान्छ ।
यस प्रकार गाड्दा सूक्ष्मदेह भूलोकमा नै बन्दी हुन जादा उनी भूत बन्ने सम्भावना दाहसंस्कार गरेको शरीर भन्दा अधिक हुन्छ । व्यक्ति द्वारा तुलनात्मक दृष्टिले एउटा सज्जनको भांति जीवन बिताउँदा पनि, मात्र गाडेको कारण, उनको इच्छा नहुँदा पनि, उनी भूत बन्नेको आशंका धेरै गुना बढेर जान्छ । अन्य अनिष्ट शक्तिको प्रभावमा उनी यस्तो कृत्य गर्न विवश हुन जान्छ, जसले उनको पाप बढेर, उनी ब्रह्माण्डको तल्लो लोकमा धकेलि दिन्छ ।
गाड्दाको सूक्ष्म विश्लेषण दर्शाउँछ कि यो विधि अन्तिम संस्कारको प्रभावी मापदण्ड (effective criteria) पूर्ण गर्न सक्दैन ।
|
|
|
|
|
५. मृत शरीर गिद्ध द्वारा खाने
पारसी समुदाय आफ्नो मृतकको शरीर नष्ट हुनको लागि ‘Tower of Silence’ नामक स्थानमा राखि दिन्छ । छत नहुनुको कारण यो आकाश तल खुल्ला रहन्छ । सूर्यको किरणबाट मृतशरीरको विघटन हुन्छ अनि गिद्ध इत्यादि द्वारा खार्इन्छ ।
मृत्युको समय सूक्ष्मदेह स्थूलशरीर प्रति आसक्ति हुनुको कारण जब शरीरलार्इ गिद्ध द्वारा चीर-फाड गरिन्छ उनलार्इ अत्यधिक दु:ख हुन्छ ।
स्थूलशरीरको उपयोग सूक्ष्मदेहमा आक्रमण नहुनको लागि, यसको लागि शीघ्राति शीघ्र पूर्णत: नष्ट हुन आवश्यक छ । केवल अग्नितत्त्व नै तुरुत यस्तो गर्न सक्छ । पञ्चप्राण अनि पञ्च-उपप्राण शरीरलार्इ पूर्णरूपले छोड्नमा सामान्यत:केहि दिनको समय लिन्छ । यो कालमा अनिष्ट शक्ति उनको उपयोग मृतपूर्वजको सूक्ष्मदेहलार्इ अधीन गर्न सक्छ । मृतशरीरलार्इ केहि दिनमा नै नष्ट गर्ने शक्ति न त सूर्यको किरण अथवा न गिद्धमा हुन्छ ।
आध्यात्मिक स्तरमा यसले पनि अझै अधिक हानिकारक गर्दछ । यस विधिमा गिद्ध द्वारा मृतशरीरमा आक्रमण गरिनुको कारण अनेक सूक्ष्म-मान्त्रिक अनि अनिष्ट शक्ति हड्डि, मासु अनि रगतको गन्धतर्फ आकृष्ट हुन्छ । रगत अनि हड्डिको उपयोग नकारात्मक विधि द्वारा सूक्ष्मदेहमा नियन्त्रण पाउनको लागि गर्दछ । सम्पूर्ण शरीर गिद्धलार्इ दिदा अनिष्ट शक्ति अनि मान्त्रिक अत्यल्प समयमा उनीमा पूर्ण नियन्त्रण प्राप्त गर्दछ । मृत्यु पश्चात उनी मान्त्रिकको दास बन्ने आशंका अत्यधिक हुन्छ, जसले गर्दा उनले धेरै भोग्नु पर्छ । यस प्रकार त्यो सूक्ष्मदेहलार्इ गति प्राप्त हुँदैन अनि उनी सजिलै अनिष्ट शक्तिको नियन्त्रणमा आएर पाताल लोकमा जान्छ । यसको अतिरिक्त अनेक अनिष्ट शक्ति आफ्नो मांसाहार अनि मानव रक्त पीउने तीव्र इच्छा गिद्धको माध्यमबाट पूरा गर्छ ।
रगत अनि मासुले उत्सर्जित सूक्ष्म कष्टप्रद गन्धलार्इ सूक्ष्म-मान्त्रिक घनीकरण गर्छ अनि नकारात्मक मन्त्रको उच्चारण द्वारा सूक्ष्मदेहलार्इ पुन:सूक्ष्म स्वरूप (genie like) प्रदान गरि उनीबाट अनेक कुकृत्य गरार्इ अन्यलार्इ तीव्र कष्ट दिन्छ ।
गिद्ध द्वारा खाँदा सूक्ष्म-विश्लेषण दर्शाउँछ कि यो प्रभावी अन्तिम संस्कार विधि गर्दा कुनै पनि मापदण्ड पूरा हुँदैन अनि शव गाड्दा भन्दा पनि अधिक हानिप्रद हुन्छ ।
|
|
|
|
|
६. पार्यावरण परिप्रेक्ष्य; दाह संस्कार अथवा शवलार्इ गाड्ने
यस्तो हेर्दा दफनपेटीमा गाडेको व्यक्तिको दफन संस्कार अथवा मृतशरीर गिद्धद्वारा खानको लागि छोड्दिने, शवपेटीमा दफन गर्ने अथवा विद्युत शवदाहगृह अथवा चितामा राखेर अन्तिम संस्कार गर्ने अपेक्षा पर्यावरणको अधिक अनुकूल लाग्न सक्छ । तर हामीले हाम्रो अन्तिम संस्कार विधि चुन्ने समय केवल पर्यावरणको परिप्रेक्ष्यले हेर्न मिल्दैन । अनिष्ट शक्ति द्वारा हुने आक्रमण पनि आध्यात्मिक दृष्टिले विचार गर्न आवश्यक छ । अन्तिम संस्कारको विधि चुन्ने समय आध्यात्मिक आयामको बेवास्ता गर्नाले अनि शरीरलार्इ त्यतिकै राख्दा हाम्रो मृत प्रियजन अनिष्ट शक्तिको आक्रमणको सम्भावना अत्यधिक बढेर जान्छ ।
७. सारांश
मृत शरीर नष्ट गर्ने अन्तिम संस्कारको सबै विधिहरु मध्ये दाहसंस्कार सबै भन्दा अधिक लाभप्रद हुन्छ । जुन व्यक्ति अपेक्षाकृत राम्रो जीवन बिताएको थियो, मात्र एउटा दफन विधिको कारण उनको मृत्यु पश्चात भूत बन्ने सम्भावना बढेर जान्छ । हाम्रो संस्कृति अनुसार गरिने अन्तिम संस्कार विधि प्रति हामी भावनाशील हुन्छौं । अतः दफन विधि अथवा गिद्ध द्वारा खार्इ जाने आध्यात्मिक दुष्परिणाम ध्यानमा राख्दै कुनै विशिष्ट अन्तिम संस्कार प्रति भावनाशील हुने प्रति विचार गर्न आवश्यक छ ।