सामान्यत: जब कोही कसैसँग प्रेम गर्छ भने त्यो प्रेममा कुनै अपेक्षा जुडी रहेको हुन्छ । तर आध्यात्मिक प्रीति बिना कुनै बन्धनको रहन्छ, चाहे परिस्थिति कुनै पनि होस् । प्रेमको यो दैवी रूप लामो समयसम्म साधना गरेपछि तब उत्पन्न हुन्छ जब प्रत्येक व्यक्तिमा ईश्वरको अनुभूति हुन्छ । साथौ, जब हाम्रो प्रेममा कम अथवा अपेक्षा हुँदैन तब हामीलार्इ अधिक सुखी हुन्छौं ।
माथिको आकृति यो दर्शाउछ कि भौतिक प्रेम, अर्थात् अपेक्षा सहित प्रेम अर्को व्यक्तिको स्वभावको समानता स्वाभावमा आधारित हुन्छ । तर यो निश्चिति हुँदैन कि हाम्रो स्वभावको सबै अङ्ग अर्को व्यक्तिको स्वभावसँग समान अथवा स्वभावको लागि पूरक हुन्छ । जब भेद ध्यानमा आउँछ तब सङ्घर्ष एवं कष्ट सुरु हुन्छ ।
अर्को तर्फ निरपेक्ष प्रेम अपरिवर्तनीय आत्मासँग आधारित हुन्छ । यो धागो समान जस्तै हो; धागो माला बनाउनमा कुनै पनि आकृति, रङ्ग, अथवा आकारको मणिलार्इ जोडी दिन्छ – बाह्य स्वरूपको कुनै महत्त्व हुँदैन । प्रत्येक मणिको दुलो हाम्रो आत्मा जस्तै हुन्, जुन हामी सबैमा एउटै जस्तो छन् अर्थात् एउटा व्यक्तिमा विद्यमान ईश्वर अर्को व्यक्तिमा विद्यमान ईश्वर कुनै पनि प्रकारले भिन्न हुँदैन ।