पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान
सार : आध्यात्मिक रूपमा उजित जीवनशैली छनौट गर्दा उत्पन्न सात्त्विकताले मनावजाति लाभान्वित हुन्छ । साथै उनीमा सूक्ष्म तत्त्व रज-तम (अस्थिरता एवं अज्ञान) को प्रभाव पनि घटन थाल्छ । जीवन शैली छनौटमा दैनिक कृति, आहार, कपडा आदि समावेश हुन्छन् । आध्यात्मिक दृष्टिबाट शुद्ध जीवनशैली अपनाउने व्यक्तिको संख्या कलियुगमा घट्दै गएको छ । हाम्रो खान-पान पनि यसको अपवाद छैन । यो लेखमा हामी किण्वित (ferment) सेतो पाउरोटी (बन) र अकिण्वित गहुँको रोटी (चपाती) बाट प्रक्षेपित स्पन्दहरुको बारे अध्ययन गर्ने छौं । यस विश्लेषणबाट आध्यात्मिक लाभ पुराउने अन्नपदार्थको छनैट गर्ने महत्व ज्ञात हुन्छ ।
१. पाउरोटीको प्रभाव – एउटा आध्यात्मिक परिप्रेक्ष्य
पाउरोटी सामान्य व्यक्तिको खान-पानको एउटा नियमित अंग बनेको छ । आजकल पाउरोटी प्रायः सेतो पीठोबाट बनाईन्छ, जसलाई पचाउन कठिन हुन्छ र यसमा भिटामिन पनि कम हुन्छ । सेतो किण्वित पाउरोटी सजीलै पचाउन सकिदैन, यो चिपचिपा डल्लो बन्छ र किण्वित हुन्छ । यदि यो पेटमा अधिक समयसम्म रहयो भने, यसले व्यक्ति माथि अनेक रोग ल्याउन सक्छ जस्तै – पेटमा भारीपन हुनु , पेटमा वेदना, कब्ज, पचाउने क्षमता कम हुनु इत्यादि । अर्कोतर्फ गहुँको पीठो पचाउन सरल हुन्छ तथा यो भिटामिनले भरिएको हुन्छ । त्यसैले गहुँबाट बनेको रोटीले शरीरलाई पोषण दिन्छ । यदि गहुँबाट बनेको रोटीको किण्वन गरेन भने त्यसलाई पचाउन अधिक सरल हुन्छ ।
२. बायोफीडबैक उपकरणद्वारा गरिएको विश्लेषण
यदि कसैसँग औसत भन्दा अधिक क्षमतायुक्त छैठौं इन्द्रिय छ भने, त्यो व्यक्तिले आध्यात्मिक स्पन्दन ग्रहण गर्न सक्दछ । यसबाट उसले कुनै पदार्थ आध्यात्मिक दृष्टिले उपयुक्त छ अथवा छैन यसको निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनैट गर्न सक्दछ ।
आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) र पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केहि बायोफीडबैक उपकरणले वस्तुको चारैतर्फको स्पन्दन ग्रहण गरेर त्यसलाई दृश्य स्वरूपमा देखाउन सक्दछ । यसले गर्दा सामान्य व्यक्ति पनि आफ्नो आँखाबाट वस्तुको चारैतर्फको आभा (प्रभामण्डल) अथवा ऊर्जाक्षेत्र देख्न सक्दछ ।
अधिक जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् पीआईपी र त्यसको उपयोग सम्बन्धी जानकारी ।
यस प्रयोगको लागि हामीले किण्वित सेतो ब्रेड (पाउरोटी) नमूनाको रूपमा एउटा सामान्य बन (ब्रेड) तथा बिना किण्वित गहुँको रोटी (चपाती) नमूनाको रूपमा लिएका छौं ।
यस परीक्षणमा हामी पदार्थको कारण वातावरणमा हुने परिवर्तन लेख्यौं । वातावरणमा निरन्तर परिवर्तन हुन्छ, त्यसैले पदार्थको परीक्षण गर्नु भन्दा पूर्वको वातावरणको मूलभूत स्थिति प्रविष्ट गर्यौं । त्यसैले बन तथा चपाती परीक्षण गर्नु भन्दा अगाडी खाली थाल राखेर मूल निरीक्षण प्रविष्ट गर्यौं र त्यस पश्चात थालमा एक-एक गरेर पदार्थहरु राखेपछि त्यसको पुन निरीक्षण प्रविष्ट गर्यौं ।
२.१ दुई प्रकारको रोटीहरुको आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) निरीक्षण
मापन |
बन |
चपाती |
||
---|---|---|---|---|
थालमा राख्नु भन्दा अगाडी |
६४८.९३ मेगा हर्टज |
यो स्पन्दनहरुको रंग नीलो छ, जुन सकारात्मकता र सत्यताको दर्शक हो । |
६२६.१९ मेगा हर्टज |
यो स्पन्दनको रंग हरियोको साथै नीलो छ, जसले वातावरणको भावनाशीलतालाई दर्शाउँदछ । (यो उपस्थित व्यक्ति माथि निर्भर हुन्छ ।) |
थालमा राखी सकेपछि |
६८०.०७ मेगा हर्टज |
यो स्पन्दनहरुको रंग गाढा नीलो छ र यसले जैविक ऊर्जामा वृद्धि दर्शाऊछ । यो ऊर्जा प्रयोग पहिलाको नीलो रंगको तुलनामा निम्न स्तरको हुन्छ । यसको अर्थ हो बनको कारण वातावरणको स्तर आध्यात्मिक दृष्टिले न्यून भएको छ । |
५८०.९२ मेगा हर्टज |
यो स्पन्दनहरुको रंग हरियो छ जसले आध्यात्मिक शुद्धता तथा गतिलाई दर्शाउँदछ । यसको अर्थ यो पहिलाको वातावरणको स्तर जुन आध्यात्मिक दृष्टिबाट न्यून थियो त्यसको आध्यात्मिक स्तर चपातीको कारण उच्च भएको छ । |
२.२ दुई प्रकारको रोटीहरुको पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी) निरीक्षण
त्यसपछि हामीले पीआईपी बायोफीडबैक यंत्रद्वारा दुवै प्रकारको रोटीहरुको निरीक्षण गर्यौं।
पहिला : सर्वप्रथम हामीले वातावरणको मूलभूत रीडिंग लियौं । तपाई देख्न सक्नु हुन्छ मध्यमा अलिकति पहेलो रंग छ (यसले सकारात्मकतालाई दर्शाउँदछ) र यसलाई सुन्तला रंगले घेरिएको छ । सुन्तला रंगले तनाव अथवा नकारात्मकतालाई दर्शाउँछ । फ्रेमको बाहिर तिर हरियो रंग छ जसले सकारात्मकतालाई दर्शाउँदछ ।
चपातीको परीक्षण : चपातीबाट प्रक्षेपित सात्त्विकताको कारण वातावरणमा नकारात्मक सुन्तला रंगको वलय अल्प हुन्छ । सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो रंग चपातीको थालको चारैतर्फ देखिन्छ । उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेंलो वलय चपातीको चारैतर्फ तथा वातावरणमा देखिन्छ । रोटीबाट प्रक्षेपित सकारात्मक शक्ति वातावरणमा विद्यमान अनिष्ट शक्तिलाई नष्ट गरिरहेको छ, त्यसैले प्रभामण्डलको मध्यमा बैजनी रंगको वलय देखिन्छ ।
बन ब्रेडको पाठ्यांक (रीडिंग) : किनकि बन ब्रेडले वातावरणको नकारात्मक सुन्तला रंगको वलय अवशोषित गर्दछ, त्यसैले बनको चारैतर्फ सुन्तला रंगको वलय देखिन्छ । नकारात्मक सुन्तला रंगको वलयको कारण सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो वलय टाढा हुन थाल्छ । वातावरणमा विद्यमान उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेंलो वलय अल्प हुन्छ ।
उपरोक्त निरीक्षणले, यो स्पष्ट हुन्छ कि बन ब्रेडले वातावरणमा नकारात्मक तथा तनावपूर्ण स्पन्दनलाई अवशोषित गर्दछ जबकि चपातीले सकारात्मक स्पन्दनलाई प्रक्षेपित गर्दछ तथा वातावरणको नकारात्मक स्पन्दनलाई नष्ट गर्दछ । त्यसैले बन ब्रेडको तुलनामा चपाती रोटी खान अधिक लाभदायक हुन्छ ।
उपर्युक्त स्क्यान र त्यसको विश्लेषण श्री. संतोष जोशीको सहायताले गरिएको हो (वैश्विक ऊर्जा शोधकर्ता, मुंबई, भारत) ।
SSRF यस प्रकारको विषयको सन्दर्भमा वैज्ञानिक परिप्रेक्ष्यको दृष्टिले यस क्षेत्रको शोधकर्ता र विशेषज्ञसँग सहायताको लागि अनुरोध गर्दछ ।