विषयसूची
१. कृतज्ञता भनेको के हो?
ईश्वर हाम्रो सृजनकर्ता हुन्, जीवनमा सबै विभिन्न वस्तुहरु दिनु भएको छ, साथै हामीलार्इ जीवन पनि दिनुभएको छ । प्रतिदिन बिहान हामी उहाँकै कृपाले अर्को नयाँ दिन जीउँदछौं । पृथ्वीमा मिलेको जन्म हाम्रो लागि अनमोल छ; किनकी यो एउटा यस्तो लोक हो जहाँ हामी साधना गरेर आफ्नो जीवनको अन्तिम उद्देश्य प्राप्ति गर्न सक्छौं । जब कुनै व्यक्तिले हाम्रो लागि केहि गर्दछ, हामी उ प्रति कृतज्ञता महसुस गर्दर्छौं । तर, हामी मध्ये धेरै सबै प्रदान गरिदिनु हुने ईश्वर प्रति कृतज्ञता व्यक्त गर्दैनौं । ईश्वरद्वारा हामी माथि गरिएको सबै उपकारहरुको लागि उहाँ प्रति आभार व्यक्त गर्नु साधना अन्तर्गत कृतज्ञता व्यक्त गर्नु भनिन्छ । आफ्नो आध्यात्मिक यात्राको समय साधकको लागि कृतज्ञता भावमा सदैव रहने क्षमता धेरै महत्वपूर्ण तथा अत्यन्त आवश्यक भाग हो ।
वास्तविकता यो हो कि धेरै मानिसहरु ईश्वरलाई सृष्टिकर्ताको रुपमा स्वीकार्छन्; तर यसको लागि उनीहरु ईश्वर प्रति कृतज्ञता व्यक्त गर्न आवश्यक ठान्दैन्न् । उनीहरुलाई किन यस्तो लाग्छन् भने उनीहरुको जीवनमा सामान्यतः जे हुन्छन्, राम्रो-नराम्रो, त्यो सबै उनीहरुकौ इच्छाको कारण भैरहेको रहेको छन् भन्ने सोच्छन् । खाली असाधारण परिस्थितिमा, जस्तै कुनै बच्चा, जो घेरै बिरामी छ, ठिक नहुने रोगले ग्रस्त छ र तीव्रताले प्रार्थना गरेपछि चमत्कारिक रूपले बच्चा स्वस्थ भएमा हामी कृतज्ञता व्यक्त गर्नको लागि सोचछौं । तर जसरी ईश्वरले हाम्रो तत्कालिन सहायता गर्नु भयो, ईश्वरको यो कृपाको स्मरण पनि थोरै समयको लागि रहन्छ । जसरी-जसरी समय बीतदै जान्छ, व्यक्ति आफ्नो पुरानो दिनचर्या अनुसार आचरण गर्न थाल्छ र तब सम्म गर्ने गर्छ जब सम्म कुनै अर्को समस्या आएर उनलाई दुख दिन थाल्छ जसको लागि उ फेरि पुन: ईश्वरबाट कृपा पाउन हेतु प्रार्थना गर्न थाल्छ ।
आध्यात्मिक दृष्टिले सामान्य व्यक्तिको जीवनमा, वर्त्तमान समयमा ६५ प्रतिशत घटनहरु प्रारब्धको अनुसार र ३५ प्रतिशत हाम्रो क्रियमाण कर्मको अनुसार हुन्छन् । जसरी साधना पथमा प्रगति गर्दै जान्छौं, ईश्वरको अस्तित्वको हामीलाई भान हुन थाल्दछन् । तब हामी उहाँको कृपाको तथा हाम्रो जीवनमा सबै कुरा ईश्वरको इच्छाले नै भैरहेको छ यो भान पनि हुन थाल्दछ । यो अवस्था अथवा यो तथ्यको भान ६० प्रतिशत आध्यात्मिक स्तर पुगेपछि मात्रै थाहा हुन्छ । यो अनुभवको साथ आध्यात्मिक दृष्टिले वास्तविक रूपमा कृतज्ञताको भाव उत्पन्न हुन्छ ।
साधक तथा अध्यात्मशास्त्रको विद्यार्थी राम्रो अथवा नराम्रो, हरेक परिस्थितिमा सिक्ने मनोवृति राख्दछ । विविध परिस्थिति तथा जीवनमा घट्ने घटनाहरुबाट आफ्नो दोष अथवा गुण थाहा पाउन थाल्दछ । यस प्रकारले उनी आफ्नो स्वभावदोषलाई कुन प्रकारले घटाउनु पर्छ यो कुरा सिक्ने गर्दछ । साथै, उसलाई आफ्नो गुण थाहा हुन थाल्छ । जीवनको प्रत्येक परिस्थितिमा, स्वयंलाई सुधारने संकेत मिल्छ; जुन स्वयंमा विद्यमान गुणलाई बढाउनको लागि मात्रै होइन आफ्नो स्वभावदोषहरुलाई नयाँ गुणले परिवर्तित गर्नको लागि पनि हुन्छ । उसलाई भान हुन्छ कि ईश्वर राम्रो अथवा नराम्रो, प्रत्येक परिस्थितिबाट उनीमा साधकत्व निर्माण गर्दै हुनु हुन्छ । यसले ईश्वर प्रति राम्रो अथवा नराम्रो प्रत्येक परिस्थितिमा कृतज्ञता व्यक्त गर्दछ किन कि उनलाई लाग्दछ कि ईश्वरको कृपा उनको जीवनमा, परिस्थितिहरुको निर्मित तथा त्यसले आध्यात्मिक स्तरमा सिक्न सक्ने क्षमता पनि प्रदान गर्दछ ।
धेरै जसो प्रसंगमा कृतज्ञता, आध्यात्मिक मार्गदर्शक अथवा गुरुको प्रति हुन्छ । यसै सन्दर्भमा कृपया ‘गुरु को हुन्’ यो लेख पढ्नुहोस् र गुरुले कसरी साधकलाई मार्गदर्शन गर्नुहुन्छ ।
जो साधक होइन उनीहरु भावनामा डूबी रहन्छन् । आध्यात्मिक उन्नति गर्नको लागि साधक भावना (सकारात्मक अथवा नकारात्मक) बाट माथि उठनु पर्छ, अनि उनीमा भाव उत्पन्न हुन्छ जसले उनलाई सर्वत्र ईश्वरको अस्तित्वको भान हुन थाल्दछ । कृतज्ञता हामीमा भाव वृद्धि गर्नको लागि सहायक हुन्छन् ।
२ सतही कृतज्ञता एवं भावपूर्ण कृतज्ञता
केवल शब्दमा व्यक्त गरिने कृतज्ञता सतही कृतज्ञता हुन्छ । साधनाको प्रारम्भिक अवस्थामा, भगवान प्रति कृतज्ञता व्यक्त गर्नको लागि शब्द खोज्न पनि प्रयास गर्नु पर्दछ । तर पनि आफ्नो आध्यात्मिक उन्नतिको लागि यो प्रयास गर्न आवश्यक हुन्छ जसले हामी भित्र कृतज्ञताको संस्कार निर्मित हुन्छ ।
प्रारम्भिक अवस्थामा मनःपूर्वक कृतज्ञता त्यसबेला व्यक्त हुन्छ जब हाम्रो जीवनमा साक्षात ईश्वरीय हस्तक्षेप धेरै स्पष्ट रुपमा देखिन्छ । जस्तै कुनै प्रियजनको प्रसङ्गमा धेरै लामो समयदेखि रोग ठीक हुने आशा चिकित्सकले पनि छोडेको हुन्छ र उ अचानक तीव्रताले प्रार्थना गरेपछि ठिक हुन्छ । अधिकतर सबै प्रसंगहरुमा, हामी आफ्नो जीवन तथा जीवनमा मिल्ने प्रत्येक वस्तुको लागि बौद्धिक अथवा मानसिक स्तरमा नै कृतज्ञता व्यक्त गर्ने गर्छौं ।
हामी जसरी साधनामा मग्न हुँदै जान्छौं, हामीलाई एउटा नयाँ दुनियाको अनुभव हुन थाल्छन्, जुन हामीबाट लुकेको हुन्छन् । हामीलाई आध्यात्मिक अनुभूति हुन थाल्छन् र यी अनुभूतिहरुको माध्यम द्वारा ईश्वर हामीसँग कुरा गर्नुहुन्छ । हाम्रो जीवनमा संयोगवश अनगिन्ती सानो-सानो सुखमयी घटनाहरु घट्छन्, जसबाट हामी बिस्तारै तर निश्चित रूपले आफ्नो जीवनमा ईश्वरको कृपाहस्त देखन सक्छौं । साधना गर्ने समय जुन ईश्वरीय सहायता र प्रोत्साहन मिलनाले हामी सामान्य घटनाको लागि पनि कृतज्ञता व्यक्त गर्न थालछौं । जब हामीलाई कृतज्ञताको भान हुन्छन्, र हामी पुरै दिन पटक-पटक व्यक्त गर्न थालछौं तब हामीमा बिस्तारै कृतज्ञताको भावको निर्माण हुन थाल्छन् । जसरी यो लेखमा माथि भनिएको छ, कृति गर्नु पूर्व, कृति गरि रहेको समय र कृति गरिसकेपछि निरन्तर भान हुन्छ सबै चिज भगवानको इच्छाले हुन्छ, उहाँले नै सबै चिज गर्नुहुन्छ यस्तो भाव बनिरहन्छ । त्यसैले उनी निरन्तर कृतज्ञ व्यक्त गरिरहन्छ, जुन हृदयबाट भावपूर्ण शब्दमा हुन्छ । यो अवस्थामा, हाम्रो वृत्ति, कृत्य एवं विचारमा कृतज्ञता व्यक्त हुन थाल्दछन् ।
आध्यात्मिक उन्नतिको उच्च अवस्थामा अहंभाव अल्प हुन्छ र जब हामी कृतज्ञता भावावस्थामा हुन्छौं तब हाम्रो अहं अल्प रहन्छन् ।
वास्तवमा, निरन्तर कृतज्ञता भावमा रहने गुरु-कृपले नै सम्भव हुन्छ र निरन्तर बनि रहन्छ ।
३. कृतज्ञता व्यक्त गर्नुको महत्व के हो ?
आरम्भमा साधकलाई कृतज्ञता व्यक्त गर्नको लागि प्रयास गर्नु पर्छ । तर समय बित्दै जादा बारम्बार कृतज्ञता व्यक्त गर्नाले र आध्यात्मिक स्तर बढन थालेपछि साधक सदैव कृतज्ञता भावमा रहन थाल्छ । यो अवस्थामा पुगेपछि ईश्वरलेनै सबै कुरा गर्नुहुन्छ, म कोहि पनि होइन साधकलाई इसको भान निरन्तर हुने गर्छ जसले उसको सूक्ष्म अहंपनि क्षीण हुन थाल्छ । उनी आफ्ना सीमा तथा आफ्नो क्षमताको अभवा स्वीकार गर्न थाल्छ । त्यसैले कुनै पनि कठिन परिस्थितिमा, हरेक कृत्य भन्दा अगाडी विनम्रतापूर्वक ईश्वरको शरणमा जान्छ । यसलाई ईश्वर प्रति शरणागति भनिन्छ । केवल कठिन परिस्थितिमा मात्रै होइन, सानो-सानो घटनामा पनि दिन-प्रतिदिन ईश्वरको चरणमा शरणागत हुने गर्दछ । जब हामी ईश्वरसँग भावपूर्ण प्रार्थना गर्छौं, शीघ्र हाम्रो प्रार्थना सुन्नु हुन्छ, जस्तै ‘हे भगवान तपाई नै मेरो आध्यात्मिक उन्नति गरिदिनुहोस्, तपाईनै मलाई बताउनुहोस् मेरो अर्को चरण कस्तो हुनुपर्छ, तपाईनै मलाई मार्गदर्शन गर्नुहोस् ।’ जुन साधकमा समर्पण तथा कृतज्ञताको भाव हुन्छ, उनी सदैव भगवानको निकट हुन्छ । उनलाई जे आवश्यक हुन्छ ईश्वरसँग नमागि, ईश्वर साधकलाई प्रदान गरिदिनु हुन्छ जस्तौ अनुभूतिहरु, उहाँको मार्गदर्शन एवं ज्ञान ।