विषयसूची
१. मनव देहको घटक के हो ? एक प्रस्तावना
यो लेखमा हामीले मनव देहको रचना अनि त्यसको विविध सूक्ष्म देहको विवरण दिएका छौं । आधुनिक विज्ञानले मानिसको स्थूल शरीरको केही गहिराईसम्म अध्ययन गरेको छ; तर मानिसको अस्तित्वको अन्य अङ्गहरुको सन्दर्भमा आधुनिक विज्ञान अझै पनि धेरै सिमित छ । उदा. मानव मन एवं बुद्धिको सन्दर्भमा ज्ञान अझै पनि स्थूल स्तरसम्मनै सीमित छ । यसको तुलनामा अध्यात्मशास्त्र मनवको सम्पूर्ण अस्तित्वको विस्तृतरूपमा अध्ययन गरेकोछ ।
२. अध्यात्मशास्त्र अनुसार मनव कुन घटकले बनेको छ ?
जीवित मानव तल दिए अनुसार विविध देहहरुले बनेको हुन्छ ।
१. स्थूल शरीर अथवा स्थूलदेह
२. चेतना (ऊर्जा) अथवा प्राणदेह
३. मन अथवा मनोदेह
४. बुद्धि अथवा कारणदेह
५. सूक्ष्म अहं अथवा महाकारण देह
६. आत्मा अथवा हामी सबैमा विद्यमान र्इश्वरीय तत्त्व
आगाडिको भागमा विविध देहको विस्तृत विवरण प्रस्तुत गर्नेछौं ।
३. स्थूलदेह
आधुनिक विज्ञानको दृष्टिले यो देह सर्वाधिक परिचित छ । यो देह हड्डी-ढाँचा, मांसपेशी, ऊतक (tissue), अङ्गहरु, रगत, पंचज्ञानेंद्रिय आदि ले बनेको हुन्छ ।
४. चेतनामय अथवा प्राणदेह
यो देह प्राणदेहको नामले परिचित छ । यो देहद्वारा स्थूल तथा मनोदेहको सबै कार्यका लागि आवश्यक चेतनाशक्ति (ऊर्जा) आपूर्ति गरिन्छ । यो चेतनाशक्ति अथवा प्राण पाँच प्रकारको हुन्छ :
- प्राण : श्वासको लागि आवश्यक ऊर्जा
- उदान : साँस फेर्न तथा बोलनको लागि आवश्यक ऊर्जा
- समान : पेट र आन्द्रको कार्यको लागि आवश्यक ऊर्जा
- व्यान : शरीरको ऐच्छिक तथा अनैच्छिक गतिविधिहरुको लागि आवश्यक ऊर्जा
- अपान : मल-मूत्र विसर्जन, वीर्यपतन, प्रसब आदिको लागि आवश्यक ऊर्जा
मृत्युको समय यी ऊर्जा पुन ब्रह्माण्डमा विलीन हुन्छ साथै यी सूक्ष्मदेहको यात्रामा गति प्रदान गर्नमा सहायक हुन्छ ।
५. मनोदेह अथवा मन
मनोदेह अथवा मन हाम्रो सम्वेदना, भावना अनि इच्छाको स्थान हो । यसमा हाम्रो वर्तमान तथा पूर्वजन्मको; अनन्त संस्कार हुन्छ । यो तीन भागले बनेको छ :
- बाह्य(चेतन) मन : मनको यो भागमा हाम्रो त्यो सम्वेदना तथा विचार हुन्छ, जसको हामी सजग रहन्छौं ।
- अन्तर्मन(अवचेतन मन) : यसमा त्यो संस्कार हुन्छ, जसलार्इ हामीले यो जन्ममा प्रारब्धको रूपमा भोगेर पूरा गर्न आवश्यक हुन्छ । अन्तर्मनको विचार कुनै बाह्य सम्वेदनाको कारण, तथा कहीलेकाहीं बिना कुनै कारण पनि बाह्य मनमा समय-समयमा निस्कन्छ । उदा. कहीलेकाहीं कसैको मनमा अचानक अस्पष्ट बाल्यकालको अनियमित र असम्बन्धित विचार आउछ ।
- अचेतन मन :मनको यस भागको सन्दर्भमा हामी पूर्णतः अनभिज्ञ छौं । यसमा हा्म्रो संचितसँग सम्बन्धित सबै संस्कारहरु हुन्छन् ।
अन्तर्मन तथा अचेत मन, दुवै मिलेर चित्त बन्दछ ।
कहीलेकाहीं मनोदेहको एउटा भागलार्इ वासनादेह पनि भन्दछ । मनको यो भागमा सबै वासना संस्कारूपमा हुन्छ ।
कृपया सन्दर्भको लगि पढ्नुहोस्, लेख : ‘हामी जे गर्छौं, त्यसको कारण के हो ?’ साथै मनको कार्यकारी रचना जान्नको लागि शीर्षक ‘इ-ट्यूटोरियल (उप शैक्षणिक वर्ग)’ पढ्नुहोस् ।
मनोदेहसँग सम्बन्धित स्थूल अङ्ग हो मस्तिष्क ।
६. बुद्धि
कारणदेह अथवा बुद्धिको कार्य हो – निर्णय प्रक्रिया एवं तर्कक्षमता ।
बुद्धिसँग सम्बन्धित स्थूल घटक मस्तिष्क हो ।
७. सूक्ष्म अहं
सूक्ष्म अहं अथवा महाकारण देह मानीसको अज्ञानताको अन्तिम शेष भाग (अवशेष) हो । म ईश्वर भन्दा अलग हूँ, यो भावनानै अज्ञानता हो ।
८. आत्मा
आत्मा हामी भित्रको ईश्वरीय तत्त्व हो र हाम्रो वास्तविक स्वरूप हो । सूक्ष्मदेहको यो मुख्य घटक हो, जुन परमेश्वरीय तत्त्वको अंश हो । यो अंशको गुण हो – सत, चित्त अनि आनन्द (शाश्वत सुख) । आत्मालार्इ जीवनको कुनै सुख-दुःखको प्रभाव पर्दैन अनि निरन्तर आनन्दावस्थामा रहन्छ । जीवनको सुख-दुःखलार्इ साक्षीभावले (तटस्थताले) हेर्दछ । आत्मा तीन मूल सूक्ष्म-घटक भन्दा परे छ; तथापि हाम्रो शेष अस्तित्व स्थूलदेह एवं मनोदेहले बनेको हुन्छ ।
९. सूक्ष्मदेह
हाम्रो अस्तित्वको जुन भाग मृत्युको समय हाम्रो स्थूल शरीरलार्इ छोडेर जान्छ, त्यसलार्इ सूक्ष्मदेह भन्दछ । यसको घटक हो – मनोदेह, कारणदेह अथवा बुद्धि, महाकारण देह अथवा सूक्ष्म अहं अनि आत्मा । मृत्युको समय केवल भौतिक शरीर रहन्छ । प्राणशक्ति पुन: ब्रह्माण्डमा विलीन हुन जान्छ ।
सूक्ष्मदेहको केही अङ्ग निम्नानुसार छ ।
- सूक्ष्म ज्ञानेन्द्रिय: सूक्ष्म ज्ञानेन्द्रिय अर्थात पंचज्ञानेन्द्रियको त्यो सूक्ष्म भाग जसले सूक्ष्म विश्वको बोध हुन्छ । उदा. कुनै उत्तेजक बिना चमेली फूलको सूक्ष्म सुगन्ध अनुभव गर्न सक्छ । यो पनि सम्भव हुन्छ कि एउटै कक्षामा कुनै एकलार्इ सूक्ष्म सुगन्धको अनुभूति हुने तर अन्य कसैलार्इ नहुने । यसको विस्तृत विवरण दिएको छ । हाम्रो यो लेख पनि पढ्नहोस् – छैटौं ज्ञानेन्द्रिय के हो ?
- सूक्ष्म कर्मेंद्रिय (motor organs): सूक्ष्म कर्मेंद्रिय अर्थात, हाम्रो हात, जिब्रो इ. स्थूल कर्मेंद्रियको सूक्ष्म भाग । सबै क्रियाहरुको प्रारम्भ सूक्ष्म कर्मेंद्रियमा हुन्छ त्यसपछि क्रिया स्थूल स्तरमा व्यक्तिको स्थूल कर्मेंद्रियद्वारा गरिन्छ ।
१०. अज्ञान (अविद्या)
आत्मा अतिरिक्त हाम्रो अस्तित्वको सबै अङ्ग मायाको नै भाग हो । यसलार्इ अज्ञान अथवा अविद्या भन्दछ जसको शब्दशः अर्थ हो (सत्य) ज्ञानको अभाव । अविद्या अथवा अज्ञान शब्दको स्रोत यो तथ्यसँग छ कि हामी आफ्नो अस्तित्व केवल स्थूल शरीर, मन एवं बुद्धिसम्म सीमित सम्झन्छौं । हाम्रो पहिचान सत्य स्वरूप (आत्मा अथवा स्वयंमा विद्यमान ईश्वरीय तत्त्व) को साथ हुदैन ।
अज्ञान (अविद्या) नै दुःखको मूल कारण हो । मानीस धनसम्पत्ति, आफ्नो घर, परिवार, नगर, देश आदि का प्रति आसक्त हुन्छ । कुनै व्यक्तिसँग अथवा वस्तुसँग आसक्ति जति अधिक हुन्छ, त्यतीनै आसक्तिबाट दुःख निर्मितिको सम्भावना अधिक हुन्छ । एउटा आदर्श समाज सेवक अथवा सन्तलार्इ पनि क्रमशः समाज तथा भक्तप्रति आसक्त हुने सम्भावना रहन्छ । मानीसको सबै भन्दा धेरै आसक्ति स्वयं प्रति अर्थात आफ्नै शरीर एवं मनप्रति हुन्छ । अलि कति कष्ट अथवा रोग मानीसलार्इ दुःखी बनाउन सक्छ । त्यसैले मानीस स्वयंबाट बिस्तारै-बिस्तारै अलग भर्इ आफ्नो जीवनमा आउने दुःख तथा रोग स्वीकार गर्नुपर्छ, यो आन्तरिक बोधको साथ कि जीवनमा सुख-दुःख प्रमुखतः हाम्रो प्रारब्धको कारण हुन्छ (हाम्रो पहिलाको कर्मको फल हो ।) आत्मासँग पहिचान राख्दा नै हामी शाश्वत (चिरस्थायी) आनन्द प्राप्त गर्नसक्छ ।
आत्मा अनि अविद्या मिलेर जीवात्मा बन्दछ । जीवित मानीसमा अविद्याको कुल बीस घटक हुन्छ – स्थूल शरीर, पंचसूक्ष्म ज्ञानेन्द्रिय, पंचसूक्ष्म कर्मेंद्रिय, पंचप्राण, बाह्यमन, अन्ततर्मन, बुद्धि अनि अहं । सूक्ष्म देहको घटकको कार्य निरन्तर हुन्छ, जीवात्माको ध्यान आत्माको अपेक्षा यी घटकहरु तर्फ आकर्षित हुन्छ; अर्थात् आध्यात्मिक ज्ञानको अपेक्षा अविद्या तर्फ हुन जान्छ ।