कुन कुराले सम्बन्धमा अनुकूलता निर्धारण गर्दछ ?
विषयसूची
१. सम्बन्धको अनुकूलतालाई प्रभाव पार्ने कारणहरुको परिचय
धेरै मानिसहरु यस्तो सम्बन्ध पाउनको लागि सपना देख्छन् जहाँ उनीहरु सँगै वृद्ध होस् । यस्तो सम्बन्ध जसमा आपसी सम्मान र विश्वास बनि रहन्छ, जहाँ असल संगत, प्रेम र अनुकूलता हुन्छ । तर, आजको संसारमा हामीलाई यस्तो कुरा मायावी लाग्न सक्छ । धेरै सम्बन्धहरू ठीक तरिकाबाट सुरू हुन्छन् तर कसरी तिनीहरूको अन्त्य हुन्छ या त्यो सम्बन्ध कहिले सम्म रहन्छ भन्ने कुरा धेरै कारकहरुमा निर्भर गर्दछ । हामीले यी कारकहरू के हुन् भनेर बुझ्दा हाम्रो सम्बन्धहरुलाई यसले निश्चित रूपमा अन्तरदृष्टि प्रदान गर्दछ र किन केही सम्बन्धहरु काम गर्दछ अथवा गर्दैन भन्ने बारेमा हामी बुझ्न सक्छौं ।
यस लेखमा, हामी विभिन्न कारकहरूलाई साझा गर्नेछौं जसले दुई व्यक्तिको बिचको सम्बन्धलाई असर गर्न सक्दछ । यो तपाईको श्रीमान/श्रीमती, साथी या सहकर्मी हुन सक्छ ।
२. सम्बन्धको अनुकूलतालाई प्रभाव पार्ने मुख्य कारणहरू
यदि कसैले मानसिक स्वास्थ्यकर्मिलाई सोध्यो भने या यदि हामीले इन्टरनेटमा सम्बन्धलाई प्रभाव पार्ने कुराहरु खोज्यौं भने, त्यसको संभावनाहरु व्यक्तिको रुप बाहेक, अन्य धेरै कारकको सूची प्रदान गरिन्छ जुन मुख्य रूपमा मनोवैज्ञानिक हुन्छन् जस्तै आपसी सम्मान, भरोसा, हेरचाह, समान रुचि भएको, हास्य भावना, आदि ।
यद्यपि जीवनमा कुनै पनि कुराको पछाडि अन्तर्निहित कारकको मूल्यानकन गर्न, एकले यसलाई समग्र रुपमा हेर्नुपर्छ, जसको अर्थ आध्यात्मिक पक्षहरु समावेश गर्नु पर्छ ।
आध्यात्मिक अनुसन्धान मार्फत, हामीले थाहा पायौं कि सम्बन्धहको अनुकूलतामा प्रभाव पार्ने कारकहरू जीवनका ३ पक्षहरू अन्तर्गत वर्गीकृत गर्न सकिन्छ । तिनीहरू शारीरिक, मानसिक (मनोवैज्ञानिक- जसमा बौद्धिक समावेश हुन्छ) र आध्यात्मिक हुन्छ । तलको चार्टमा, हामीले यी प्रत्येक पक्षहरुले व्यक्तिलाई सम्बन्धमा प्राभाव पार्ने अनुमानित प्रदान गरेका छौं ।
यो ज्ञान उन्नत छैठौं इन्द्रियमा आधारित आध्यात्मिक अनुसन्धानबाट प्राप्त भएको हो । तपाईले माथिको चार्टबाट देख्न सक्नुहुन्छ, दुई व्यक्तिको जीवनमा आध्यात्मिक कारकको अन्तरक्रियाले उनीहरूको सम्बन्धको गुणस्तरमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
३. सम्बन्धको अनुकूलतालाई प्रभावित गर्ने मुख्य कारकको विवरण
त्यसोभए, यी आध्यात्मिक कारकहरू के हुन् जसले हामीलाई र हाम्रो सम्बन्धलाई यति हद (८१%) सम्म प्रभावित पार्छ ?
तलको तालिकामा, हामीले विभिन्न उप-कारकमा विस्तार गरेकाछौं जसले सम्बन्धको अनुकूलतालाई प्रभाव पार्दछ । यो ध्यान राख्न महत्त्वपूर्ण हुन्छ कि हामीले कारकहरू यस आधारमा छुट्याएका छौं कि जोडीहरू या सम्बन्धमा सामिल मानिसहरू साधक हुन् अथवा होइनन् । हामीले यो विभाजन गर्नुको कारण तपाईको साधना (आध्यात्मिक अभ्यास) अनुसार यी आध्यात्मिक कारकहरू परिवर्तन हुन सक्छ ।
अनुकूलतालाई प्रभावित गर्ने घटक | साधक | सामान्य व्यक्ति (जो साधक होइनन) |
---|---|---|
शारीरिक १ | ५% | ५% |
मानसिक | १०% | १०% |
रुचि-अरुचि | २% | २% |
स्वभाव के गुण | २% | २% |
स्वभाव-दोष | २% | २% |
अहं२ | ४ % | ४ % |
बुद्धि | ४ % | ४ % |
आध्यात्मिक | ८१% | ८१% |
आध्यात्मिक स्तर में अंतर | ५% | ०% |
साधना का मार्गl | १०% | ०% |
एक व्यक्तिगत अर्थात व्यष्टि साधना पर ध्यान केंद्रित करता है जबकि दूसरा समाज के लिए साधना अर्थात समष्टि साधना करता है । | ८% | ०% |
आध्यात्मिक उन्नति की इच्छा | २% | ०% |
अनिष्ट शक्तियों का आक्रमण | ८% | ५% |
पूर्वज | ८% | ८% |
प्रारब्ध एवं लेन-देन का हिसाब | ३०% | ५०% |
अन्य (स्थान, क्षेत्र) | ११% | १९ % |
कुल | १००% | १००% |
टिप्पणिहरू (माथिको तालिकामा रातो रंगको संख्यामा आधारित):
- ‘शारीरिक’ भन्नाले दम्पती/व्यक्तिको शारीरिक रूपलाई मात्र नभई दम्पतीलाई अलग गर्ने दूरी, रोग, यौन चाहना वा प्राथमिकताहरूमा भिन्नता आदि जस्ता शारीरिक समस्याहरूलाई पनि जनाउँछ जसले अनुकूलतालाई असर गर्न सक्छ।
- अहंकारले ४% मात्र योगदान गरेको देखिएता पनि भिन्नताका अन्य धेरै कारणहरू वास्तवमा अहंकारको अभिव्यक्ति हुन् भन्ने कुरा हामीले ध्यानमा राख्नुपर्छ।
केहि महत्त्वपूर्ण अवलोकनहरू
- विवाह सफल हुनु वा नहुनुको कारण माथिको चार्टबाट पनि स्पष्ट हुन्छ। तपाईले देख्न सक्नुहुन्छ, दुई व्यक्तिहरू बीचको सम्बन्ध अनुकूलता मुख्य रूपमा पञ्च इन्द्रिय, मन र बुद्धिको समझभन्दा बाहिरका कारकहरूमा निर्भर हुन्छ, अर्थात् आध्यात्मिक कारकहरू, विशेष गरी उनीहरू बीचको लेन-देनको हिसाब।
- शारीरिक रूप र राम्रो मिलन मनोवैज्ञानिक रूपमा दुई व्यक्ति बीचको अनुकूलता केवल १५ % मात्र हुन्छ ।
- यदि दुई व्यक्तिले साधना गरिरहेका छन् र दुई साधकहरु बीच आध्यात्मिक स्तरमा ठूलो भिन्नता छ भने त्यसले सम्बन्धलाई असर गर्न सक्छ । यस्तो किन हुन्छ भने यदि तपाई आध्यात्ममा अगाडी बढ्दै जानु भएमा तपाईको आध्यात्मिक दृष्टिकोण पनि फरक हुँदै जान्छ । यसले दुई साधक बीच मतभेद सिर्जना गर्न सक्छ ।
- आध्यात्मिक मार्ग अनुसार पनि यसले दुई व्यक्तिको अनुकूलता माथि असर गर्न सक्छ । उदाहरणको लागी, यदि एक व्यक्ति अधिक भक्तिपूर्ण छ जबकि आर्को व्यक्तिको ध्यान मार्गमा बढी झुकाव छ भने, उनीहरूको आध्यात्मिक अभ्यास र सामान्य रुपमा जीवनको दृष्टिकोमा भिन्न्ता आउन सक्छ ।
- जब दुई जना व्यक्ति साधना गरिरहेका हुन्छन्, उनीहरूको जीवनमा लेन-देन खाताको बल घट्छ र उनीहरूको साधनाले प्रतिकूल प्रारब्धलाई कम गर्दछ । सबै भन्दा राम्रो सम्बन्ध साधकहरु बीच पाइन्छ । त्यस्ता साधकहरूले सक्रियता पुर्वक स्वाभाब दोषहरू कम गर्नमा काम गर्छन्, जुन सम्बन्धको समस्याहरूको एउटा मुख्य कारण हो ।
- नकारात्मक ऊर्जा र मृत पुर्खाहरूले प्रतिकूल रूपमा सम्बन्धलाई प्रभाव गर्न सक्दछ । उनीहरूले मानिसहरूको जीवनमा विभिन्न समस्याहरु निम्त्याउन सक्छन् । यदि एउटा सम्बन्धमा कोही व्यक्ति नकारात्मक उर्जाद्वारा ग्रस्त छ भने, यसले उनीहरूलाई अनुचित व्यवहार गराउन सक्दछ (अधिकाशं समय उनीहरूको नियन्त्रण भन्दा बाहिर हुन्छ) र जसले गर्दा सम्बन्धमा ठूलो दबाब पर्छ । यसको कारण यो हो की अधिकांश मानिसहरूले आध्यात्मिक पक्षहरू बुझ्न सक्दैनन् र नराम्रो व्यवहारको लागि नकारात्मक उर्जाको सट्टा उनीहरुले व्यक्तिलाई दोष दिन्छ, जसले वास्तवमा उनीहरूलाई अनुचित कामहरू गराईरहेको हुन्छ । साथै, यो लेख पढ्नुहोस् – पूर्वजहरूको समस्या के हो ?
- घर अथवा स्थान जहाँ तपाई बस्नु हुन्छ त्यसले पनि तपाईको सम्बन्धमा असर पार्दछ । जब कसैको घर चिहान छेउमा अवस्थित छ या शताब्दी पहिला चिहान स्थल भएको ठाउँ घर निर्माण गरिएको छ भने त्यहाँ नकरात्मक उर्जाहरू अधिक सक्रिय हुन्छन् । हाम्रो खण्ड – कसरी आफ्नो घर आध्यात्मिक रूपमा सफा गर्ने – हामीले यस समस्याको विभिन्न समाधानहरू प्रदान गरेका छौं ।