आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीलार्इ ज्ञात भयो कि दुर्इ व्यक्ति मध्य अनुकूलतामा निम्नलिखित घटकले योगदान हुन्छ । हामीले घटकलार्इ क्रियाशील साधक हो अथवा होइन, यसको आधारमा अलग गरेका छौं ।
अनुकूलतालार्इ प्रभावित गर्ने घटक | साधक | सामान्य लोग (जो साधक होइन) |
---|---|---|
शारीरिक १ | ५% | ५% |
मानसिक | ८% | ८% |
रुचि-अरुचि | २% | २% |
स्वभावको गुण | २% | २% |
स्वभाव-दोष | २% | २% |
अहं२ | २% | २% |
बुद्धि | २% | २% |
आध्यात्मिक | ८५% | ८५% |
आध्यात्मिक स्तरमा अन्तर | ५% | ०% |
साधना मार्गl | १०% | ०% |
एक व्यक्तिगत अर्थात व्यष्टि साधनामा ध्यान केन्द्रित गर्छ जबकि दोस्रो समाजको लागि साधना अर्थात समष्टि साधना गर्छ । | ८% | ०% |
आध्यात्मिक उन्नतिको इच्छा | २% | ०% |
अनिष्ट शक्तिको आक्रमण | १०% | ५% |
पूर्वज | १०% | १०% |
प्रारब्ध एवं लेन-देनको हिसाब | ३०% | ५०% |
अन्य (स्थान, क्षेत्र) | १०% | २०% |
कुल | १००% | १००% |
टिप्पणि (माथिको तालिकामा रातो अङ्कमा आधारित) :
१. ‘शारीरिक’ भन्नुको तात्पर्य युगल/व्यक्ति को केवल शारीरिक रूपसम्म मात्र होइन; तर त्यसमा भौतिक कुरा जस्तै युगललार्इ अलग गर्ने दूरी, रोग, यौन इच्छा अथवा प्राथमिकतामा अन्तर इत्यादि, जस्तै दुर्इ व्यक्ति बीच अनुकूलतालार्इ प्रभावित गर्ने घटक पनि सम्मिलित हुन्छन् ।
२. यद्यपि अहं मात्र २ प्रतिशत उत्तरदायी प्रतीत हुन्छ, तर हामीले ध्यानमा राख्नुपर्छ अन्तरको अन्य कारण पनि वास्तवमा अहंको प्रकटीकरण नै हो ।
कुनै विवाह सफल हुने अथवा नहुने कारण माथिको तालिका बाट स्पष्ट हुन्छ । जस्तो कि तपार्इ देख्न सक्नुहुन्छ दुर्इ व्यक्तिहरु बीच अनुकूलता मुख्य रूपले पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको समझ भन्दा टाढा अर्थात आध्यात्मिक घटकमा निर्भर गर्छ खासमा उनीहरु दुर्इ बीच लेन-देन को मात्रा । शारीरिक रंग-रूप तथा मानसिक रूपले राम्रो युगल हुनु, यी घटकको अनुकूलतामा मात्र १३ प्रतिशत महत्व हुन्छ ।