साधना गर्दा फाइदाहरु
जन्म अनि मृत्युको चक्रबाट मुक्ति
अध्यात्मशास्त्र अनुसार मुक्तिको परिभाषा हो, प्रारब्धमा अर्थपूर्ण न्यूनता (धेरै कम हुनु) को कारण जन्म लिनको लागि बाध्यता नहुने ।
मनुष्य जन्म दुर्इ कारणले बार-बार हुन्छ । पहिलो ६५ प्रतिशत महत्त्व राख्ने कारण हो प्रारब्ध अनुसार सुख-दुःख भोग्ने अदि दोस्रो ३५ प्रतिशत महत्त्व राख्ने कारण हो आध्यात्मिक उन्नति गरि आन्नद प्राप्ति गर्ने ।
मानै कि औसत सन्चित खाता (अर्थात् लेन-देनको नियमबाट उत्पन्न कसैको कुल सन्चित पुण्य अथवा पाप) १०० इकाई छ भने त्यसबाट एउटा जन्ममा, ६ इकाई प्रारब्धको रूपमा भोग्नु पर्दछ । यसको तात्पर्य यस्तो निक्लिन्छ कि मनुष्य १६-१७ जन्ममा मुक्त हुन सक्छ; तर यस्तो हुँदैन, किन कि ६ इकाई प्रारब्ध भोग्दा सामान्य व्यक्ति साधना गर्दैन । साथै क्रियमाण कर्मबाट सन्चित खाता १० ईकाईले अझै बढेर जान्छ । अंततः मृत्युको समय यो सन्चित खाता १०४ इकाई को हुन जान्छ अनि एक पल्ट पुनः जीवन अनि मृत्युको चक्रमा फसेर जान्छ ।
हामी मध्य धेरै आफ्नो जीवन यसरी जीउन चाहन्छन्, जसले आउने केहि जन्म धेरै सुखमय होस् । तर जीवनको उद्देश्य सुखमय जन्म पाउन होइन, तर जन्म-मृत्युको चक्रबाट मुक्ति पाउनु हो । हाम्रो जन्म भयो यसको अर्थ हो कि हामीले अहिले सम्म यो पाठ सिकेनौं, जुन सीक्नु पर्दथ्यौं । जुन प्रकार परीक्षामा असफल भएमा फेरि हामी पुनः त्यहि कक्षामा पढ्नु पर्दछ; ठीक त्यहि प्रकार हामी पुनः पुनः जन्म लिन्छौं । यो नीरस कहिले समाप्त नहुने चक्रबाट हामी तब मुक्त हुन सक्छौं, जब हामी आध्यात्मिक उन्नति गरि र्इश्वर प्राप्तिको लागि प्रयास गर्दछौं । यही सर्वोच्च आध्यात्मिक लक्ष्य हो जुन कुनै पनि व्यक्ति पाउन चाहन्छन् ।
साधनाको माध्यमबाट, जब व्यक्तिको न्यूनतम आध्यात्मिक स्तर ६० प्रतिशत (समष्टि) अथवा ७० प्रतिशत (व्यष्टि) सम्म पुग्न सक्छौं, तब उनलार्इ अगाडिको उन्नतिको लागि पुनः जन्म लिन आवश्यकता हुँदैन ।