विषयसूची
१. आध्यात्मिक उन्नति के हो?
आध्यात्मिक उन्नतिको अर्थ हो स्वयंमा विद्यमान आत्मा अथवा ईश्वरीय तत्वको अनुभव गर्ने । आध्यात्मिक उन्नति, साधना को परिणाम हो । यो परिभाषा अध्यात्म विज्ञानको सिद्धान्त माथि आधारित छ र यसको विस्तृत विवेचन हाम्रो लेख आध्यात्मिक स्तरमा गरिएको छ ।
२. शीघ्र आध्यात्मिक उन्नति गर्नको लागि वर्तमान कालको महत्त्व
जसरी हामीले राम्रो विरुद्ध नराम्रोको युद्ध लेखमा वर्णन गरेको थियौं कि वर्ष १९९९ – २०२३ को समय दुई युगको सन्धिकाल हो । यो कालमा हामी कलियुगको अन्धकारमय युग (छोटा कलियुग) देखि आध्यात्मिक रूपले राम्रो युग (सानो सत्ययुग) मा जादैछौं । यो २३ वर्षको सन्धिकाल, अध्यात्मको छः मूलभूत सिद्धान्तमा आधारित कुनै पनि प्रकारको साधना गर्नाले अत्यधिक लाभ हुन्छ; किन की विपरीत कालमा पनि साधना गर्ने साधकलाई ईश्वर आध्यात्मिक उन्नतिको फल प्रदान गर्नु हुन्छ ।
वास्तवमा २३ वर्षको सन्धिकालमा, प्रत्येक वर्ष गरिएको साधना, अन्य कालमा ५० वर्षसम्म गरिने साधना समान हुन्छ । मनुष्यको जीवनकालमा यदि ५० वर्षको वयस्क समय मान्ने हो भने, यी २३ वर्षमा गरेको साधना १००० वर्ष भन्दा पनि अधिक वर्षको साधना समान हुन्छ । अर्को तरिकाले हामी यस प्रकार बुझ्न सक्छौं, २० जन्महरुको साधनाको लाभ हामी केवल एक जन्ममा लिन सक्छौं ।
३. कसरी आध्यात्मिक उन्नति गर्ने?
आफ्नो आध्यात्मिक यात्रा आरम्भ गरेपछि, यो कुरा महत्त्वपूर्ण हुन्छ की हामी आफ्नो साधना निरन्तर बढाउदै जानु पर्छ ।
जो साधक आफ्नो समय व्यर्थ गर्न चाहादैनन् तथा आजीवन साधना गर्न चाहान्छन् तल दिएको तालिकामा व्यावहारिक जानकारी दिएको छ ।
यसको उपयोग साधकको २ वर्ष देखि अधिक कालको प्रयासलाई मूल्यांकन गर्ने सकिन्छ ।
पहिलो महिना | तेस्रो महिना | छैठौ महिना | एक वर्ष | दोस्रो वर्ष | |
---|---|---|---|---|---|
अध्ययन | SSRF को जालस्थल (वेबसाइट) को केहि अंश | SSRF को जालस्थल (वेबसाइट) को अधिक अंश | जालस्थल (वेबसाइट), साधकको लागि मार्गदर्शन, ग्रंथ (अध्यात्मको प्रस्तावना, अध्यात्म) | जालस्थल, साधको लागि मार्गदर्शन, अन्य ग्रंथ (शिष्य, गुरुकृपा, नामजपको लाभ इत्यादि) | |
आध्यात्मिक उपचार | प्रतिदिन नून-पानीले उपचार, बसेर १५ मिनेट नामजप गर्ने | इसको साथमा, न्यास, धूप, बसेर ३० मिनेट नामजप गर्ने | साथै नित्य बक्साबाट उपचार, नित्य वास्तुशुद्धि गर्ने, बसेर ६० मिनेट नामजप गर्ने | यसको साथमा देवी-देवता हरुको चित्र द्वारा आध्यात्मिक उपचार गर्ने | यथासम्भव सबै उपचारहरु गर्ने |
नामजप | १ घण्टा प्रतिदिन अन्य गतिविधिहरुको समय | २ घण्टा प्रतिदिन अन्य गतिविधिहरुको समय | प्रतिदिन ३ घण्टा अथवा त्यो भन्दा अधिक अन्य गतिविधिहरुको समय | ४ घण्टा/स्वयंबाट हुने नामजप अन्य गतिविधिहरुको समय | ५-६ घण्टा/स्वयं बाट हुने नामजप अन्य गतिविधिहरुको समय |
सत्संग | कुनै बेला | साप्ताहिक | साप्ताहिक, सत्संग को तैयारी गर्ने | साप्ताहिक अथवा धेरै पटक (अन्तर्गत स्तरको सत्संग) | साप्ताहिक अथवा धेरै पटक (स्वभावदोष निर्मूलनको लागि सत्संग) |
सत्सेवा | २ घण्टा प्रति सप्ताह | ५ घण्टा प्रति सप्ताह | १० घण्टा प्रति सप्ताह अथवा सत्सेवाको लक्ष्य पूरा गर्ने | सत्सेवा को लक्ष्य पूरा गर्ने | |
त्याग | व्यष्टि साधनाको उपरोक्त प्रयास गर्न जे आवश्यक हुन्छ | व्यष्टि साधना को उपरोक्त प्रयास गर्न जे आवश्यक हुन्छ | साधना बढाउन आफ्नो जीवनशैलीमा केहि कुराको त्याग | साधना बढाउन आफ्नो जीवनशैलीमा अधिक त्याग | सत्सेवाको लागि त्याग, मायाको केहि गतिविधिहरु बाट स्वयंलाई अलग राख्ने, जस्तै – मनोरंजन, बैठक इत्यादि |
प्रीति | थोरै प्रयास (जस्तै: सत्सेवामा लागेका अन्य साधकहरु प्रति) | ध्यानपूर्वक प्रयास | |||
भाव | कहिले-काहि प्रार्थना तथा कृतज्ञता | कुनै बेला प्रार्थना तथा कृतज्ञता एवं व्यष्टि साधनाको लागि | प्रतिदिन २० ध्यानपूर्वक प्रार्थना तथा कृतज्ञता | ३० अथवा त्यो भन्दा अधिक, सत्सेवा तथा आध्यात्मिक उपचारको समयमा निरन्तर प्रार्थना, कृतज्ञता व्यक्त गर्ने, आरती | ५० अथवा त्यो भन्दा अधिक प्रार्थना तथा कृतज्ञता व्यक्त गर्ने एवं भाव बढाउने अन्य प्रयासहरु गर्ने |
स्वभावदोष निर्मूलन | लेख तथा ग्रंथ (स्वभाव दोष निर्मूलन) को अध्ययन गर्ने, आफ्नो त्रुटिहरु लेख्ने तथा त्यसमा स्वयंसूचना लिने | प्रतिदिन गलतिहरु (३-५) लेख्ने तथा (३-५) स्वयंसूचना दिने | |||
अहं निर्मूलन | ग्रंथ पढने (अहं निर्मूलनको लागि साधना) |
तालिकामा दिएको चरण वर्तमान काल हेतु उपयुक्त साधनाको अनुरूप छ । साधकलाई हुने अनिष्ट शक्तिको अवरोध यो विचार पनि यसमा सम्मिलित छ ।
माथि दिएको तालिका सम्बन्धि प्रश्नहरुको उत्तर सरलतासँग प्राप्त गर्नको लागि हामीलाई ‘प्रश्न सोध्नुहोस्’ अथवा SSRF को ऑनलाईन सत्संगको सुविधाको लाभ उठाउनुहोस् । तालिकामा उल्लेख गरिएको शब्दहरु जस्तै – नून-पानी, न्यास, बक्सा इत्यादिको विस्तृत जानकारीको लागि यो पृष्ठको माथि दायातर्फ गएर ‘खोज बक्स’ (search box) मा यी शब्दहरु लेखेर प्राप्त गर्न सक्नु हुन्छ ।
४. कसरी आध्यात्मिक उन्नति गर्ने? – सारांश
हाम्रो आध्यात्मिक उन्नति अनेक आध्यात्मिक घटकहरु माथि निर्भर गर्दछन्, जस्तै – आध्यात्मिक स्तर जहाँदेखि हामी साधना आरम्भ गर्छौं, यो जीवनमा भोग्ने प्रारब्धको मात्रा, हामी कुन मात्रामा अनिष्ट शक्ति द्वारा प्रभावित छौं, हामीमा विद्यमान आध्यात्मिक गुण, साधकतत्व इत्यादि ।
यहाँ बताएको साधनाको चरणहरु निष्ठापूर्वक अपनाएमा साधनामा आउने कुनै पनि समस्याको सामना गर्न सहायता मिल्ने छन् तथा जीवनको उद्देश्य अर्थात आध्यात्मिक उन्नति गर्नमा सहायता हुन्छ ।