के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ?

के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ?

विषयसूची

१. परिचय

“म कहिले पनि राम्रो गर्न सक्दिन !” – जेनिफरको मनमा यो विचार गुन्जी रहयो जब उनले काममा फेरी अर्को गल्ती गर्यो । इच्छा शक्तिको साथ र एक कप कफी पिए पछि, उनले आफूलाई सम्हालिन र सकारात्मक वाक्य दोहोर्याइन्  – “म सबैभन्दा राम्रो छुँ, म मेरो काम राम्रोसँग गर्छु” ।

तर उहाँले पदोन्नतीको संकेत बिना यो काम गरिरहेको तीन बर्ष भयो । प्रत्येक गल्तीले थप आत्म-शंका ल्याउन थाल्यो र उनले एउटा आत्म-सहायता पुस्तकमा पढेको सकारात्मक वाक्य कम विश्वासयोग्य देखिन थाल्यो ।

सकरात्मक वाक्य (अफर्मेशन) लामो समयदेखि स्व-सहायता पुस्तकहरू र मनोचिकित्सकहरुले मानिसहरुको नकारात्मक वा अर्थहीन विचारहरुको समना गर्न मद्दतको लागि प्रयोग गर्दै आएका छन् । यद्यपि यी प्रसिद्ध छन्, तर के यो वास्तबमा व्यक्तिको जीवनको सबै समस्याहरु सुल्झाउन मद्दत गर्छ ? किन जेनिफरको सकारात्मक वाक्य प्रति विश्वास हराउन थाल्यो ? अंतत: हामी सबै सकारात्मक वाक्य जस्ता उपकरणको प्रयोग गर्छौं किनभने हामी जीवनका समस्याहरु पार गर्न दिगो समाधानहरू चाहान्छौं । प्रश्न यो हो – के सकारात्मक वाक्य यसको उत्तर हो ?

. सकारात्मक वाक्य (अफर्मेशन) भनेको के हो ?

सकारात्मक वाक्य (अफर्मेशन), सकारात्मक वक्तव्य हो, जसलाई मनमा पुन: पुन: दोहर्याउँछ । कुल मिलाएर यसले नकारात्मकता हटाउन, आत्मविश्वास निर्माण गर्न र स्वयंमा सकारात्मक परिवर्तनहरू ल्याउन मद्दत गर्दछ । नियमित रूपमा सकारात्मक वाक्य (अफर्मेशन) दोहराउँदा हाम्रो सोच्न र कृति (व्यवहार) मा परिर्वतन हुन थाल्दछ । यसको प्रभावकारिता बृद्धि गर्न, केहि अन्य पक्षहरू छन् जस्तै मानसिक चित्रण गर्ने, प्राणायाम, ध्यान, सचेत जीवनको परिवर्तन, केहि विशिष्ट लक्ष्यहरू निर्धारित गर्ने, इत्यादि पनि प्रयोग गर्न सक्छौं ।

सकारात्मक वाक्य (अफर्मेशन) बनाउने समय ध्यान राख्नु पर्ने केही पक्षहरू अगाडि दिएका छन् ।

  • शब्दहरुले मनमा प्रभाव पार्ने हुनाले हामीले सकारात्मक वाक्य बनाउने समय शब्दहरुको छनौट ध्यानपूर्वक गर्नुपर्छ ।
  • अत: हामीले सकारात्मक वाक्यमा केवल सकारात्मक शब्दहरु छान्नु पर्दछ ।
  • सकारात्मक वाक्य वर्तमान कालमा बनाउनु पर्छ ।
  • तिनीहरूलाई प्रसंगानुरुप उचित बनाउनाले अपेक्षित लाभहरु प्राप्त गर्न मद्दत गर्दछ ।
  • साथै, यिनीहरूलाई भन्ने समय मनमा अनुभव गर्दै भन्नु पर्छ ।
  • सकारात्मक वाक्य वास्तविक परिस्थिति जस्तोसुकै भए पनि स्वयंमा सकारात्मक विचारले आश्वस्त गर्नमा सहायता गर्दछ ।

सकारात्मक वाक्य (अफर्मेशन) को केहि उदाहरणहरु

तल सकारात्मक वाक्यको केहि उदाहरणहरु दिएका छन् ।

  • म शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रूपमा पूर्णतया स्वास्थ्य छु ।
  • म आन्तरिक रुपमा शान्त र सन्तुष्ट छु ।
  • मैले आज गरेको सबै कुरा सफल हुनेछ ।

४. विभिन्न प्रकारका सकारात्मक वाक्यहरु

व्यावहारिक रूपमा सबै पक्षहरुको लागि जसलाई हामी हटाउन चाहान्छौं अथवा जसमा सुधार ल्याउन चाहनछौं, सबैको लागि विभिन्न प्रकारको सकारात्मक वाक्यहरु हुन्छन् । प्रेम, स्वास्थ्य, धन, मानसिक स्वास्थ्य, चिन्ता, सफलता, बच्चाको लागि, इत्यादि मा प्रयोग गर्न सकिन्छ ।

. सकारात्मक वाक्य (अफर्मेशन) लिदा फाइदाहरु

सकारात्मक वाक्य (अफर्मेशन) लिनाले मनको नकारात्मकता नष्ट गर्न मद्दत गर्दछ । केहि हदसम्म, यसले आत्मविश्वास बढाउन सक्छ र सकारात्मक रुपमा कृति गर्न प्रेरित गर्न सक्छ । यदि मनलाई उनको अनुसार छोडि दिने हो भने तब नकारात्मकतामा डुब्न सक्छ । मनको प्रकृति आफैमा जिद्दी हुन्छ । त्यसैले, केवल सकारात्मक वाक्य (अफर्मेशन) पढ्नाले सकारात्मक दिशा र उत्साह मिल्न सक्दछ । यसले सकारात्मक मानसिक विकासको लागि आधार सिर्जना गर्न सक्दछ ।

सामान्यतया सकारात्मक वाक्य (अफर्मेशन) मानसिक स्तरमा बनाइन्छ । तर, जब अध्यात्मिक तत्त्व जोड्छौं तब अझ प्रभावकारी हुन्छ । आध्यात्मसँग जोडेको सकारात्मक वाक्य (अफर्मेशन) का केहि उदाहरणहरु तल दिएको छ :

  • ईश्वरको कृपाले मेरो स्वाभाव एकदम खुला, निश्चल र आनन्दमय भएको छ ।
  • ईश्वरको कृपाको कारण नै म सबै व्यक्तिहरूलाई क्षमा गर्न सक्षम भएको छु जसले मलाई चोट पुर्याएका छन् ।
  • गुरुको कृपाको कारण नै म मेरो चिन्ताहरुबाट मुक्त भएको छु ।
  • ईश्वरको कृपाको कारण मेरो मन सधै सकारात्मक स्थितिमा हुन्छ ।
  • ईश्वरको कृपाको कारण म कुनै पनि नयाँ चीज धेरै सजीलोसँग सिक्न सक्दछु ।

. के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावी हुन्छ ?

६.१ पृष्ठभूमिको जानकारी

धेरै मनोवैज्ञानिकहरू मानसिक स्वास्थ्य र जीवनको परिस्थितिहरुमा व्यक्तिको प्रतिक्रियालाई सुधार गर्नको लागि सकारात्मक वाक्य (अफर्मेशन) पक्षधर हुन्छ । जहाँसम्म, यो सामान्यतया ज्ञात हुँदैन कि व्यक्ति कुनै परिस्थितिमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने आन्तरिक रुपमा व्यक्तिको अंतर्मन कस्तो प्रतिक्रिया दिन्छ यससँग सम्बन्धित हुन्छ । तसर्थ, यसलाई ध्यानमा राख्दै, यो बुझ्न आवश्यक छ कि कुन कारकहरुले सकारात्मक वाक्य (अफर्मेशन) को प्ररिणामकारकतालाई प्रभावित गर्द सक्दछ तथा सकारात्मक वाक्यले व्यक्तिको मनको विभिन्न अवरोधहरु हटाउन सक्छ कि सक्दैन  । आउनुहोस्, एक कदम पछि गएर पृष्ठभूमिको केहि जानकारीहरुको समीक्षा गरौं :

  • मनको विषयमा : ९०% मन अवचेतन मनबाट बनेको हुन्छ, जुन एउटा व्यक्तिको बाह्य चेतना भन्दा परे हुन्छ, जबकि मनका १०% मात्र बाह्य मन (सचेत मन) ले निर्मित हुन्छ । अवचेतन मनमा धेरै जन्महरुबाट संस्कार निर्मित भएको हुन्छ तथा यसमा आध्यात्मिक तत्तव पनि हुन्छ । जब कुनै चीज (जस्तै कुनै परिस्थिति प्रति प्रतिकूल प्रतिक्रिया) मा आध्यात्मिक पक्ष हुन्छ भने यसलाई आध्यात्मिक स्तरमा सम्बोधन गर्नु आवश्यक हुन्छ । अधिक जानकारीको लागि सचेत र अवचेतन मनको प्रकृति बारेमा लेख पढ्नुहोस् ।
  • व्यक्तिको व्यक्तित्वको विषयमा: व्यक्तिको अंतर्मनमा भएको विभिन्न संस्कार उनको व्यक्तित्तव निर्माण गर्दछ । सकारात्मक संस्कार व्यक्तिको जीवन अथवा साधनामा सहायक हुन्छ र व्यक्तिको गुण निर्माण गर्दछ । यसको विपरीत जुन संस्कार जीवन अथवा साधनामा हानिकारक हुन्छ, त्यसले स्वाभावदोष निर्माण गर्दछ । लेख व्यक्तिको गुण एवं स्वाभावदोष सन्दर्भ लिनुहोस् ।
के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ? यसैले, मानसिक तकनीकको लागि मानसिक स्तरमा समस्याहरुको प्रभावी रुपमा हल गर्नको लागि त्यस तकनीकमा व्यक्तिको अन्तर्मनको अंतर्मनको दोषको संस्कारहरुलाई पनि ध्यानमा राख्न आवश्यक छ। 

६.२ सकारात्मक वाक्यको सीमितता

मनको आध्यात्मिक प्रकृतिलाई ध्यानमा राख्दै, आध्यात्मिक अनुसन्धानमार्फत हामीले सकारात्मक वाक्य (अफर्मेशन) को केहि सीमितता ज्ञात भयो, जुन निम्नलिखित छन् :

१. सकारात्मक वाक्यले केवल बाह्य मन (सचेत मन) लाई सम्बोधन गर्दछ – जब एउटा व्यक्तिले सकारात्मक वाक्य दोहर्राउँछ, यसको प्रभाव मुख्यतया बाह्य मन (सचेत मन) सम्म मात्रै सीमित हुन्छ । जबकि, बाह्य मन (सचेत मन) केवल १०% मात्र हुन्छ । त्यसकारण, सकारात्मक वाक्य व्यक्तिमा नकारात्मक लक्षणहरुलाई उन्मुख गर्नको लागी सीमित प्रभावको रूपमा तिनीहरूलाई केवल बाह्य मन (सचेत मन) सम्म मात्रै सम्बोधन गर्दछ

२. सकारात्मक वाक्य (अफर्मेशन) सामान्य हुन्छ तथा विशिष्ट (प्रसंगानुरुप) हुँदैन – मन सधै विशिष्ट घटना अनुसार कार्य गर्दछ । त्यसकारण, जब हामी मनमा सामान्य वाक्य दोहराउँछौं तब पूर्ण रूपमा स्वीकार गर्दैन ।

उदाहरणको लागि, निम्न घटना हेरैं :

‘भोजमा म आफूलाई निम्न महसुस गरिरहेको थिएँ जहाँ मलाई लाग्यो कि मेरो सबै साथीहरू धनी छन् र म पछाडि छु ।’

अब, यदि म मनमा यो सकारात्मक वाक्य (अफर्मेशन) दोहर्याउछु, ‘म धनी छु‘ या ‘म धनी बन्न योग्य छु‘, यसले विशेष घटनालाई सम्बोधन गर्दैन । यसमा, घटना भोज थियो जहाँ म स्वयंलाई साथीहरु भन्दा निम्न महसुस गरिरहेको थिएँ ।

त्यसकारण, हीन भावनाको मूल स्वाभाव दोषको संस्कारलाई छुदैन तथा त्यसमा सुधार हुन सकेन । यसैले, मेरो मन त्यस घटनालाई निरन्तर सोचि रहन्छ र दु:खी महसुस गर्दछ, यसले हीन भावनाको अनुभव अझै प्रबल हुन जान्छ, परिणरमस्वरुप सकारात्मक वाक्य (अफर्मेशन) को वास्तविक उद्देश्य विफल हुन जान्छ ।

यस उदाहरणबाट तपाई देख्न सक्नु हुन्छ कि कसरी सकारात्मक वाक्य (अफर्मेशन) सतही स्तरमा अधिक कार्य गर्दछ । सकारात्मक वाक्य (अफर्मेशन) ले अन्तरर्निहित संस्कार जुन सबै समस्याको वास्तविक मूल कारण हो त्यसलाई सम्बोधन गर्दैन ।

३. सकारात्मक वाक्य (अफर्मेशन) वास्तविकतासँग मेल खादैन त्यसकारण मनले ईच्छायुक्त सोचको रूपमा लिदछ ।

के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ?यदि अवास्तविक सकारात्मक वाक्य (अफर्मेशन) पुन: पुन: दोहर्याउदा मनले त्यसलाई अस्वीकार गर्दछ ।

उदाहरणको लागी, मानौं कि मेरो एउटा दुर्व्यवहार गर्ने श्रीमान हुनु हुन्छ र म उहाँसँग सम्बन्धित गाह्रो परिस्थितिसँग संघर्ष गर्दैछु ।

यदि मैले यो सकारात्मक वाक्य (अफर्मेशन) दिन्छु, ‘मलार्इ मायाले घेरेको छ’, तब यसले मेरो दु:ख/घाउ मा नुन छर्किए जस्तै हुन्छ ।

 

४. सकारात्मक वाक्य (अफर्मेशन) ले आध्यात्मिक कारकहरूलाई ध्यानमा राख्दैन

के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ?सकारात्मक वाक्य (अफर्षशन) को यो मर्यादा बुझ्नको लागि एक उदाहरण हेरौं । मानौं कि मलाई एउटा राम्रो जीवन साथीसँग जीवन बिताउन मन छ । तर वास्तविकतामा मेरो विवाह हुन सकेको छैन, जहिले पनि म कसैलाई भेट्छु विवाहको अन्तिम क्षणमा सम्बन्ध टूट्दछ । अन्तर्निहित प्रतिकूल प्रारब्धको कारण मैले विवाह गर्न सकेको छैन । वास्तवमा, यस जीवनकालमा मेरो विवाह नहुने प्रारब्ध छ ।

अब यदि म यो सकारात्मक वाक्य (अफर्मेशन) दिन्छु – ‘मैले सबै भन्दा राम्रो जीवनसाथी पाउनेछु’ – कुनै बेला मेरो मनले यसलाई पूर्ण रूपमा अस्वीकार गर्न थाल्छ । यहाँ सकारात्मक वाक्य (अफर्मेशन) ले आध्यात्मिक कारणलाई ध्यान नदिनाले प्रभावकारी हुँदैन ।

५. यदि हामीले मनलाई धेरै लामो समयसम्म अवास्तविक चित्र देखाउँदछौं अनि जब कुनै कठोर परिस्थितिमा हार छौं तब काल्पनिक बुलबुल फूट्दछ, यसले विश्वासको कमी या असफल हुने क्षतिहरु निम्त्याउन सक्छ :

के सकारात्मक वाक्य (अफर्मेशन) प्रभावकारी हुन्छ ?

 

मानिलिउ कि मैले एउटा सकारात्मक वाक्य (अफर्मेशन) लिइरहेको छु, ‘म जुन कार्य गर्छु त्यसमा म जहिले पनि सफल हुन्छु ।’ तर यदि म मेरो परीक्षामा असफल भइरहेको छु र मेरो परिवारसँगको परिस्थितिको कारण म धेरै तनावमा छु, तब यो सकारात्मक वाक्य (अफर्मेशन) लिदा मनलार्इ असत्य पनि लाग्न सक्छ । यदि कसैको मनले निरन्तर निराश सामना गर्नुपर्छ तब यसले सकारात्मक वाक्य (अफर्मेशन) तथा स्वयंमा विश्वास न्यून हुन सक्छ ।

 

 

. के पूर्ण आन्तरिक परिवर्तन ल्याउन कुनै प्रभावकारी तरीका छ ?

हाम्रो स्वाभावमा वास्तिक रुपमा सकारात्मक परिवर्तन ल्याउन, हामीले अवचेतन मनको स्तरमा काम गर्न आवश्यक हुन्छ । आध्यात्मिक उर्जा स्वाभाव दोषहरूको नकारात्मक संस्कारहरू समाप्त गर्न आवश्यक हुन्छ जुन केवल यस जन्मको मात्र नभएर अनेकौं जन्महरुको विचारहरु तथा कृतिहरुले निर्माण भएको हुन्छ ।

SSRF ले मनको नकारात्मक संस्कारहरु (स्वाभाव दोषहरु) हटाउनको लागि साधनाको चरण जसलाई स्वभाव दोष निर्मूलन प्रक्रिया भनिन्छ, यो प्रक्रिया गर्नको लागि सल्लाह दिन्छ । प्रक्रियाको एउटा भागको रूपमा, मनको प्रसंग अनुरुप विशिष्ट स्वयम् सूचना दिन्छ, जुन स्वाभावदोषको संस्कार हटाउनमा सहायक हुन्छ । जब संस्कारहरु कम हुँदै जान्छन्, व्यक्ति भित्रैबाट शुद्ध हुन थाल्छ, जसले पूर्ण परिवर्तन ल्याउदछ । कृपया यस लेखको सन्दर्भ लिनुहोस् – स्वयम् सूचना के हो

. सकारात्मक वाक्य (अफर्मेशन) को तुलनामा स्वयम् सूचनाको लाभ

तलको तालिकाले संक्षेपमा सकारात्मक वाक्य (अफर्मेशन) भन्दा स्वयम् सूचनाहरुको फाइदाको सारांश प्रस्तुत गर्दछ ।

पक्ष सकारात्मक वाक्य (अफर्मेशन) स्वयम् सूचना
१. के यो अवचेतन मनको स्तरमा कार्य गर्दछ ? गर्दैन (सचेत मनमा मात्र कार्य गर्दछ) गर्छ
२. के यो विशिष्ट हुन्छ ? हुँदैन, यो धेरै सामान्य छ हुन्छ, यो एउटा विशिष्ट घटनाको लागी बनाएको हुन्छ
३. के यसले आफ्नो कमीको बारेमा जागरूकता ल्याउँछ ? ल्याउँदैन ल्याउँछ, विभिन्न स्तरहरूमा – गल्ती हुनु भन्दा पहिला, भैइरहेको समयमा र गल्ती भइसकेपछि
४. के यसले गल्तीको कारण स्वाभाव दोषलाई सम्बोधन गदर्छ ? सामान्य एवं अस्पष्ट तरिकाबाट गर्छ, व्यक्तिको स्वाभाव अनुसार पूर्ण रुपबाट योग्य होस् यस प्रकारले
५. के यसले आध्यात्मिक कारकहरूलाई सम्बोधन गर्छ? गर्दैन गर्छ
६. के यो व्यक्तिमा भइरहेको सुधारको मुल्यांकन गर्न सक्षम छ ? छैन छ, प्रगतिको स्वयम् सूचनाको माध्यमबाट
७. के यसले एउटा दृष्टिकोणको अभ्यास गर्नको लागी एउटा निर्देशन दिन सक्छ ? सक्दैन सक्छ

यस तालिकालाई विस्तृत रूपमा बुझ्नको लागि कृपया तलको भागहरू पढ्नुहोस् ।

१. अवचेतन मन (अंतर्मन) मा कार्य गर्ने

सकारात्मक वाक्यले सतहमा मात्र छुन्छ तर अवचेतन मन जस्तो को त्यस्तै रहन्छ किन भने संस्कारहरु माथि कुनै पनि काम गर्दैन । स्वयम् सूचना सिधै स्वाभाव दोषको संस्कार माथि काम गर्दछ । त्यसैले अवचेतन मनमा काम गरीन्छ र त्यसले मनको शुद्धतालाई अनुभव गर्दछ । यसले व्यक्तिमा स्वाभावदोष हटाउन मद्दत गर्दछ ।

उदाहरणको लागी, यदि मैले एउटा सकारात्मक वाक्य लिइरहेको छु, ‘म दिन प्रति दिनै राम्रो हुनेछु’, यसले रक्सी पिउन छोड्नबाट छुटकारा पाउँदैन । रक्सीको लतमा लागेको व्यक्तिलाई मदिरा सेवनको हानिहरुको बारेमा जति धेरै सल्लाह दिए पनि या सामान्य सकारात्मक वाक्य दोहराए पनि, यसले व्यक्तिमा दिर्गकालीन असर पार्दैन । उनलाई कलेजोमा असर परेर ढल्न सक्छ या कलेजोमा क्यान्सर हुन सक्छ भन्दा पनि रक्सी पिउन छाडदैन ।

तर यसको लागि स्वयम् सूचना दिन्छौं जस्तै, ‘जब म रक्सी पिउन खोज्छु, तब म सचेत हुनेछु कि रक्सी सेवन गर्नु मेरो स्वास्थ्यको लागि हानिकारक छ तथा यसले कलेजोको समस्या या क्यान्सरलाई निम्त्याउन सक्छ, त्यसैले म रक्सी पिउन छोडिदिन्छु ‘, यसले बिस्तारै व्यक्तिमा प्रभाव पार्न थाल्छ । उसको पिउने बानी चरणमा कम हुँदै जान्छ ।

  • स्वयम् सूचना लिने पहिलो चरणमा उसले रक्सी पिए पछि याद हुन्छ कि उसले रक्सी पिउनु हुँदैन ।
  • दोस्रो चरणमा, उसले रक्सी पिउदै गर्दा याद हुन्छ कि उसले रक्सी पिउनु हुँदैनथ्यो, तर उनी रोख्न सक्दैन ।
  • तेस्रो चरणमा, जब उसले रक्सी पिउन सुरु गर्न थाल्छ, उसलार्इ याद हुन्छ कि रक्सी पिउन हुँदैन र रोक्दछ ।
  • अन्त्यमा, उसले रक्सी पिउँन छोडिदिन्छ किनकि रक्सी पीउने अवचेतन मनमा भएको संस्कार हटीसकेको हुन्छ ।

दण्ड पद्धति : स्वयम् सूचनामा, विरोध चिकित्सा (aversion therapy) को पनि उपयोग गरिन्छ तथा यसलाई दण्ड पद्धति पनि भनिन्छ । यदि परिवर्तन केवल स्वयम् सूचना दिएर भइरहेको छैन भने दण्ड पद्धतिले परिवर्तनहरू छिटो ल्याउनमा मद्दत गर्दछ ।

उदाहरणको लागी, माथि रक्सी पिउने सम्बन्धि उदाहरणको लागी स्वयम् सूचना यस प्रकार हुन सक्छ, ‘जब म रक्सी पिउन खोज्छु, म यस बारे सचेत हुनेछु र आफैलाई चिमट्ने छु र यो सोचलाई रोक्ने छु किनकि यो मेरो स्वास्थ्यको लागि हानिकारक छ र यसले क्यान्सरलाई निम्त्याउँन सक्छ ।

मूल कारणलाई ​​सम्बोधन गर्ने : अर्को तरिका जसमा स्वयम् सूचनाले मद्दत गर्दछ की यसले समस्याको मूल कारणलाई सम्बोधन गर्दछ ।

उदाहरणको लागी, एक व्यक्ति चिन्ता या पिरको कारण रक्सी पिईरहेको हुन सक्छ । यदि त्यसो हो भने उसले आफ्नो चिन्ता या पिरको कारण के हो भन्नेर निरीक्षण गर्न सक्छ । यो जीवनको कुन विशिष्ट घटना या परिस्थितिको कारण हुन सक्छ । त्यसकारण, स्वयम् सूचना त्यो विशेष घटनाको लागि लिन सकिन्छ जसले चिन्ताको स्वाभाव दोष हटाउन मद्दत गर्दछ । स्वभाव दोष पद्धति अनुसार, यदि यो दोष हटयो भने तब चिन्ता स्वत: हट्दछ फलस्वरुप रक्सीको लत छुट्दछ ।

२. विशिष्ट

स्वयम् सूचनाहरु विशिष्ट घटनाहरू या गल्तीहरूको लागि बनाइन्छन् जुन विशेष स्वाभाव दोषसँग सम्बन्धित हुन्छ । स्वाभाव दोष निर्मूलन प्रक्रियाको लागि, कुनै पनि समयमा, २-३ दोषहरू माथि काम गर्नको लागि छनौट गरिन्छ र प्रत्येक दोषसँग सम्बन्धित गल्तीको लागि एउटा विशिष्ट स्वयम् सूचना बनाइन्छ । उदाहरणको लागी, यदि मैले आलस्य र अपेक्षामा काम गर्नको लागि छनौट गरें । त्यसपछि यी दुर्इ दोषहरुसँग सम्बन्धित एक-एक गल्ती छान्छौं र विशिष्ट स्वयम् सूचना बनाउँछौं । यसले मनमा अधिक मात्रामा स्पष्टता ल्याउँदछ । यसैले, धेरै प्रभावकारी हुन्छ ।

स्वयम् सूचनाहरुले विगतमा भएको अधूरो प्रसंगहरुलाई समाधान गर्न मद्दत गर्दछ

उदाहरण : म अब अन्य पुरुषलाई विश्वास गर्न सक्दिन तथा उसकोसाथ सम्बन्ध जोड्न सक्दिन । यसको कारण, मेरो पूर्व प्रेमी नूहको साथ सम्बन्ध अधूरो रहेको थियो । उसले अर्को केटीको लागि मलाई छाडेको थियो ।

स्वयम् सूचना : जब म अर्को व्यक्तिलाई कसरी भरोसा गर्ने किनभने त्यो व्यक्ति नूह जस्तै हुन सक्छ भनेर सोच्दछु तब म महसुस गर्नेछु कि यो विगतमा भएको घटना हो । यो मेरो प्रारब्धको एउटा भाग थियो । अब ईश्वर मेरोसाथ हुनुहुन्छ र मलाई राम्रो व्यक्तिसँग भेट्न मद्दत गर्नुहुनेछ । त्यसैले म नयाँ मानिसरूलाई भेट्न तयार हुनेछु ।

३. जागरूक गराउने विशेषताको कारण स्वयम् सूचना अझ प्रभावकारी हुन्छ

उदाहरणको लागी, म बिर्सने स्वभाव दोष माथि काम गरीरहेकोछु, र एउटा विशिष्ट गल्ती भनेको राती अगाडीको ढोका बन्द गर्न बिर्सनु हो । स्वयम् सूचना यस प्रकार बनाउन सकिन्छ : ‘जब म सुत्न जान्छु, अगाडीको ढोका बन्द छ कि छैन भनेर सचेत रहने छु र म ढोका बन्द गर्नेछु ।’ यो स्वत: दोहोर्याएर, सहि कार्य गर्ने बारेमा चेतना बढ्छ र हामी गल्तीबाट टाढा रहन्छौं । यसले बिर्सिने स्वाभाव दोषको प्रभाव कम हुन्छ ।

४. स्वयम् सूचनाहरु व्यक्तिको आवश्यकता अनुसार बनाइन्छ, जसले छिटो परिवर्तन ल्याउन सहयोग गर्दछ ।

प्रत्येक व्यक्ति फरक हुन्छन् त्यसैले एउटा व्यक्तिले गर्ने गल्तीहरू वा स्वाभाव दोषहरु पनि फरक हुन्छन् । एउटै गल्तीको लागि, व्यक्तित्वको स्वभाव अनुसार मूल दोष फरक हुन सक्छ । उदाहरणको लागी, गल्ती लिऔं: मेरो टोलीको सदस्य मार्कले ब्यालेन्स शीटमा गल्ती गर्‍यो र म उसँग क्रोधित भएँ ।

अब २ फरक मानिसहरूको लागि रिस उठ्नुको कारण फरक हुन सक्छन् ।

यदि मलाई यो विचारे प्रतिक्रिया आउँछ कि, ‘कसरी मार्कले त्यस्तो मूर्खतापूर्ण गल्ती गर्न सक्छ ? म यस्तो गल्ती कहिल्यै गर्दिनँ’, तब ममा स्वाभाव दोष, ‘गर्व’ प्रबल हुन्छ ।

अथवा

यदि मलाई यो विचारे प्रतिक्रिया आउँछ कि, ‘मार्क जहिले पनि यस्ता गल्तीहरू गर्दछन् । म उहाँसँग निराश छु’, तब ममा स्वाभाव दोष, ‘पूर्वाग्रह’ प्रबल हुन्छ ।

स्वयम् सूचनाहरु यस्तो विश्लेषण गरिसके पछि बनाउँछ । तसर्थ, व्यक्तिको समस्याको वास्तविक मूल कारण हटाउनमा सहायक हुन्छ । यस कारणले, द्रुत सकारात्मक परिवर्तन व्यक्तित्वमा देख्न सकिन्छ ।

५. स्वयम् सूचना आध्यात्मिक स्तरमा कार्य गर्दछ

स्वयम् सूचनामा आध्यात्मिक उर्जा हुन्छ । स्वयम् सूचना आध्यात्मिक भावनाको स्तरमा पनि बनाउन सक्छौं, अर्थत् आध्यात्मिक स्तरको दृष्टिकोण । यसले अधिक आध्यात्मिक लाभ लिन मद्दत गर्नुको साथै अझ प्रभावकारी बनाउँदछ ।

उदाहरणको लागी: मेरो गल्ती हुन सक्छ “मलाई डर थियो कि म माइक्रोसफ्ट एक्सेलको जटिल फर्मुलाहरु मेरो कम्पनीले अपेक्षा गरे अनुसार सिक्न सक्दिन”।

आध्यात्मिक भावनाको स्तरमा स्वयम् सूचना यस्तो हुन सक्छ : “जब मलार्इ यो सोचेर डर लाग्छ कि मेरो कम्पनीले अपेक्षा गरे अनुसार माइक्रोसफ्ट एक्सेलाको जटिल फर्मुलाहरु सिक्न सक्दिन तब म महसुस गर्नेछु भगवान मेरो साथ हरेक पाइलामा हुनुहुन्छ र म एक-एक गर्दै सिक्नेछु । म भगवानको नामजप गर्न जारी राख्नेछु ।”

हाम्रो सुझाव छ कि स्वयम् सूचना लिनुको साथ-साथै साधनाको अन्य चरणहरु जस्तै नामजप, सत्सेवा आदि पनि गर्नुहोस् । यसले स्वाभाव दोषको संस्कार द्रत गतिमा नष्ट हुन्छ ।

६. प्रगति स्वयम् सूचनाले हामी कसरी अगाडि बढ्दैछौं भनेर मुल्यांकन गर्न सहयोग गर्दछ

स्वाभावदोष निर्मूलन प्रक्रियामा हामी प्रगतीको स्वयम् सूचना बनाउछौं, यसले मनलार्इ यो बुझ्न सहायता हुन्छ कि हामीमा सकारात्मक परिवर्तन भइरहेको छ । जब मनले हामीमा परिवर्तन भएको ठोस उदाहरणहरू देख्दछन्, यसले हामीलाई उत्साह दिन्छ र अधिक प्रयास गर्नको लागि प्रेरित गर्दछ । सकारात्मक वाक्य (अफर्मशन) ले यसलार्इ ध्यानमा लिदैन । अधिक जान्नको लागि कृपया प्रगति स्वयम् सूचना (छिट्टै आउँदैछ) मा हाम्रो लेख पढ्नुहोस् ।

७. स्वयम् सूचनामा दिएको दृष्टिकोणको अभ्यास गर्ने

यसले स्वयम् सूचनामा दिएको उचित दृष्टिकोण अभ्यास गर्नमा मद्दत गर्दछ ।

  • उदाहरणको लागी, यदि म आलस्य दोषकोको लागी एउटा स्वयम् सूचना लिदैछु, ‘जब म व्यायाम स्थगित गर्न चाहान्छु तब म महसुस गर्नेछु राम्रो स्वास्थ बनाइ राख्नको लागि व्यायाम महत्वपूर्ण छ र म ३० मिनेटको लागि व्यायाम गर्नेछु ।’ स्वयम् सूचना लिन मात्र पर्याप्त हुँदैन तर यसलार्इ कृतिको स्तरमा वास्तवमा व्यायाम गर्नु पर्छ ।
  • जब प्रसंग भइरहेको हुन्छ तब स्वयम् सूचना सत्र लिनाले मनलार्इ शान्त राख्न र योग्य तरिकाले कृति गर्नमा सहायता हुन्छ । यसले सकारात्मक परिवर्तनहरू ल्याउन पनि मद्दत गर्दछ । उदाहरणको लागी, म नकारात्मक विचार हटाउनको लागि यस प्रकार स्वयम् सूचना बनाउन सक्छु; ’जब, म राम्रो आमा होइन भनेर सोच्न थाल्दछु, म सचेत हुन्छु कि म मेरो बच्चाको पालनपोषणको लागि सक्दो कोसिस गर्दैछु । शिक्षकहरूले उल्लेख गर्नुभएको छ कि ऊसको व्यवहार राम्रो हुँदैछ र विद्यालयको कार्यमा पनि राम्रो गरिरहेको छ । त्यसकारण, म शान्त रहनेछु र उसलाई उत्तम तरिकाले हुर्काउनेछु ।’ यहाँ जब नकारात्मक विचार आउन थाल्दछ (‘म राम्रो आमा होइन’), तब सकारात्मक दृष्टिकोण दोहर्याउँदा अंतर्मनको ‘नकारात्मक सोच’ यो स्वाभावदोष संस्कार हटाउनमा सहायता हुन्छ । यो पक्ष सकारात्मक वाक्य (अफर्मेशन) मा हुँदैन ।

९. मनोचिकित्सकहरुद्वारा स्वयम् सूचनाहरुको प्रयोग र परिक्षण गरेका छन् र यसको प्रभाव सकारात्मक वाक्य (अफर्मेशन) भन्दा अधिक प्रभावकारी छ ।

परम पूज्य डा. आठवलेज्यू (एक उच्च कोटिको सन्त हुनु हुन्छ जसको आशीर्वादमा SSRF को स्थापना भएको हो), उहाँ एउटा पूर्व विश्व प्रसिद्ध क्लिनिकल सम्मोहन-चिकित्सक हुनु हुन्छ, र उहाँले तनाव कम गर्न र जीवनको गुणवत्तामा सुधार ल्याउनको लागि स्वभाव दोष निर्मूलन प्रक्रिया (PDR) विकसित गर्नुभयो । एक दशक भन्दा पनि अधिक समयमा हजारौं बिरामीहरूको उपचार गरिसकेपछि, यो कुरा स्पष्ट भयोकि व्यक्तिको स्वभाव दोषहरू (जस्तै क्रोध, ईर्ष्या, इत्यादि) तनावको मुख्य मानसिक कारणहरू हुन् र स्वाभावदोषमा नै निर्भर गर्दछ विभिन्न परिस्थितिहरूमा व्यक्ति कसरी प्रतिक्रिया व्यक्त गर्दछ । स्वभाव दोष निर्मूलन प्रक्रिया प्रयोग गरेर व्यक्तिको स्वभाव दोष हटाउँदा, उहाँले आफ्नो बिरामीहरूको मानसिक स्वास्थ्यमा तीव्र गतीमा स्वास्थ्यलाभ देख्नुभयो । यसपछि जब उहाँले यो पद्धतिलार्इ विशिष्ट साधनाको साथ जोड्नु भयो, तब उहाँको बिरामीहरुको मानसिक स्वास्थमा अझ अधिक सकारात्मक प्रभाव देखियो । यो उहाँको मार्गदर्शन अनुसार आध्यात्मिक अभ्यास गर्ने साधकहरु मा पनि राम्रो प्रभाव देखियो ।

विभिन्न उमेरको समूह र सांस्कृतिक पृष्ठभूमिको ५० जना साधकहरूको (जसले यो प्रक्रियाको अभ्यास गरे) जीवनमा स्वभाव दोष निर्मूलन प्रक्रियाको प्रभाव बुझ्नको लागि अध्ययन गरिएको थियो । अध्ययन यो जान्नमा केन्द्रित थियो कि साधकहरुको ३ प्रमुख दोषहरु कम गर्नमा यो पद्धति कति प्रभावी तथा यसको लागि कति समय लाग्छ ।

प्रमुख खोजहरू

  • स्वभावदोष निर्मूलन प्रक्रियाको उपयोग गरेर, उनीहरुको स्वभावदोषको तीव्रता ५०-८० प्रतिशत सम्म घटाउनको लागि औसत समय २ वर्ष ५ महिना थियो ।
  • ७० प्रतिशत भन्दा अधिक स्वभावदोष ३.५ वर्षको अवधिमा ५०-८० प्रतिशत सम्म घट्यो ।
  • यस अध्ययनमा सम्मिलित भएका लगभग १०० प्रतिशत मानिसहरुले भनेकि यो प्रक्रिया प्रतिदिन गर्नाले जीवनको कठिन परिस्थितिहरुमा पनि उनीहरुले आफ्नो मन शान्त अनुभव गरे ।
  • निष्कर्षले दर्शाउछकि थोरै समयमानै व्यक्तिको व्यवहार एवं स्वभावदोषमा चिरस्थायी परिवर्तन ल्याउन सकिन्छ, फलस्वरूप व्यक्ति तनावलाई हटाउन र प्रसन्नता अनुभव गर्नमा सक्षम हुन सक्छ ।

 

डा. आशा ठक्कर (MBBS, DPM, MD Psychiatry [Bom.]) र डा. नन्दिनी सामंत, (MBBS, DPM) दुबै २० बर्ष भन्दा अधिक बर्षदेखि मानसिक मनोवैज्ञानिकको अभ्यास गरिरहेका छन्, उनीहरु सहित धेरै डाक्टरहरु परम पुज्य डा. अठावलेज्यूको कार्यसँग जोडिनु भयो तथा उनीहरुले स्वयम् सूचना दिने बिरामी तथा साधकहरुमा आश्चर्यजनक सकारात्मक परिवर्तन देख्यो । धेरै बिरामीहरू यसबाट लाभान्वित भएका छन् र धेरै समस्याहरु जस्तै फोबिया, तनाव, दु:ख, निराशा, भकभकाउनु, दिवास्वप्न, क्रोध र विभिन्न प्रकारको नकारात्मक व्यक्तित्व लक्षणहरु माथि विजय प्राप्त गरेका छन्न् ।

स्वभाव दोष निर्मूलन प्रक्रिया र तनाव प्रबन्धन प्रक्रिया डा.आशा ठक्कर (MBBS, DPM, MD Psychiatry [Bom.]) ले भारतको गोवामा ३ र ४ नोभेम्बर २०१७ मा तनाव प्रबन्धन (ICSM 2017) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नु भएको थियो । यो सम्मेलनमा विश्व भरिको डाक्टरहरूले भाग लियो तथा यो प्रक्रियालाई धेरै राम्रो सँग स्वागत गरेको थियो ।

१०. निष्कर्ष

हामीलाई थाहा छ कि वर्तमान कालमा तनाव, डिप्रेसन, लत, आत्महत्या, वैवाहिक समस्याहरू आदि मा अत्यधिक वृद्धि भएका छन् । स्वभाव दोष निर्मूलन प्रक्रिया एउटा महत्त्वपूर्ण साधन हो जसले मूल स्तरमा यस्ता परिस्थितिहरु एवं समस्याहरुको कारण भएको दु:ख हटाउन सम्भव बनाउँदछ । यदि स्वाभावदोष निर्मूलन प्रक्रियाको साथ आफ्नो पन्थ अनुसार नियमित साधना गर्यो भने यसको लाभ बढ्दछ । स्वभाव दोष निर्मूलन प्रक्रिया एवं साधनाको समग्र संयोजन अंतर्मनको सूक्ष्म संस्कारमा कार्य गर्दछ । कुनै पनि प्रकारको मानसिक समस्याहरु हटाउन लामो समय लाग्दछ । स्वभाव दोष निर्मूलन प्रक्रिया तथा साधनाले मनलार्इ सकारात्मक रुपमा प्रभाव पार्दछ, त्यसैले व्यक्तिको शारीरिक स्वास्थ्यमा पनि सुधार गर्दछ । यस प्रकार, यो प्रक्रिया एउटा सफल एवं आनन्द जीवनको लागि अत्यावश्यक बन्दछ ।