कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान
विषयसूची
सार
आध्यात्मिक दृष्टिले राम्रो जीवन शैलिको छनौट गर्नाले उत्पन्न हुने सात्त्विकताले मानवजातिलाई फाइदा हुन्छ तथा त्यसबाट रज-तम (अस्थिरता एवं अज्ञान) को प्रभाव पनि कम हुन्छ । जीवन शैली अर्थात दिनचर्या, आहार, वेशभूषा इत्यादि । कलियुगमा आध्यात्मिक तवरमा शुद्ध जीवन शैली अपनाउने व्यक्तिको संख्या घट्दै गएको छ । पेय पर्दार्थ पनि यसको अपवाद होइन । यो लेखमा हामी कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने स्पन्दनहरुको अध्ययन गर्नेछौं । यसले हामीलाई आध्यात्मिक लाभ हुने पेय पदार्थहरुको महत्त्व बारेमा ज्ञात हुन्छ ।
१. कफि, चिया र दुधको प्रभाव- एउटा आध्यात्मिक परिप्रेक्ष्य
चिया, कफि एवं दूध संसारभरिका लाखौं मानिसहरुले दैनिक खपत गर्दछन् । चिया एवं कफि प्रत्यक्षरूपमा पिउने फैशन भैसकेको छ तथा यिनीहरुलाई सामाजिक जीवनको उच्चतम शिष्टाचारको आदर्शको रूपमा मान्न सकिन्छ । पाहुनाको लागि एक गिलास कफि अथवा चिया बनाउनु एउटा सर्वमान्य सामाजिक प्रथा हो । पछिल्लो केहि दशकहरुमा प्राय: यी दुवैलाई तनावबाट मुक्ति तथा सकारात्मक मनोदशासँग जोडेर हेर्ने एउटा परम्परा जस्तै बनेको छ ।
ऊर्जाको अनुभव गर्न अथवा आराम अनुभव गर्न इच्छा अनुसार चिया अथवा कफि पिउछौं तर हामी यो तथ्यसँग अनभिज्ञ छौं जसद्वारा हामीमाथि हानिकारक प्रभावहरु पर्दछन् । केहि व्यक्तीहरुलाई त यसको लत लाग्दछन् । चिया तथा कफिमा अनेक प्रकारका विषालु तत्त्वहरु हुन्छन्, अर्कोतर्फ लोकल गाईको दूध पिउनाले हामीलाई शारीरिक, मनोवैज्ञानिक तथा आध्यात्मिक लाभहरु प्राप्त हुन्छन् ।
२. बायोफिडब्याक उपकरणद्वारा गरिएको विश्लेषण
यदि कसैसँग औसत भन्दा अधिक छैठौं इन्द्रिय क्षमता छ भने, त्यो व्यक्तिले सहजतासँग आध्यात्मिक स्पन्दनहरुलाई अनुभव गर्न सक्छ । उसले कुन पदार्थ आध्यात्मिक रूपले उपयुक्त छ अथवा छैन यसको निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनौटहरु गर्न सक्छन् ।
आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) र पीआईपी (पोलीकोन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केहि प्रकारका बायोफिडब्याक उपकरणहरुले चारैतर्फको स्पन्दनहरु ग्रहण गरेर त्यसलाई दृश्यको रूपमा देखाउन सक्दछ । यसले सामान्य व्यक्तिलाई आफ्नो आँखाले वस्तुको चारैतर्फको आभा (प्रभामण्डल) अथवा ऊर्जाक्षेत्र देख्न सहयोग गर्दछ ।
पीआईपी र त्यसको उपयोगको सन्दर्भमा अधिक जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
यो प्रयोगद्वारा हामीले वैज्ञानिक बायोफिडब्याक उपकरणको सहायताबाट चिया, कफि एवं दूधबाट प्रक्षेपित हुने स्पन्दन माथि प्रकाश पारेका छौं ।
२.१ आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) द्वारा प्राप्त परिणाम
कफि | चिया | दूध | |
---|---|---|---|
आर.एफ.आई. अभिलेखन | ५३४.४९ मेगाहर्टज | ५५८.९२ मेगाहर्टज | ७१०.२३ मेगाहर्टज |
आर.एफ.आई. अभिलेखको विवरण | पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । | पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । | बैजनी । यसले स्वस्थ स्पन्दनलाई दर्शाउँछ । |
२.२ कफि, चिया एवं दूधको पीआईपी (पोलीकोन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी) द्वारा प्राप्त निरीक्षण (रीडिंग)
पहिला : पहिला हामीले एउटा खाली गिलासको तस्बिर लियौं जसमा त्यस भित्र तथा चारैतर्फको प्रभामण्डल देख्न सकिन्छ । यसमा सुन्तलाको रंगले तनावको स्पन्दन, हरियो रंगले सकारात्मक ऊर्जा एवं पहेलोमा हल्का सुनहरी रंगले उच्च स्तरीय वैश्वि स्पन्दनलाई दर्शाउँदछ ।
कफि : त्यसपछि हामीले गिलासमा कफि हालेर छायाचित्र निकाल्यौं । कफिको रंग गहिरो नीलो देखा पर्यों । यो रंगले हल्का कष्टदायी स्पन्दनहरुलाई दर्शाउँदछ । कफिबाट भरिएको गिलासको छेउ तिर जुन रातोपना देखिन्छ त्यसले शक्तिलाई दर्शाउँदछ । कफिले भरिएको गिलास चारैतर्फबाट नकारात्मक सुन्तला रंगले घेरिएको छ । सुन्तला प्रभामण्डलको कारण उच्च आध्यात्मिक तत्त्व दर्शाउँने पहेंलो प्रभामण्डल माथितर्फ धकेलिदिन्छ । यो पहेंलो प्रभामण्डलको फैलाव चिया एवं दूधको पीआईपी तस्बिरको तुलनामा कमनै हुन्छ । पहेंलो प्रभामण्डलको केंद्रमा देखिएको सेतो प्रभामण्डलले केहि मात्रामा शुद्धता दर्शाउँदछ । यो प्रभामण्डलको फैलाव चिया एवं दूधको तुलनामा सीमित भएको छ । हरियो प्रभामण्डल, सुन्तला प्रभामण्डलको कारण गिलास देखि पर हटेको छ ।
चिया : अर्को तस्बिरमा चिया (कालो चिया) को स्पन्दन दर्शाएको छ । चियाले नकारात्मकता दर्शाउने सुन्तला रंग, शक्तिलाई दर्शाउँने रातो रंग एवं सकारात्मकता दर्शाउँने हरियो रंग प्रक्षेपित गर्दछ । नकारात्मकता दर्शाउने सुन्तला रंग चियाको गिलास नजिक देखिन्छ तर त्यसले गिलासलाई स्पर्श गर्दैन । पहेंलो रंग जसले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउँछ, केहि हदसम्म गिलासको बाहिर देखिन्छ । यसले सुन्तला प्रभामण्डललाई प्रतिबन्धित गर्दछ । पहेंलो प्रभामण्डल तुलनात्मक दृष्टिबाट कफिमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । तुलनात्मक दृष्टिबाट सेतो रंगको व्यापकता कफिमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । हरियो प्रभामण्डल, सुन्तला प्रभामण्डलको कारण गिलास भन्दा पर जान्छ ।
दूध : अन्तमा हामीले दूधको तस्बिर लियौं । पीआईपीको चित्रीकरणमा दूधको रंग हरियो देखिन्छ, जसले सकारात्मकता एवं आध्यात्मिक शुद्धतालाई दर्शाउँदछ । नकारात्मक सुन्ताला प्रभामण्डललार्इ पहेलो प्रभामण्डले तल धकेलि दिएको छ । पहेंलो प्रभामण्डल वातावरणमा फैलिएको छ । दूधमा पहेंलो प्रभामण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । दूधमा सेतो प्रभामण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । आध्यात्मिक दृष्टिले शुद्ध हरियो प्रभामण्डल देखार्इ दिन्छ तथा सेतो प्रभामण्डल पनि केहि हदसम्म विद्यमान छ ।
३. निष्कर्ष
- कफिमा सात्विकता धेरै कम हुन्छ अथवा हुँदैन ।
- चिया दूधको तुलनामा कम सात्विक हुन्छ, तर त्यसको सात्विकता कफि भन्दा अधिक हुन्छ ।
- दूधमा सात्विक स्पन्दन हुन्छ एवं स्वास्थ्य वर्धक हुन्छ र चिया र कफी भन्दा दूध पिउन लाभदायक हुन्छ ।
उपरोक्त अवलोकन एवं विश्लेषण श्री संतोष जोशी (वैश्विक ऊर्जाको अनुसन्धानकर्ता, मुंबई, भारत) को सहायताद्वारा गरिएको हो ।
एस.एस,आर.एफ. वैज्ञानिक एवं विशेषज्ञसँग आग्रह गर्दछ कि यो क्षेत्रमा विभिन्न अस्पष्ट घटनाहरुमा अनुसन्धान गर्नको लागि आध्यात्मिक विज्ञान अनुसन्धान संस्थान, गोवा, भारतमा सम्पर्क गर्नुहोस् ।