A3 स्वयम सूचना शैली
विषयसूची
1. A3 प्रकारको स्वयम सूचनाको परिचय
के तपाइँ कहिले बैठकमा हुनुहुन्छ र लाग्छ कि कति राम्रो विचार आयो तर सबैलार्इ बताउन हिचकिचाउनु हुन्छ ? या के तपाई असुरक्षाको भावनाको कारण राम्रो मित्रता हुन सक्ने कुराबाट टाढा रहनु हुन्छ ? हाम्रो लाजालुपन, डर र असुरक्षाले हामीलाई रोक्न सक्छ र हामीलाई हाम्रो जीवनको सबै पक्षहरूमा पूर्ण क्षमता प्राप्त गर्नबाट पनि रोक्न सक्छ । हामीले अरूलाई देख्न सक्छौं कि जो परिस्थितिहरू सम्हाल्न सक्षम हुन्छन् जस्तै सार्वजनिक बोल्ने ठाउँमा राम्रोसँग बोल्ने या शान्तपूर्वक सम्पर्क गर्ने सक्ने र हामी पनि उनीहरू जस्तो हुन चाहन्छौं । जहाँसम्म, हामी आफैंमा यी गुणहरू देख्दैनौं, यो विश्वास गर्न गाह्रो हुन्छ कि हामी कहिले पनि गुणहरु विकसित गर्न सक्दछौं र त्यतिनै राम्रो हुन सक्छौं ।
धेरै व्यक्तिले यस्तो समस्याहरूको अनुभव गर्छन्, र त्यहाँ धेरै लेखहरू, स्वयम सुधार पुस्तकहरू, पाठ्यक्रमहरू, इत्यादि छन् जसले मानिसहरूले यसलाई हटाउन मद्दत गर्न डिजाइन गरिएको छ । यी मध्य केहि समाधानहरू जटिल हुन सक्छन् । जहाँसम्म, धेरै व्यक्तिहरू अनजान छन् कि एउटा सरल शैली छ त्यो हो नियमित केहि पंक्तिहरु दोहोर्याउदा लजालुपन, डर, असुरक्षा र अन्य धेरै दोषहरु माथि समाधान प्राप्त गर्न मद्दत गर्न सक्छ । यो A3 स्वयम सूचना शैली हो । यो लेखमा, हामी यस शैलीको बारेमा अधिक व्याख्या गर्नेछौं र कसरी यसको उपयो गरि अवरोधहरु र अन्य नकारात्मक दोषका लक्षणहरू हटाउन सकिन्छ ।
2. A3 स्वयम सूचना शैलीको परिभाषा
A3 स्वयम सूचना प्रविधीलाई “सम्मोहन डिसेन्सिटेशन शैली” (‘Hypnotic desensitization technique’) या “सम्मोहन ट्रान्समा चित्रण” (‘Imagery in a hypnotic trance’) पनि भनिन्छ । यो शैलीमा हामी मनमा एउटा दृश्यको सिर्जना गर्छौं जहाँ हामी सफलतापूर्वक तनावको स्थिति सामना गर्नको लागि आफुलाई स्वयम-प्रेरित सम्मोहन ट्रान्सतर्फ लैजान्छौं । यो मानसिक पूर्वाभ्यासले व्यक्तिलार्इ तनाव हटाउन सक्षम बनाउँछ । जबकि मनले कसरी समस्याको सामना गर्ने भनेर पूर्वअभ्यास गरिसकेको हुन्छ र जब घटना वास्तवमा घट्दछ, व्यक्तिलाई तनाव महसुस हुँदैन ।
Use the A3 Autosuggestion to overcome incorrect reactions when the duration of the incident is long.
डिसेन्साइटिसेन (Densensitisation) भनेको कुनै अनुभव या भावनाको तीव्रतामा क्रमिक गिरावट ल्याउनु हो । यो कन्डिसनिंगद्वारा गरिन्छ या उत्तेजना पहिले जसले डर निर्माण गर्दथ्यो त्यसको लागि सकारात्मक प्रतिक्रिया उत्पन्न गरिन्छ । आफ्नो मनमा बारम्बार डर उत्पन्न गर्ने उत्तेजना या परिस्थितिलार्इ सफलतापूर्वक सामना कसरी गर्न सकिन्छ भनेर अभ्यास गर्नाले अन्ततः मनको अप्रिय प्रतिक्रियालाई कमजोर गर्दछ ।
3. यो कहिले प्रयोग हुन्छ ?
- A3 स्वयम सूचना शैली लामो घटना/परिस्थित बाट व्यक्तिमा हुने गलत प्रतिक्रिया (जसले व्यक्तिलार्इ तनाव दिन्छ) हटाउन प्रयोग गरिन्छ । यो घटनाको अवधि १-२ मिनेट भन्दा लामो समयसम्म रहन्छ, उदाहरणको लागि, हवाई यात्राको डर, आउँदो परीक्षाको बारेमा तनाव, भोजमा भाग लिन असजिलोपन, यौन-क्रिया दौरान अशक्तता, आदि ।
- यसको उपयोग दृढताको अभाव, पहलको अभाव, कम बोल्ने स्वाभाव, आत्मविश्वासको कमी, अधीनता (submissiveness), डरपोकपन, हीन भावना आदि जस्ता स्वाभाव दोषहरु हटाउन सकिन्छ । यसले नकारात्मक संस्कारहरू जस्तै ‘म यो गर्न सक्दिन, या मलार्इ थाहा छैन कि म यो गर्न सक्छु’ पनि हटाउन मद्दत गर्दछ ।
- थप रूपमा, A3 स्वयम सूचनाले अत्यधिक भय (Phobias, कुनै वस्तु या स्थितिबाट उत्पन्न हुने डरको कारण चरम चिन्ताको स्थिति) र OCD (Obsessive compulsive disorder, जुनूनी बाध्यकारी डिसअर्डर) हटाउन मद्दत गर्दछ । अत्यधिक भयले (फोबियाले) हामीलाई कमजोर पार्न सक्छ । अक्सफोर्ड अंग्रेजी शब्दकोशले लगभग १०८ फोबियाहरुलाई सूचीकृत गरिएको छ । यो स्वयम सूचनाले पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर (PTSD, post-traumatic stress disorder) लक्षणहरू हटाउनमा पनि मद्दत गर्दछ ।
3.1 नकारात्मक विचारहरूको सामना गर्ने
मनले हामीलाई परिस्थितिहरूको बारेमा धेरै नकारात्मक विचारहरू दिन्छ जस्तौ जहाँ हामी आत्मविश्वासको कमी, हीन भाव, भय आदि महसुस गर्न सक्छौं ।
उदाहरणको लागी, जब एउटा व्यक्ति अन्तर्वार्ताको लागी जानु भन्दा पहिला, उसलार्इ घबराहट र तनाव आउन सक्छ जसको परिणाम स्वरुप पक्षाघातको प्रभाव हुन सक्छ । व्यक्तिको मनले घटना बारे नकारात्मक चित्र, चित्रण गरेर अत्यधिक विचारहरु बढ्दछ जस्तै, ‘ओहो, म अन्तर्वार्ता राम्रोसँग गर्न सक्दिन, म डराउनेछु, साक्षात्कारकर्ता मैले दिएको जवाफबाट सन्तुष्ट हुनेछैन, म पक्का छु कि म बरबराउनेछु र अन्ततः मलार्इ चयन गर्दैन आदि ।’ प्रत्येक विचारको पछाडि उर्जा हुन्छ, र त्यसमा व्यक्तिलाई तल झार्ने क्षमता हुन्छ । जब धेरै नकारात्मक विचारहरू हुन्छन्, हाम्रो मनले हामीलाई असफलताको लागि तयार बनाउँछ ।
A3 स्वयम सूचनाले हामीलाई यी सबै नकारात्मक विचारहरु प्रति सकरत्माक विचारले मुकाबला गर्न मद्दत गर्दछ । यसले हामीलाई परिस्थिति कसरी समना गर्ने भनेर पूर्वाभ्यास गराउँदछ र यसले मनलार्इ आश्वासन दिन्छ ।
3.2 पूर्वाभ्यास विरुद्ध योजना
धेरै पटक, हामी अग्रिम योजना बनाउँदछौं कि स्थलमा जादा / कार्यक्रममा सहभागी हुन्दा कसरी बोल्ने, व्यवहार गर्ने या कार्य गर्ने भनेर । त्यसोभए, के घटनाको पूर्वाभ्यास गर्ने र A3 स्वयम सूचना दुवै उस्तै हुन् ? उत्तर हो, दुई फरक हुन् । पहिलो (जुन योजना बनाईन्छ) सचेत मनको स्तरमा हुन्छ र दोस्रो (जुन, स्वयम सूचना मार्फत अभ्यास) अवचेतन मनको स्तरमा हुन्छ ।
4. A3 प्रकारको स्वयम सूचना बनाउने ढाँचा :
A3 स्वयम सूचना बनाउँदा, पूरै घटना वर्तमान निरन्तर कालमा सकरात्मक तरीकाले लेख्नुपर्छ, मनमा पूर्वाभ्यास गर्दै कि हामी कठिन परिस्थितिलाई सफलतापूर्वक सामना गरिरहेका छौं । यो तयार गरिन्छ ताकि मनको तनाव दूर गर्न सक्छौं । यसले हाम्रो कार्यहरु र विचारहरुमा सुधार गरि वास्तविक परिस्थितिलाई राम्रोसँग सम्बोधन गर्न मद्दत गर्दछ । मनलार्इ दिएको प्रत्येक सकारात्मक वाक्यले नकरात्मक विचारहरूलाई रोक्न मद्दत गर्दछ ।
A3 स्वयम सूचना बनाउनको लागी ढाँचा तल दिएको छ :
- हामीले वर्तमान निरन्तर कालमा वाक्यहरू बनाउनु पर्छ ।
- वाक्य सकारात्मक हुनु पर्छ । हामीले कुनै पनि नकारात्मक शब्दहरू प्रयोग गर्नु हुँदैन जस्तै ‘होइन’।
- यो ५ वाक्यहरु भन्दा कम हुनु हुँदैन र १५ भन्दा बढी वाक्यहरु हुनु हुँदैन ।
- वाक्यहरू सरल हुनुपर्छ जसले गर्दा मनले सजिलैसँग बुझ्न सकोस ।
- वाक्यको अन्त्यमा यदि सम्भव छ भने हामीले कार्य सफलतापूर्वक पूरा गर्यैं लेख्नुपर्छ ।
माथिको ढाँचा प्रयोग गरेर, कसरी एउटा A3 स्वयम सूचना लेख्न सकिन्छ भन्ने उदाहरण लिऔं :
यो डरलाई सम्बोधन गर्न कसरी A3 स्वयम सूचना प्रयोग गर्न सकिन्छ भन्ने एउटा उदाहरण तल दिइएको छ ।
- मलार्इ विचारहरू आइरहेको छ कि मैले बैठक सञ्चालन गर्नु पर्छ ।
- म प्रार्थना गर्दैछु र शान्त हुँदैछु ।
- मैले बैठकको शीर्षक बुझेको छु र के भन्ने भनेर योजना बनाउँदैछु ।
- म स्थिर मनको साथ बैठक कोठामा प्रवेश गर्दैछु र विश्वासको साथ बैठक सुरु गर्दैछु ।
- बैठक सुचारु रुपमा हुँदैछ, र म मेरो वरिष्ठ अधिकारीहरूको प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिँदैछु ।
- सबैजना मेरो प्रस्तुतिसँग सन्तुष्ट देखिरहेका छन् ।
- म ईश्वरप्रति कृतज्ञता व्यक्त गर्दैछु कि म निर्धक्क भएर सभा सञ्चालन गर्न सकें ।
अर्को उदाहरण कसरी A3 स्वयम सूचनालाई बनाउन सकिन्छ :
- मेरो प्रस्तुतीकरण सोमबारको लागि निर्धारित गरिएको छ ।
- म प्रस्तुतीकरणको बुँदाहरूलाई ठूलो स्वरमा अभ्यास गर्दैछु जुन मैले अरूलाई बुझाउनु पर्छ ।
- म यसको लागि पूर्ण रूपमा तयार छु ।
- म शान्तपूर्वक मेरो मनमा बुँदाहरूलाई परिमार्जन गर्दैछु ।
- म विश्वस्त छु कि श्रोताहरुले सोधेको कुनै पनि प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्षम हुनेछु ।
- म समयमा नै सम्मेलन स्थलमा आइपुगेको छु ।
- मलार्इ प्रस्तुतीकरण गर्नको लागि मञ्चमा बोलाएको छ ।
- म धेरै शान्तसँग आफ्नो सिटमा बसेको छु ।
- कार्यक्रम सञ्चालकले मलार्इ प्रस्तुतीकरण सुरू गर्न आग्रह गर्दछ ।
- म मेरो प्रस्तुतीकरणमा उल्लेख गरिएका सबै बुँदाहरूको व्याख्या गरिरहेको छु जुन राम्रोसँग भइरहेको छु ।
- दर्शकहरूले सोधेका सबै प्रश्नहरू सजिलो छन् र म तिनीहरू पूर्ण उत्तर दिन सक्षम छु ।
- प्रस्तुतीकरणको लागि समय सीमा समाप्त हुन्छ ।
- म घर फर्कंदै छु र मेरो परिवारलाई भन्दैछु कि मैले राम्रो प्रस्तुतिकरण दिएँ र सबैले मन पराए ।
- मेरो आत्मविश्वास बढेको छ । म आराम गरीरहेको छु र अर्को दिनको लागि तयारी गर्दैछु ।
- म शान्तपूर्वक निदाइरहेको छु ।
5. कसरी थाहा पाउने कहीले A3 स्वयम सूचना शैली छनौट गर्ने
A3 शैलीको छनौट कसरी गर्ने भनेर निर्धारण गर्ने दृश्यको प्रतिनिधित्व तल दिइएको छ ।
A3 शैली चयन गर्ने तरीका बुझ्नको लागि एक व्यावहारिक उदाहरणको रुपमा तल दिएको गलती लिऔं ।
उदाहरणको विश्लेषण:
- स्वयम सूचना निर्धारित गर्नको लागि पहिला सोध्नु पर्ने प्रश्न हो – कसको स्वाभाव दोष मुख्यतया परिस्थितिमा तनावको कारण हो वा गलतीको लागि जिम्मेवार को हो । यहाँ हो “स्वयम” किनभने हेलेन आफ्नै चिन्तामा छिन् । हेलेनले उनको एयर्बीएनबी भाडा स्थापना गर्न निकै प्रयास गरेकि छिन्, त्यसैले सम्भावना छ कि पाहुनाहरूले पनि सकारात्मक समीक्षा दिन सक्छन् । त्यसकारण यो ‘स्वयम’ हो ।
- हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गलती गलत कार्य, विचार वा भावना हो अथवा एउटा गलत प्रतिक्रिया’ हो ? यहाँ यो पाहुना / स्थितिप्रति ‘प्रतिक्रिया’ ।
- अन्तमा, हामीले सोध्नु पर्ने प्रश्न हो के यो लामो समयदेखि भर्इरहेको घटना/परिस्थिको कारण हो । यो अवस्थामा हो, लामो समयदेखि भइरहेको हो जहाँ हेलेन एयरबएनबी भाडामा बस्न आउने पाहुनाहरुबाट नकारात्मक समीक्षा प्राप्त गर्ने सम्भावना बारेमा लगातार चिन्ता गरिरहेकी छिन् ।
त्यसकारण, विश्लेषणको आधारमा, A3 स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।
स्वयम सुचना यस्तो हुन सक्छ :
- मलार्इ विचारहरु आइरहेको छ कि एयरबिनब पाहुना आज चेक इन गर्दैछ ।
- म शान्त महसुस गर्दैछु किनभने उनीहरूको कोठा र सबै आगमनहरु तयार छ ।
- म पाहुनालाई सोध्नको लागि एउटा छोटो सन्देश पठाउँछु कि उनीहरू कहिले आउँछन्, र उनीहरुले सकारात्मक प्रतिक्रिया दिनेछन् ।
- जब पाहुनाहरु आईपुग्छन्, म उनीहरूलाई न्यानो अभिवादन गर्दछु र उनीहरुलाई भन्ने छु कि घरका सुविधाहरू कसरी प्रयोग गर्ने ।
- तिनीहरू सकारात्मक मनोवृत्तिको साथ निर्देशनहरू सुन्दै र बुझीरहेका छन् ।
- अतिथिको बसाईको समय, सबै चीज सहज रूपमा हुन्छ, र म उनीहरूसँग स्पष्ट रुपमा कुराकानी गर्दैछु ।
- उनीहरू आफ्नो बसोबासको आनन्द लिइरहेका छन् र म उनीहरूलार्इ राम्रोसँग देखभाल गर्दैछु ।
- पाहुनाहरू चेक आउट गरेपछि, तिनीहरूले एयरबिएनबीमा सकारात्मक समीक्षा छोड्छन् । ईश्वरको अनुग्रहबाट, अहिले सम्म मेरो पाहुनाहरूले सबै सकारात्मक समीक्षा दिएका छन् ।
- म भगवानलार्इ आभार व्यक्त गरिरहेको छु किनकि सम्पूर्ण प्रवास सुचारु रुपमा हुन्छ ।
6. कसरी A3 स्वयम सूचना दिने
यहाँ A3 स्वयम सूचना लिन २ प्रकारका तरिकाहरू छन् ।
6.1 A3 स्वयम सूचना दिनको लागि विधि १
पहिलो विधि तलको तालिकामा दिएको ढाँचा अनुसार छ । यो प्रार्थनासँग सुरू हुन्छ र मन शान्त बनाउन नामजप गर्ने । व्यक्तिले एक पटक मात्रै A3 स्वयम सूचना पढ्नुपर्छ । अन्य स्वयम सूचना शैलीको विपरीत जहाँ व्यक्तिले स्वयम सूचनालाई पाच पटक दोहोर्याउँछ, A3 स्वयम सूचना मात्र एक पटक दोहोर्याउनु पर्छ किन कि यो धेरै लामो हुन्छ ।
# | विवरण | मिनेट:सेकेन्ड |
---|---|---|
1 | प्रार्थना – “हे भगवान यो स्वयम सूचना मेरो अवचेतन मनसम्म पुग्न दिनुहोस्, यो स्वयम सूचना सम्बन्धि सबै अवरोधहरू हटाईदिनु होस् र मलाई यो स्वयम सूचनाबाट गुणहरू आत्मसात गर्न दिनुहोस् ।” | ० : ३० |
2 | ईश्वरको नाम जप गर्ने1 | २ : ०० |
3 | A3 स्वयम सूचना दिने | १ : ३० |
4 | कृतज्ञता व्यक्त गर्ने – ‘यो स्वयम सूचना सम्पन्न भएकोमा कुतज्ञ । मलाई प्रत्येक दिन स्वयम सूचना लिन सक्षम बनाइ दिनुहोस् । ’ | १ : ०० |
स्वयम सूचनाको कुल अवधि | ५: ०० |
फुटनोट १ : ईश्वरको नाम जप गर्दा आरामदायी प्रभाव आउँदछ, जुन मनमा त्यस्तै प्रभाव पार्छ जुन तल दिइएको ‘कन्डिसन गणना प्रभिधि’ (conditioned counting technique) बाट हुन्छ ।
6.2 A3 स्वयम सूचना दिने विधि २
दोस्रो विधि एउटा ट्रान्सद्वारा (trance) गरिन्छ । एउटा A3 स्वयम सूचना दिनको लागि गहिरो ट्रान्स आवश्यक पर्छ । ट्रान्समा जानु भनेको अभ्यासद्वारा सचेत र अवचेतन मन बीचको पर्दा हटाउनु हो । जब यो पर्दा हटाइन्छ, चेतन मनलार्इ जे भन्छ त्यो अवचेतन मनमा प्रवेश गर्दछ र बिस्तारै अपेक्षित परिणामहरू देखाउन सुरू गर्दछ ।
ट्रान्समा जान विभिन्न अभ्यासहरू छन् । सबैभन्दा सरल हो, गहिरो ट्रान्सको व्यायाम, ‘कन्डिसन गणना प्रभिधि’ र यो तल वर्णन गरिएको छ ।
कन्डिसन गणना प्रभिधि: हामी कल्पना गर्न सक्छौं कि हामी ट्रान्समा जाँदैछौं । व्यक्तिले कल्पना गर्न सक्दछ, ‘अब म १ देखि १० सम्म गन्न गईरहेको छु । ३ को गन्तीमा, म मेरो आँखा बन्द गर्नेछु र आराम गर्नेछु । प्रत्येक क्रमिक संख्याको साथ, म अधिक भन्दा अधिक आराम गर्नेछु, र १० को गन्तीको साथ म गहिराइसम्म आरामको स्थितिमा जान सक्षम हुनेछु र म जे सोच्छु त्यसमा पूर्ण ध्यान दिन सक्षम हुनेछु । १…..२…..३ (आँखा बन्द)…..४…..५…..६…..७…..८…..९…..१०.।’
कन्डिसन गणनाको लाभ
- यो जहाँसुकै पनि गर्न सकिन्छ जस्तै ट्रेन, बस, अफिस किनभने यो व्यायामा हात या पाखुराको कुनै पनि अनौठो हलचल समावेश हुँदैन ।
- यो व्यायाम छोटो छ, ट्रान्समा जानको लागि लगभग २० सेकेन्ड मात्र आवश्यक हुन्छ, त्यसैले एक दिन मा धेरै पटक गर्न सकिन्छ । यो विशेष गरी आपतकालमा या डरलाग्दो परिस्थितिमा उपयोगी हुन्छ (जस्तै परीक्षा या अन्तर्वार्ताको अगाडि तनावग्रस्त भएको बेला) १ देखि १० सम्म गणना गर्न सजिलो हुन्छ । ट्रान्समा गएपछि, हामीले ट्रान्सको अवस्थालाई सकारात्मक तरिकाले कल्पना गर्नुपर्छ ।
सम्मोहन ट्रान्समा इमेजरी (स्वयम सूचना) कसरी सञ्चालन गर्ने ?
- पहिला ट्रान्समा जानुहोस् ।
- एउटा अवस्थालाई कल्पना गर्नुहोस् जसले तनावलाई उत्प्रेरित गरिरहेको छ – सकारात्मक, वर्तमान निरन्तर कालमा, कुनै पनि नकारात्मक बयान बिना ।
- सम्पूर्ण सुझाव लामो छ । यो स्वयम सम्मोहनको प्रत्येक सत्रको समयमा मात्र एक पटक गरिन्छ ।
त्यसपछि, कृतज्ञता व्यक्त गर्नुहोस् र सत्र समाप्त हुन्छ ।
7. A3 प्रकारको स्वयम सूचनाको उदाहरणहरू
यो खण्डमा, हामी तपाईलाई परिस्थितिहरूको विभिन्न उदाहरणहरू प्रदान गर्दछौं जहाँ एउटा सामान्यतया प्रतिक्रिया हुन सक्छ । तलको स्लाइडशोमा देखाईएको छ :
- गल्ती
- विश्लेषण
- सुझाव दिएको स्वयम सूचना
यी स्वयम सूचनाहरुले स्वाभाव दोषहरु हटाउन सक्छ जस्तै
- उडानको डर
- एउटा अन्तर्वार्ता हुनु अघि तनाव
- गाडी चलाउन डर
- गाडी चलाउनको लागि परीक्षा दिन डर
- कलेजको पुनर्मिलन कार्यक्रममा साथीहरूलाई भेट्दा निकृष्ट महसुस गर्नु
- परीक्षाको बारेमा चिन्ता महसुस गर्नु
- खाना कम गर्नमा लगनशीलताको कमी
- जुनूनी बाध्यकारी डिसअर्डर (OCD)
- भिसाको अन्तर्वार्ताको डर
- नयाँ व्यक्ति भेट्दा लजाउने
- व्यवसाय सुरु गर्नु आत्मविश्वासको कमि
- स्त्रीसँग कुरा गर्दा डर र लाज महसुस गर्नु
- आफ्नो पूर्व पतिलाई भेट्नको लागि चिन्ता
- अधीनमा (submissive) हुनु
8. निष्कर्ष
हामी अक्सर व्यक्तित्व लक्षणहरू, जस्तै डर, विश्वासको कमी, आदि हामी जे हौं त्यसैको हिस्सा हो भन्ने मान्छौं । एउटा भावना छ कि हामी त्यसलाई पार गर्न सक्षम हुँदैन । तर A3 स्वयम सूचना शैलीको माध्यमबाट हामी यस्ता लक्षणहरु हटाउन सक्छौं । धेरै लामो समयदेखिको मुद्दाहरूलार्इ यस प्रकारको स्वय सूचना लिएर समाधान गर्न सकिन्छ ।