यो लेख राम्रोसँग बुझ्नको लागि हामी सिफारिस गर्दछौँ कि तपाई निम्नलिखित प्रस्तुतीकरणसँग परिचित हुनुहोस् :
विषयसूची
१. नामजपको फाइदाहरू – एक परिचय
धेरै सन्तहरूले नामजपको फायदाहरूको वर्णन गरेका छन् । नामजप भनेको परमेश्वरको नाम दोहोराउनु हो । SSRF ले आध्यात्मिक अभ्यासको आधारमा नामजपलाई जोड दिएको छ । यसको कारण हो नामजप वर्तमान समयको लागि सबै भन्दा अनुकूल आध्यात्मिक अभ्यास हो । नामजप बोलेर भन्दा मानसिक रूपमा शक्तिशाली हुन्छ ।
२. नामजपको सूक्ष्म लाभ –
तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र SSRF को एक सन्त पू. श्रीमती योया वालेले प्रगत छैटौं इन्द्रियको माध्यमद्वारा बनाएको हो । पू. योयामा सूक्ष्म जगतलाई देखने क्षमता छ तथा उनी साधना तथा सत्सेवा हेतु सूक्ष्म ज्ञानमा आधारित चित्र बनाउनु हुन्छ । सूक्ष्म ज्ञानको आधारमा रेखा चित्रको शुद्धताको लागि परम पूज्य डॉ.आठवले ज्यूले प्रमाणित गरि सक्नु भएको छ ।
सूक्ष्म ज्ञानमा आधारित निम्न चित्र ईश्वरको नामजपको सूक्ष्म लाभ दर्शाउँछ –
सूक्ष्म-ज्ञानमा आधारित चित्रबाट हामी यो बुझ्न सक्छौं कि –
- अनाहत चक्रमा भावको वलय सक्रिय हुन्छ ।
- दैवतातत्त्वको प्रवाह आज्ञा चक्रतर्फ आकर्षित हुन्छ ।
- नामजप गर्ने व्यक्तितर्फ चैतन्यको प्रवाह आकर्षित हुन्छ ।
- आज्ञा चक्रमा शक्तिको वलय निर्माण हुन्छ ।
यस प्रकारले, नामजपबाट हामीलाई भगवानको नामदेखि आकर्षित तथा निर्मित सूक्ष्म-तरङ्गहरुको लाभ मिल्ने गर्दछ ।
३. नामजपको चिकित्सीय, मनोवैज्ञानिक र आध्यात्मिक लाभ –
नामजपबाट हामीलाई अनेक चिकित्सीय, मनोवैज्ञानिक र आध्यात्मिक लाभ हुन्छ । साधनाको प्रारम्भिक अवस्थामा नामजपबाट हुने लाभ थाहा पाउन अलि कठिन हुन सक्छ । साधनाको अगाडीको अवस्थामा पनि नामजपको लाभ अनुभव गरे पश्चात त्यसमाथि विश्वस गर्न सम्भव हुन सक्छ ।
यदि हामी मनुष्य जीवनको मूल उद्देश्य, आध्यात्मिक प्रगतिलाई ध्यानमा राखेर नामजप गर्छौं भने हामी आफ्नो लक्ष्यपनि प्राप्त गर्न सक्छौं र नामजपको अन्य लाभ पनि अनुभव गर्न सक्छौं ।