विषयसूची
१. प्रस्तावना
दैनिक जीवनमा कर्म गर्ने समय, हामी ती कर्महरुका फल पुण्य एवं पापको रुपमा भोग्दछौं । पुण्य एवं पाप हामीले अनुभव गरिने सुख अनि दु:खको मात्रा निर्धारित गर्दछ । त्यसैले यो जान्न महत्वपूर्ण छ कि पाप कर्मबाट कसरी बच्ने । हुन त धेरै व्यक्तिहरु सुखी जीवनको आकांक्षा राख्दछन्; तर जुन व्यक्तिलार्इ आध्यात्मिक प्रगतिको इच्छा छ, उनी यो जान्ने जिज्ञासा राख्दछ कि किन मोक्षप्राप्तिको आध्यात्मिक पथमा पुण्य पनि अनावश्यक छ ।
२. पुण्य एवं पापको परिभाषा
पुण्य राम्रो कर्मको फल हो, जसको कारण हामी सुख अनुभव गर्दछौं । पुण्य त्यो विशेष ऊर्जा अथवा विकसित क्षमता हो, जुन भक्तिभाव द्वारा धार्मिक जीवनशैली अनुसरण गर्नाले प्राप्त हुन्छ । उदाहरणको लागि साथीलार्इ आर्थिक सहायता गर्नु अथवा परामर्श दिदा पुण्यलार्इ आमन्त्रित गर्दछ । धार्मिकता र धार्माचरणको विवेचना अनेक धर्मग्रन्थहरुमा विस्तृतरुपमा दिएको छ । पुण्यको माध्यमबाट हामी अरुलार्इ कल्याण गर्छौं । उदाहरणको लागि क्यान्सर पीडितलार्इ सहायताको लागि दान गर्नाले क्यान्सरद्वारा पीडित धेरै व्यक्तिहरुलार्इ मद्दत हुन्छन्, जसको कारण हामीलार्इ पुण्य मिल्दछन् ।
पाप खराब कार्यको परिणाम हो र यसले हामीलार्इ दु:ख हुन्छन् । कसैको कुभलो चाहने इच्छाले कर्म गर्दा पाप उत्पन्न हुन्छ । यो ती कर्महरुबाट उत्पन्न हुन्छन् जुन प्रकृति अथवा र्इश्वरको नियम विपरीत अथवा विरुद्ध छन् । उदाहरणको लागि, एक व्यापारी आफ्नो ग्राहकलार्इ ठग्छ, तब उनलार्इ पाप लाग्छ । कर्तव्य-पूर्ति नगर्दा पनि पाप उत्पन्न हुन्छ, उदाहरण, जब बाबाले आफ्नो बच्चाको आवश्यक्ता तर्फ ध्यान दिदैन अथवा जब वैद्य आफ्नो रोगिहरु प्रति ध्यान दिदैन्न् ।
पुण्य एवं पाप यही जन्ममा, मृत्युपछि अथवा आगामी जन्ममा भोग्नु पर्दछ ।
पुण्य एवं पाप लेन-देनको हिसाब भन्दा सूक्ष्म हुन्छन् । किनकि लेन-देनको खाता बुझ्न सजिलो छ, एउटै परिवार भित्र, तर यो बुझ्न कठिन छ कि किन कसैले एउटा अपरिचितको अपमान गर्छ ।
३. पुण्य र पापहरुको कारण
पुण्य संचयको अनेक कारणहरु हुन सक्छ्न् । प्रमुख कारणहरु हुन् :
- परोपकार
- धर्मग्रन्थमा बताए अनुसार धर्माचरण
- अरुको साधनाको लागि त्याग गर्ने । उदाहरणको लागि बुहारी आफ्नो कामबाट छुट्टी लिएर धर समाहल्छ जसले गर्दा उनको सासुआमा तीर्थयात्रामा जान सक्नुहुन्छ, तब बुहारीलार्इ सासुआमाद्वारा अर्जित तीर्थयात्राको फलको आधा भाग मिल्दछ । तथापि जहाँसम्म सम्भव हुन्छ, अरुसँग निर्भर भएर साधना नगर्नुहोस् ।
पाप संचयको केही कारणहरु :
- क्रोध, लालछ एवं ईर्ष्या को रुपमा स्वार्थ एवं वासना व्यक्तिलार्इ पापको लागि उद्युक्त गर्दछ ।
- सिद्धान्तहीन अथवा क्रूर हुने
- भिकारीसँग अपमानजनक कुरा गर्ने
- मासु एवं मदिरा सेवन गर्ने
- प्रतिबन्धित वस्तु बेच्ने, ऋण नतिर्ने, कालो धनको व्यवहार, जुवा
- झूटो गवाही दिने, झूटो आरोप लगाउने
- चोरी गर्ने
- दुराचार, व्यभिचार, बलात्कार इत्यादि
- हिंसा
- पशुहत्या
- आत्महत्या
- र्इश्वर, मन्दिर, आध्यात्मिक संस्था इत्यादिको सम्पत्ति अनावश्यक व्यय एवं दुरुपयोग इत्यादि
- अधिवक्तालार्इ पाप लाग्छ जब सत्यलार्इ असत्य एवं असत्यलार्इ सत्य बनाउँछ ।
- श्रीमानले श्रीमतीको आधा पाप भोग्नु पर्दछ किन कि उनले आफ्नो श्रीमतीलार्इ पाप गर्नबाट नरोक्नुको कारण पापमा मागीदार बन्दछ ।
- श्रीमानद्वारा अधर्मले अर्जित सम्पत्ति व्यय गर्ने तथा ज्ञात हुँदा पनि श्रीमानलार्इ नरोक्ने श्रीमतीलार्इ पाप लाग्दछ ।
- पापीसँग एक वर्ष बिताउँदा उसको पापको भागी हुन जान्छ ।
४. पुण्य एवं पापको प्रभाव
४.१. सुखको रुपमा पुण्यको प्रभाव
पुण्यको अनुपातमा एउटा व्यक्ति पृथ्वी लोक (भुलोक) मा आनुपातिक सुखको अनुभव गर्दछ यस प्रकार गर्दछ र अन्तमा पृथ्वीमा जीवित रहदा अपेक्षाको साथ गरेको कार्यबाट प्राप्त गरेको पुण्यको आधारमा उनले स्वर्गको सुख प्राप्त गर्दछ
- सुसंस्कृत एवं धनाढय परिवारमा जन्म
- बढ्दो आय
- सांसारिक सुख
- इच्छापूर्ति
- स्वास्थ जीवन
- समाज, संस्था एवं शासनद्वारा प्रशंसा एवं सम्मान
- आध्यात्मिक प्रगति
- मृत्युपछि स्वर्गको सुख
मानव जीवन, राम्रो कुल-परिवारमा जन्म, धन, दीर्घायु, स्वस्थ शरीर, राम्रो मित्र, असल पुत्र, प्रेम गर्न जीवनसाथी, भगवाको भक्ति, बुद्धिमत्ता, नम्रता, इच्छामाथि नियन्त्रण एवं पात्र व्यक्तिलार्इ दान दिने तर्फ झुकाव यी पक्षहरु अघिल्लो जन्महरुको पुण्य बिना असम्भव छ ।
जब समष्टि पु्ण्य बढ्छ, तब राष्ट्र सिद्धान्त (दर्शन) अनि आचरणमा सर्वश्रेष्ठ हुन्छ तथा समृद्ध हुन्छ ।
४.२. दु:खको रुपमा पापको प्रभाव
कृपया पढ्नुहोस् हाम्रो लेख पापको फल
५. पुण्य एवं पापार्जन कसरी हुन्छ ?
पुण्य एवं पापको सिद्धान्त बुझ्नको लागि कुनै पनि कर्मको उदेश्य जान्न महत्तवपूर्ण हुन्छ । निम्नलिखित सारणीबाट यो स्पष्ट हुन्छ, जहाँ हामीले धनार्जन गर्ने कर्मको मनोवृत्ति तथा त्यसलार्इ खर्च गर्ने उद्देश्य विभिन्न उदाहरणहरुले समझाएका छौं । त्यसबाट उत्पन्न पुण्य एवं पापको मात्रा प्रत्येक उदाहरणको सामुन्य दिएको छ ।
६. पुण्यको सीमा
आध्यात्मिक प्रगतिको परिप्रक्ष्यमा, पुण्यको सीमा छ ।
६.१. पुण्यको परिणाम त्यसको फल भोग्नु पर्दछ
पुण्यवान जीवनले मृत्युपछि व्यक्तिलार्इ स्वर्गलोकमा लैजान्छ, तर जब पुण्य समाप्त हुन्छ, तब व्यक्ति फेरि पृथ्वीमा पुन: जन्म लिनुपर्दछ । यस कारण पुण्य पनि एक प्रकारको बन्धन हो । केवल साधनाले नै हामीलार्इ मोक्षसम्म लैजान्छ ।
६.२. सुख भोग्नाले अंतत: पुण्य समाप्त हुन जान्छ
हामी हरेक क्षण सुख अनुभव गर्छौं तब हाम्रो पुण्य कम हुँदै जान्छन् त्यसैले पुण्य बढाउनको लागि परिश्रम गर्नु पर्दछ । पुण्यप्रद कर्म अथवा साधनाबाट यो सम्भव हुन्छ । फरक यति मात्र छ कि पुण्यप्रद कर्मले सुख मिल्दछ, जबकि साधनाले आध्यात्मिक प्रगति हुन्छ अर्थात यसले आन्नद मिल्दछ, जुन पुण्य-पाप तथा सुख-दुख भन्दा बाहिर छ । यसको उप-फलको रुपमा सुख मिल्दछ ।
७. सारांश – पुण्य एवं पाप
पुण्य एवं पाप बीचको भिन्नताको साथसाथै तिनीहरुको गहिरार्इ अनि त्यसको प्रभावको अबधि बुझ्नाले हामी आफ्नो आचरण अनि कर्ममा नियन्त्रण गर्न सक्छौं । तथापि दुवैबाट मुक्त हुनको लागि नियमित साधना गर्न आवश्यक छ ।
न पुण्य तारक छ, न पाप मारक छ, केवल भाव नै तारक छ । – प. पू. काणे महाराज, नारायणगांव, पुणे, महाराष्ट्र, भारत