विषयसूची
1. परिचय
मानिसहरूले बजारमा उपलब्ध विभिन्न कपाल सफा गर्ने उत्पादनहरू प्रयोग गर्नु सामान्य कुरा हो । हामीले यी उत्पादनहरू किन्नुको कारण हो हाम्रो कपालमा बिस्तारै जम्मा हुने फोहोर, छालाका कणहरू, वातावरणीय प्रदूषकहरू, तेलहरू, आदि हटाउन राम्रो, सफा र स्वस्थ देखिन्छ । के यी सफा गर्ने उत्पादनहरू जस्तै शैम्पूहरूले बाहिरी रूप सफा गर्न मद्दत गर्नु बाहेक, हामीलाई आध्यात्मिक स्तरमा असर गर्छ ? यस प्रश्नको जवाफको लागि, SSRF ले कपाल सफा गर्ने केही विभिन्न प्रकारका उत्पादनहरूको आध्यात्मिक प्रभावको बारेमा अनुसन्धान गर्यो । हामीले व्यावसायिक शैम्पूलाई शिकाकाई (Acacua concinna) भनिने आयुर्वेदिक पाउडरसँग तुलना गर्यौं । आयुर्वेदिक पाउडरको आध्यात्मिक अनुसन्धानको नतिजा चाँडै प्रकाशित हुनेछ ।
2. हाम्रो दैनिक दिनचर्यामा आध्यात्मिक परिप्रेक्ष्य
सात्विक जीवन शैली कसरी जीउने भन्ने हाम्रो खण्डमा, हामीले हाम्रो दैनिक जीवनका विभिन्न पक्षहरूलाई कसरी आध्यात्मिक बनाउने भनेर व्याख्या गरेका छौं । सात्विक जीवन जिउने आधारभूत सिद्धान्त भनेको आध्यात्मिक रूपमा शुद्ध (सात्विक) स्पन्दनहरू उत्सर्जन गर्ने वा आकर्षित गर्ने अभ्यासहरू र कार्यहरू पालन गर्नु हो ।
हाम्रो स्वच्छता अभ्यासहरू हाम्रो दैनिक दिनचर्याको एक महत्त्वपूर्ण खण्ड हो । लेखको अर्को भागमा हामीले नुहाउने विभिन्न तरिकाको आध्यात्मिक प्रभावका साथै नुहाउँदा गोमूत्र प्रयोग गर्दा हुने आध्यात्मिक फाइदाहरूबारे विस्तृत रूपमा वर्णन गरेका छौं । हाम्रो दैनिक स्वच्छताको दिनचर्या पालना गर्दा, हामीले धेरै विकल्पहरुको सामना गर्नुपर्ने हुन्छ विशेष गरी हामीले प्रयोग गर्ने कस्मेटिक उत्पादनहरू । उदाहरणका लागि, जनावरहरूमा परीक्षण गरिएका कस्मेटिक उत्पादनहरू प्रयोग गर्नु नैतिक हो ? के कस्मेटिक उत्पादनहरूमा प्रयोग गरिएका सामग्रीहरू सुरक्षित छन् ? आज हामी चम्किलो, घुमाउरो, हाइड्रेटेड, “ड्यान्ड्रफ–फ्री” वा अन्य प्रकारको कपाल चाहन्छौं भन्ने आधारमा कपाल सफा गर्ने उत्पादन पनि छनोट गर्न सक्छौं । उन्नत छैठौं इन्द्रिय मार्फत, हामीले कपाल सफा गर्ने धेरै उत्पादनहरूको विश्लेषण गर्यौं कि कुन प्रकारको सूक्ष्म–स्पन्दनहरू छन् । यस अध्ययनले हामीलाई कपाल सफा गर्ने कुन उत्पादनहरूले हामीलाई आध्यात्मिक स्तरमा सबैभन्दा बढी फाइदा पुर्याउँछ भनेर तय गर्न मद्दत गर्दछ ।
3. व्यावसायिक शैम्पूको प्रभावको आध्यात्मिक अनुसन्धान
- केही मात्रामा दिव्य ऊर्जा व्यावसायिक शैम्पूमा हुन्छ । तर त्यसलाई बाक्लो कालो ऊर्जाले घेरिएको हुन्छ ।
- व्यावसायिक शैम्पूले कालो ऊर्जा सक्रिय गर्दछ जसमा तमगुण उच्च अनुपातमा हुन्छ । यो कपाल र टाउकोको छालाले लिन्छ ।
- हाम्रो कपाल र टाउकोको छालाको बरिपरि बढेको कालो ऊर्जाको कारण हामी अधिक नकारात्मक शक्तिहरुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । उच्च-स्तरीय मान्त्रिकले सजिलैसँग सूक्ष्म-चित्र (यन्त्रहरु) राखेर त्यहाँबाट हामीलाई आक्रमण गर्न सक्छ । यसको विभिन्न् परिणामहरु हुन्छन् जस्तै कपाल झर्ने, कपाल बाक्लो वा पातलो हुने, सुख्खा र टुक्रिने आदि । हामीले अनिष्ट शक्तिको आक्रमणबाट कपाल झर्ने केस स्टडी प्रकाशित गरेका छौं ।
- मायावी तरङ्गहरु अत्यधिक मात्रामा व्यावसायिक शैम्पू र सम्बन्धित उत्पादनहरुमा आकर्षित हुन्छन् । तिनीहरुले वातावरणमा पनि समान स्पन्दनहरु उत्सर्जन गर्छन् । व्यावसायिक उत्पादनहरूबाट उत्सर्जित धेरै सुगन्धहरू यसको उदाहरण हुन् । यद्यपि त्यस्ता सुगन्धहरू हाम्रो स्थूल इन्द्रियहरूलाई सुखद लाग्न सक्छ, आध्यात्मिक स्तरमा तिनीहरूले नकारात्मक स्पन्दनहरू उत्सर्जन गर्छन् ।
4. हाम्रो अनुसन्धानको व्यवहारिक निहितार्थ
व्यवसायिक कपालको उत्पादनहरुमा हाम्रो अनुसन्धानको केही तथ्यहरु तल दिएको छ :
- आध्यात्मिक दृष्टिकोणबाट व्यावसायिक कपाल सफा गर्ने वा कपालका सौन्दर्य उत्पादनहरूबाट टाढा रहनु उत्तम हुन्छ ।
- अर्को चाखलाग्दो तथ्य हो प्राकृतिक जडिबुटी वा आयुर्वेदिक शैम्पूहरु तरल रुपमा हुँदा केही मात्रामा नकारात्मक स्पन्दनहरु आकर्षित गर्दछन् । किनकि रसायन प्रत्येक तरल शैम्पूको आवश्यक घटक हो जसले नकारात्मकता आकर्षित गर्दछ ।
- हामीले यसको सट्टा प्रयोग गर्न सक्ने वैकल्पिक उत्पादन शिकाकाई (Acacia concinna) बाट बनेको पाउडर हो । त्यस्तै आयुर्वेदिक जडीबुटी पेस्ट जस्तै उबतान (आयुर्वेदिक जडिबुटीको मिश्रण) लाई आयुर्वेदिक कपूर (भीमसेनी कपूर) मिसाएर बनाइएको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । कपालको उपचार गर्न र कपाल र टाउकोको सत्वगुण बढाउन प्रयोग गर्न सकिने अन्य वैकल्पिक उत्पादनहरूमा आयुर्वेदिक तेल, नरिवलको तेल, तिलको तेल आदि समावेश छन् ।
- व्यावसायिक कपाल रंगाउने उत्पादनहरूमा पनि केमिकलहरू हुन्छन् जसले कपालको प्राकृतिक सौन्दर्यलाई नष्ट गर्छ र हाम्रो वरपर कालो शक्तिलाई बढाउँछ । त्यसैले कपालमा रंग लगाउनबाट जोगिनु राम्रो हुन्छ ।
- कपालको प्रकारले पनि सात्विक, राजसिक वा तामसिक स्पन्दनहरु आकर्षित गर्दछ । यसले माथि उल्लेखित प्रभावहरुलाई अझ बढाउन सक्छ । हामी यस बारे थप लेखहरुमा विस्तारमा लेख्नेछौं ।
5. निष्कर्ष
मानव निर्मित वस्तुबाट उत्पन्न हुने सौन्दर्य दीर्घकालीन हुँदैन । भगवानले हामीलाई दिएको प्राकृतिक सौन्दर्यलाई बेवास्ता गरेर तम प्रधान उत्पादनहरू प्रयोग गर्दा दुबै आध्यात्मिक स्तरमा र पञ्च इन्द्रिय, मन र बुद्धिको स्तरमा हानि हुन्छ । यसको मतलब हो हामी हाम्रो भित्रको आत्माको सट्टा हाम्रो शरीरसँग बढी चिनिन्छौं ।
आध्यात्मिक रूपमा लाभदायक प्रभावहरू भएका सौन्दर्य उत्पादनहरू छनौट गरेर, हामी हाम्रो दैनिक जीवनको सांसारिक कार्यहरू मार्फत पनि सकारात्मक ऊर्जालाई आत्मसात गर्न सक्छौं ।