जीवनमा प्रत्येक घटनाको लागि एक समय हुन्छ । यदि गलत समयमा सही कार्य गरेमा त्यसको अपेक्षीत परिणाम मिल्दैन । उदाहरणार्थ, जस्तै वर्षा ऋतुको अपेक्षा गर्मी मैसमा बिऊ रोपेमा माटो जति नै मलिलो भए पनि बिऊ उम्रिन सफल हुदैन । यस प्रकार विशेष कालमा विशेष साधना अनुकूल हुन्छ ।
युगनुसार इश्वरप्राप्तिको योगमार्ग
युग | मार्ग |
---|---|
सतयुग | ज्ञानयोग |
त्रेतायुग | यानयोग |
द्वापरयुग | कर्मकाण्ड |
कलियुग | आफ्नो-आफ्नो धर्मानुसार नामजप साधना |
सत्ययुग : यो युग धेरै पवित्र थियो, जहा व्यक्तिको आध्यात्मिक स्तर ७०% थियो । (सन्तको आध्यात्मिक स्तर ७०% हुन्छ) । त्यो कालमा व्यक्ति आध्यात्मिक दृष्टिले यति पवित्र थियो कि उनको लागि ज्ञानमार्ग सर्वाधिक उपयुक्त थियो किन कि आध्यात्मिक धर्मग्रन्थका गूढ अर्थ बुझ्ने सामर्थ्य थियो ।
त्रेतायुग : यो त्यो युग हो जब सामान्य व्यक्तिको आध्यात्मिक स्तर ५५ प्रतिशत भयो, ज्ञानमार्गको पालन गर्नको लागि सक्ष्म हुन सकेन । तर उनीमा तपस्या गर्ने (उदा. साधक एउटा खुट्टामा १२ वर्ष उभिन्न सक्थ्यो) तथा ध्यान गर्ने (उदा. साधकलार्इ यति धेरै समयसम्म ध्यान लाग्थ्यो कि धमरीले धर बनाउथे्) आध्यात्मिक क्षमता थियो ।
द्वापरयुग : आध्यात्मिक स्तर अझै घटेर गयो । मनुष्यले तपस्या गर्ने तथा दीर्घ कालसम्म धन्यान गर्ने छमता गुमार्इ सकेको थियो । त्यसैले र्इश्वरले निश्चित गर्नु भयो कि मनुष्य विधिवत कर्मकाण्ड द्वारा उन्नति गर्न सकोस् । विधि अनि यज्ञको लागि अधिक समय तथा परिश्रम लाग्दथ्यो किन कि उचित सामग्री उपलब्ध गराउनु पर्ने हुन्छ । साथै कर्मकाण्डको अनेकै चरण हुन्थ्यो जुन अन्तयसम्म ध्यानपूर्वक गर्न आवश्यक हुन्थ्यो । यस युगमा धार्मिक विचारधारा हुनको कारण, मनुष्य यसको लागि पर्याप्त समय, परिश्रम तथा धन उपयोग गर्थे ।
कलियुग : यो वर्तमान काल हो । यसको अनुवाद हो ‘संघर्ष / कलह को युग’ । सामान्य मनुष्यको आध्यात्मिक स्तर घटेर केवर २० प्रतिशत रहन गयो । माथि उल्लेख गरेका साधना गर्ने छमता अत्यल्प भर्इसकेको थियो । तर वर्तमान कालको अशान्ति तथा आध्यात्मिक प्रदूषणलार्इ ध्यानमा राखेर, र्इश्वर यस परिसथितिमा पनि हाम्रो आध्यात्मिक प्रगतिको लागि एक सरल व्यवस्था गर्नु भएको छ । साधनाको रुपमा भगवान हामीबाट यही चाहनु हुन्छ कि उनको नाम जाप्ने ।