कुनै निकट सम्बन्धी जस्तै कि कसैको आमा अथवा बाबाको अकस्मात निधन भएमा, विवाहको योजना सन्दर्भमा हुने दुविधा निराकरणको लागि निम्नलिखित आध्यात्मिक दृष्टिकोण ध्यानमा राख्न सक्छौं :
- निकट सम्बन्धीको मृत्यु भएमा न्यूनतम एक वर्षसम्म विवाह समारोहको योजना नबनाउनु उचित हुन्छ: किन कि कुनै निकट सम्बन्धीको मृत्यु भएपछिको समयलार्इ अशुभ मानिन्छ । यसको निम्न कारण छन् :
- मृत्युको समय तथा मृत्युपछि तमोगुण मा वृद्धि हुन जान्छ ।
- जसको मृत्यु भएको छ, उनको अपूर्ण इच्छाहरुको कारण उनको आसक्तिसँग सम्बन्धित शक्तिशाली स्पन्दन उनी जहाँ रहन्थ्यो, त्यो घरमा रहन्छ ।
- पैतृक घर मृत व्यक्तिको सूक्ष्म देहले प्रभावित हुन्छ । यदि हुन लागेको दूल्हा अन्य देशमा रहन्छ, तब पनि मृत व्यक्तिको साथ कार्मिक सम्बन्ध भएको कारण उनी तथा उनको घर प्रभावित हुन्छ ।
- आध्यात्मिक अनुसन्धान यो दर्शाउॅंछ कि त्यस्तो व्यक्ति जसकोसाथ हाम्रो अत्यधिक भावुक सम्बन्ध छ जस्तै हाम्रो घनिष्ठ मित्र, उनी हाम्रो निकट सम्बन्धिको परिभाषामा अउँदैन ।
- यस्तो समयमा, यदि विवाह एक वर्ष भित्र भयो भने नवविवाहित दम्पतिलार्इ परिवारमा नै अटकि रहेको मृत पूर्वजबाट कष्ट हुन सक्छ । यसको अतिरिक्त, मृत पूर्वजको सूक्ष्म-देह यदि कुनै आध्यात्मिक कष्ट जस्तै भूतावेशद्वारा पीडित थियो भने विवाहमा सम्मिलित हुने सबै व्यक्तिहरुलार्इ आध्यात्मिक कष्ट हुन सक्छ ।
- त्यसैले, निकट सम्बन्धिको मृत्यु भएको एक वर्षसम्म विवाह अथवा अन्य कुनै शुभ कार्यक्रमको आयोजना नगर्नुनै उचित हुन्छ ।
- निकट सन्बन्धिको मृत्युबाट हानिकारक प्रभाव अल्प गर्नका लागि नियमित साधना गर्नु नै श्रेयस्कर हुन्छ ।
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।