लुगाको गन्ध कसरी हटाउने र आफ्नो सामानको सुरक्षा कसरी गर्ने?
यो लेख बुझ्नको लागि हामी तपाईलाई निम्न लेखहरुसँग परिचित हुन सुझाव दिन्छौं :
१. प्रस्तावना (विषयप्रवेश)
लुगा तथा आफ्नो सामानहरु शरीरको धेरै नजिक हुन्छ । हाम्रो अघिल्लो लेखमा, हामीले लुगालाई गन्धको स्तरमा नकारात्मक ऊर्जाले कसरी असर गर्छ भनेर देख्यौं । वर्तमान समयमा अनिष्ट शक्तिहरु अत्यधिक कार्यरत छन् । लुगामा दुर्गन्ध ल्याएर र कालो शक्तिको सूक्ष्म आवरण सिर्जना गरेर यसले हामीलाई असर गर्छ ।
हामी मध्ये धेरैलाई यो सूक्ष्म गन्ध वा कालो आवरणको बारेमा थाहा हुँदैन, यसको कारण हाम्रो दैनिक जीवन र साधनामा बाधाहरु आउछ । हामीले साधनाबाट प्राप्त आध्यात्मिक ऊर्जा(शक्ति) बाट ७०% ऊर्जा लुगा र व्यक्तिगत सामानहरुमा यी असरहरुलाई रोक्नको लागि प्रयोग गर्नुपर्छ ।
हाम्रो लुगा अनिष्ट शक्तिद्वारा प्रभावित भएको छ कि छैन भनेर पहिचान गर्न हामी यस लेखद्वारा तपाईलाई मद्दत गर्नेछौं । हामी तपाईलाई आफ्नो चीजहरु/सामानहरु/वस्तुहरु आध्यात्मिक दृष्टिले शुद्ध गर्नको लागि र अनिष्ट शक्तिको आक्रमणहरुबाट सुरक्षित रहन के गर्न आवश्यक छ, यस सन्दर्भमा पनि मार्गदर्शन गर्नेछौं ।
नकारात्मक ऊर्जाले असर नगरेको लुगाको लागि आध्यात्मिक उपचारको पद्धतिहरु रोकथाम उपायको रुपमा उपयुक्त हुन सक्छ ।
२. आफ्नो लुगा अनिष्ट शक्तिले प्रभावित गरेको छ कि छैन भनेर कसरी पहिचान गर्ने ?
२.१ स्थूल दृष्टिले पहिचान गर्न योग्य सूत्र
यस खण्डमा स्थूल आँखाले चिन्न सकिने वस्तुहरुमा नकारात्मक ऊर्जाहरुले कसरी विभिन्न प्रकारका विकृतिहरु उत्पन्न गर्छ भन्ने विस्तृत विवरण यस खण्डमा दिइएको छ ।
लुगा जाँच गर्दा सावधान रहनुहोस् र बुद्धिका साथ निम्न स्थूल कारणहरुको सम्भावना खोज्नुहोस् :
- के मैले लुगा/सामानमा केहि खसालेंको थिए ?
- के मलाई अज्ञानवश चोट लागेको छ जसको कारण रगतको दाग बनेको छ ?
- के मैले कपडा सफ्टनर, परफ्युम (अत्तर), फरक डिटर्जेन्ट प्रयोग गरें ?
२.२ सूक्ष्म ज्ञानेन्द्रियद्वारा पहचान गर्न योग्य
सूक्ष्म-स्तरमा अनिष्ट शक्तिबाट प्रभावित लुगाहरु पहिचान गर्न, लुगाबाट कस्तो अनुभव हुन्छ भनेर जाच गर्नको लागि केही क्षण दिनु पर्दछ ।
आरम्भ गर्नु अघि प्रार्थना गर्नुहोस्:
“हे भगवान, कृपया आध्यात्मिक विश्वसँग सम्बन्धित अनुभव गर्नको लागि आउने सबै बाधाहरु हटाइ दिनुहोस् । यस अनुभवमा कुनै पनि अनिष्ट शक्तिद्वारा हस्तक्षेप गर्न नदिनुहोस् । यी लुगाहरु कालो शक्तिबाट प्रभावित छन् कि छनैन् भनेर निर्धारण गर्न मलाई मद्दत गर्नुहोस् ।”
शारीरिक, मानसिक र बौद्धिक स्तरमा हुने परिवर्तनहरुमा ध्यान दिन सकिन्छ । अनिष्ट शक्तिको केही लक्षणहरु यस प्रकार छन्:
- कसैलाई वाकवाकी महसुस हुने वा उल्टी हुने ।
- लुगा समातेको हात वा टाउको भारी हुने ।
- मनमा अनावश्यक विचार आउन थाल्छ वा मन र बुद्धि सुन्न हुन थाल्छ ।
- नामजप अथवा ईश्वर सम्बन्धी विचार बन्द हुन जान्छ ।
गन्ध, दृष्टि वा स्पर्शसँग सम्बन्धित सूक्ष्म इन्द्रियद्वारा लुगामा कालो शक्तिको अस्तित्व कसरी बुझ्ने भन्ने केही उदाहरणहरु निम्न छन् ।
सूक्ष्म-सम्वेदना | ब्रह्माण्डको सम्बन्धित मूलतत्त्व | अनुभव |
---|---|---|
सूक्ष्म गन्ध | पृथ्वीतत्त्व(Pruthvītattva) | वस्तुको ५-६ पटक गन्ध लिनुहोस् र दुर्गन्ध छ कि छैन हेर्नुहोस् । कपडाको किनार र दुबै छेउको जाच गर्नुहोस् किनकि कालो शक्तिको प्रक्षेपण यहाँबाट अधिक मात्रामा हुन्छ । शर्टको लागि बाहुलाहरु र काखीमा गन्ध लिनुहोस् । कहिले काही शर्टको मध्य भागमा पनि दुर्गन्ध आउन सक्छ ।
कालो शक्तिको तीव्रताको स्तर(हल्का, मध्यम वा तीव्र) दुर्गन्धको तीव्रताद्वारा निर्धारण गर्न सकिन्छ ।
|
सूक्ष्म–दृष्टि | तेजतत्त्व(Tējtattva) | यदि कसैमा उन्नत सूक्ष्म छमता छ भने, लुगामा हेरेर बुझ्न सकिन्छ कि लुगामा कालो शक्तिको आवरण छ । यो ज्ञान तेज तत्त्वको स्तरमा प्राप्त हुन्छ । |
सूक्ष्म–स्पर्श | वायुतत्त्व(Vāyutattva) | लुगा छोएपछि कालो शक्तिद्वारा आवेशित भएको अथवा नभएको लुगामा भिन्नता छुट्याउन सकिन्छ । उदाहरण रेशमको लुगा रेशमबाट बनेको भएपनि खस्रो लाग्ने ।
त्यसैगरी लुगालाई हतमा समातदा लुगाको वास्तविक तौलभन्दा बढी तौल छ कि छैन भनेर देख्न सकिन्छ । यदि लुगा आफ्नो वास्तविक तौल भन्दा भारी लाग्छ भने, त्यो कालो शक्तिबाट संग्रहित भएको हुन्छ । यो ज्ञान वायुतत्त्वको स्तरमा प्राप्त हुन्छ । |
३. आध्यात्मिक स्तरमा लुगा कसरी शुद्ध गर्ने ?
३.१ लुगालाई धुने
लुगा धुँदा गन्धको तीव्रता कम हुन्छ । लुगामा विद्यमान पृथ्वी तत्त्वमा आपतत्त्वको उपायले कालो शक्ति नष्ट हुन्छ ।
पहिलो चरण | दोस्रो चरण | तेस्रो चरण |
---|---|---|
लुगा भिजाउने वा धुने पानीमा ढिक्का नुन वा SSRF को धूपबाट प्राप्त विभूति मिसाउनुहोस् । यदि ढिक्का नुन उपलब्ध छैन भने सामान्य खाद्य नुन पनि प्रयोग गर्न सकिन्छ, तर उपायको प्रभावकारिता ढिक्का नुन भन्दा ३०% कम हुन सक्छ । | ईश्वरलाई र जुन पानीमा लुगा भिजाईन्छ वा धुईन्छ त्यस पानीमा विद्यमान आपतत्त्वसँग प्रार्थना गर्नुहोस् कि लुगाको कालो शक्ति नष्ट होस् र प्रत्येक लुगा शुद्ध होस् । | ईश्वरलाई र जुन पानीमा लुगा भिजाईन्छ वा धुईन्छ त्यस पानीमा विद्यमान आपतत्त्वसँग प्रार्थना गर्नुहोस् कि लुगाको कालो शक्ति नष्ट होस् र प्रत्येक लुगा शुद्ध होस् । |
अन्य केही महत्त्वपूर्ण सूत्रहरु :
- लुगा धुने पाउडर/ डिटर्जेन्ट र लुगालाई मुलायम बनाउने पदार्थ(फैब्रिक सफ्टनर) कडा गन्धको हुनु हुँदैन, किनभने त्यसमा रसायनहरुको मात्रा अधिक हुनाले त्यसमा कष्टप्रद शक्तिहरु आकर्षित हुन सक्छन् । सकेसम्म केमिकल सफ्टनरहरु प्रयोग नगर्नुहोस्, किनकि त्यसले लुगालाई मायावी सुगन्ध प्रदान गरि लुगाहरुमा अनिष्ट प्रभाव पार्छ ।
- तीव्र कष्ट भएको लुगा हल्का वा मध्यम प्रकारको कष्ट भएको लुगासँग कहिल्यै राख्नु हुँदैन । तीव्र कष्टको लुगाको कालो शक्तिले अन्य लुगाहरुलाई असर गर्न सक्छ ।
३.२ लुगा सुकाउने
घाममा सुकाउँदा कपडामा रहेको कालो शक्ति तेज तत्वको कारणले छिटो नष्ट हुन्छ ।
पहिलो चरण | दोस्रो चरण |
---|---|
सकेसम्म लामो समय सम्म बाहिर घाममा सुकाउनको लागि लुगा झुण्ड्याउनुहोस् । लुगामा विद्यमान कालो शक्ति नष्ट भएर चैतन्यले लुगा शुद्धि हुनको लागि सूर्यमा विद्यमान ईश्वरीय तत्त्वलाई हामी प्रार्थना गर्न सक्छौं । | सूर्यास्त हुनु अघि कपडा भित्र ल्याउनुहोस् किनभने सूर्यास्तपछि अनिष्ट शक्तिले कपडालाई आक्रमण गर्न सक्छ । |
केहि अन्य महत्त्वपूर्ण सूत्रहरु
- लुगा धोएपछि धेरै बेर पानीमा भिजाएर राखेमा त्यसबाट सडेको जस्तो दुर्गन्ध आउन सक्छ । तसर्थ, लुगा धोएपछि तुरुन्तै सुकाउनु पर्दछ र लुगामा अनिष्ट शक्तिहरुको आक्रमण नहोस् भनेर प्रार्थना गर्न सकिन्छ ।
- यदि लुगालाई घाममा सुकाउने ठाउँ छैन भने हामी लुगामा वायु तत्त्वको माध्यमबाट उपाय हुनको लागि प्राथना गर्न सक्छौं । झुन्डिएको लुगाको मुनि SSRF को धूप बत्ती पनि बाल्न सक्छौं ताकि धूपको धुवाँ लुगाहरुमा जान्छ ।
३.३ लुगा सुकेपछि
पहिलो चरण : कष्टको तीव्रता अनुसार लुगाको वर्गीकरण गर्नुहोस् | दोस्रो चरण : आध्यात्मिक उपाय गर्नुहोस् |
---|---|
हल्का कष्ट भएको लुगाहरु एक साथ राख्न सकिन्छ, मध्यम कष्टबाट प्रभावित लुगाहरु अर्को ठाउँमा र तीव्र कष्टबाट प्रभावित लुगाहरु छुट्टाछुट्टै राख्नुहोस् । |
>SSRF को धूपबाट प्राप्त पवित्र विभूति लुगाहरुमा लगाउन सकिन्छ । >कपडाको चारैतर्फ खाली बक्सहरु राख्नुहोस् । बन्द खाली भागमा विद्यमान आकाश तत्त्वको कारण लुगामा विद्यमान कालो शक्ति नष्ट हुन्छ(यो उदाहरणमा बक्सको खाली भाग हो ) । >लुगाको चारैतर्फ तथा लुगा भित्रपनि देवताहरुको चित्रवा नामजप पट्टि राख्नुहोस् । देवताको चित्र लुगाको त्यो भागमा राख्नुहोस् जहाँ अनिष्ट शक्तिको आक्रमण अधिक हुन्छ, उदाहरण ब्लाउजको काखिमा । कोट, सूटस, जस्ता लुगाहरु प्रायःहैंगरमा झुन्डाएर राखिन्छ । त्यस अवस्थामा हामी प्रत्येक हैंगरमा नामजप पट्टि लगाउन सक्छौं । >कहिले काहीं हामी कपडाहरु चैतन्यले सम्पूर्णतःप्रभारित स्थानमा राख्न सक्छौं । उदाहरण घरको पूजा कोठा । |
३.३.१ आध्यात्मिक उपायको लागि नामजप पट्टिहरु र देवताको चित्रहरुको प्रयोग
३.३.२ लुगा र व्यक्तिगत सामानहरुको लागि विभिन्न आध्यात्मिक उपाय पद्धतिहरुको प्रभावकारिता
निम्न तालिकाले हामीले प्रयोग गर्ने विभिन्न आध्यात्मिक उपचार विधिहरुको प्रभावकारिताको बारेमा जानकारी दिन्छ :
क्र. |
आध्यात्मिक उपायपद्धति |
आध्यात्मिक उपायको प्रभावकारिताको अवधि (दिनहरुमा) | अनिष्ट शक्ति कुन पातालसँग सम्बन्धित छ (जुन यस उपायबाट प्रभावित हुनेछ) |
---|---|---|---|
१ | घाममा व्यक्तिगत सामान राख्नुहोस् |
१५ |
३ |
२ | SSRF को अगरबत्तीबाट प्राप्त विभूति आफ्नो व्यक्तिगत सामानहरुमा लगाउनुहोस् | ८ | ३-४ |
३ | आफ्नो व्यक्तिगत सामानहरु प्रज्वलित अगरबत्तीको सम्पर्कमा राख्नुहोस् | ८ | ४ |
४ | आफ्नो व्यक्तिगत सामानहरु देवताहरुको चित्रको बीचमा राख्नुहोस् | ८ | ४ |
५ | लुगाको चारैतर्फ आध्यात्मिक उपायको बक्स लुगातर्फ मुख गरेर राख्नुहोस् | ६ | ४ |
६ | कपडा भित्र प.पू. डॉ आठवलेज्युको हस्तलिखित कागजको टुक्रा राख्नुहोस् र लुगाको वरिपरि नामजपको पट्टिको मण्डल बनाउनुहोस् | ४ | ५ |
७ | लुगामा ‘शून्य’को नामजप पट्टि लगाउनुहोस् र लुगाको वरिपरि यी नामजप पट्टीको मण्डल बनाउनुहोस् | ४ | ५ |
८ | लुगामा ‘महाशून्य’को नामजप पट्टि राख्नुहोस् र यी नामजप पट्टिहरुको मण्डल लुगाको चारैतर्फ बनाउनुहोस् | ३ | ६ |
९ | व्यक्तिगत सामानहरु प.पू. भक्तराज महाराजज्युको भजनको समीप राख्नुहोस । प.पू. भक्तराज महाराजको भजन अडियोप्लेयर
डाउनलोड
|
३ | ६ |
१० | व्यक्तिगत सामानहरु प.पू. डॉ.आठवलेज्युको मार्गदर्शन भएको क्यासेट नजिक राख्नुहोस् । प.पू. डॉ. आठवलेज्युको मार्गदर्शन अडियोप्लेयर
डाउनलोड |
३ |
६ |
११ | लुगामा ‘ॐ’ को नामजप पट्टिहरु राख्नुहोस् र लुगाको वरिपरि यी नामजप पट्टिहरुको मण्डल बनाउनुहोस् |
३ |
६ |
१२ | लुगामा ‘ॐ ॐ’को नामजप पट्टिहरु राख्नुहोस् र लुगाको वरिपरि यी नामजप पट्टिहरुको मण्डल बनाउनुहोस् (यसको स्पन्दन त्रिगुणातीत हुन्छ) |
३ |
६ |
* प.पू. भक्तराज महाराज निर्गुण स्तरका सन्त हुनु हुन्थियो । निर्गुणबाट सबै कुरा सृजना हुन सक्छ । त्यसैले उहाँबाट गाउनु भएको भजनले भाव जागृति, चैतन्य र शान्तिको अनुभूति दिन सक्छ । आकाश तत्त्वको उपाय/उपचार हुनको लागि उहाँको भजन सुन्न सुझाव दिइन्छ ।
४. दैनिक जीवनमा आचरण
माथिका सबै उपायहरु दैनिक गर्नुपर्छ । प्रत्येक दिन नुहाउनु अघि लुगाहरु जाँच गर्नुहोस् र कष्ट मुक्त लुगा नै लगाउनुहोस् । यदि त्यस्ता कपडाहरु उपलब्ध छैन भने तपाई कम कष्ट भएको लुगा लगाउन सक्नु हुन्छ । ईश्वरीय चैतन्यले प्रभारित हुनाले पनि कपडाहरुमा कुनै पनि समय आक्रमण हुन सक्छ । त्यसैले दिनमा एक निश्चित समय पछि लुगाको गन्धलिइ राख्नु महत्त्वपूर्ण हुन्छ ।
कपडाको एक छेउमा गन्ध लिदा यदि दुर्गन्ध आयो भने कष्टको तीव्रता कम गर्न विभूति लगाउन सकिन्छ ।
५. अन्य सामानहरुको आध्यात्मिक शुद्धि
हामीले प्रयोग गर्ने अन्य कपडाहरु जस्तै नुहाउने तौलिया, ओछयान, चादर इत्यादिमा हामी समान सिद्धान्तहरु लागू गर्न सक्छौं ।
हामीले नियमित रुपमा प्रयोग गर्ने अन्य वस्तुहरु जस्तै चश्मा,घडी, गहना, काइन्यो, जुत्ता आदिलाई पनि आध्यात्मिक रुपमा शुद्ध गर्न सक्छौं:
- वस्तुलाई SSRF को अगरबत्तीको धुवाँ देखाउने
- SSRF को अगरबत्तीबाट प्राप्त विभूति लगाउनुहोस्
- प्रयोगमा नभएको बेला सामानहरुलाई बक्समा राख्नुहोस्
- वस्तुमा नामजप पट्टी राख्नुहोस्
- प्रयोग नगरेको समयमा वस्तुलाई आध्यात्मिक ग्रन्थमा राख्नुहोस्
- नियमित सामानहरुलाई घाममा राख्नुहोस्
६. कृत्रिम सुगन्ध रसायन प्रयोग नगर्नुहोस्
कपडालाई सुगन्धित बनाउनको लागि सुगन्धी रसायनको प्रयोग गर्नु हुँदैन । धेरैजसो मानिसले पसिनाबाट दुर्गन्ध नआओस् भनेर डिओडोरेन्ट (दुर्गन्ध हटाउने रसायनको) प्रयोग गर्द्छन् । तर यसको सट्टा काखिमा रसायन-रहित उत्पादनहरु प्रयोग गर्न सक्छौं ।
प्राचीन कालमा मानिस नियमित रूपमा साधना गर्दथे । त्यतिबेला सन्त र विद्वानहरुको शरीरमा आध्यात्मिक साधनाको कारण शरीरमा मीठो सुगन्ध हुन्थ्यो । कलियुगको यो वर्तमान समयमा समाजका अधिकांश व्यक्तिमा साधनाको अभावले गर्दा उनीहरुलाई कृत्रिम सुगन्ध र रसायनको आवश्यकता छ । समाजमा एकत्रित सात्त्विकता घट्दै गएपछि सात्त्विक गन्धको स्थानमा रज-तम प्रधान कृत्रिम सुगन्ध रसायनको प्रयोग गर्न थालेका छौं । यी रज-तम प्रधान सुगन्धित रसायनहरुमा अनिष्ट शक्ति आकर्षित गर्ने मायावी वा अप्राकृतिक सुगन्ध हुन्छ ।
७. निष्कर्ष
हामीले दिनहुँ प्रयोग गर्ने वस्तु र कपडामा कालो आवरणलाई नकारात्मक ऊर्जाले हाम्रो दैनिक जीवनलाई असर गर्न सक्छ । आफ्नो व्यक्तिगत वस्तुलाई आध्यात्मिक रुपमा शुद्धगरेर र उपरोक्त उपायहरु अपनाएर, हामी यी हानिकारक प्रभावहरुबाट बच्न र आध्यात्मिक साधनाबाट प्राप्त चैतन्य प्राप्त गर्ने क्षमता बढाउन सक्छौं ।