१. कर्मयोग को प्रस्तावना
कर्ममार्ग वा कर्मयोग सुन्दा सामाजिक कार्यकर्ता, दान्दाता एवं स्वयंसेवी मान्छेहरुको छवि मनमा उत्रिन्छ । बसत्वमा अधिकांश यस्तो सामाजिक अथवा स्वयंसेवी मान्छेद्वारा गरिने दान, पुण्य भावनात्मक स्तरमा अथवा प्रचार एवं प्रशिद्धिको लागि गरिन्छ । त्यसैले यो वास्तविक कर्म योग होइन ।
कोहि मान्छेहरुलाई लाग्दछन् की आफ्नो दैनिक क्रियाकलाप राम्ररी तथा ईमानदारीपूर्वक गर्नु कर्मयोग हो । तर यो पनि सत्य होइन; किनभने यसबाट व्यक्तिको अध्यात्मिक प्रगती हुदैन ।
त्यसो भए वास्तवमा कर्मको मार्ग अथवा कर्मयोग के हो ?
२. केहि मूलभूत सिद्धान्त
कर्मयोगको विषयमा विस्तृत रुपमा जान्नु भन्दा पहिला, आउनुहोस् केहि मूलभूत सिद्धान्त बुझौं ।
२.१ कर्मफल न्याय
अध्यात्मशास्त्र अनुसार, प्रत्येक कर्म अथवा कृत्यको फल हुन्छ । कर्म राम्रो तथा नराम्रो त्यस्को आधारमा फल क्रमश पुण्य अथवा पापको रुपमा मिल्दछ । साथै त्यो व्यक्ति वा त्यो कर्ममा उसको साथ दिने व्यक्तिको लेन देन हिसाबमा जम्मा हुन्छ
- राम्रो तथा नराम्रो कर्मको अनुपातमा पुण्यबाट सुख तथा पापबाट दु:ख मिल्दछ ।
- कोहि पनि आफ्नो कर्मको फालबाट बच्न सक्दैन ।
- येदि यही जन्ममा हाम्रो आफ्नो कर्मको फल भोगेनौं भने (यो अधिकतर अवस्थामा हुन्छ) तब हामीले फेरि जन्म लिएर त्यसलार्इ भोग्नु पर्दछ । यस्तो अवस्थामा जबसम्म पृथ्वी (भुलोक) मा परिस्थिथि अनुकुल हुदैन तबसम्म हामीले पर्खनुपर्दछन् । यस्को अर्थ हो, जुन व्यक्तिसँग हाम्रो लेन देनको हिसाब छ, जबसम्म उनी पृथ्वीमा आउदैन अथवा पृथ्वीको काल पनि हाम्रो आउने जीवनको लागि अनुकुल हुदैन, तब सम्म हामीले प्रतिक्ष्या गर्नु पर्दछन् । उदहारण को लागि यदि हामीले आफ्नो पाप कर्मको फल भोग्नको लागि धेरै यातना झेल्नु छ, तब हामीले जन्म लिनको लागि तबसम्म पर्खनु पर्दछन्, जबसम्म पृथ्वीमा यातनाको काल आउदैन ।
-
भारतको एउटा उच्च स्तरको सन्त आदि शंकराचार्य (८-९ शताब्दी ईसापूर्व) अनुसार धर्म त्यो हो जुन :
१. सामाजिक व्यवस्था उत्कृष्ट स्थितिमा राख्दछ
२. प्रत्येक व्यक्तिको भौतिक उन्नतिमा सहायक गर्छ, अनि
३. आध्यात्मिक क्षेत्रको प्रगतिमा पनि सहायक हुन्छ । - श्री आदि शंकराजार्यकोहिपनि आफ्नो पाप कर्मको फल भोग्न चाहदैन, तर किन व्यक्ति आफ्नो पुण्यको फल भोग्न चाहदैन ? यसको अनेक कारणहरु मध्ये एउटा हो वर्तमान अथवा भावी जीवनमा आफ्नो पुण्य कर्मको फल भोग्दा-भोग्दै हामी अगाडी अरुपनि केहि कर्म गर्दर्छौं, जुन फेरी पाप वा पुण्य कर्म बन्दछन् । यसले व्यक्तिसँग अधूरो लेन-देन को हिसाबको कारण हामी जीवन-मृत्यु को अन्तहीन चक्रमा फस्दछौं । पृथ्वीमा आजको कालमा धर्म कम भर्इरहेको छ, अधिक पापको स्तरको साथ हाम्रो जन्म हुने तथा पूरै जीवनकालमा पापार्जन गर्ने सम्भावनानै अधिक रहने हुन्छ । यस कारणले अध्यात्मिक दृस्टीले औसत व्यक्तिको जीवनमा सुख भन्दा दु:ख धेरै हुन्छ । यो कारणले हामी यस्तो स्थितिमा फसेका छौं कि जहाँ दु:ख अनन्त छन् अनि सुखको काल तथा तिव्रता तुलनात्मक रूपले थोरै छन् ।
२.२ क्रिया वा कृत्य
जुन कर्मद्वारा पुण्य अथवा पाप कमाइदैन, त्यसलाई क्रिया भनिन्छ । सामान्य रुपमा यो हाम्रो उद्देश्य बिना वा इच्छाबिनाको कर्म हुन्छन् जस्तै आँखा झिम्काउने, हाच्छिउं गर्नु आदि ।
२.३ कर्म
‘कर्म’ शब्दको अर्थ हो उद्देश्यपूर्ण कृत्य वा कार्य गर्ने । यो ध्यानमा राख्नुहोस् कि कृत्य वा कार्य मात्र शारीरिक क्रिया जस्तै हिड्नु, बोल्नु, हास्नु आदि सम्म मात्र सिमित हुदैन तथापी यसमा पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेंद्रिय, मन र बुद्धिको सबै कामहरु समिलित हुन्छन् । तर अध्यात्मिक दृष्टिले कर्मको अर्थ त्यो कृत्य जसद्वारा पुण्य वा पापकर्म मिल्दछ । यस्तो काम जुन बिना उद्देश्यले गर्दछ, जस्तै बाटोमा हिड्दा कसैसँग ठोकिन्नु, यदि अगाडिको मान्छेलार्इ हानि भयो भने पनि पापर्जन हुन्छ; तथापी ८० प्रतिशत उद्देश्यमा भर पर्दछ ।
(कृपया ध्यान दिनुहोस् यहाँ प्रयुक्त कर्म शब्द प्रारब्धको अर्थमा प्रयुक्त गरिने कर्म अथवा कर्म भन्दा भिन्न छ ।)
२.४ अकर्म- कर्म
- यो अध्यात्मिक प्रगतिको उच्चतम शिखर अथवा कर्म योगको माध्यम द्वारा साध्य हुने उच्चतम स्तर हो ।
- यो केवल ८० प्रतिसत भन्दा अधिक स्तर को अध्यात्मिक दृस्टीले उन्नत मान्छेको सन्दर्भमा हुन्छ । तर कर्म अकर्म-कर्म बन्ने प्रक्रिया ८० प्रतिसत स्तरमा अरम्भ हुन्छ अनि १०० प्रतिसत स्तरमा पूर्ण हुन्छ ।
- तब स्वैचिक/ उदेश्यपूर्ण कर्म जस्तै अरुलार्इ सहायता गर्नु पनि क्रिया बन्छ ।
- इश्वरसँग एकरुप भएको अवस्थामा यी उन्नतद्वारा गरिने कर्म अकर्म-कर्म को उदहारण हो । यो अवस्थामा सुध-बुध हराउछन् (तात्पर्य यो अवस्थामा जब सबै देह जस्तै स्थूलदेह, मनोदेह, कराणदेह अथवा महाकरणदेह पनि समज़ भन्दा टाढा हुन्छ) उनको कर्मको फल उनलार्इ मिल्दैन । साथै यी उन्नत व्यक्ति इश्वरसँग यति एकरूप भइसकेको हुन्छ की उनीबाट जुन पनि कर्म हुन्छ, त्यो इश्वरको इच्छाबाट हुन्छ । त्यसैले उनको सबै कर्म अकर्म-कर्म हुन्छ ।
- यो अवस्था वा स्तर पाउन यस कारण महत्वपूर्ण छ किन कि यसपछि व्यक्ति आफ्नो कर्म फलको बन्धनबाट मुक्त हुन्छ ।
- यस प्रगत अध्यात्मिक स्तरमा व्यक्तिको आफ्नो पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि द्वारा अस्तित्व (identify) रहदैन, न केवल उनी पुण्य-पाप बाट मुक्त हुन्छ, अपितु आफ्नो पूरै प्रारब्ध एवं संचित (संग्रहीत लेन-देन को हिसाब) बाट पनि मुक्त हुन्छ । यस प्रकार उनी जन्म-मृत्यु को चक्रबाट मुक्त हुन्छ |
३. कर्म योगको परिभाषा
त्यो साधना मार्ग जसले दिशानिर्देश दिन्छ
-
माया अथवा मायाजालको अर्थ हो इश्वर द्वारा रचीएको ब्रह्माण्ड । माया द्वैत बोध गराउने ब्रह्माण्ड मान्न सक्छौं, जुन अद्वैत ब्रह्म छाएको एक कनिष्ठ सत्यको आवरण हो ।
हामी कर्म अथवा कृत्य किन गर्छौं ?
- हाम्रो कर्म अथवा कार्यले हामीलाई बन्धनमा किन बाधि दिन्छन् ?
- फलमा नफसी कर्म कसरी गर्ने?
- कुन कर्म या कार्यले हामीलार्इ मायाको बन्धनबाट मुक्ति दिन्छ, अर्थात जन्म-मृत्युको चक्र ?
- जीवन-मुक्त भएपछि पनि कर्म गरिरहनुको महत्व के हो ?
४. कर्मयोगको केहि अन्य परिभाषाहरु
- कर्म यस्तो गर्ने की जसको फल आध्यात्मिक उन्नति, मुक्ति अथवा ईश्वर-प्राप्तिको लागि होस् ।
- आफ्नो सबै कर्म, यहाँसम्म कि सांसारिक कर्म पनि यस प्रकार गर्ने कि मनमा कुनै पनि नयाँ संस्कार उत्पन्न नहोस्, जसले गर्दा यी संस्कारहरुको बन्धनबाट मुक्त होस् ।
- कुनै आसक्ति बिना धर्मको मार्ग द्वारा कर्म फलको अपेक्षा नराखी कर्म गर्ने ।
- सबै कर्म यो भावले गर्नुपर्छ की मैले होइन ; ईश्वर अथवा ब्रह्माण्ड चलाउने पराशक्ति यो सबै गरिरहेको छ, अर्थात बिना कर्तापन लिएर कर्म गर्ने । सरल शब्दमा कर्तापानको अर्थ हो ईश्वर होइन म कर्म गरी रहेको छु ।
(कसैको मनमा यो प्रश्न उठ्न सक्छ की कर्तापन छोड्यो भने लापरवाही अथवा प्रयासमा कमि हुन सक्छ; तर हामीले यो बुझ्नुपर्छ की कर्मयोग अनुसार हामीले प्रयास यसरी गर्नु पर्छ की सबै हाम्रो हातमा छ; तर फलको सन्दर्भमा यहि सोच्नु पर्छ कि त्यस्मा हाम्रो वश छैन्न् ।)
५. अन्य योगमार्गहरुको साधकहरुलाई लाभ
अन्य साधना मार्ग जस्तै ध्यानयोग अथवा भक्तियोगले साधना गर्ने साधक यदि आफ्नो नियमित साधनाको साथमा कर्मयोगको आचरण गरेमा, उनीहरुलाई पनि आफ्नो साधनामा यसको लाभ हुन्छन् ।