स्वयंको विषयमा जानकारी एकत्रित गर्ने – गल्ती कसरी लेख्ने
विषयसूची
१. स्वयंको विषयमा जानकारी एकत्रित गर्न प्रस्तावना
अघिल्लो अध्यायमा, हामीले गल्तीहरुको केहि उदाहरणहरु छलफल गर्यौं र त्यसलाई कसरी वर्गीकरण गर्न सकिन्छ यो विषयमा हेर्यौं । यो अध्यायमा हामी स्वयंको बारेमा जानकारी (गल्ती) एकत्रित गर्ने तथा त्यसलाई कसरी लेख्ने यो विषयमा हेर्नछौं ।
स्वभाव दोष निर्मूलन प्रक्रिया आरम्भ गर्नको लागि गल्तीहरु जुन तपाई आफै सचेत हुनुहुन्छ अथवा अरुहरुले तपाईको सन्दर्भमा बताएका गल्तीहरु, यी सबै गल्तीहरुलाई ७ देखि १० दिनसम्म लेख्ने प्रयास गर्नुहोस् । जब अरुको गल्ती माथि विचार विमर्श चलिरहेको हुन्छ र तपाईलाई पनि भान हुन्छ कि यस्तो गल्ती मैले पनि गरि रहेको छु, त्यो गल्तीलाई पनि समावेश गर्नुहोस् । गल्ती लेखेर वास्तवमा हामी आफ्नो बारेमा जानकारी एकत्रित गरिरहेका हुन्छौं जसबाट हामी आफ्नो व्यक्तित्वको विश्लेषण गर्न सक्छौं । प्रारम्भमा हामी काहाँ गल्ती गर्दैछौं भन्ने बारे चेतना एकदम कम हुन्छ वा सचेत नै हुँदैन त्यसैले अरुको मद्दत लिन सक्छौं । १० दिनपछि कस्तो गल्तीहरु दोहरीरहेका छन् यो जान्न सक्छौं र हामीले के मा प्रयास गर्नुपर्छ यो थाहा पाउनको लागि सहाय हुन्छ ।
२. गल्ती लेख्दा स्पष्टतासँग लेख्ने
गल्ती लेख्ने समयमा यो सिक्न आवश्यक हुन्छ कि कसरी स्पष्ट र साधारण वाक्यमा लेख्ने जसले गर्दा मनलाई स्पष्ट हुन्छ कि काहाँ गल्ती भैइरहेको छ ।
स्वयंलाई बचाउनु मनको प्रवृत्ति हो । यही कारणले गर्दा मन गल्ती लुकाउने अथवा व्यक्तिलाई भ्रमित स्थितिमा राख्दछ जसले गर्दा प्रयास गर्नको लागि सहायता पाउदैन । नतिजा स्वरुप, मनले भ्रमित परिदिन्छ र मुर्ख बनाउँछ र “म सही छु” भन्ने भावनालाई सुदृढ पार्ने कोशिस गर्दछ । त्यसैले गल्ती लेख्दा जति संक्षिप्त र स्पष्टसँग लेख्छौं, त्यति नै राम्रो हुन्छ ।
आउनुहोस् अनुचित पद्धतिबाट गल्ती लेखने एउटा उदाहरण हेर्यौं ।
“आजको दिनमा अनेक यस्तो घटनाहरु घटयो जहाँ मैले आफ्नो बच्चाहरुलार्इ कराउनु पर्यो । उनीहरुले केहि कुरा पनि व्यवस्थित राखेका छैन्न् । जति समझाए पनि उनीहरु सिक्दैन्न् । आज म अलि कडा हुनु पर्यो । आनाको व्यवहार दिन-दिनै चिन्ता जनक भैरहेको छ । उनी हर समय केहि नयाँ चाहान्छिन । एउटा अभिभावकको रूपमा म सबै कुरा सन्तुलित राख्ने प्रयास गर्छु तर उसको मागहरु कम हुँदैन्न् । म दोधारमा छुँ कि यदि मैले उसको सबै मागहरु पुरा गरे भने उसलाई के प्राप्त भइरहेको छ त्यसको महत्व हुँदैन । अर्कोतर्फ, यदि मैले उसको मागहरु पुरा गरेन भने उसलाई लाग्न सक्छ कि मेरो बाबा-आमा सहयोगि हुनु हुँदैन । मलाई थाहा छ कि यो अस्थायी पल हो तर त्यो क्षण कराउनु पर्यो ।”
तपाईले याद गर्नु भयो होला यो गल्तीमा धेरै पक्षहरु उल्लेक गरिएको छ, त्यसैले यो मनको लागि बुझ्न धेरै कठिन हुन्छ । त्यसैले एक पटकमा एउटा मात्र पक्ष उल्लेख गर्ने जसको कारण चिन्ता वा चिढचिढ्पन बढाएको छ । यसमा दुईटा गल्तीहरु छन् ।
त्यसैले माथिको उदाहरणमा तल दिए अनुसार अधिक प्रभावकारी तरीकाबाट गल्ती उल्लेख गर्न सकिन्छ ।
१. जब आना (छोरी) लाई मैले आलमारी व्यवस्थित राख्नको लागि समझाउदा पनि गरिन, म क्रोधित भए ।
२. जब आना (छोरी) ले उनको लागि महंगो जुत्ता किन्नको लागि आग्रह गरिन् तब मलाई प्रतिक्रिया आयो कि हरेक पटक उसको इच्छा पूर्ति गर्यो भने उनलाई मेरो महत्व लाग्दैन र सोच्छन् कि सबैकुरा सजिलौसँग मिल्दछ ।
पहिलाको प्रसङ्गमा, के विषय हो पता लगाउनु कठिन हुन्छ । यदि बुद्धिलाई सही विषयको भान भएन भने गल्तीको विश्लेषण गर्न तथा कुनै सहयोग मिल्ने अवसर धेरै कम हुन्छ । मनलाई कुनै विशिष्ट विषय/प्रतिक्रियाको कारण वशमा राख्नको लागि, स्पष्ट रहनु महत्वपूर्ण हुन्छ । सम्पूर्ण घटनाहरुलाई स-साना गल्तीहरुमा परिवर्तित गरेर लेखनाले मन तथा बुद्धिलाई भान हुन्छ कि गल्ती काहाँ भयो । यसले गल्तीको उत्तरदायी दोषलाई राम्रोसँग पता लगाउनमा सहायता मिल्छ ।
३. स्वयंमा ध्यान केन्द्रित गरौं
कहिलेकाहि अरु प्रति प्रतिक्रिया आउदा व्यक्तिलाई लाग्छ की उबाट गल्ती भयो । तर कहि न कहि उनको मन स्वयंलाई विश्वास दिलाउनको लागि फसाउछ कि उनलाई प्रतिक्रिया आउनु उचित थियो । यस प्रकार व्यक्ति गल्ती यसरी लेखछ कि पूर्ण रुपमा अर्को व्यक्तिको गल्ती बाहिर निकालि दिन्छ । यसले व्यक्तिको ध्यान त्यो घटनामा स्वयं प्रति अन्तर्मुख हुनुको स्थानमा अरुको गल्ती माथि अधिक केन्द्रित हुन्छ ।
उदाहरण – गल्ती बहिर्मुखी तरिकाले लेखिएको जुन अरुको गल्तीमा बढी केन्द्रित हुन्छ
मेरे श्रीमान जिमी सधैं मोबाइल फोनमा हुनु हुन्छ र मलाई कहिले पनि समय दिनु हुँदैन . । आज पनि फेरि त्यही भयो । म उहाँसँग केहि विषयहरुमा चर्चा गर्न चाहन्थे र उहाँले भन्नु भयो कि उहाँलाई केहि समय लाग्छ तर उहाँ फोनमा मग्न हुनु भयो र मलाई पर्खाई राख्नु भयो । मलाई लाग्यो यो असभ्य तथा नराम्रो व्यवहार हो त्यसकारण म उहाँप्रति क्रोधित भएँ ।
उदाहरण – अधिक अन्तर्मुख भएर लेखिएको गल्ती
श्रीमानले मेरो लागि समय निकालन अपेक्षा राखे जब उहाँ आफ्नो फोनमा व्यस्त हुनुहुन्थ्यो त्यसैले म उहाँप्रति क्रोधित भए ।
तपाई देख्न सक्नु हुन्छ कि पुन: लेखिएको गल्तीले व्यक्तिलाई अधिक अन्तर्मुखी बनाउछ । यसले व्यक्तिलाई स्वयंसँग प्रश्न सोध्नमा उत्प्रेरक समान हुन्छ । व्यक्ति अगाडी दिएको निम्नलिखित पद्धतिबाट तर्क गर्न अधिक झुकाव रहन्छ ।
“ठीक छ जिमी फोनमा व्यस्त थियो तर यसले मलाई किन यति धेरै प्रभाव पर्यो ? जे भए पनि मैले उहाँलाई पूर्व सूचना दिईन । उहाँको तर्फबाट संवादमा कमी हुन सक्छ तर म क्रोधित भए यसले मेरै हानि भइरहेको छ । साथै मैले यो माने कि जुन कुरा म गर्न चाहन्थे, यो उनको कार्य भन्दा पनि महत्वपूर्ण छ । म मेरो क्रोधलाई कसरी न्यून गर्न सक्छु ?”
४. गल्ती ईमानदारीसाथ लेख्नुहोस्
गलत शब्दहरुको प्रयोग
कहिलेकाँहि हामीले पायौं कि जब साधकहरु गल्तीहरु लेख्छन्, शब्दहरु थप्छन् जसले गल्तीको गम्भीरता कम गर्दछ । उदाहरणनको लागि, एउटा व्यक्तिले आफ्नो गल्ती यस प्रकार लेखे :
“जब जोएनले मेरो सहकर्मिहरुको अगाडी मेरो अपमान गरिन तब म थोरै उदास भए र उनलाई केही कुरा भनै जस्तो लाग्यो |”
वास्तवमा उ साह्रौ दु:खी भए तर यसले उसलाई धेरै असर गर्यो भनेर स्वीकारन चाहेन । साथै वास्तवमा उ पनि जोएनलाई उसको साथीहरु अगाडि अपमानित गरेर पाठ सिकाउन चाहन्थे । त्यसैले यदि अगाडी दिएको अनुसार गल्ती लेखेको भए अझ राम्रो हुन्थ्यो ।
“जब जोएन्नीले मेरो सहकर्मिको अगाडी मेरो अपमान गरिन तब मलाई धेरै दुःख भयो र मेरो मनमा उसलाई पनि उनको साथीहरुको अगाडी अपमानित गर्ने तीव्र इच्छा उत्पन्न भयो ।”
स्वाभाव दोष प्रकृयामा संयोजन ‘थोरै’ अथवा ‘अल्प’ जस्ता शब्दहरुको प्रयोग न गर्नुनै राम्रो हुन्छ । यसले मन तथा बुद्धिलाई गलत सन्देश दिन्छ कि वास्तवमा कृति/प्रतिक्रिया त्यति नराम्रो थिएँन ।
स्वयंको दोष स्वीकारर्ने
धेरै पटक साधकलाई पनि स्वीकार गर्न कठिन हुन्छ कि उनमा केहि स्वभाव दोषहरु छ । उदाहरणको लागि, यो स्वीकार गर्न सजीलो छ, आफ्नो श्रीमान अथवा श्रीमतिप्रति क्रोध आउछ किन कि यो सामान्य कुरा हो । तर यो स्वीकार गर्न धेरै कठिन हुन्छ कि साधकलाई सत्संगमा प्रशंसा गर्दा स्वयंमा त्यस साधक प्रति ईर्ष्या वा जलन भयो । स्वाभाव दोषहरु जस्तौ आलस्य, नियोजनको कमी, लापरवाही आदिको तुलनामा ईर्ष्या, जलन, लोभ, कामवासना इत्यादि दोषहरु स्वीकार गर्न अधिक कठिन हुन्छ ।
कहिलेकाँही स्वयंको प्रतिमा बचाउन यति महत्वपूर्ण हुन्छ कि त्यस्ता गल्तीहरु भान हुदाँ पनि गल्तीहरु लेख्दैनौं ।
५. गल्ती लेख्न सजिलो बनाउन अन्य सुझावहरु
- गल्ती लेख्ने समयमा ध्यानमा राख्ने प्रमुख विशेषताहरु – गल्ती सम्क्षिप्तमा लेख्ने, स्पष्टता, सरलता र ईमानदारी सँग लेख्ने ।
- यदि दिनमा एकै गल्ती धेरै पटक भयो भने गल्ती एक पटक लेख्नुहोस्; तर त्यसको तीव्रता बुझ्नको लागि प्रत्येक चोटी त्यसको गिनती राख्नुहोस् ।
- गल्ती लेख्न नियमित प्रयास गर्नुहोस् । तपाई आफ्नो गल्ती लेख्न स्प्रेडशीट टेम्पलेट को प्रयोग गर्न सक्नु हुन्छ । वर्कशीटलाई ‘मेरो गल्ती’ भागमा, स्तम्भ B मा गल्ती लेख्नुहोस् र स्तम्भ A मा मिति लेख्नुहोस् । यो सम्पूर्ण लेख PDR (स्व.दोष.निर्मूलन) स्प्रेडशीट कसरी भर्ने यो विषयमा आधारित छ ।
- कुनै बेला ईर्ष्या अथवा अभिमानको क्षणिक विचार आउन सक्छ, तब त्यही समय लेख्नुहोस् किनभने दिन ढलेपछि गल्ती लेख्न बस्ने समयमा भुल्ने सम्भावना अधिक हुन्छ ।
- गल्ती लेख्नको लागि आफ्नो साथ सदैव केहि राख्नुहोस्, कलम र कागज वा स्मार्टफोनमा नोट लेख्ने कुनै एप |
- SSRF को सत्संगमा भाग लिनुहोस् यसले, गल्ती केलाई भनिन्छ यो बुझ्नको लागि सहायता गर्दछ, गल्ती थाहा पाउनको लागि सतर्कता कसरी बढाउने, गल्ती कसरी लेख्ने यी सबै विषयमा अधिक जानकारी प्राप्त गर्नको लागि सहायक हुन्छ ।