सद्गुरु सिरियाक वालेज्यू सन्तपद सम्मको साधनायात्रा

१. सद्गुरु सिरियाक वालेज्यूको परिचय

सद्गुरु सिरियाक वालेज्यूको साधनायात्राको यो लेखमा उहाँको जीवनको केहि यस्तो प्रसंगहरु वर्णित गरिएको छ, जसले ईश्वरप्राप्तिको लागि प्रयास गर्न साधकलाई स्फूर्ति एवं प्रेरणा मिल्नेछ । आफ्नो जीवनकालमा, बाल्यकालदेखि आजसम्म, एउटा कुरा उहाँको हृदयमा प्रिय र जीवनको केन्द्रविन्दु रहयो त्यो थियो भगवानको अस्तित्व । साधना प्रति आस्था एवं दृढताको कारण जीवनको सबै घटनाहरुलाई उहाँले साक्षीभावसँग हेर्नु हुन्थ्यो । २४ दिसंबर १९९९ मा परम पूजय डॉ. आठवलेज्यूको रूपमा उहाँलाई गुरुप्राप्ति हुने बेलासम्म उहाँले साधना गरि रहनु भयो । गुरु प्राप्ति पश्चात उहाँले साधनामा ठुलो छलांग लगाउनु भयो । यो लेखमा, उहाँको बाल्यकालदेखि, फैशन मोडेल बन्ने यात्रा, भावि श्रीमती योयासँगको भेट्, बुबा बन्नु (अनास्तासिया उहाँको १० वर्षको छोरी), साधनाको आरम्भ र अन्तमा ईश्वरीय कार्यको लागि सम्पूर्ण जीवन समर्पित गर्नु एवं त्यसपछि सन्तपदमा विराजित हुनु आदि सबै विषयहरुको उल्लेख गरिएको छ |

उहाँको बारेमा एउटा विशेष कुरा यो हो कि उहाँले यो भूलोकमा उच्च स्वर्गलोकबाट जन्म लिनु भएको हो । जन्मको समय उहाँको आध्यात्मिक स्तर ५० प्रतिशत थियो । कालान्तरमा उहाँको आध्यात्मिक स्तर ४० प्रतिशत हुन पुग्यो । (उच्च लोकबाट जन्मिने सबैको साथ यस्तैनै हुन्छ; किनभने उनीहरुले आफ्नो प्रारब्ध भोग्नुपर्छ । तर पूर्वजन्मको साधनाको कारण यस्तो जीवहरु तीव्र आध्यात्मिक उन्नति गरेर अगाडी बढ्न सक्छन् ।) त्यसैले सद्गुरु सिरियाकज्यूमा धेरै ईश्वरीय गुणहरु छन् । जन्म देखिनै उहाँको स्वाभाव मायाले भरिको हुनाले अरु व्यक्तिहरु उहाँसँग नजिक महसुस गर्दथे । आध्यात्मिक उन्नतिको लागि प्रयास गर्ने विश्वको सबै साधकहरुको लागि उहाँ केहि वर्षदेखि आधार बन्नु भएको छ । यो लेख संकलित गर्ने समय (नोभेम्बर २०१४) मा सद्गुरु सिरियाकज्यूको आध्यात्मिक स्तर ७३% भैसकेको थियो ।

२. बाल्यावस्थाको दिन

सद्गुरु सिरियाक वालेज्यूको जन्म १९७१ मा फ्रांसमा भएको थियो । सानो छँदा पनि उहाँको झुकाव अध्यात्मतर्फ थियो । उहाँको आमा सम्झिनुहुन्छ जब सद्गुरु सिरियाक वाले ५ देखि ७ वर्षको हुनु हुनुहुन्थ्यो, अध्यात्मशास्त्रको बारेमा उहाँले धेरै प्रश्नहरु सोध्नु हुन्थ्यो । ईश्वरको बारेमा जान्न उहाँमा जन्मजात तृष्णा थियो । धेरै पटक बगैंचामा खेल्ने समय ठूलो स्वरमा भन्नु हुन्थ्यो, ‘म भगवानसँग छु |’

सद्गुरु सिरियाक वालेज्यूलाई बाल्यकाल देखिनै आफ्नो बारेमा दृष्टान्त हुने गर्दथ्यो । यसको कारण उहाँले बुझ्न सक्नु हुँदैन थियो । तर उहाँको मनमा यस विषयमा बारमबार बिचार आइरहन्थ्यो त्यसैले उहाँले यसको स्पष्टीकरण खोज्न थाल्नु भयो । ७ वर्षको अवस्थामा उहाँलाई एउटा यस्तो दृष्टान्त भयो, जसमा सद्गुरु सिरियाक वालेज्यूलाई महसुस भयो कि यो युग साधनाको दृष्टिले अधिक महत्त्वपूर्ण छ र यो अत्यन्त महत्वपूर्ण छ कि उहाँ यो समय एउटा उच्च उद्देश्यको लागि जन्म लिनुभएको छ ।

१०-१२ वर्षको अवस्थामा सद्गुरु सिरियाक वालेज्यू विद्यालयको चर्चमा गएर प्राय प्रार्थना गर्नुहुन्थ्यो । एक पटक उहाँले भन्नु भयो, “मैले अचानक अत्यधिक शान्तिको अनुभव गरें जस्तो कि मेरो वरिपरिको बस्तुहरुको महत्व हरायो । यस पश्चात धेरै घण्टासम्म मलाई अधिक शान्ति महसुस भयो र मलाई त्यो क्षण भोक एवं तिर्खा लागेन । यस्तो शान्तिको अनुभव मैले पहिला कहिले पनि महसुस गरेको थिएन । अब पछाडी फर्केर हेर्दा प्रतीत हुन्छ कि ईश्वरको साथ आन्तरिक सान्निध्य भएर आन्नदको परिभाषा नबुझी मैले पहिलो पटक आन्नद अनुभव गरे ।”

‘‘कीशोरावस्थामा म पूर्वजन्ममाथि विश्वास गर्थे, जबकि मेरो आफ्नो धर्मले यो कुरा मानदैन थियो । खेलको रुपमा कहिलेकाँही म कुनै व्यक्तिलाई हेरेर र उहाँ पहिलाको जन्ममा को थिए भनेर कल्पना गर्ने प्रयास गर्थें”।

३. किशोरावस्था र मोडेलिंग

आफ्नो विगतका वर्षहरुमा सद्गुरु सिरियाक वालेज्यूले डिस्लेक्सिया (dyslexia) को साथ संघर्ष गर्नुपर्यो, जसको प्रभावले उहाँको विद्यालय जीवनमा पनि असर पर्यो । ७ वर्षको उमेरमा उहाँलाई जूडो सिक्ने रुचि भयो । उहाँले यसमा कौशल प्राप्त गर्नु भयो र १८ वर्षको उमेरमा ब्लैक बेल्ट प्राप्त गर्नु भयो । विभिन्न प्रतियोगिता तथा अन्तर्राष्ट्रीय प्रतियोगिताहरुमा पनि उहाँ सहभागी हुनु भयो । जब उहाँ हुर्कदै जानु भयो, उहाँले मोडेलिंग पेशा अपनाउनु भएपनि उहाँको अध्यात्मप्रति तृष्णा जारी रह्यो ।

यो उहाँको जीवनको रचनात्मक दिनहरु थिए । यी दिनहरुमा उहाँले जीवनको सबै आयामको चिन्तन गर्नु हुन्थ्यो । उहाँको मनमा कहिले संसारिक त कहिले आध्यात्मिक जीवन यस्तो दुविधा चलिरहयो । सद्गुरु सिरियाक वालेजीज्यूले महसुस गर्नुभयो कि उहाँ दुबैतर्फ आकर्षित हुनुहुन्छ । उहाँले भन्नु भयो, “लगभग २० वर्षको अवस्थामा मलाई ध्यानमा आयो कि हाम्रो वरपरको अधिकांश व्यक्ति एउटा मनुष्य जस्तो हुनुपर्छ तर यस्तो छैन । हामी आध्यात्मिक उन्नति गर्न सक्छौं । मैले देखें कि व्यक्तिहरु समस्या र पीडामा डुबेका छन् । तर मलाई महसुस भयो कि मनुष्यसँग त्यो क्षमता छ, जसले यो निराशाको स्थितिलाई अन्त गरेर आध्यात्मिक उन्नति गर्न सक्छ । मलाई आध्यात्मिक गुरु खोज्ने तिब्र इच्छा भयो । म तिब्बत एवं भारततर्फ आकर्षित भए र लामो समयदखि तिब्बती भिक्षु बनने विचार गरे ।”

जब मैले मोडेलिंग आरम्भ गरे, म २३ वर्षको थिए र मैले धेरै भ्रमणहरु गर्न थाले । म खोज्दै थिए तर आन्तरिक अनुभूति भयो कि उचित समय आउन अझै बाँकी छ । मैले विभिन्न आध्यात्मिक सम्प्रदायहरु सँग भेटे, तर मलाई छिट्टै महसुस हुन्थ्यो कि यी मेरा लागि सही मार्गहरु होइन्न् । धेरै जसो मैले कसैसँग कुरा गर्ने एक मात्र विषय अध्यात्म थियो । यसको अतिरिक्त कुनै विषयमाथि कुरा गर्ने मलाई इच्छा हुँदैन थियो र म शान्त बस्न चाहन्थे ।

‘‘धेरै पटक मलाई अन्तरज्ञानबाट मानिसहरुको मनमा के चलि राखेका छन्, वा उनीहरुले के विचार गरिरहेका छन् अथवा दैनिक जीवनमा उनीहरुले के गरे यो थाहा पाउँथे । यो कल्पना हो अथवा होइन, त्यो मलाई थाहा थिएन, तर धेरै पटक विविध व्यक्तिहरुसँग कुराकानीको क्रममा फरक शक्तिहरुको महसुस गर्दथ्ये । अध्यात्ममा म अनभिज्ञ थिए र त्यसैले मलाई जे प्रतीत हुन्थ्यो, त्यसको बारेमा भ्रमित पर्थे । धेरै पटक यी अन्तरज्ञानका भावनाहरु सत्य प्रमाणित हुन्थ्यो ।

‘‘अप्रिल १९९८ मा म जापानको टोकियो सहरमा मोडेलिंगको लागि गएको थिए । त्यही मेरो भविष्यमा हुने पत्नी योयासँग भेट भयो । जब हाम्रो भेट भयो हामीले एक अर्काको आँखामा हेर्यौं र मैले महसुस गरे की हामी एक अर्कामा विलीन भयौं । पहिला मलाई मोडेलिंग विश्वको वातावरण राम्रो लाग्दैन थियो, त्यसैले म एकलै रहने प्रयास गर्थे । तर जब मैले योयालाई भेटे, तब मलाई लाग्योकि पहिलो पटक कसैले मलाई भित्रबाटनै बुझ्न सक्छ । यसले मलाई आश्चर्य चकित तुल्यायो र त्यही समय म अत्यन्त भावुक भए । भोलिपल्ट म बगाईचामा हिड्न गएँ । त्यहाँ मैले योयालाई देखें जो खुशी थिइन् र एक्लै नाच्दै थिइन् । मेरो अंतःचक्षु बाट मैले देखे कि माथिबाट पहेलो प्रकाश आइरहेको छ र उसलाई (योयालाई) सानो चमकीलो कणहरुले लपेटि रहेको छ ।”

योया र सद्गुरु सिरियाकमा प्रस्थापित सम्बन्ध शीघ्रनै आध्यात्मिक स्तरमा परिवर्तित भयो । योया सुन्न र बोल्न सकनु हुन्न थियो तर उसलाई भेटेर सद्गुरु सिरियाकज्यूको मनमा कुनै प्रश्न आएन । धेरै व्यक्तिहरुले अशक्तलाई आफ्नो जीवनसाथी चुनदैनन् । तर सद्गुरु सिरियाकज्यूले महसुस गरे कि यी बाह्य सीमितताहरुले कुनै फरक पार्दैन किनकि उहाँले योयामा अत्यन्त सकारात्मक व्यक्ति देख्न सक्षम हुनुहुन्थ्यो । जब उहाँले योयालाई भेट्नु भयो तब उहाँले भन्नु भयो उहाँले बीथोभन (Beethoven) लाई सम्झिनु भयो जो सबै संगीतकारहरुमा अत्यधिक विख्यात र प्रभावी हुनुहुन्थ्यो । बीथोभनलाई लग्थ्यो कि यदि उहाँ पूर्णतः बहिरो भएको भए उहाँले अझै अधिक राम्रो संगीत बनाउनु सक्नुहुन्थ्यो । जब भित्रबाट संगीत सुन्दछ तब आत्माको संगीत सिर्जना हुन्छ । अतः सद्गुरु सिरियाकज्यूलाई दृढताले लग्दथ्यो कि योयाको बहरापन वास्तवमा उसको शक्ति हो । सुन्न असमर्थ भएको कारण नै उ अधिकाधिक ईश्वरको आन्तरिक सान्निध्यमा रहन सक्थीन र एउटा अर्थले यो उहाँको शारीरिक मर्यादा कहिले पनि भएन ।

४. साधनाको आरम्भ र कष्टको अनुभव

योयासँगको भेट एउटा सुवर्ण क्षण थियो, जसले उहाँको आध्यात्मिक यात्राको मार्ग प्रशस्त भयो । फरवरी १९९९ मा सद्गुरु सिरियाकज्यू इटलीको मिलान जानुभयो । यो समयमा योयासँग दोस्रो पटक भेट्नुभयो । सद्गुरु सिरियाक सम्झना गर्नुहुन्छ, “त्यो बिहान, योया सँग भेट्नु भन्दा पहिला मलाई एउटा अभूतपूर्व अनुभव भयो । म नुहाउॅंदै थिए र म खुशी थिए र म गीत गाउँदै थिए । एक क्षणमा म भित्रबाट ‘से मारिया’, यस्तो एउटा आवाज तीन पटक आयो । म स्तब्ध भएर उभिए र मेरो रैं खडा भयो । म धेरै अलमल्लमा परें किनकि मलाई लाग्यो कि त्यो मैले बोलेको होइन ।

“यो दिन अपरान्ह मैले योयालाई उनको एजेन्सीमा भेटें । त्यसपछि साँझ म उनी र उनकी आमा ड्रगानासॅंग उनीहरुको घरमा गए र पुन: अध्यात्ममाथि चर्चा गर्न थाल्यौं । ड्रगाना र योयाले त्यतिखेर साधना आरम्भ गरिसकेका थिए, त्यसैले उनीहरुले मलाई नामजपको बारेमा बताए । त्यही दिन बिहानै मैले स्नानको समय फ्रेंच भाषामा मदर मेरीको नामजप गरेको थिए, यसको स्मरण भएर मलाई आश्चर्य लागो । मलाई स्मरण छ कि ड्रगाना मलाई अध्यात्मशास्त्रको केहि बिन्दु भन्दै हुनुहुन्थयो । मलाई लागो कि त्यो बुधाहरुले मलाई भित्रै देखि हानी रहेका छन् र म भित्रै देखि रोए । म आफ्नो देहको जागरूकता पनि गुमाउँदै थिए ।

‘‘मैले तुरुन्तै नामजप आरम्भ गरे । मलाई सम्झना छ कि म केहि दिनको लागि बाहिर गएको थिए र त्यो समय मेरो नामजप निरन्तर चलिरहेको थियो । जब म फर्के मैले योया र उसको आमालाई रातिको भोजनको लागि एउटा रेस्टुरेन्टमा आमन्त्रित गरें । ड्रगाना मेरो दायाँ तिर बस्नु भएको थियो । ड्रगानालाई बेचैनी लाग्न थाल्यो । उहाँलाई प्रतीत भयोकि मेरो वरिपरि कष्टप्रद विद्युतीय प्रवाहले धेरेको छ । उहाँले मेरो दाहिने काँधलाई स्पर्श गर्ने प्रयास गर्नु भयो र अचानक जलेको जस्तो अनुभव भयो र उहाँ स्तब्ध हुनु भयो । उहाँलाई केहि त विचित्र हुँदै छ, यस्तो भान भयो । त्यसपछि उहाँले मेरो निधारदेखि १० सेन्टीमिटरको दूरीमा आफ्नो हात राख्नु भयो । पछि उहाँले मलाई भनिन् कि उनले मेरो निधारमा हात राखेको कारण उहाँलाई पनि थाहा छैन ।

“तर मेरो लागि त्यो समयमा अवर्णनीय क्रोध आयो । म टेबलबाट उठेर स्नानगृहमा गए । मलाई यति धेरै क्रोध आयो कि मलाई लग्यो कि म स्नानगृहको ऐना फुटाई दिउँ । पछि मलाई थाहा भयो कि म आध्यात्मिक रूपले मेरो मृत पूर्खाको सूक्ष्मदेहबाट प्रभावित छु । क्रोधको यो अनौंठो अनुभवले मलाई कष्टसँग लडनको लागि मेरो संकल्पलाई अझ दृढ बनायो । (यो अनुभव सद्गुरु सिरियाक वालेज्यूसँग सम्बन्धित पूर्वको प्रकरण अध्ययन मा वर्णित छ – सम्पादक)

‘‘रेस्टुरेन्टमा भएको घटनाको दुई-तीन दिनपछि म योयाको साथ उसको घर गए । ड्रगानाले भन्नु भयो कि उहाँले परम पूजनीय डॉ. आठवलेज्यूसँग मेरो क्रोध र जुन घटित भयो त्यो घटनासँग सम्बन्धित विषयमा सोध्नु भयो । परम पूजनीय डॉ. आठवलेज्यूले ज्वाफ दिनुभयो कि मेरो कष्टको कारण मेरो मृत पूर्खाको सूक्ष्मदेहको कारण हो र यो कष्टलाई समाप्त गर्नको लागि मैले श्री दत्तात्रेय देवताको नामजप गर्न आवश्यक छ” ।

सद्गुरु सिरियाक वालेज्यूको जीवनमा भएको यो सर्वाधिक महत्त्वपूर्ण अनुभूति थियो । यसले उहाँको श्रद्धा बढन थाल्यो र उहाँ साधनापथमा अग्रसर हुन थाल्नु भयो । त्यसपछि वर्ष २००१ मा डॉ. आठवलेज्यूको परामर्श अनुसार सद्गुरु सिरियाक वालेज्यूको कष्टको लागि मुंबईको एकजाना सन्त पूजनीय जोशीबाबाले आध्यात्मिक उपचार हेतु मार्गदर्शन दिनु भयो ।

५. प्रथम भारत दर्शन र विवाह

वर्ष १९९९ मा सद्गुरु सिरियाक वालेज्यू पहिलो पटक भारत जानुभयो । उहाँलाई यो दिनको स्पष्ट स्मरण छ । “दिसंबर १९९९ मा म योया र उसको आमाको साथ पहिलो पटक भारत गए । हामीले त्यहाँ गएर विवाह गर्नको लागि पहिलानै सोधि सकेका थियौं ।

‘‘२५ दिसंबर १९९९ मा मैले परम पूजनीय डॉ. आठवलेज्यूलाई मेरो विवाहको लागि आमन्त्रित गर्नु थियो । म उहाँको कोठामा गए र उहाँको पवित्र चरणमा मेरो टाउको झुकाए । जब उहाँले मेरो पिठिउमा आफ्नो हात राख्नुभयो मेरो पूरा शरीर कापन थाल्यो, केहि सेकेण्डपछि सबै प्रकाशको एउटा गोला समान भयो र केहि मीनेटसम्म मलाई केहि  देखाई दिएन । परम पूजनीय डॉ. आठवलेज्यूले भन्नु भयो, म तिमिलाई नयाँ जीवन दिन्छु ! त्यसपछि परम पूजनीय डॉक्टरज्यूसँग पहिलो पटक भेट हुँदाखेरिको विलक्षण अनुभवको कारणले मेरो भाव जागृत भयो र भावाश्रु बहन थाल्यो ।

‘‘हामीले परम पूजनीय डॉ. आठवलेज्यूको धेरै सत्संग प्राप्त गर्यौं । त्यो सत्संग कति लामो हुन्थ्यो त्यसको मलाई भान पनि हुँदैन थियो । कुनै बेला त के भनि रहनु भएको छ, म त त्यो पनि बुझदिन थिए र कुनै बेला मृत पूर्खाजको कष्टको कारण म उहाँतर्फ हेर्न सक्दिन थिए अथवा उहाँलाई हेर्दा केहि धमिलो देखिन्थ्यो”।

‘‘वैदिक परम्परानुसार मेरो र योयाको विवाह २५ दिसंबर १९९९ मा भयो । वैदिक विधिको समयमा हामी दुवैलाई धेरै अनुभूतिहरु भए, जसले गर्दा हामीलाई भान भयोकि हाम्रो सम्बध पूर्णतः आध्यात्मिक स्तरको थियो । हामी साधनाको लागि विवाहबद्ध भएका हौं, यो कुराको ध्यान राख्नाले जे भै रहेको छ त्यो पनि साधनानै हो यो समझनमा सहायता मिल्यो । धेरै पटक मलाई भान हुन्थ्योकि योयाको व्यक्तित्व मेरो विपरीत भएको हुनाले उसले मलाई मेरो स्वभावदोष र अहंनिर्मूलनको लागि सहायता गरिरहेको छ”।

६. भारत फर्किनु र सन्तद्वारा आध्यात्मिक उपचार गर्नु

फरवरी २००१ मा सद्गुरु सिरियाकज्यू र श्रीमती योयाज्यू पुनः छः महिनाको लागि भारत आउनु भयो । यो समय सद्गुरु सिरियाकज्यूलाई पूर्खाको कष्टको कारण पेटमा तीव्र पीडा हुन्थ्यो, जसले गर्दा उनको सबै शक्ति सकिन्थ्यो । त्यसैले परम पूजनीय डॉ. आठवलेज्यूले उहाँलाई आध्यात्मिक कष्टको निवारण गर्न सन्त परम पूजनीय जोशीबाबाकोमा पठाउनु भयो ।

“परम पूजनीय जोशीबाबाले मलाई एउटा कागजमा एउटा मन्त्र लेखेर दिनु भयो । यो कागजलाई मेरो शरीरमाथि चारैतर्फ घुमाएर त्यसलाई जलाउनु थियो । त्यसको खरानीलाई संरक्षित गरेर त्यसलाई केही तेल एवं महको साथ ग्रहण गर्नु थियो । कागजलाई केहि पटक मेरो शरीरको चारैतर्फ घूमाएपछि, जलाउदा पनि कागज जलदैन थियो । उनीहरुले एउटा कागज माथि मन्त्र पनि लेख्नु भयो र त्यसलाई ताबीज (amulets) मा बन्द गरेर रातो धागोले मेरो पेटमा बाधनको लागि भन्नु भयो”।

परम पूजनीय जोशीबाबा अंग्रेजीमा कुरा गर्न सक्नु हुँदैन थियो, तर एकपटक जब उहाँ कुनै अन्य व्यक्तिसँग कुरा गर्दै हुनु हुन्थ्यो, सद्गुरु सिरियाकज्यूलाई लाग्योकि उहाँ उनिसँग कुरा गर्दै हुनुहुन्छ, “जीवनमा कुनै कठिन परिस्थितिहरुको सामना गर्नुपर्दा  वा जीवनमा जे भएपनि डराउनु हुँदैन, नामजप गरिरहनुहोस्; किनकि नामजप सबैभन्दा महत्त्वपूर्ण छ र अन्तमा नमाजप मात्र रहनेछ” । यो वाक्य सद्गुरु सिरियाकज्यूको साथमा सदैव रहयो । परम पूजनीय जोशीबाबाद्वारा दिएको ताबीज उहाँले लगभग २ वर्षसम्म लगाउनु भयो ।

एक दिन बिहान स्नान गर्ने समय सद्गुरु सिरियाकज्यूले थाहा पाउनु भयोकी उहाँको ताबीज हरायो र खोज्दा कहिॅं भेट्टाउन सकेन । यसपछि उहाँको पेटको पीडा समाप्त भयो । यो अवधिमा परम पूजनीय जोशीबाबाले देहत्याग गर्नु भयो । यसले सद्गुरु सिरियाकज्यूको मनमा परम पूजनीय डॉ. आठवलेज्यू र अन्य सन्त, जो उहाँको लागि गरिरहेका सबैप्रति कृतज्ञता भाव अझै सुदृढ बनायो ।

७. यूरोपमा साधना

यूरोप फर्किए पछि पुजनीय सिरियाकज्यूले साधनाको विविध चरणहरुलाई आफ्नो जीवनमा ल्याउने प्रयास गर्नुभयो । एउटा विवाहित व्यक्तिको रूपमा सांसारिक दायित्व निभाउने, आध्यात्मिक कष्टको सामना गर्ने र साथमा साधना जारी राख्ने आदि चुनौतिहरु उहाँको अगाडी थियो । यो स्थितिमा सद्गुरु सिरियाकज्यूले आफ्नो सुखको त्याग गरेर नम्रतापूर्वक तल उल्लेखित सेवाहरु गर्नु भयो । यसले उहाँको आध्यात्मिक उन्नति भयो ।

“वर्ष २००४ देखि योयालाई कष्ट दिने अनिष्ट शक्तिको लगभग प्रतिदिन प्रकटीकरण हुन आरम्भ भयो । उनीमा प्रविष्ट सूक्ष्म स्तरीय-मान्त्रिक हिंसक नहोस्, यसकारण कहिलेकाँही मैले योयालाई आफ्नो पुरै शक्तिले समात्नु पर्दथ्यो । यी समयहरुमा म एकै आसनमा घण्टासम्म अथवा त्यो भन्दा पनि अधिक समयको लागि दिनमा दुई – तीनपटक बस्नु पर्दथ्यो । धेरै पटक योयामा प्रविष्ट अनिष्ट शक्ति को हिंसक प्रकटीकरणपछि म अत्यधिक थकान महसुस गर्थें र कहिलेकाँही सानो तिनो चोटपटक पनि लाग्दथ्यो ।

“अनास्तासिया सानो थियो, हुनसक्छ लगभग २ वर्षकी थि । एक साँझ लगभग ७ बजे योयालाई कष्ट दिने अनिष्ट शक्तिको प्रकटीकरण सुरु भयो र मैले उसलाई समात्नु पर्यो । त्यतिखेर भोजनको समय थियो र भोकको कारण अनास्तासिया रोई रहेकी थीई । अनास्तासियालाई ध्यान दिनको लागि म योयालाई छोडन सक्दिन थिए । सहायताको लागि मैले परम पूजनीय डॉ. आठवलेज्यू र ईश्वरलाई प्रार्थना गरें । त्यही क्षण अनास्तासिया गएर आफै फ्रिज खोली । सानै हुनुको कारण यस्तो कृति पहिला कहिले पनि गरेको थिएन । उसले फ्रिजमा फेला परेको स्यान्डविच खान थालीन् । मलाई भित्र देखिनै कृतज्ञता महसुस हुन थाल्यो ।

“प्रकटीकरण समाप्त भएपछि योयालाई धेरै थकान हुन्थ्यो, जसले गर्दा उ सुत्नु अथवा ढल्किनु पर्थ्यो । मलाई पनि धेरै थकान महसुस हुन्थ्यो, तर मैले आनास्तासिया र योया दुवै जानालाई हेर्नु परेको हुनाले मैले खासै विश्राम गर्न पाउदिन थिए । धेरै पटक मलाई लाग्दथ्यो कि भगवानले मलाई मेरो दैनिक दिनचार्य गर्नको लागि उर्जा दिइरहनुभएको छ, मुख्यतह म जागिरमा जानको लागि प्रतिदिन बिहान ५-६ बजे उठ्थे र जब कामबाट घर फर्किन्थे, तब योयाको अनिष्ट शक्तिको प्रकटीकरण आरम्भ हुन्थ्यो । कहिलेकाँही प्रकटीकरणको समयम म शान्त र स्थिर हुन्थे र प्रकटीकरणपछि म प्रभावित हुन्नथे । तर कुनै बेला म स्थिर हुँदैन थिए र त्यसपछि म प्रभावित हुन्थे ।

“कहिलेकाँही प्रकटीकरणको तीव्रता अत्यधिक हुन्थ्यो र परिस्थिति कठिन हुन्थ्यो । म धेरै तीव्रताको साथ प्रार्थना गर्थे र प्रकटीकरण तरुन्त समाप्त हुन्थ्यो । मलाई महसुस भयो कि मैले आध्यात्मिक भाव र तिव्र लगनको साथ प्रार्थना गर्नको लागि प्रयास बढाउनु पर्छ ।

“केहि वर्षको लागि, २००३ देखि २००७ सम्म मैले पूर्णकालीन नोकरी गर्थे र त्यो समय सेवा थोरै हुन्थ्यो । म मुख्यता योयाको देखरेख गर्थे । २००७ सालमा परम पूज्य डाँ. आठवलेज्यूले मलाई भन्नु भयो कि कम समय खर्च हुने जागिर खोज्नको लागि ताकि  मैले सेवाको समय बढाउन सकूँ ।

“वर्ष २००७ को अन्तमा हामी एउटा नयाँ शहर, चार्ट्रसमा सर्यौं, जहाँ म नयाँ काम सुरु गर्ने थिएँ जसले मलाई अधिक खालि समय दिने थियो । २ महिनापछि मलाई त्यो जागिर ठीक लागेन र जागिर छोडने निश्चय गरे । एक साँझ म सर्बियाको साधकसँग कुरा गरिरहेको थिए, उसले सहजता सँग मलाई सोधिन : ‘तपाई किन सर्बिया आउनु हुन्न’? जब उनिले यस्तो भनिन, तब मलाई चैतन्य प्रतीत भयो र म अलमल्ल भएँ कि मलाई त्यस्तो महसुस किन भयो । मैले बैद्धिक रुपमा चिन्तन गरेकि म त्यहाँ स्थानान्तरण हुन सक्छु । ड्रगानासॅंग परामर्श लिए त्यो समय बेलग्रडमा थियो । हामीले धेरै सामानहरु बेच्यौं र सबै सामान एउटा गाडीमा राखेर हामी बेलग्रेड जानको लागि निस्क्यौं । यसको मुख्य उद्देश्य साधकको बीच बसेर आफ्नो साधनालाई बढाउनु थियो ।

‘‘अप्रिल २००८ सम्म हामी बेलग्रेडमा स्थिर भयौं र मैले प्रतिदिन ३-४ घण्टा सेवा गर्न आरम्भ गरे । कम्प्यूटरको अगाडी धेरै समयसम्म बस्न मेरो लागि कठिन भयो । जनवरी २००९ मा हामी SSRF को वार्षिक आध्यात्मिक कार्यशालाको लागि भारत गयौं । त्यसबेला पूजनीय डॉ. आठवलेज्यूले हामीलाई आश्रममा आएर बस्नको लागि भन्नु भयो । जुलाई २००९ मा हाम्रो बाँकी सामानहरु र हाम्रो गाडी साधकलाई दिएर केवल तीनओटा सूटकेस लिएर हामी भारत गयौं । पेरिस देखि हामी पहिलो पटक चार्ट्रसमा सर्दा २२ क्यूबिक मिटर ट्रकमा सामान थियो, चार्ट्रसबाट सर्बिया जाने समयमा एउटा गाडीभरि हाम्रो सामान थियो र अन्तमा सर्बिया देखि भारत जाने समयमा हामीसित केवल तीन सुटकेसको सामान मात्रै थियो !

संपादकीय टिप्पणी : अध्यात्मको एउटा वक्तव्य अनुसार तन, मन, धन, बुद्धि र अन्तमा आफ्नो सर्वस्व गुरुको पावन चरणमा अर्पित गर्दा नै खरी आध्यात्मिक उन्नति हुन्छ । सद्गुरु सिरियाकज्यूको जीवन त्याग तथा गुरुआज्ञा पालनको एउटा राम्रो उदाहरण हो ।

८. भारतमा रहेर साधना र आध्यात्मिक उन्नति

भारत आए पछि म पहिले वाराणसी गए । त्यहाँ सिरियाकज्यूलाई एउटा विलक्षण अनुभूति भयो । उहाँ गंगाजीको तटमा उभिनु भएको थियो । त्यहाँ बसेर उहाँले सूक्ष्मप्रयोग गर्नको लागि आफ्नो आँखा बन्द गर्नुभयो । वाराणसीमा उहाँ पहिलो भ्रमण भएको कारण उहाँलाई यस भूमिमा शिव पूजा गरिन्छ र त्यहाँ विख्यात काशी विश्वनाथ मन्दिर अवस्थित छ भन्ने थाहा थिएन । सूक्ष्म प्रयोगको क्रममा बिस्तारै उहाँको मन एकाग्र हुँदै गयो र उहाँलाई प्रतीत भयोकि चैतन्यको तरंग गंगा नदीबाट प्रक्षेपित भएर वातावरणमा फैली रहेको छ । उहाँले थप वर्णन गर्नुभयो, – “केहि सेकेन्डपछि मैले ध्यानस्थ शिवजीको विशाल रूप देखेँ । म आफै छक्क परे किन मैले भगवान शिवलाई देखें । मलाई लाग्योकी शिवजी अत्यन्त स्थिर र शान्ति प्रक्षेपित गरिरहनु भएको छ । मैले देखेंकि भगवान शिवको तत्त्व गंगा नदी र वाराणसीमा सक्रिय छ । मैले यो पनि महसुस गरे कि गंगाजी भारतको प्रमुख हिस्सा हुनु बाहेक भारतको जीवन स्रोत हो । यदि गंगाजी हुनु भएन भने, भारत पनि रहदैन ।”

सम्पादकीय टिप्पणी : यदि गंगाजीको महिमा विदेशीलाई थाहा हुन्छ भने, भारतीय नागरिकहरु गंगाजीलाई पवित्र पार्नको लागि सावधानीपूर्वक त्यसलाई स्वच्छ र प्रदूषणमुक्त राख्नको लागि प्रयास किन गर्दैनन् ?

 

उपर्युक्त चित्रबाट सद्गुरु सिरियाकज्यू, श्रीमती योयाज्यू र उहाँहरुको छोरी  अनास्तासिया आश्रममा ४ वर्ष बसेपछि भएको परिवर्तन स्पष्ट हुन्छ ।

सद्गुरु सिरियाकज्यू, श्रीमती योयाज्यू र उहाँहरुको छोरी अनास्तासियाको लागि भारत आउन उनिहरुको जीवनमा एक प्रकारले विलक्षण परिवर्तन थियो । पूर्णतः भिन्न संस्कृति, जीवनशैली, खान-पान इत्यादि अपनाउनु धेरै कठिन थियो । सद्गुरु सिरियाकज्यू भन्नुहुन्छ, “जब हामी भारत आयौं, यो पहिलोपटक थियो कि हामी भारतमा लामो समयददेखि निवास गरिरहेका थियौं । कामको व्यस्तताको कारण म केवल २ सप्ताहको लागि यहाँ आउँथे र जनवरी २००९ मा एकपटक म एक महिनाको लागि आए । आरम्भमा मलाई कम्प्यूटरमा लगातार बसेर सेवा गर्नमा कठिनाई हुन्थ्यो । २ महिनापछि मेरो मन अस्वस्थ हुन थाल्यो ।

‘‘आश्रममा आउने एउटा ठुलो निर्णय थियो र फरक संस्कृतिको कारण हामीले सोचेको जस्तो सजिलो थिएन । आश्रममा लगभग ३०० साधकहरु छन्, विभिन्न नियमहरु, भाषाको मर्यादा र खाना पनि फरक छ । ६ महिनापछि मलाई लाग्योकी आश्रममा जुन गतिमा सेवा गरिन्छ, त्यो गतिलाई समायोजित गर्न मेरो मनले विरोध गरि रहहेको छ । आश्रममा प्रतिदिन दिनभरि धेरै घण्टासम्म सेवा हुन्थ्यो । एक दिन पनि आइतवार (i.e like dayoff) हो, म आरम गर्छु यस्तो हुन्थेन । पहिलाको जीवनशैलीमा विभिन्न गतिविधिहरु गर्थ्यौं, त्यसैले मनलाई खाली समय वा सुविधावाला स्थितिमा रहन चाहना हुन्थ्यो ।

‘‘अहिले पछाडि फर्केर हेर्दा, म स्पष्टसँग देख्न सक्छु कि किन परम पूज्य डा. आठवलेज्यूले हामीलाई आश्रममा बोलाएर हाम्रो सांसारिक आसक्ति न्यून गर्नुभयो आश्रम जीवनसँग एकरूप हुनमा सदैव हाम्रो सहायता गर्नु भयो र साथै आश्रममा बसेर सेवा गर्नको लागि क्षमता प्रदान गर्नु भयो । मैले महसुस गरें कि हुन सक्छ हाम्रोलागि आध्यात्मिक अभ्यास (साधना) गर्न सक्ने यो नै एक मात्र मार्ग थियो ।”

बिस्तारै सद्गुरु सिरियाकज्यूलाई आश्रमसँग एकरूप हुन सम्भव हुन थाल्यो र साधनामा वृद्धि हुनको लागि उहाँले यथार्थ प्रयास पनि आरम्भ गर्नुभयो । सबै साधकलाई उहाँको साथमा निकटता प्रतीत हुन थाल्यो र केहि वर्षमा उहाँको आध्यात्मिक स्तर ६२ भयो र वर्ष २०१२ मा उहाँ ६६% प्रतिशत हुनुभयो । सत्सेवामा उहाँको दायित्व पनि बढ्न थाल्यो । आश्रमको SSRF विभाग तथा पुरै विश्वमा SSRF को गतिविधिहरुको दायित्व लिने समय उहाँमा देखाई दिएको केहि गुणहरु तल दिएका छन् ।

‘‘सद्गुरु सिरियाक वालेज्यूको व्यक्तित्व प्रेममय छ, उहाँ मेरो लागि ठुलो दाजु समान हुनु हुन्छ, उहाँलाई म मेरो सबै समस्याहरु भन्न सक्छु । उहाँबाट मलाई साधनामा सहायता पनि मिल्छ । उहाँको यो एउटा विशेष गुण यो हो की उहाँ व्यस्त हुँदा पनि मैले उहाँलाई केहि प्रस्न सोधे भने, त्यस प्रस्नलाई उहाँले कहिले पनि अनदेखी गर्नु हुँदैन थियो र मेरो समस्याको समाधान गर्नु हुन्थ्यो । उहाँले मलाई सदैव आश्वस्त गर्नु हुन्थ्योकि म मा परिवर्तन अवश्य आउनेछ र मेरो आध्यात्मिक उन्नति हुन्छ । उहाँले कुनै प्रसङ्ग अथवा दोष भन्ने समय आफ्नै उदाहरण दिनु हुन्थ्यो, जसले गर्दा अझै नजीकपन प्रतीत हुन्थ्यो । ईश्वरको प्रति उहाँको मनमा धेरै भाव छ”। – श्रीमती श्वेता क्लर्क

‘‘प्रत्येक सत्संगमा, इ-मेल अथवा प्रत्यक्ष सम्पर्क गर्दा सद्गुरु सिरियाक वालेज्यूले साधकलाई दृढ रहन, परिस्थिति स्वीकारन अथवा केहि नयाँ सिक्नको लागि उत्साहित गरेर उनीहरुको सहायता गर्नुहुन्थ्यो र साथै उनीहरुको आध्यातत्मिक उन्नतिको निस्चित गर्नुहुन्थ्यो । मैले यो कुरा कति पटक अनुभव गरेको छु । जब मलाई उत्साहको आवश्यकता हुन्छ, म सद्गुरु सिरियाक वालेजीको सहायता लिन्छु”। – श्रीमती ड्रगाना किस्लोवस्की

‘‘उहाँ सदैव साधकको कुरालाई एकाग्रतासँग सुन्नुहुन्छ र उनको सहायता गर्ने प्रयास गर्नु हुन्छ । उहाँ सेवा धेरै उत्सुकता र परिपूर्णताको साथ गर्नुहुन्छ । कुनै पनि काम उहाँ समयमानै गर्ने प्रयास गर्नुहुन्छ” । – श्रीमती योया वाले

आश्रम बाहिर पनि साधकहरुले उहाँको स्वाभाविक व्यक्तित्व एवं उहाँ निरन्तर ईश्वरको आन्तरिक सान्निध्यमा रहेको अनुभव गरे । अप्रिल २०१४ मा पुणेमा कु. भाविनी कपाडियाले आफ्नो घरमा बसेको समयमा उहाँको केहि उदाहरणहरु देख्नु भयो । “हाम्रो घरमा एउटा महिला स्वच्छता गर्नको लागि आउनुहुन्छ । कहिलेकाँही बिहानको खाजा खाएपछि पाउरोटीको टुक्राहरू टेबलको तल झर्दथ्यो । त्यो समयमा सद्गुरु सिरियाकज्यूले त्यो टुक्राहरुलाई तुरंत उठाई हाल्नु हुन्थ्यो । उहाँले यो सोच्नु हुन्न थियोकि पछि सफा गर्ने मान्छेले सफा गर्नुहुन्छ’ । यो घटनाले गर्दा हामीलाई आफ्नो गल्ती ध्यानमा आयो र हामीले यो घटनाबाट आदर्श कृत्य सिक्यौं । कहिलेकाँही मेरो बाबा सामान लिन बाहिर जानु हुन्थ्यो, तब उहाँ आउँदा सद्गुरु सिरियाकज्यूले बाबाको लागि परिवारको सदस्य जसरी ढोका खोलिदिनु हुन्थ्यो । बाबाको हातबाट झोला लिएर उहाँलाई सोध्नु हुन्थ्यो,‘तपाई थाकेर आउनु भयो होला’, र बाबाको लागि पानी ल्याइदिनु हुन्थ्यो”।

९. अनेक सन्तको सत्संगमा सद्गुरु सिरियाकज्यू

सद्गुरु सिरियाक वालेजीले धेरै सन्तहरुको सत्संग प्राप्त गुर्नु भएको छ र उहाँहरुबाट अमूल्य ज्ञान प्राप्त गर्नु भएको छ ।

१०. सत्सेवाको माध्यमबाट आध्यात्मिक उन्नति

सत्सेवाको माध्यमले पू.सिरियाक वालेज्यूको आध्यात्मिक उन्नति भयो । निरन्तर सेवारत रहनको लागि उहाँले जे प्रयासहरु गर्नु भयो, यस बारेमा उहाँले तलको अनुच्छेदमा बताउनु भएको छ ।

“वर्ष १९९९ मा जब मैले साधना सुरु गरे, त्यस समय केहि वर्षसम्म मेरो र योयाको कष्ट, साथमा कार्यालयको काम एवं आफ्नो स्वभावको कारण मैले थोरै सेवा गरें । एउटा मोडमा मलाई लागोकि यतिका वर्षहरुमा मैले साधनाको दृष्टिबाट खासै प्रयास गरेको छैन । मलाई थाहा थियोकि साधनामा हामीले तन, मन, धन र बुद्धिको त्याग गर्नुपर्छ । तन र धनको त्याग गर्न सरल थियो र मलाई महसुस भयोकि मन र बुद्धिको त्याग सेवाबाट हुन्छ । मैले सेवामा अधिक प्रयास गर्न थाले । मलाई लागोकि सेवाबाटनै मेरो आध्यात्मिक उन्नति हुन्छ । मैले सेवामा आफुलाई समर्पित गरे; किनभने सेवाबाट मलाई आफ्नो प्रगतिमा तथा स्वभावदोष, अहंनिर्मूलन एवं गुणवृद्धि गर्नमा सहायता मिल्यो । जति धेरै सेवा गर्थे, त्यतिनै मलाई आनन्द मिल्दथ्यो र मेरो भाव जागृत हुन्थ्यो ।

‘‘मलाई थाहा थियो असुरक्षा मेरो आध्यात्मिक उन्नतिमा सबै भन्दा ठुलो बाधा हो । समष्टि साधनामा यो विशेषरूपले बाधा थियो । मैले यसको लागि सबै प्रकारको प्रयासहरु गरे । मेरो मन प्रसंगहरुको समना गर्न सकोस् यसको लागि कुनै कृति कसरी उचित प्रकारले गर्न सकिन्छ, मेरो आचरण कस्तो हुनुपर्छ, अनि असुरक्षाको लागि मैले के गर्नुपर्छ, के गर्नु हुँदैन, यसमा मैले अन्तर्मूख भएर चिन्तन गरें । मैले ईश्वर तथा परम पूजनीय डॉ. आठवलेज्यूलाई निष्ठापूर्वक प्रार्थना गर्थे; किनकि म महसुस गर्थे कि यो माथि बिजय पाउन मेरो वशको कुरा होइन । यसको लागि मैले धेरै स्वयंसूचनाहरु पनि लिएँ ।

“जब मैले समष्टि साधना आरम्भ गरें मलाई केही आध्यात्मिक अनुभूतिहरु भयो । एउटा कार्यशालामा समष्टि साधना माथि प्रवचन दिने समयमा मलाई अचानक अत्यधिक आनन्दको अनुभूति भयो । यो अनुभूति यति प्रवल थियोकि मलाई भान हुन थालोकि केवल समष्टि साधना गर्नाले यस प्रकारको स्थितिको अनुभव हुन सक्छ । समष्टि साधनाको लागि आवश्यक गुण विकसित गर्नको लागि मैले प्रयासहरु गर्न थाले ।

‘‘भर्खर जब अध्यात्मप्रसारको नियोजनको लागि हाम्रो एउटा बैठक भयो त्यो समयमा पहिलो पटक मलाई तीव्र शान्तिको अनुभूति भयो । यसले समष्टि साधना गर्नको लागि मेरो तृष्णा बढ्न थालो । जसरी मलाई SSRF को माध्यमबाट प्राप्त ज्ञान र साधनाबाट लाभ भयो र दुख र कष्टमाथि विजय प्राप्त गरेपछि म प्रसन्न र आनन्दि भए । मलाई लाग्दथ्योकि सबैलाई यो ज्ञान मिल्नु पर्छ, यसलाई आफ्नो जीवनमा उतारर्नु पर्छ र यसको अनुभव सबैले गर्नुपर्छ” ।

११. सन्तपद पदमा विराजित हुनु

६०% आध्यात्मिक स्तर देखि सन्तपद सम्म पुग्नको लागि समर्पित प्रयास आवश्यक हुन्छ । सद्गुरु सिरियाक वालेजीले यो बाधा माथि पनि आफ्नो लगन र भावबाट विजय प्राप्त गर्नु भयो । उहाँ आफ्नो प्रयास यहाँ भन्दै हुनु हुन्छ, “वर्ष २०१० मा मेरो एउटा परिचित साधिकाको आध्यात्मिक स्तर ६०% घोषित भयो । मैले भिडियोमा यो विषयहरु देखे । यसमा मैले उहाँले परम पूजनीय डॉ. आठवज्यूको अस्तित्व र कृतज्ञताभाव कुन प्रकारले अनुभव गर्नु भयो, यसले मलाई भित्रबाट स्पर्श गर्यो । यो घटनाबाट मेरो मन माथि गहिरो प्रभाव पर्यो । मैले बुझ्न थालेकि म ६०% स्तरलाई अनुचित दृष्टिले हेरी रहेको छु । मैले मेरो अहंभावको कारण ६०% प्रतिशत सम्म पुग्न चाहन्थे; तर यो केवल संख्यासँग सम्बन्धित बिषय होइन । यसको सट्टा कति परम पूजनीय डॉ. आठवलेज्यू र आफू भित्रको ईश्वरलाई महसुस गर्छ र कति भाव र कृतज्ञता अनुभव गर्छ यससँग सम्बन्धित हुन्छ । मैले बुझ्न थालेकि यी सबै बुदाहरुमा म कमी छु । त्यो दिन मलाई भान भयोकि मैले अनेक वर्ष व्यर्थ गंवाए र मेरो लागि आवश्यक प्रयासमाथि मैले आफुलाई केन्द्रित गर्न आरम्भ गरे ।

“मैले सेवा बढाउने प्रयास गरें र प्रार्थना बढाए अनि प्रत्येक कार्यलाई परिपूर्णतासँग गर्न हेतु प्रयास गर्न थाले । मलाई लागोकि ईश्वर मेरो सहायता गर्दै हुनु हुन्छ र मेरो ईमानदारीता पहिला भन्दा पनि बढ्न थाल्यो ।

“आफुमा परिवर्तन ल्याउनको लागि मैले निम्न प्रयासहरु गरें :

  • स्वभावदोष निर्मूलन प्रक्रियाको लागि गम्भीरतासँग प्रयास गरें । म आफ्नो मनको कुरा सुन्दिन थिए र मनको विरुद्ध जानको लागि प्रयास गर्थे । उदाहरणको लागि मबाट कुनै गल्ती हुँदा यदि मेरो मन त्यो घटनाको समर्थन गर्दथ्यो भने, म त्यसलाई रोकनको लागि प्रयासहरु गर्थे र कुन स्वभावदोषहरुको कारण त्यो गल्ती भएको हो, खोज्ने प्रयास गर्थे । जब मसँग विभिन्न सेवाहरु हुन्थे, केही रिपोट बनाउने अथवा टेबल बनाउने, जुन क्षणमा मेरो मनले मलाई भन्थ्यो कि टेबल बनाउनु कठिन हुन्छ, म पहिला अर्को सेवा गर्दथे तब मैले जे मनले भनेको छ त्यसको विपरित गर्न थाले । म एक पटक २ घण्टा अथवा त्यो भन्दा बढी बसेर सेवा गरिरहेको थिए, मलाई विचार आयो कि विश्राम लेउ, खाजा खाउँ तब अर्को विचारले मलाई बसेर सेवा गर्न धकाल्दथ्यो । मलाई महसुस हुन्थ्यो कि यो भगवानकै हात थियो जसले मलाई बसायो र मैले सेवा जारी राखें ।
  • अहंनिर्मूलनको लागि मैले मेरो मनको प्रतिक्रियाहरु लुकाउदिन थिए, बरु उनीहरुलाई मेरो प्रतिक्रिया भन्दथे । अर्काको अगाडी मेरो छवि बनाई राख्ने प्रयास गर्दिन थिए ।
  • बिहान ५.३० बजे उठेर सेवा गर्न प्रायश्चित म लिन्थे । म आफै सँग कठोर हुन्थे र सानो-सानो गल्तीहरुको लागि मलाई पछुतो लाग्दथ्यो । ममा हडबडी गर्ने र अधीरता स्वभावदोष थियो, जसको कारण म ई-मेलमा गलत हिज्जे (spelling) लेख्थे । यस्तो सानो गल्तीको लागि पनि म प्रायश्चित लिन्थे ।
  • धेरै पटक म बिहान उठथे र सेवा आरम्भ गर्थे र मध्यरातमा सुत्न जान्थे । त्यसबेला मेरो मनले मलाई भन्दथ्यो, ‘बिहान चाँडै उठ्नुको कारण तिमी थाकिसक्यो होला, अब धेरै रति भइसक्यो सुत्न जाउ’ । त्यही समयमा अर्को विचार मनमा आउद्थ्यो र मलाई भन्थ्यो स्वयंलाई महसुस गर कस्तो लागिरहेको छ र मनको कुरा सुन्दिनथे । प्राय: मैले अनुभव गरें कि म शरीरिक रुपमा थाकेको छैन; त्यस्तो समय ढिलोसम्म बस्थे ।
  • मलाई लाग्छकि त्यो समय गम्भीरता एवं शक्तिको तरंग ममा मेरो कारणले होइन, तर कुनै उच्च शक्तिबाट आउदछ । त्यही शक्तिद्वारा मैले यो दृष्टिकोण पाए की शक्ति र गम्भीरता मलाई ईश्वर लेनै दिनु भएको हो । यो सबै उहाँको कृपालेनै भएको हो”।

सद्गुरु सिरियाक वालेज्यू भन्नु हुन्छ कि उहाँको मनमा विद्यमान ईश्वर प्रतिको प्रेमलेनै उहाँको व्यक्तिगत विकासको लागि महत्वपूर्ण जग बसाल्यो । साधनाले यसमा अझै सुधार गर्न सम्भव भयो ।

‘‘युवावस्था देखिनै मलाई लाग्थ्यो कि मैले अरुको सहायता गर्नुपर्छ र उनीहरुलाई मानसिक आधार दिनुपर्छ । म सबै चीजलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने कोशिश गर्दथे कि जे हुन्छ त्यो राम्रोको लागिनै हुन्छ । म जब सानो थिए, मेरो आमाले मलाई सिकाउनु भयोकि स्वयं भन्दा अरु व्यक्तिहरु अधिक महत्त्वपूर्ण हुन्छन् र स्वयंको खुशीमा भन्दा अरुको खुशीमा अधिक आन्नद मिल्छ । पहिला मलाई अपेक्षाहरू धेरै हुन्थ्यो र लग्थ्योकि जसले म सित राम्रो व्यवहार गर्छ, उनीहरुको साथ मैले राम्रो व्यवहार गर्नुपर्छ । साधनामा मैले अरुलाई कस्तो लाग्छ, अरुलाई बुझ्ने प्रयास गरे । यसले ध्यानमा आयोकि लगभग सबै जना कुनै बोझ अथवा पिडाले ग्रस्त छन् र सबै तिर ध्यान दिन र सहायता गर्न आवश्यक छ । मैले निष्कर्ष निकालने र अपेक्षा गर्न जस्तो स्वभावदोष अल्प गर्नको लागि ईमादारीसँग प्रयास गरे । साथमा सबैको साथ निकटता अनुभव गर्न हेतु प्रयास गरे” ।

हामी गुरुको चरणमा प्रार्थना गर्दछौं कि हामीले यो लेखबाट सिक्यौं र हाम्रो आध्यात्मिक अभ्यासमा वृद्धि गर्न सक्षम होस् ।

१२. सद्गुरुको स्तर प्राप्ति

अगस्त २०१८ को SSRF कार्यशालाको उद्घाटनको क्रममा सद्गुरु सिरियाक वालेलाई SSRF को पहिलो सद्गुरु (सद्गुरु ८०% – ८९% आध्यात्मिक स्तर भएको सन्त) घोषणा गर्यो । विश्व भरिको साधकले बाताएकि सद्गुरु सिरियाक वाले ज्यूको गुणहरु र कसरी सद्गुरुले उनीहरुलाई साधनाको यात्रामा मद्दत गरे । वातावरण आनन्द र आध्यात्मिक भावले भरिएको थियो । समारोहको एक भागको रुपमा, उहाँलाई ताजा फूलहरुले बनेको माला लगाई दिएर सम्मान गरियो । जब एक साधक सन्त वा सद्गुरु वा परातपर गुरु (९०% अथवा यस भन्दा उच्च आध्यात्मिक स्तर प्राप्त सन्त) घोषणा गरिएमा चलन अनुसार उहाँलाई मालाले सम्मान गरिन्छ । तल देखाइएको फोटोहरु समारोहका हुन्, त्यसैले सद्गुरु सिरियाक वालेज्यूले माला लगाउनु भएको छ ।

परातपर गुरुदेव डॉ. आठवलेज्यूले सद्गुरु सिरियाक वालेज्यूलाई निम्न सन्देश दिनुभयो ।

विगत १८ वर्षदेखि सिरियाक वाले SSRF को मार्गदर्शनमा आध्यात्मिक अभ्यास गरिरहेका छन् । आध्यात्मिक अभ्यासको लागि तीव्र इच्छाको कारण, सबै कुरा त्यागेर उहाँ आफ्नो परिवारकोसाथ SSRF अनुसन्धान केन्द्र र आश्रममा बस्न आउनु भएको छ । नम्रता, निर्दोषता, सिद्धान्तप्रति वफदारी, अरुको आध्यात्मिक प्रगतिको लागि तीव्र तिर्सना, र शरणागति भावको गुणहरको कारण उहाँ द्रुत गतिमा अघि बढ्नुभयो र १२ मार्च २०१३ मा सन्त बन्नुभयो ।

सिरियाकले आफ्नै उदाहरणमार्फत सिद्ध गरेका छन् कि आध्यात्मिक अभ्यास अनि ईश्वर प्राप्तिको लागि आन्तरिक तडपमा क्षेत्र, भाषा, देश, धर्म या संस्कृतिको कुनै प्रतिबन्ध हुँदैन । उहाँको उदाहरण अत्यन्त दुर्लभ छ र उहाँको ‘मोडेल’ देखि ‘सन्त’ देखि ‘सद्गुरु’ सम्मको द्रुत आध्यात्मिक यात्रा विश्वभरिका सबै साधकहरुका लागि प्रेरणा हो ।

सिरियाक SSRF को पहिलो सद्रगुरु बने, उहाँले ८०% आध्यात्मिक स्तर प्राप्त गरे ।

मलाई पक्का विश्वास छ कि सद्गुरु सिरियाक वालेको आगाडिको आध्यात्मिक प्रगति त्यति नै चाँडो हुनेछ ।

-परातपर गुरु डा. आठवले, ४ अगस्ट २०१८