जीवनको अनेक पक्षहरुमा आउने समस्याहरुको आभासी एवं मूल कारणहरुको उदाहरण यहाँ दिएको छ । यो सबै उदाहरण वास्तविक जीवनको प्रकरण हुन्, जहाँ स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (SSRF) ले पायो कि समस्याहरुको कारण आध्यात्मिक स्वरूपको छ ।
प्रायः हामी कारण गलत स्थानमा खोज्दछौं यस कारण समस्या कहीले पनि हट्दैन; किन कि समस्याको मूल कारण आध्यात्मिक स्वरूपको हुन्छ अनि केवल आध्यात्मिक स्रोतहरुले नै हटाउन सकिन्छ ।
विषयसूची
१. व्यक्ति अथवा परिवारलार्इ प्रभावित गर्ने समस्याहरु
प्रकरण अध्ययन १ : वैवाहिक समस्या
यदि कुनै दम्पति वैवाहिक समस्याको कारण निराश छ अनि स्वयं त्यसलार्इ सुल्झाउन सकिरहेको छैन भने, उनी मनोविज्ञानमा डिग्री गरेको वैवाहिक सल्लाहकारबाट सल्लाह लिन सक्छ ।
असंतुलित वैवाहिक जीवनको आध्यात्मिक कारण के हो ?
पितृदोष अर्थात मृत पूर्वज वैवाहिक जीवन असंतुलित गर्न सक्छ, जसले निराशा उत्पन्न हुन्छ । अतः निराशाको मूल कारण हो पूर्वजको सूक्ष्म-देह द्वारा उत्पन्न समस्या । यसको माध्यमबाट पूर्वज हाम्रो ध्यान आकर्षित गर्न चाहन्छ, जसले उनको मृत्युपछिको जीवनमा आउने समस्याहरु सुल्झाउन सहायताको रूपमा आध्यात्मिक दृष्टिले केही गरोस् ।
प्रकरण अध्ययन २ : छातीमा वेदना
यदि हाम्रो छातीमा वेदना छ, भने हामीलार्इ परीक्षणको लागि एउटा लामो सूची सौंपि दिन्छ, जसमा इलेक्ट्रो-कार्डियोग्राम (ईसीजी), छातीको एक्स-रे, रक्तको जांच इत्यादि हुन्छन् । यदि यी परीक्षणहरुमा केही निक्लेन भने आधुनिक वैद्य (डॉक्टर) भन्छ कि यो कार्डियाक न्यूरोसिसको प्रकरण हो अर्थात छातीको यस्तो वेदना जुन मानसिक कारणद्वारा उत्पन्न भएको हुन्छ ।
छातीमा वेदनाको मूल आध्यात्मिक कारण के हुन सक्छ ?
बार-बार छातीमा आउने यस्तो वेदना, जुन आधुनिक चिकित्सा द्वारा हटाउन सकिदैन त्यसको मूल कारण सामान्यतया आध्यात्मिक विश्वमा हुन सक्छ ।
यसको एउटा आध्यात्मिक कारण शरीरको आध्यात्मिक ऊर्जा प्रवाहमा बाधा पनि हुन सक्छ । यो बाधा सामान्यतया साधनाको अभाव वश हुन सक्छ ।
प्रकरण अध्ययन ३ : आर्थिक समस्या
आर्थिक समस्याले घेरेको कुनै व्यक्ति कर्मचारिको दुर्बल प्रदर्शनको कारण व्यवसायमा भएको ठूलो घाटालार्इ यो कारण मानेर कुनै परामर्शदाताद्वारा सहायता माग्न सक्छ ।
कर्मचारिको दुर्बल प्रदर्शनको के आध्यात्मिक कारण हुन सक्छ ?
कारखानाको परिसरमा कष्टदायी शक्तिको कारण सर्वश्रेष्ठ प्रयास पछि पनि व्यवसायमा अतार्किक (unreasonable) घाटा हुन सक्छ ।
कुनै पनि भवनमा एउटा शक्ति रहन्छ । भवन-निर्माण तथा फर्नीचर एवं उपकरण राख्ने स्थानको कारण त्यसमा नकारात्मक स्पन्दन उत्पन्न हुन सक्छ जसको परिणामस्वरूप कर्मचारिको कार्यक्षमता घट्न सक्छ एवं उनीहरु बीच अनबन हुन सक्छन् ।
प्रकरण अध्ययन ४ : लागूपदार्थको लत
केही प्रकरणमा हामी देख्छौं कि व्यक्तिलार्इ नशाको लत लाग्छ – तर त्यो नशाको लत किन बस्न जान्छ ?- व्यसनमुक्ति केन्द्र यसलार्इ निराशा अथवा व्यक्तित्त्व सम्बन्धी समस्यासँग जोडेर हेर्दछन् ।
आध्यात्मिक अनुसन्धानमा यो पाएको छ कि व्यसनको सबै प्रकरणमा, व्यसनको मूल कारण कुनै व्यसनको लिंगदेह अथवा भूतद्वारा आवेशित भएको पाएको छ ।
प्रकरण अध्ययन ५ : दुर्घटनामा एउटा सानो नानीले आफ्नो आमा-बाबा गुमाउँछ
कहीले काही हामी देख्छौं कि जीवन हाम्रो साथ अन्याय गरिरहको छन् – एउटा सानो नानी अनाथ हुन जान्छ किन कि एउटा दुर्घटनामा उनको आमा-बाबले उनलार्इ छोडेर जान्छ । लोग यस्तो घटनाको कारण जान्न चाहन्छ – यो मेरो साथ नै किन भयो ? – मैले त्यस्तो के गरेको थियो, जसले मलार्इ यस्तो मिल्यो ? अधिकांशतया हाम्रो आसपासको लोग हामीलार्इ कुनै उत्तर दिन सक्दैन । ज्यादा भन्दा ज्यादा हामी त्यस सानो नाननीलार्इ त्यस घटनाबाट बाहिर आउनमा सहायता गर्न सक्छौं अनि यो सुनिश्चित गर्न सक्छौं कि उनीलार्इ एउटा राम्रो अनाथाश्रम मिलोस् ।
हाम्रो जीवन पथ निर्धारित गर्नमा प्रारब्ध एउटा सशक्त घटक हो । यो हाम्रो जीवनको त्यो भाग हो, जुन हाम्रो बसमा हुँदैन । यहाँसम्म कि हाम्रो जीवनको सबै महत्त्वपूर्ण घटना जस्तै जन्म, मृत्यु, विवाह एवं ठूलो दुर्घटना पूर्व-निर्धारित हुन्छन् ।
कृपया पढ्नुहोस् लेख “प्रारब्ध अनि क्रियमाणकर्म के हो?”
२. समाजलार्इ प्रभावित गर्ने समस्या
प्रकरण अध्ययन ६ : पाठशालामा हिंसा
ती समस्याहरुको बारेमा के जस्ले पूरै समाज प्रभावित हुन्छ, यसको के कारण छ अनि त्यसलार्इ सुलझाउनको लागि हामी के गर्न सक्छौं ?
उदाहरणको लागि पाठशालामा हिंसाको बढ्दो घटना ! हामी यो भन्न सक्छौं कि आदर अनि सहनशीलताको अभाववश यो भर्इ रहेको छ अनि यसको अनेक उपायहरु मध्ये एउटा यो पनि हुन सक्छ हामी बालबालीकालार्इ एक-अर्कालार्इ सम्मान गर्न अनि सहनशील आचाण गर्न सिकाउने ।
सामाजिक स्तरमा जब धर्मको पतन हुन्छ तब हाम्रो बालबालीकाको आचरणमा झल्किन्छ ।
जगद्गुरु आदिशंकराचार्य ज्यूले धर्मको परिभाषित गर्दै भन्नु भएको छ, जुन निम्नलिखित तीन कार्य गर्छ :
- समाजव्यवस्था उत्तम बनाइ राख्ने
- प्रत्येक प्राणिमात्रको सांसारिक उन्नति गर्ने
- उनको पारलौकिक (आध्यात्मिक आयामको) उन्नति गर्ने
प्रकरण अध्ययन ७ : प्राकृतिक आपदाको तीव्रतामा वृद्धि
जब कुनै प्राकृतिक आपदा आउँछ, जस्तै सुनामी अथवा बाढी जसले नगरलार्इ बगाएर लैजान्छ तब हामी अनेक भौगोलिक कारणहरुलार्इ त्यसको जनक मान्छौं । भूगर्भशास्त्री अनेक वर्ष अनि करोडौं रुपए आउने प्राकृतिक आपदा जान्न अनि त्यसको रोकथाममा व्यय गर्छ, तर त्यको कुनै फार्इदा हुँदैन ।
आज जब हामी कुनै समाचार पढ्छौं/सुन्छौं, तब पूर्णतया मानवतामा भर्इ रहेको आक्रमण, प्राकृतिक आपदा, बाढी, भूकम्प अनि महामारिले भरेको रहन्छ ।
यसको बढ्दो संख्याको मुख्य कारण वास्तवमा आध्यात्मिक आयाममा हुन्छ । भौतिक घटक जस्तौ ग्रीन हाऊस गैसेसको सहभाग केवल ३० प्रतिशत छ ।
पूरै विश्वमा भर्इ रहेको रज-तम घटकको वृद्धि, हाम्रो घरमा थुप्रिएको धूलो अनि फोहर जस्तौ हो । प्राकृतिक आपदा, युद्ध अनि महामारीमा भर्इरहेको वृद्धि पृथ्वीलार्इ शुद्ध गर्ने प्रकृतिको पद्धति हो ।
प्राकृतिक आपदाको बढ्दो तीव्रता यस विषयमा हाम्रो लेखमा यसका कारणहरु विस्तृत रुपमा बताएकाछौं ।
३. सार
संक्षेपमा SSRF ले यो खोजेको छ कि हाम्रो सामान्य दैनिक जीवनमा आउने अनेक समस्याको मूल कारण आध्यात्मिक विश्वमा हुने सम्भावना अधिक छ । यो समस्या एउटा सामान्य छालामा फोका आउने देखि खराब निर्णय जसले जीवन भरी प्रभाव पारि रहनेसम्म कुनै पनि हुन सक्छ ।
हाम्रो आगामी लेखमा हामी अध्यात्मिक विश्वसँग सम्बन्धित विभिन्न समस्याहरुको मूल कारण अनि त्यसको हामीमा सम्भावित परिणाम यस विषयलार्इ सम्क्षेपमा जान्नेछौं ।