यो लेख बुझ्नको लागि, हामी तपार्इलार्इ निम्न लेखहरुसँग परिचित गर्न सिफारिस गर्छौं:
- पुण्य एवं पाप के हो?
- पापका प्रकारहरु
- पापको परिणाम
विषयसूची
१. परिचय
गलती भएपछि नराम्रो लाग्नु अनि पुन: गलती नहोस् यसको लागि प्रयत्नशील रहनु, यो मनुष्यको स्वाभाव हो । गलती भएमा एउया सानो बच्चाले पनि त्यसलार्इ बुझ्दछ अनि क्षमा माग्न सिक्दछ ।
यदि कुनै व्यक्ति गलती गर्दछ अथवा अनुचित कर्म गर्दछ तब उनलार्इ पाप लाग्दछ । हामी सबैबाट कुनै न कुनै समय पाप गर्दछन् । यस लेखमा हामी पापको प्रभाव हटाउनको लागि के गर्न सक्छन् भनेर व्याख्या गर्नेछौं ।
२. पाप कसरी हटाउने ?
भारतको एउटा उच्च स्तरको सन्त आदि शंकराचार्य (८-९ शताब्दी ईसापूर्व) अनुसार धर्म त्यो हो जुन :
१. सामाजिक व्यवस्था उत्कृष्ट स्थितिमा राख्दछ
२. प्रत्येक व्यक्तिको भौतिक उन्नतिमा सहायक गर्छ, अनि
३. आध्यात्मिक क्षेत्रको प्रगतिमा पनि सहायक हुन्छ । - श्री आदि शंकराजार्यधर्मलार्इ कडा रुपले पालन गरि, श्रद्धा अनि धैर्यको साथ ठूलो भन्दा ठूलो पाप पनि नष्ट गर्न सकिन्छ ।
हाम्रो आधारभूत स्वभावको आधार, आयु तथा अन्य कारकहरुमा धर्माचरण निर्भर गर्दछ ।
- तपस्या (उदाहरणको लागि जो हठयोगको पथ पालन गर्दछन्, उनी शरीरलार्इ अधिक समयसम्म असुविधाजनक स्थितिमा राख्दछ ।
- मन, ज्ञानेन्द्रिय, कर्मेद्रिय आदिमा नियन्त्रण राख्ने (अर्थात जति आवश्यक छ त्यति मात्र बोल्ने, यौन वासनामा नियन्त्रण राख्ने आदि)
- शरीर माथि नियन्त्रण राख्ने (उदाहणार्थ श्वासको गति आदि)
- त्याग
- आचरणमा शुद्धता आदि
धर्मको रक्षाको लागि हामीद्वारा गरिने सम्पूर्ण प्रयासहरुले पापमुक्त हुन सक्छ ।
तर वर्तमान कलियुगमा रज-तमप्रधान जीवनपद्धतिको कारण अधिकतर व्यक्तिको लागि धर्माधारित जीवनपद्धति अपनाउन एक असम्भ कुरा हुन्छ ।
पापको परिणाम हटाउन अर्को तरिका प्रायश्चित हो ।
३. प्रायश्चित के हो? ?
पापको प्रयश्चितको अर्थ हो, हामीबाट भएको गलतीको लागि अथवा अनुचित कर्मको लागि पश्चात्ताप हुनु अनि संचित पापलार्इ नष्ट गर्नको लागि उचित दण्ड लिने । पापको प्रायश्चित लिनको लागि तपश्या अनि दृढ निश्चयको आवश्यकता हुन्छ ।
प्रायश्चितको केहि लाभहरु :
- प्रायश्चित लिनाले मनुष्यको मनमा अनुचित कर्म गरेको कारण जुन अपराधी भाव उत्पन्न हुन्छ, त्यो नष्ट हुन जान्छ ।
- पापको प्रायश्चित लिनाले व्यक्ति पापको परिणामबाट मुक्त हुन जान्छ, जसले पाप आउने जीवनमा भोग्नु पर्दैन । यसले मनुष्यको सांसारिक अनि आध्यात्मिक प्रगतिको मार्गमा आउने बाधा नष्ट हुन्छ ।
- प्रायश्चितले व्यक्तिको साथ-साथ उनको वरिपरि पनि सन्तुष्टिको भावना उत्पन्न गर्दछ ।
- कसैको साथ अन्याय गरेको गलतीमा जब गलती गर्ने व्यक्तिद्वारा प्रायश्चित लिन्छ तब यो देखेर उनीद्वारा पीडित व्यक्ति (जसको साथ अन्याय भएको थियो) को मनमा अपराधी व्यक्ति प्रति जुन घृणा थियो, त्यो हटेर जान्छ अथवा नष्ट हुन्छ ।
४. प्रायश्चितको प्रकारहरु
पापको तीव्रता अनुसार पापको प्रायश्चित मन्द देखि तीव्र स्वरुपको हुन सक्छ ।
अनजानमा भएको पाप साधारणत: पश्चाताप गर्नाले अथवा सबै समक्ष बताउनाले नष्ट हुन जान्छ । तर जानी-जानी गरेको पापको लागि तीव्र स्वरुपको प्रायश्चित लिनु पर्दछ ।
प्रायश्चितको केही उदाहरणहरु हुन् :
- तीर्थ यात्राको लागि जाने
- अर्पण
- उपवास गर्ने
कुन प्रकारको पापलार्इ कुन प्रायश्चित लिनुपर्छ, यसको विस्तृत जानकारीको लागि अनेक धर्म ग्रन्थहरुमा दिएका छन् ।
५. दण्ड अनि प्रायश्चित बीचको भिन्नता – पश्चात्तापको महत्तव
दण्ड अनि प्रायश्चितमा यो भेद छ कि आफ्नो पापको प्रायश्चित गर्ने व्यक्तिलार्इ पश्चाताप हुन्छ । पापको लागि प्रायश्चित लिन व्यक्ति आफ्नो प्रतिज्ञाले बाधेको हुन्छ । उनी आफ्नो प्रतिज्ञालार्इ पूरै लगनसँग पालन गर्दछ, तदुपरांत सदाचारी बन्दछ ।
यसको विपरीत, केवल आफ्नो अपराध सबै सामुन्य बताउनाले अथवा दण्ड भोगनाले, व्यक्ति आफूले आफैलार्इ त्यस्तो गलती दोहोराउनुबाट रोक्न सक्दैन । अपराधी व्यक्ति, जो आफ्नो अपराधको लागि दण्ड भोगि रहेको छ, उनमा अधिकांशत: अन्तमा कुनै सुधार देख्दैन, किन कि न उनीमा पश्चाताप छ, न आफ्नो अपराधी कृत्यको भयानक परिणाम प्रति सर्तक छ ।
यो कुरा बुझ्न आवश्यक छ कि हाम्रो पश्चाताप गर्ने अथवा स्वीकार गर्नुको लागि पनि सीमा हुन्छ, किन कि व्यक्ति हरेक दिन गलती गर्छ अनि त्यसलार्इ स्वीकारर्ने बानी पर्दछ ।
६. नामजपको महत्तव अनि भक्ति
हामीले नामजप सम्बन्धी लेखमा स्पष्ट गरेका छौं कि नामजप गर्नाले कुन प्रकार हाम्रो अन्तरमनमा भक्ति केन्द्र बन्दछ अनि मनमा आउने बिचारलार्इ कसरी रोक्दछ ।
पहिलाको जन्महरुको पाप अनि पुण्य पनि हाम्रो अन्तर्मनमा स्रंग्रहित रहन्छन् । जुन प्रकार सूर्यले हुस्सुलार्इ हटार्इ दिन्छ अथवा बर्फलार्इ पगाली दिन्छ, त्यसरी नै नामजपले हाम्रो अन्तरमन बाट केवल अनावश्यक विचारलार्इ मात्र नष्ट गरिदिने होइन, पापलार्इ पनि नष्ट गरिदिन्छ ।
वास्तवमा जब भक्तिपूर्वक नामजप गर्दछौं, तब ती इच्छाहरु जसले पाप उत्पन्न गर्दछ सबै हटेर जान्छन् ।
७. स्वाभावदोष निर्मूलन सन्दर्भमा पापको प्रायश्चित
स्वाभावदोष निर्मूलन प्रक्रिया गर्नु यो गुरुकृपायोग अनुसार साधनाको अभिन्न हिस्सा हो । यो प्रक्रियामा प्रायश्चित लिनु एउटा यस्तो साधन हो जसले साधकको व्यष्टि तथा सामूहिक स्वरुपको गलतीको दुष्परिणाम घटाउनमा सहायता हुन्छ ।
८. सारांशमा – पाप हटाउन प्रायश्चित र साधना
इच्छा, घृणा, आसक्ति, अपेक्षा, क्रोध, लालच, अहंकार, र्इष्या आदि मूलभूत कारणले पाप हुन्छ । कुनै व्यक्तिलार्इ पाप गर्नबाट रोक्नु तब परिणामकारक हुन्छ, जब उनलार्इ पाप अनि पापको परिणाम सम्बन्धी सबै नियम राम्रोसँग थाहा हुन्छ ।
यो बुझ्न महत्तवपूर्ण छ कि दण्ड एवं प्रायश्चितले पाप गर्ने मूलभूत इच्छा नष्ट हुँदैन । तर नियमित साधना ले स्वाभावदोष एवं वासनाको निर्मूलन सम्भव हुन्छ जुन पापका कारणहरु हुन् ।