कसरी अभिवादन गर्ने– संसारभरिका अभिवादनहरुमा एक आध्यात्मिक परिप्रेक्ष्य
१. परिचय
संसारभरि जुनसुकै जात या संस्कृति भए पनि मानिसहरूले एकअर्कालाई अभिवादन गर्दछन् । संसारभरि अभिवादनको उद्देश्यमा भिन्नता हुन्छ र त्यसका कारणहरू सामान्यतया समावेश छन् :
-
अर्को व्यक्तिको उपस्थितिलाई ध्यान र स्वीकृति दिनु
-
जानीजानी कसैको उपस्थिति औपचारिक या अनौपचारिक रूपमा चिनाउनु
-
व्यक्ति या समूहहरू बीचको निकटता र सम्बन्धको प्रकार सुझाव दिने
यद्यपि, परम्परागत अभिवादनहरू संस्कृति र परिस्थिति अनुसार अत्यधिक विशिष्ट हुन्छन् र सामाजिक प्रतिष्ठा र सम्बन्धको आधारमा परिवर्तन हुन सक्छ । अभिवादन चुपचाप, सुनिने गरी या शारीरिक रूपमा व्यक्त गर्न सकिन्छ र प्रायः तिनीहरूको संयोजन समावेश हुन्छ । स्पिरिचुअल साइंस रिसर्च फाउन्डेशन (SSRF) मा हामीले आध्यात्मिक स्तरमा हामीमाथि पर्ने प्रभावलाई बुझ्नको लागि विश्वभरका प्रचलित अभिवादनका प्रकारहरूमा आध्यात्मिक अनुसन्धान गर्यौं । बृहत स्तरमा, हामीले बायोफिडब्याक मेसिनहरू प्रयोग गरेर अभिवादन आदान प्रदान गर्दा मानिसको चक्रहरूमा हुने परिवर्तनहरू बुझ्न आध्यात्मिक अनुसन्धानहरु गरेका छौं । यो विशेष गरी जबकि:
-
निश्चित मानिसहरूको संगतमा हुने वा
-
भेटघाट र अभिवादन गर्दा आँखा मिलाउने समय वा
-
कुराकानी गर्ने समय शारीरिक सम्पर्क बनाउने समय वा
-
अन्य व्यक्ति माझ जाने र छुने जस्तै अँगालो हाल्ने, उनीहरुको व्यक्तिगत आध्यात्मिक अवस्थामा निर्भर हुन्छन् । (‘आध्यात्मिक अवस्था‘ यस लेखमा पछि परिभाषित गरिएको छ ।)
२. पृष्ठभूमिको जानकारी
हामीले हाम्रो अनुसन्धानको निष्कर्ष साझा गर्नु भन्दा पहिला केहि आध्यात्मिक अवधारणाहरु उल्लेख गर्न उचित हुनेछ जुन हामीले हाम्रो अन्य लेखहरुमा विस्तारसँग चर्चा गरेका छौं । हामी सबैको आध्यात्मिक क्षमता वा आध्यात्मिक स्तरमा भिन्नता छन् । हाम्रो आध्यात्मिक स्तर उच्च वा निम्न छन् तदनुसार आध्यात्मिक आयामबाट अनिष्ट शक्तिको आक्रमणको कम वा बढी प्रभाव हुन्छन् । नतिजा रूपमा, हाम्रो आध्यात्मिक अवस्था फरक हुन सक्छन् । ‘आध्यात्मिक अवस्था’ भन्नुको तात्पर्य हो व्यक्ति कुनै अनिष्ट शक्तिहरुको कब्जामा छ या छैन भन्ने बुझिन्छ । एक निम्न आध्यात्मिक स्तर भएको व्यक्ति अनिष्ट शक्ति वा पूर्वजहरु द्वारा आविष्ट न भए पनि प्रभावित हुने आशंका धेरै हुन्छ । हाम्रो अनुसन्धानबाट यो कुरा स्पष्ट छ कि वर्तमान समयमा संसारको १/३ (एक तिहाई) मानिस अनिष्ट शक्तिबाट पीडित छन् । अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) अनुभागमा हामीले यस विषयमा विस्तृत वर्णन गरेका छौं ।
२.१ कालो शक्तिको प्रसारण
अनिष्ट शक्तिबाट आविष्ट वा नराम्रोसँग प्रभावित व्यक्तिलाई कालो शक्तिको आवरणले ढाकेको हुन्छ जसले न केवल उनीलाई तर उनको सम्पर्कमा आउने अन्य मानिसहरुलाई पनि प्रभावित गर्दछ । जागृत छैठौं इन्द्रिय युक्त व्यक्ति अनिष्ट शक्तिको नकारात्मकता अनुभव गर्न सक्छ । जुन व्यक्तिको छैठौं इन्द्रिय जागृत छ उनले कुनै पनि पीडित व्यक्तिबाट उत्सर्जित कालो शक्तिलाई स्पष्ट देखन सक्छ ।
प्रभावित गर्ने अनिष्ट शक्तिको शक्ति अनुसार कालो शक्तिको प्रभावक्षेत्र विस्तृत हुन सक्छ । जो व्यक्ति यस्तो पीडित व्यक्तिको शरीरिक सम्पर्कमा आउँदछन् उनीहरु पनि प्रभावित हुने सम्भावना बढ्दछ ।
पीडित व्यक्तिको आँखामा सिधै हेर्नाले, उसलाई छुदा, उनले बनाएको भोजन ग्रहण गर्नाले इत्यादिबाट कालो शक्ति सजिलै सर्छ । प्राय: हरेक व्यक्तिको जीवनमा कुनै न कुनै समयमा अनिष्ट शक्तिको दुष्प्रभावबाट, अथवा अनिष्ट शक्ति/ पित्रीको कारण पीडित रहन्छ ।
कालो ऊर्जा तम–प्रधान हुन्छ र यसले व्यक्तिको जीवनमा धेरै बाधाहरू उत्पन्न गर्छ, जसमा जीवनमा विभिन्न समस्याहरू र आध्यात्मिक उन्नतिमा अवरोधहरू समावेश हुन्छन् । कृपया ब्रहमाण्डका तीन सूक्ष्म तत्व – सत्व, रज र तम सम्बन्धी लेख पढनुहोस ।
साधना अथवा आध्यात्मिक उपचारबाट कालो शक्तिको आवरण न्यून गर्न सकिन्छ तर निरन्तर साधना कालो शक्तिको आवरणलाई हटानको लागि सबै भन्दा विश्वसनीय उपचार हो ।
३. विश्वभरका विभिन्न अभिवादनहरुमा आध्यात्मिक अनुसन्धान
३.१ अभिवादनको आध्यात्मिक प्रभावकारितालाई असर गर्ने कारकहरु
अभिवादन पद्धतिको आध्यात्मिक उचितता निणर्य गर्ने मुख्य कारकहरु उत्पन्न हुने आध्यात्मिक स्पन्दनहरु र व्यक्तिहरु बीचको सम्पर्कको स्तरमा आधारित हुन्छन् ।
-
रज–तम स्पन्दनहरु उत्सर्जित हुने सम्भावना भएका संसारभरका अभिवादनहरु हाम्रा लागि आध्यात्मिक रूपमा हानिकारक मानिन्छन् । हामीले यसबारे खण्ड ३.३ मा विस्तृत वर्णन गरेका छौं ।
-
रज–तम स्पन्दनहरु उत्पन्न गर्ने सम्भावना कम हुने र सात्विक कम्पनहरू आकर्षित गर्ने सम्भावना बढी हुने अभिवादनहरू हाम्रा लागि आध्यात्मिक रूपमा लाभदायक हुन्छन्।
-
शारीरिक सम्पर्क युक्त अभिवादन दुई मानिसहरु बिच सूक्ष्म ऊर्जाको संचार बढाउँछ । अधिकांश मानिसहरु नियमित साधना नगर्ने हुनाले उनीहरुमा अनिष्ट र कालो शक्तिको प्रभाव बढी हुन्छ र यसले अरुलाई पनि असर गर्न सक्छ ।
-
अर्को व्यक्तिप्रतिको साँचो प्रेम, स्नेह र सद्भाव जस्ता सात्विक विचारका साथ गरिने अभिवादनले, अभिवादनको आध्यात्मिक सकारात्मकता बढाउँछ । तर यो केवल मानसिक स्तरमा हुन्छ । जब विचारहरू आध्यात्मिक स्तरमा हुन्छन्, जस्तै “यस व्यक्तिको आध्यात्मिक उन्नति होस्” वा “म तिमी भित्रको आत्मालाई प्रणाम गर्दैछु“, तब अभिवादनको आध्यात्मिक सकारात्मकता धेरै गुणा बढ्छ ।
३.२ विशिष्ट व्यक्तिद्वारा दिएको अभिवादनको प्रभाव
समाजका मानिसहरूलाई नकारात्मक ऊर्जाले विभिन्न मात्रामा असर गर्न सक्छ । हाम्रो अध्ययनको उद्देश्यका लागि, तिनीहरूलाई निम्नानुसार वर्गीकृत गरिएको छ:
१. आविष्ट व्यक्ति : यस्तो व्यक्तिको चेतना अनिष्ट शक्तिको नियन्त्रणमा हुन्छ ।
२. पीडित व्यक्ति : नकारात्मक ऊर्जाबाट व्यक्ति केही हदसम्म प्रभावित हुन्छ तर नकारात्मक ऊर्जाले व्यक्तिको मन र बुद्धिमा नियन्त्रण गर्दैन । औसत व्यक्ति यस श्रेणी अन्तर्गत पर्दछ ।
३. सकारात्मक व्यक्ति : व्यक्ति आध्यात्मिक रूपमा सकारात्मक हुन्छ र नकारात्मक ऊर्जाबाट प्रभावित हुँदैन । यो आजको संसारमा सामान्यतया धेरै दुर्लभ छ । लगभग सबै अवस्थामा, यस्तो व्यक्ति नियमित साधना गरिरहेको हुन्छ र ६०% आध्यात्मिक स्तर भन्दा माथि हुनेछ ।
४. सन्त : ७० प्रतिशत भन्दा माथि आध्यात्मिक स्तर भएको व्यक्ति, जुन आजको युगमा अत्यन्त दुर्लभ छ ।
जब उपरोक्त प्रकारका मानिसहरु एकअर्कालाई अभिवादन गर्दा वा आपसमा अन्तरक्रिया गर्दा विभिन्न सूक्ष्म–शक्ति प्रवाहरु उत्पन्न हुन्छन् । एक अर्कालाई अभिवादन गर्ने व्यक्तिहरुको प्रकार र कुन विधिबाट गरिएको छ त्यसमा ऊर्जा स्थानान्तरण फरक हुनेछ ।
उदाहरण :
- अनिष्ट शक्तिबाट प्रभावित : यदि अनिष्ट शक्तिबाट आबिष्ट व्यक्तिले अनिष्ट शक्तिबाट प्रभावित भएको अन्य व्यक्तिलाई अँगालो मार्द्छ भने आबिष्ट व्यक्तिद्वारा अनिष्ट शक्ति सार्ने सम्भावना बढ्दछ ।
-
सकारात्मक शक्तिबाट प्रभावित : तल्लो स्तरको नकारात्मक ऊर्जाले ग्रस्त व्यक्तिले ६० प्रतिशत आध्यात्मिक स्तर भएको सकारात्मक व्यक्तिसँग हात मिलायो भने त्यस व्यक्तिमा उपचारक प्रभाव पर्न सक्छ ।
-
पीडितको साथ सन्त : यदि सन्त कुनै सामान्य स्तरमा प्रभावित व्यक्तिलाई शुभेच्छा दिनु हुन्छ भने, प्रभावित व्यक्ति उपचार भएको अनुभव गर्नेछ ।
लगभग सबै अवस्थामा, मानिसहरूले यो ऊर्जा आदानप्रदानलाई बुझ्न सक्दैनन् किनभने उनीहरूसँग यसलाई बुझ्ने सूक्ष्म क्षमता वा छैठौं इन्द्रिय छैन । जे होस्, तपाईले अर्को व्यक्तिको साथमा वा हात मिलाएपछि थकान महसुस गर्नु भएको हुन सक्छ । यसले अर्को व्यक्ति नकारात्मक रूपमा प्रभावित भएको संकेत दिन्छ ।
३.३. आध्यात्मिक अनुसन्धानको माध्यमबाट विश्वभरका अभिवादन समावेश
जब हामी अर्को व्यक्तिसँग कुराकानी गर्छौं वा अभिवादन गर्छौं, हामी त्यो व्यक्तिसँग सम्बन्धित सूक्ष्म–शक्तिहरूबाट प्रभावित हुने जोखिममा हुन्छौं । तलको तालिकाले हामीले आध्यात्मिक अनुसन्धान गरेका अभिवादनका प्रकारहरू उल्लिखित छ ।
अभिवादनको प्रकार १ |
आध्यात्मिक संकट २ |
आध्यात्मिक लाभ ३ |
---|---|---|
न्यूनतम |
उच्च |
|
ढोगनु |
अल्प–मध्यम |
अल्प |
हात मिलाउनु |
मध्यम |
शून्य |
मध्यम देखि उच्च |
शून्य |
|
चुम्बन |
उच्च |
शून्य |
टिप्पणिहरु :
१. अधिक जानकारीको लागि रेखांकित ‘अभिवादनको प्रकार’ मा हाइपरलिङ्कहरुमा क्लिक गर्नुहोस ।
२. ‘आध्यात्मिक जोखिम‘ भन्नाले, हामीले अनिष्ट आध्यात्मिक स्पन्दनहरू (जुन प्रकृतिमा हानिकारक हुन्छ), एकअर्कालाई अभिवादन गर्ने दुई मानिसहरू बीचको स्थानान्तरण र वरपरको वातावरणमा हुने जोखिमलाई बुझाउँदछ ।
३. ‘आध्यात्मिक लाभ‘ भन्नाले अभिवादनले सात्विक स्पन्दनहरु उत्पन्न गर्छ ।