अध्यात्मशास्त्र अनुसार, ईश्वरको नामजप गर्नको लागि विशेष समय र स्थानको आवश्यकता पर्दैन ।
यसको निम्न कारणहरु छन् :
जब ईश्वरले ब्रह्माण्डको सृष्टि गर्नुभयो त्यसबेला उहाँले आफुलाई प्रत्येक अंशमा समाहित गर्नु भयो । अर्को तर्फ अन्य निर्माताहरुको निर्मितिमा कुनै पनि अस्तित्व हुँदैन । उदाहरणको लागि जब एउटा कुमालेले एउटा भाँडा बनाउछ तब उनीद्वारा निर्मित भाँडामा उसको कुनै अस्तित्त्व हुँदैन ।
- ब्रह्माण्ड र समय दुवैको निर्माति ईश्वरले गर्नु भएको हो र यी दुवैमा ईश्वरीय तत्त्व सधै विद्यमान हुन्छन् । तसर्थ हामी नामजप जहिले पनि र जहाँ पनि गर्न सक्छौं र ईश्वरको अस्तित्त्व अनुभव गर्न सक्छौं ।
- हामी कुनै पनि समयमा नामजप गर्छौं, हामीलाई ईश्वरीय शक्ति प्राप्त हुन्छ ।
- एकै स्थानमा बसेर नामजप गर्नु भन्दा दैनिक कृत्य/कृयाकलाप गरिरहँदा नामजप गर्नु श्रेष्ठ हुन्छ । यस्तो भन्नुको कारण हो जब हामी सांसारिक कृयाकलापहरु गर्दै नामजप गर्छौं तब साधनामा निरन्तरता बनी रहन्छ । फलस्वरूप, निरन्तर नाम साधनाको साथमा व्यक्ति प्रत्येक परिस्थितिमा ईश्वरको आन्तरिक सान्निध्यमा रहन सक्छ ।
केहि व्यक्तिहरु भन्दछन् कि हामी बिहान चाँडै ब्रह्ममुरतमा उठ्नु पर्दछ र नामजप गर्नु पर्छ । यसको कारण हो बिहानको समय वातावरणमा सत्त्वगुण अन्य समयको तुलनामा धेरै हुन्छ र त्यो बेला नामजप गर्नु सरल हुन्छ ।
अध्यात्मशास्त्र अनुसार यो कुरा सत्य हो, तर यस्तो गर्नाले हाम्रो सत्वगुण
केवल .०००१% वृद्धि हुन्छ । अतः एउटा साधकको लागि यो उचित हुन्छ कि उ नामजपको समय र स्थान आफ्नो प्रकृति अनुसार जहिले राम्रोसँग गर्न सक्छ त्यहि समय गर्नु पर्छ । त्यसैले यदि बिहान चाँडै उठ्ने बानी छैन भने जबरजस्ती बिहानै उठ्न आवश्यक छैन |