के हामीले अपेक्षाकोसाथ प्रार्थना गर्नुपर्छ ?

उद्देश्यको आधारमा, प्रार्थना दुई प्रकारका छन् ।

. सांसारिक इच्छा पूर्ति हेतु प्रार्थना

अपेक्षाको साथ प्रथना गर्नु सर्वाधिक प्रचलित प्रकार हो । यस प्रकारको प्रार्थना कुनै सांसारिक इच्छा-पूर्तिको उद्देश्यले गरिन्छ । प्राथनाको साथ कुनै प्रकारको साधना हुनु आवश्यक छैन ।

अपेक्षाको साथ प्राथना गर्ने उदाहरणमा निम्नलिखित समावेश हुनेछन् –

  • स्थूल सांसारिक आवश्यकताहरु, जस्तै नोकरी, जीवनसाथी अथवा सन्तान आदि ।
  • सूक्ष्म सांसारिक आवश्यकताहरु जस्तै, रोगबाट मुक्ति, सुख प्राप्ति आदि ।

के हामीले अपेक्षाकोसाथ प्रार्थना गर्नुपर्छ ?

सामान्यतः आध्यात्मिक यात्रा (साधना) को प्रारम्भिक चरणमा व्यक्ति सांसारिक लाभ हेतु प्रार्थना गर्दछ । जसको प्रार्थनाहरु नियमित सुनिन्छ, उनीहरु आध्यात्मिक यात्राको प्रारम्भिक अवस्थामा हुन्छन् । किन भने आध्यात्मिक उन्नतिको अधिल्लो चरणमा व्यक्ति मात्र स्वयंको आध्यात्मिक प्रगति हेतु प्रार्थना गर्दछ, जसलाई अर्को भागमा व्याख्या गरिएको छ ।

जब हामी स्वयं अथवा अन्यको सांसारिक लाभ हेतु प्रार्थना गर्छौं, हाम्रा प्रार्थहरु स्वीकार त हुन सक्छ, तर यसले साधनाद्वारा अर्जित आध्यात्मिक ऊर्जाको अपव्यय हुन्छ । आध्यात्मिक ऊर्जा पूर्व जन्म अथवा यो जन्मको हुन सक्छ ।

केहि व्यक्ति आजीवन प्रार्थनाको उपयोग आफ्नो साधनाको माध्यमबाट निरन्तर ईश्वरको अनुकंपा प्राप्त गर्नुको अपेक्षा मात्र सांसारिक लाभ प्राप्तिको साधनको रूपमा गर्दछ । यस्तो प्रार्थनाले सर्वाधिक हानि हुन्छ किन की व्यक्ति सांसारिक कामना एवं इच्छाहरुको मोहमा बाधिन्छ र ईश्वरको इच्छा समक्ष समर्पण तथा ईश्वरमाथि श्रद्धा राख्ने, ईश्वर हाम्रो आवश्यकता अनुसार (न कि हाम्रो इच्छा अनुसार) उहाँले हामीलाई दिनुहुन्छ, यो चिन्तनतर्फ बढ्न पाउँदैन्न् ।

. सांसारिक अपेक्षा रहित प्रार्थना (आध्यात्मिक प्रगति हेतु)

यस प्रकारको प्रार्थना साधकहरु गर्दछन्, जो आफ्नो आध्यात्मिक यात्रा (साधना) प्रति गम्भीर हुन्छन् । यस्तो प्रार्थनामा पनि ईश्वरसँग विनती गरिन्छ; तर साधक अपेक्षाको साथ प्राथना गर्दैन्न् । एउटौ मात्र आशा राम्रोसँग साधना गरेर आध्यात्मिक प्रगति हेतु सामर्थ्य प्राप्तिको लागि हुन्छ । साधक आफ्नो साधनामा बाधाहरु, अहं निर्मूलन हेतु प्रार्थना गर्न सक्छ ।

के हामीले अपेक्षाकोसाथ प्रार्थना गर्नुपर्छ ?

जुन साधक निरपेक्ष अर्थात बिना कुनै सांसारिक कामना प्रार्थना गर्दछ, उनलाई दुई गुना लाभ हुन्छ; एउटा त उनको आध्यात्मिक उन्नति हुन्छ, दोस्रो उनको सांसारिक आवश्यकता पनि पूर्ति हुन्छ । यहाँ सापेक्ष (अपेक्षा सहित) प्रार्थना गर्नुको अपेक्षा निरपेक्ष प्राथनामा समर्पण भाव अधिक हुनाले उनलाई ईश्वरीय कृपा अपेक्षाकृत अधिक प्राप्त हुन्छ । साथै समर्पण भावको कारण मन, बुद्धि एवं अहंको लय हुनमा पनि सहायता मिल्दछ । यो दुवै घटक शीघ्र आध्यात्मिक प्रगतिमा सहायक हुन्छ ।

. दुई प्रकारको प्राथनाहरुमा तुलना

सकाम प्रार्थना

निष्काम प्रार्थना (आध्यात्मिक प्रगति हेतु)

  • प्रार्थना स्वीकार हुन सक्छ, यदि प्रारब्ध प्रतिकूल छैन भने ।
  • प्रार्थनाको गम्भीरता एवं व्यक्तिको आध्यात्मिक स्तरानुसार प्रार्थना सदैव स्वीकार हुन्छ ।
  • आध्यात्मिक ऊर्जाको उप्रयोग हुन्छ ।
  • आध्यात्मिक ऊर्जाको उप्रयोग हुँदैन।
  • आध्यात्मिक प्रगति हुँदैन।
  • आध्यात्मिक प्रगति हुन्छ तथा ईश्वरको इच्छानुसार सांसारिक आवश्यकताहरुको पूर्ति पनि हुन्छ ।

४. साधकको आध्यात्मिक प्रगति अनुसार प्रार्थनामा कसरी परिवर्तन हुन्छ

जीवनको पक्ष

सकाम

निष्काम (आध्यात्मिक प्रगति हेतु)

  • नोकरी
हे भगवान, मैले अहिले जागिर हेतु साक्षात्कार दिए, कृपया मलाई नोकरी प्रदान गरि दिनुहोस्, मलाई यसको तीव्र आवश्यकता छ | हे भगवान, मैले अहिले जागिरको लागि साक्षात्कार दिए, परिणाम हजुरको चरणमा अर्पित गर्छु । कृपया मलाई हजुरको इच्छानुसार परिणाम स्वीकारने शक्ति दिनुहोस ।
  • जीवनसाथीको प्राप्ति
हे भगवान, म त्यो व्यक्तिलाई प्रेम गर्दछु । कृपया उसले पनि मलाई त्यतिनै प्रेम गर्न प्रेरित गरिदिनुस् । भगवान, त्यो व्यक्ति मेरो लागि उचित हो अथवा होइन यो हजुरलाई थाहा छ । मलाई जीवनसाथी मिल्छ अथवा मिल्दैन, यो मेरो प्रारब्ध हो । दुवै परिस्थितिमा मेरो साधनाको सम्वर्धन गर्नुहोस् ।
  • रोग
हे भगवान, म यो रोग सहन सक्दिन, कृपया मलाई रोग मुक्त गरिदिनुस् । हे भगवान, कृपया मलाई यो रोग सहन सक्ने शक्ति प्रदान गरिदिनुहोस् जसले  मेरो साधनालाई विचलित नहोस् ।
  • सन्तानको रोग
हे भगवान, कृपया मेरो बच्चालाई बचाई दिनुहोस्, यसको लागि म जे पनि गर्नेछु । यदि हजुरले मेरो बच्चालाई बचाउनु भयो भने, अब आउने आधा तलब अनाथालयलाई अर्पण गर्नेछु । हे भगवान, मेरो बच्चा गम्भीर रूप्मा बिरामी छ, हामीले गर्न सक्ने सबै प्रयास गर्यौं; तर मलाई ज्ञात छ, मैले भन्दा पनि हजुर मेरो बच्चालाई अधिक माया गर्नु  हुन्छ । म उसलाई हजुरको चरणमा अर्पित गर्दछु ।
  • जीवनको दुखद भाग
हे भगवान, यो मेरो जीवनको सबै भन्दा दुखद समय हो, कृपया यसबाट मेरो रक्षा गर्नुहोस् । हे भगवान, मलाई यो दुख सहन सक्ने शक्ति प्रधान गर्नुहोस् तथा यसबाट मलाई आध्यात्मिक स्तरमा जे सिक्नु पर्ने हो सीकाई दिनुहोस् । कृपया मेरो अखण्ड साधना हुन दिनुहोस् ।
  • जीवनको सुखद भाग
सामान्यतया अभाव हे भगवान, यस्तो कृपा गर्नुहोस् कि हजुरद्वारा प्राप्त यो सुखको घडीमा मलाई निरन्तर हजुरको स्मरण रहोस् । दुखमा पनि हजुरको लागि मेरो तडप बनी रहोस् ।
  • साधना
सामान्यतया अभाव हे भगवान, साधनाको लागि आझै एक दिन दिनु भएकोमा म हजुरको चरणमा कृतज्ञत ब्यक्त गर्दछु, कृपया मलाई हजुरको इच्छानुसार हजुरको सेवा गर्न दिनुहोस् एवं म आफ्नो साधना राम्रोसँग गर्न सकूं, यसको लागि हजुरले नै मेरो क्षमता बढाइ दिनुहोस् ।

. सकाम (अपेक्षासहित) तथा निष्काम (अपेक्षारहित) प्रार्थनाको सन्दर्भमा परात्पर गुरु डॉ. आठवलेज्यूद्वारा दिनु भएको मार्गदर्शन

१. सामान्य व्यक्ति : सामान्य व्यक्ति ईश्वरबाट सांसारिक इच्छा पूर्ति हेतु प्रार्थना गर्दछ । उ यो जान्दैन कि भक्ति भएन भने उनले प्रार्थना गरेपनि ईश्वर उनलाई केहि पनि प्रधान गर्नु हुँदैन । व्यक्तिद्वारा अनेक पटक प्रार्थना गरपनि जब उनलाई केहि प्राप्त हुँदैन तब ईश्वरप्रति उसको श्रद्धा घटन थाल्दछ ।

२. भक्तियोगानुसार साधना गर्ने साधक : भक्तियोगानुसार साधना गर्ने साधक छोडेर अन्य मार्ग जस्तै कर्मयोग, ज्ञानयोग, इत्यादि माध्यमबाट साधना गर्ने साधक प्रायः प्रार्थना गार्दैन्न् ।

अ. साधक यो कुरा बुझ्दैन कि जबसम्म साचो भक्ति तथा भावसाथ प्रार्थना गर्दैन तबसम्म ईश्वर इच्छा पूर्ति गरि दिनु हुँदैन ।

आ. साधक यो कुरा बुझ्दैन कि सबै कुरा ईश्वरको इच्छाबाट भइरहेको छ तथा स्वेच्छाले केहि पनि माग्न निरर्थक छ । वास्तवमा साधना स्वेच्छा नष्ट गर्न हेतु नै गरिन्छ ।

इ. धेरै जसो मानिसहरुलाई यो थाहा हुँदैन कि के माग्ने तथा जे मागि रहेका छन् यदि त्यो साधना अनुरूप छैन भने ईश्वरले प्रदान गर्नुहुँदैन ।

ई. प्रार्थनाको सबै भन्दा महत्वपूर्ण लाभ यो हो की यसले हाम्रो अहं कम हुनमा सहायता मिल्छ ।

उ. यदि ईश्वरसँग प्रार्थना गर्ने हो भने निम्नलिकित प्रार्थना गर्न योग्य हुन्छ – ‘मेरो साधना हुनमा सहायता गर्नुहोस् ।’

ऊ. साधनामा प्रगति भएपछि साधक ईश्वरसँग केहि पनि माग्दैन किनभने उनलाई थाहा हुन्छ कि भगवानले उनलाई जे आवश्यक छ सहि समयमा उपलब्धगराई दिनु हुन्छ ।

– परात्परगुरु डॉ. आठवले

. सारांश

सारांश यो हो कि प्रार्थना गर्ने समय एउटा अनिवार्य नियमको भांति निम्न सूत्रहरुलाई ध्यानमा राख्नु पर्दछ –

    • यदि प्रार्थना, पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धिको सम्वर्धन हेतु गरिएको छ भने, त्यो प्रार्थना सकाम अर्थात सांसारिक कामनाको लागि हुन्छ ।
    • यदि प्रार्थना आत्मा (अन्तरमा विद्यमान ईश्वर) को अनुभूत गर्न प्रयास हेतु हो भने, त्यो प्रार्थना निष्काम हुन्छ ।