यो लेख बुझ्नको लागि हामी तपार्इलार्इ निम्न लेखको साथ परिचित गर्न सिफारिस गर्दछौं :
विषयसूची
१. परिचय
प्रतिदिनको कर्म गर्ने समय हामीबाट धेरै प्रकारका पाप कर्म हुन्छन् । उदाहरणको लागि हामी कूचो लगाउँदा माकुरालार्इ मार्न सक्छौं, हामी काममा अरुसँग कठोरतासँग बोल्न सक्छौं, इत्यादी । पापको अवधारणालार्इ अझ राम्ररी बुझ्न, हामी केही प्रकारका पापहरु हेर्नेछौं र कसले पापको सामना गर्नुपर्छ ।
२. पापको प्रकारहरु
२.१ जो प्रभावित छ त्यसको आधारमा पापको प्रकार
पापबाट प्रभावित हुने व्यक्तिको आधारमा, त्यस्तो पापहरु छन् जसले आफैलार्इ तथा अरुलार्इ हानि पुराउँछ, जस्तौ निम्न तालिकामा देखाएको छ ।
जो प्रभावित छ त्यसको आधारमा पापको प्रकार | |
---|---|
केवल स्वयंलाई मात्र हानी पुराउने | साधनाको लागि नित्य प्रयास नगर्ने |
आफ्नो कर्मेंद्रिय एवं ज्ञानेंद्रिय नियन्त्रणमा नराख्ने अर्थात विभिन्न इच्छाहरु, वासनाहरु, क्रोध तथा लोभमा नियन्त्रण नराख्ने । | |
अरुलाई हानी पुराउने | थाहा नपाई अरुलाई हानी पुराउने जस्तै बाटोमा हिड्दा अथवा पानी उमाल्दा थाहा नपाई किरा अथवा जीवानु मार्ने । (यस्तो अपरिहार्य पापहरु न्यूनतम हुन्छन् अनि यस्ता पापहरुलाई दैनिक आध्यात्मिक अभ्यासको माध्यमबाट हटाउन सकिन्छ ।) |
जानी-जानी अरुलाई हानी पुराउने |
२.२ शरीर, बोली र मन अनुसार पापको प्रकारहरु
एक व्यक्ति आफ्नो मनमा पाप गर्नको लागि निश्चय गर्न सक्छ, त्यसलार्इ मौखिक रुपबाट अथवा शारीरिक रुपबाट कार्य गर्न सक्छ त्यसैले उनले निम्न तालिकामा देखाएको अनुसार तीन तरिकाले पाप कर्म गर्न सक्दछ ।
शरीर, बोली अनि मननुसार पापका प्रकारहरु | |
शारीरिक पाप | शरीरद्वारा गरिने पाप जस्तै चोरी, हत्या, व्यभिचार |
मैखिक पाप | बोलिबाट गरिने पाप जस्तौ अपशब्द अथवा अपमानजनक तरिकाले बोल्ने, असत्य बोल्ने, अप्रासंगिक तरिकाले बोल्ने, दुर्भावनापूर्ण बोल्ने |
मानसिक पाप | मनबाट गरिने पाप, उदाहरण अर्काको धन देखेर ईष्या गर्ने र उनको धनमा आखाँ लगाउने, अरुलाई अनिष्ट सोच्ने । (यहाँ हाम्रो विचारबाट निर्माण हुने नकारात्मक स्पन्दको कारण पाप लाग्छ । यो कुदृष्टि (नजर) लगाउने प्रक्रिया समान हो ।) |
कुदृष्टि बारेमा थप जानकारीको लागि कृपया हाम्रो लेख “कुदृष्टि” को सन्दर्भ लिनुहोस् ।
३. के हामी मात्र केवल एउटा सोचको माध्यमबाट पाप गर्न सक्छौं ?
कर्मको सिद्धान्त अनुसार, केवल पुण्यात्मा क्रियाको सोचले पुण्य निम्त्याउन सक्छ, एक पापी सोचले पापको परिणाम हुँदैन । उदाहरणको लागि, बैंक लुट्ने विचार आउँदैमा पाप लाग्दैन, तर वास्तबमा लुट्दा लाग्छ । यहाँ, मानसिक पापको अघिल्लो उदाहरणको विपरीत, अरुप्रति अनुचित प्रभाव नभएको कारणले एउटा सोचले मात्र पाप लाग्दैन ।
तर, एउटा साधकलार्इ केवल नराम्रो विचारले मात्र पनि पाप लाग्छ । यस सन्दर्भमा, एक साधकको उद्देश्य र्इश्वरीय गुण विकास गर्नु हो र र्इश्वरले साधकलार्इ आवस्यक ज्ञान र शक्ति प्रधान गर्नुहुन्छ, त्यसैले खराब विचारहरुले र्इश्वरको स्रोतहरु पनि बर्बाद गरिदिन्छ । यसको एक अपवाद छ, अनिष्ट शक्तिको तीव्र कष्टद्वारा पीडित साधकको आफ्नो विचारमा नियन्त्रण हुँदैन ।
४. कसले पापको नतीजा सामना गर्नुपर्छ ?
४. १. पापमा सहभागि हुने
चाहे प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अथवा चाहे शारीरिक, मौखिक वा मानसिक रुपमा होस्, व्यक्ति जसले पापलार्इ उक्साउँछ ती सबैलार्इ आफ्नो-आफ्नो पापको हिस्सा मिल्दछन् । तीनीहरु पापमा साझेदार बन्नेछन् । वर्तमान दिनको कानूनमा पनि यस्तै प्रावधानहरु छन् – हत्यामा सहयोग गर्न व्यक्ति पनि दोषी ठहराइन्छ ।
वास्तवमा यस्तो मानिन्छ कि एउटा गम्भीर पापकर्तासँग कुराकानी, उनको स्पर्श, उनको साथमा रहदा, एक साथ भोजन ग्रहण गर्दा, एउटै कुर्सीमा मिलेर बस्दा, एउटै बिस्तरामा सुत्दा, सँगै यात्रा गर्दा, सँगै साथमा भएका व्यक्तिहरुमा पाप स्थानान्तरण हुन्छन् ।
जस्तै सत्सङ्ग परम सत्यको संगत हो, कुसंग असत्यको संगति हो । कुसंगमा रहदा नराम्रो संस्कार हामीमा निर्माण हुन्छन् अथवा बढ्दछन्, तथा त्यसले हाम्रो आध्यात्मिक अधोगति हुन्छन् । त्यसैले यो आश्चर्य जनक छैन कि हामी हाम्रो प्रियजनलार्इ नराम्रो संगतिबाट टाढा रहनु भन्छौं ।
४.२. पापको विस्तार
पवित्र ग्रन्थ मत्स्यपुराणमा भनिएको छ कि पाप सांसर्गिक अथवा वंशानुगत रोग समान फैलिन्छ । एउटा वंशानुगत रोग जस्तै तुरुन्तै स्पष्ट हुन सक्दैन, पापले पापीलार्इ बिस्तारै असर पार्छ र उसलार्इ उसको जराबाट नाश गर्दछ । यदि पापीले आफ्नो पाप स्वयं भोगेन भने उसको छोरा एवं नातीले भोग्नु पर्दछ । यस प्रकार पापले तीन पुस्तासम्म यसको प्रभाव देखाउँछ । अत: परिवारको अन्य सदस्य तथा आफ्नो सन्तान प्रति हाम्रो उत्तरदायी हुन्छन् ।
पापको धेरै उदाहरणहरु छन् जहाँ पापका नतीजाहरु संयुक्त रुपमा सामना गरिरहेका छन्, जस्तै पती र पत्नी, एउटा कम्पनीको निर्देशक र कम्पनीको कार्यकर्ता आदि ।
४.३ सामूहिक पाप
केवल मनुष्यमा मात्र भाग्यमाथि विजय प्राप्त गर्ने तथा आफ्नो साथै सम्मपूर्ण सृष्टिलार्इ सुखी पार्ने छमता दिएको छ । यस्तो हुँदा हुँदै पनि उनले आफ्नो छमताको उपयोग स्वार्थ पूरा गर्न, निष्पाप जीवमाथि अत्यचार गर्न, अरुमाथि अधिकार जमाउन इत्यादि को लागि गर्न लागेका छन् तब अधर्माचरणको कारण समाज समष्टि प्रारब्धले दूषित हुन्छ ।
यसले सम्पूर्ण सिर्जनालार्इ असर गर्छ र प्रकृतिको चक्रको सन्तुलनमा बाधा पुराउँछ । फलस्वरुप मानुष्यमाथि बाढी, खडेरी, भूकम्प, युद्ध आदि जस्ता अपदा आउँछ । यद्यपि यी आपत्तिहरू दृश्यात्मक हुन्छन्, तर तिनीहरुको आधारभूत कारण अदृ्य रुपमा हुन्छन् । जब पृथ्वीमा यस प्रकारको समष्टि पारब्धको प्रकोप हुन्छ, तब दुर्जको साथ-साथै सज्जनले पनि यसको परिणाम भोग्नु पर्दछ ।
५. संक्षिप्तमा – पापको प्रकारहरु
पापको फल हाम्रो साथ-साथै अरुलार्इ पनि हानि पुराउँछन्, त्यसैले यो आवश्यक छ कि हामी पाप गर्नबाट बचौं । हामी जोसँग नजीक छौं उनीहरुको प्रकृति तथा कृति बुझ्न पनि त्यतिनै आवश्यक छन् किन कि उनीहरुले गरेको गम्भीर पापलार्इ अनदेखा गर्दा हामी पनि उनीहरुको पापमा सहभागी हुन्छौं ।
एउटा भनार्इ छ कि नराम्रो समयले धेरै सिखाउँछ । हामीले यो दृष्टिकोण राख्नु पर्दछ कि हाम्रो प्रारब्ध हाम्रो पापको परिणाम हो । प्रारब्ध भोग्नु साधना नै हो यस्तो दृष्टिकोण राख्नाले हाम्रो तीव्र आध्यात्मिक प्रगति हुन सक्छ्न् ।
साधना द्वारा हामी प्रारब्धमा विचय प्राप्त गर्न सक्छौं अथवा त्यसलार्इ सहन सक्ने शक्ति हामीलार्इ मिल्दछन् ।